सुरक्षाफौज राखेर थालिएको सोलु करिडोरको काम रोकियो
२६ असार २०७८
•
५ मिनेट पाठ
सुरक्षाफौज राखेर थालिएको सोलु करिडोरको काम रोकियो
बिबादित कटारीको मरुवामा स्थानीयलाई सम्झाउँदै सांसद राई । तस्बिरः महेश्वर
स्थानीयको संभावित अवरोधप्रति लक्षित हुँदै सुरक्षा फौज परिचालन गरेर सुचारु भएको निर्माणाधीन सोलु करिडोरको विद्युत विस्तारको काम स्थगित भएको छ। एक वर्षयता जग्गा बिबादका कारण स्थानीयले अवरोध गरेको काम तीन दिनअघि करिडोर आयोजना कार्यालयले सुरक्षाकर्मी परिचालन गरेर सुचारु गरेपछि स्थानीयले कटारी नगरपालिकामा तालाबन्दी गरेका थिए।




असार मसान्तको भुक्तानी चपेटाकै बेला नगरपालिकामा तालाबन्दी भएपछि मेयर ज्ञानेन्द्र श्रेष्ठ र स्थानीय नगरस्तरीय राजनीतिक दलहरुको पहलमा वार्ताद्वारा समाधान निकाल्ने भन्दै १२ घण्टापछि ताला खोलिएको थियो। ताला खुले पनि माग सम्बोधन नभए पुनः ताला लगाउने चेतावनी स्थानीयले दिएपछि पेचिलो बनेको समस्या सल्टाउन त्यस क्षेत्रका निवर्तमान सांसद सुरेशकुमार राई (हिमाल) स्वयं उपस्थित भएर काम रोक्न लगाएका हुन्।  

स्थानीयहरुको सहमतिबेगर काम सुचारु गर्दा हुने संभावित दुर्घटनाबाट बँच्न काम रोक्न निर्देशन दिएको नेकपा (माओवादी केन्द्र)का केन्द्रीय सदस्यसमेत रहेका राईले बताए। प्रदेश मन्त्री कला घले र मेयर श्रेष्ठलगायत जनप्रतिनिधि र राजनीतिक दलका प्रतिनिधिसँग घट्नास्थल पुगेका राईले वार्ताद्वारा समाधान निकाल्ने आश्वासन दिँदै स्थानीयलाई आन्दोलन नगर्न सुझाएका छन्। उनले स्थानीयको चित्त नबुझाएसम्म काम अघि बढाउँदा दुर्घटनाको संभावना भएकाले करिडोरको काम हाललाई रोक्न आग्रह गरेको बताएका छन्।

सुरक्षाफौज राखेर काम सुरु गरेपछि बिबादित कटारी नगरपालिका ४ मरुवाका स्थानीयले नगरपालिकामा बिहीबार विहान ताला लगाएका थिए। आफूहरुले जमिनको मुआब्जा पाउनुपर्ने, एलाईनमेन्ट बदल्नुपर्ने, स्थानीयसँग सहमति लिएर मात्र काम अघि बढाउनुपर्नेमा प्रशासनले सुरक्षाकर्मी लगाएर काम थालेको र बिरोध गर्दा हातपातसमेत गर्न पछि नपरेको भन्दै उनीहरुले नगरपालिकामा ताला लगाउनु परेको बताएका छन्।

सांसद राईले शुक्रबार घट्नास्थलको निरीक्षण अवलोकन गर्दै नेपाल सरकारले निर्णय गरे अनुसारको एलाईनमेन्ट बदल्नुपर्ने तथा माग बमोजिमको मुआब्जा दिएर मात्र काम गर्नुपर्नेमा जबरजस्ती गरेर प्रशासनबाट स्थानीयको अपमान भएको बताए। स्थानीयको भावनामाथि ठेस पुग्ने गरी जबरजस्ती गर्नु अन्याय हुने भन्दै सहमति नगरेसम्म काम अघि नबढाउन सम्बन्धित पक्षलाई आग्रह गरेका छन्। स्थानीयसँग सहमति, सहकार्य नगरी एकतर्फी ढंगले काम गरे बिबाद थप बढेर काम गर्न नसकिने उनको सुझाव छ।

अहिले जनताले लगाएको मकै र धानबाली नष्ट गरेर, नम्बरी र ऐलानी जमिन भन्दै भेदभाव गरेर काम सुचारु गरेको स्थानीयको गुनासो छ। कटारी नगरप्रमुख ज्ञानेन्द्र श्रेष्ठले जनइच्छा र चाहनाबिपरित काम गर्दा समस्या निम्तिएको भन्दै वातावरण सहज भएपछि मात्र काम सुचारु गर्न आग्रह गरेका छन्। समस्याको निकास निकाल्न सर्वपक्षीय छलफल गर्नुपर्ने उनको भनाइ छ।  

इलाका प्रहरी कार्यालय प्रमुख डिएसपी मानबहादुर राईले सांसद राई र मेयर श्रेष्ठ तथा नगरस्तरीय राजनीतिक दलहरुले सर्वपक्षीय बैठक राखेर सहमति खोज्ने प्रयास गरेको बताए। सांसद, मेयर, राजनीतिक दल, नागरिक समाज र स्थानीयले छलफलबाट निकास निकाल्ने भने अनुसार इलाका प्रशासन कार्यालयमा सर्वपक्षीय बैठक भईरहेको डिएसपी राईले बताए। शनिबारको वार्ताले के निश्कर्ष निकाल्छ अनि मात्र काम सुचारु गर्ने उनले बताए।

सोलु करिडोर अन्तर्गत विद्युत टावर निर्माण गर्दा मरुवाका १६ घर परिवारको जमिन नोक्शान हुने भएकाले त्यसको मुआब्जा दिनुपर्ने माग गर्दै स्थानीयले २ वर्षअघि नै प्रधानमन्त्रीलाई ज्ञापनपत्र बुझाएका थिए। सांसद राईकै रोहबरमा मेयर श्रेष्ठले प्रधानमन्त्री केपी शर्मा ओलीलाई ज्ञापनपत्र बुझाएपछि सरकारले स्थानीयको माग सम्बोधन गरेर मात्र करिडोरको काम अघि बढाउने निर्णय गरेको थियो।  

जस अनुसार १६ घर परिवारलाई प्रतिधुर १ लाखका दरले मुआब्जा दिने निर्णय भएको थियो। नगरपालिकाले भने प्रतिधुर २ लाख ५० हजारका दरले मुआब्जा दिन जिल्ला जग्गा व्यवस्थापन समितिलाई सिफारिस गरेको जनाएको छ। नगरपालिको आश्वासनभन्दा धेरथोर मुआब्जा पाएपछि असन्तुष्ट बनेका स्थानीयले काममा अवरोध गरेको मेयर श्रेष्ठले बताए।  

प्रमुख जिल्ला अधिकारी संयोजकत्वको जग्गा व्यवस्थापन समितिले प्रतिधुर १ लाखका दरले मुआब्जा दिने निर्णय गरेर काम अघि बढाउन खोज्दा अवरोध गर्न खोजेपछि प्रशासनले सुरक्षाकर्मी लगाएर काम सुचारु गरेको बताइएको छ। प्रजिअ तुलसीराम सेंढाईले ऐलानी जग्गाको मुआब्जा १ लाख धुरभन्दा बढी दिन नसकिने भन्दै मुआब्जा लिन पनि नआउने, काम गर्न पनि नदिने भनेपछि सुरक्षाकर्मी परिचालन गर्नुपरेको बताए। आफूलाई काम सुचारु गर्न गृहमन्त्रालयबाट निर्देशन आए अनुसार गरेको भन्दै उनले राष्ट्रिय गौरवको आयोजनाको काम रोक्न कसैले नमिल्ने र नसक्ने बताए।

माथिल्लो सगरमाथाका खोलाहरुबाट उत्पादिन विद्युतलाई राष्ट्रिय प्रशारण लाईनसँग जोड्ने उद्देश्यले निर्माणाधीन सोलु करिडोरको १ सय ३३ किलोभोल्ट प्रशारण लाईनको हो। सोलुखुम्बुको तिङ्लाबाट सिराहाको मिर्चयासम्म मुख्य प्रशारण लाईनमा जोड्ने गरी निर्माण थालिएको ९० किलोमिटर दूरीको करिडोरमा ३ सय २ वटा टावर निर्माणाधीन रहेका छन्। ३ वर्षअघि नै सुरु भएको काम कटारीको मरुवा र ओखलढुंगामा उब्जेको बिबादका कारण अहिलेसम्म २ सय ९२ वटा मात्र टावरको फाउण्डेशन तयार भएको छ भने अरु बाँकी छ। ओखलढुंगादेखि कटारीसम्म उदयपुरक्षेत्रमा १० वटा टावर बनाउनुपर्ने इस्टीमेट रहेकामा ३ वटा टावर बनाउनुपर्ने मरुवामा बिबाद उत्पन्न भएको हो।

करिडोरले सोलुखुम्बु र आसपासका बिभिन्न खोलाबाट उत्पादित विद्युत् सोलुखुम्बु, ओखलढुंगा र उदयपुरमा वितरण गरेर बाँकी विद्युत राष्ट्रिय प्रसारण लाइनमा जोड्ने योजना हो। करिडोरबाट उत्पादित ३ सय २५ मेगावाट विद्युत् भारतले खरिद गर्ने गरी सम्झौता गरेको भए पनि निर्माणमा बिबाद खडा भएपछि काम ढिला भएर सम्झौता रद्ध गर्नुपर्ने अवस्था आउनसक्ने भन्दै काम छिटो गर्नुपर्ने बाध्यता प्राधिकरणलाई रहेको बताइएको छ।  

छिटो काम गर्नुपर्ने भएकैले प्रशासनले स्थानीयको मागलाई प्रतिकार गर्न सुरक्षाकर्मी परिचालन गरेर काम सुचारु गरेको बताइएको छ। केही समयअघि करिडोरको निरीक्षण गर्न आएका तत्कालीन उर्जामन्त्री तोपबहादुर रायमाझीले स्थानीयले अवरोध खडा गरे सुरक्षाफौज परिचालन गरेरै भए पनि काम सुचारु गर्ने धम्की दिएका थिए। उनको यस्तो धम्कीपछि घट्नास्थलमै स्थानीयले ढुंगामुडा गरेपछि मन्त्री रायमाझी हेलिकोप्टर चढेर हतार हतार भागेका थिए।
अर्को समाचार
स्थानीय तहले मनोमानी कर लगाएको भन्दै इप्पानद्वारा संघीय मामिला मन्त्रीको ध्यानाकर्षण
१७ पौष २०८०
•
२ मिनेट पाठ
स्थानीय तहले मनोमानी कर लगाएको भन्दै इप्पानद्वारा संघीय मामिला मन्त्रीको ध्यानाकर्षण
स्थानीय तहले जलविद्युत आयोजनासँग मनोमानी कर मागेपछि स्वतन्त्र ऊर्जा उत्पादकहरुले संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रीको ध्यानाकर्षण गराएको छ।




सोलु करिडोरमा निर्माण सम्पन्न भएका तथा निर्माणाधीन अवस्थामा रहेका आयोजनाहरुले सोलुदुधकुण्ड नगरपालिकाले कानून विपरित आयोजनाहरुलाई पत्र काटेर कर मागेको भन्दै इप्पानमा निवेदन दिएका थिए।मंगलवार करिडोरका आयोजना प्रवर्द्धक कम्पनीका प्रतिनिधि र इप्पान अध्यक्ष गणेश कार्कीसहितको टोलीलेमन्त्री अनिता देवीलाई भेटेर यो विषयमा ध्यानाकर्षण गराएको हो।

इप्पान अध्यक्ष गणेश कार्कीले जलविद्युत आयोजनाहरु विद्युत ऐन २०४९ अनुसार विद्युत विकास विभागबाट अनुमति लिएर सञ्चालनमा आउने र आयोजनाहरुले प्राकृतिक स्रोत प्रयोग गरेवापत क्षमता अनुसारको रोयल्टी र व्यवसाय अनुसारको अन्य करहरु संघीय सरकारलाई एकैपटक तिर्दै आएकोमा स्थानीय तहले नियम बिपरित दोहोरो कर मागेकोले कानून अनुसार स्पष्ट पारेर निर्देशन गरिदिन मन्त्री अनिता देवीलाई आग्रह गरे।

इप्पानको ध्यानाकर्षण पत्र बुझ्दै मन्त्री अनीता देवीले संघीय र स्थानीय सरकारसँग सम्बन्धित कानूनहरुको गहिरो अध्यन गरेर आवश्यक निर्णय लिने बताइन्। इप्पान वरिष्ठ उपाध्यक्ष मोहन डाँगीले जलविद्युत आयोजनाले तिरेको रोयल्टी संघीय सरकारले ५० प्रतिशत राखेर बाँकी ५० प्रतिशतलाई स्थानीय र प्रदेश सरकारलाई २५÷२५ प्रतिशत बाँडफाड गरिरहे पनि स्थानीय सरकारले थप कर माग्नु नियम बिपरित भएको बताए।

केही समय अघि दोलखाका स्थानीय तहले पनि यसै गरी नियम विपरित कर मागेर आयोजनालाई पत्र काटेको र त्यतिबेला मन्त्रालयले त्यसरी कर लिन नमिल्ने भनी स्पष्ट पारेपछि स्थानीय तह पछि हटेका थिए। अहिले सोलु करिडोरमा आयोजनामा पनि त्यहि समस्या दोहोरिएकोले मन्त्रालयले गाउँपालिका संघ र नगरपालिका संघ सबैलाई बोधार्थ गरी स्पष्ट निर्देशन दिन इप्पानका पूर्व अध्यक्ष शैलेन्द्र गुरागाईले आग्रह गरे।

संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका सचिव विनोद प्रकाश सिंहले अहिले एक ठाउँमा समस्या आउँदा सानो देखिएपनि यो ठूलो इस्यू भएकोले समाधानका लागि समयमै गम्भीर हुनुपर्ने बताए।

देशभर हजारौ जलविद्युत आयोजना निर्माण भइरहेको बेला एउटा करिडोरबाट सुरु भएको यो समस्या अरु आयोजनामा सरेको खण्डमा जलविद्युतको विकासक्रममै धक्का लाग्ने भन्दै यो विषयमा प्रधानमन्त्रीको पनि ध्यानाकर्षण गराउन सचिव सिंहको सुझाव थियो।

मन्त्री र सचिवसँगको उक्त छलफलमा इप्पान अध्यक्ष गणेश कार्की, पूर्व अध्यक्ष शैलेन्द्र गुरागाई, वरिष्ठ उपाध्यक्ष मोहनकुमार डाँगी, महासचिव बलराम खतिवडा, सचिव हिमप्रसाद पाठक, प्रमुख कार्यकारी भीम गौतम, प्रभावित आयोजनाका तर्फबाट यागार्थ पोखरेल,रमेश गौतम, समन मानन्धर लगायतको टोली सहभागी थियो।
हसिनाको स्वदेश फिर्ती घोषणा : बंगलादेशमा तनाव, दबाबमा भारत
अन्तर्राष्ट्रिय
Clock ६ मिनेट अघि | १ मिनेट पाठ
हसिनाको स्वदेश फिर्ती घोषणा : बंगलादेशमा तनाव, दबाबमा भारत
भारतमा निर्वासनमा रहेकी बंगलादेशकी पूर्वप्रधानमन्त्री शेख हसिनाले डिसेम्बर १६ मा स्वदेश फर्किने घोषणा गरेपछि बंगलादेशको राजनीति तरंगित बनेको छ।
Whatsapp
राष्ट्रिय खेलकुदः जुम्लामा फुटबल प्रतियोगिताको तयारी पूरा
खेल
Clock १३ मिनेट अघि | १ मिनेट पाठ
राष्ट्रिय खेलकुदः जुम्लामा फुटबल प्रतियोगिताको तयारी पूरा
यहाँ आयोजना हुने दसौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत पुरुष फुटबलको सेमिफाइनल र फाइनल खेलको सबै तयारी पूरा भएको छ।
Whatsapp
सप्तरीमा २०१ जना एचआइभीबाट सङ्क्रमित
स्वास्थ्य
Clock १६ मिनेट अघि | १ मिनेट पाठ
सप्तरीमा २०१ जना एचआइभीबाट सङ्क्रमित
जिल्लाको राजविराजस्थित रहेको गजेन्द्रनारायण सिंह अस्पतालको तथ्याङ्कअनुसार सङ्क्रमित मध्ये १०६ पुरूष, ८४ महिला र १० बालबालिका छन्।
Whatsapp
लुम्बिनीका लोकनृत्य : फरक भूगोल, सन्देश र सद्भाव एउटै
कला/साहित्य
Clock १९ मिनेट अघि | १ मिनेट पाठ
लुम्बिनीका लोकनृत्य : फरक भूगोल, सन्देश र सद्भाव एउटै
रुकुम पूर्व र रोल्पाका मयूर र भूमे नाच, मध्य पहाडका सराय, सोरठी र मारुनी अनि तराईमा प्रचलित सखिया, लठ्ठहवा र अवधि समुदायका फगुवा तथा झिझिया नाच लुम्बि...
Whatsapp
नेवार जातिलाई दलित सूचीमा समावेश गर्ने निर्णयविरुद्ध कांग्रेसको विरोध कार्यक्रम
राजनीति
Clock ३० मिनेट अघि | ० मिनेट पाठ
नेवार जातिलाई दलित सूचीमा समावेश गर्ने निर्णयविरुद्ध कांग्रेसको विरोध कार्यक्रम
४० भन्दा बढी नेवार जातिलाई दलित सूचीमा समावेश गर्ने नेपाल सरकारको निर्णयविरुद्ध नेपाली कांग्रेस काठमाडौं महानगर समितिले आज विरोध कार्यक्रम गर्ने भएको...
Whatsapp
विश्वप्रकाश शर्मा तीन दिन झापाका विभिन्न कार्यक्रममा सहभागी हुने, यस्तो छ तालिका
राजनीति
Clock ३६ मिनेट अघि | १ मिनेट पाठ
विश्वप्रकाश शर्मा तीन दिन झापाका विभिन्न कार्यक्रममा सहभागी हुने, यस्तो छ तालिका
नेपाली कांग्रेसका वरिष्ठ उपसभापति विश्वप्रकाश शर्मा मंसिर १३ देखि १५ गतेसम्म झापाका विभिन्न कार्यक्रममा सहभागी हुने भएका छन्।
Whatsapp
धरान, वीरगञ्ज र सुर्खेतले पनि एनएफएल खेल्ने, १० वटै टोलीको लाग्यो टुंगो
खेल
Clock ४० मिनेट अघि | १ मिनेट पाठ
धरान, वीरगञ्ज र सुर्खेतले पनि एनएफएल खेल्ने, १० वटै टोलीको लाग्यो टुंगो
नेपाल फुटबल लिग (एनएफएल)को पहिलो संस्करण खेल्ने १० वटै टोलीको टुंगो लागेको छ।
Whatsapp
रुपाताल संरक्षण परियोजना यसै वर्ष सम्पन्न गर्न ऊर्जामन्त्रीको निर्देशन
राजनीति
Clock ४५ मिनेट अघि | १ मिनेट पाठ
रुपाताल संरक्षण परियोजना यसै वर्ष सम्पन्न गर्न ऊर्जामन्त्रीको निर्देशन
चालू आर्थिक वर्षभित्र कास्कीस्थित रुपाताल संरक्षण तथा एकीकृत विकास परियोजना सम्पन्न गर्ने लक्ष्यका साथ काम भइरहेको छ।
Whatsapp
इनम प्रकरणमा निष्पक्ष छानबिन गर्न संसद्ले अग्रसरता लिनुपर्छ : विश्वप्रकाश शर्मा
राजनीति
Clock ५१ मिनेट अघि | १ मिनेट पाठ
इनम प्रकरणमा निष्पक्ष छानबिन गर्न संसद्ले अग्रसरता लिनुपर्छ : विश्वप्रकाश शर्मा
नेपाली कांग्रेसका वरिष्ठ उपसभापति विश्वप्रकाश शर्माले इनम सापकोटा प्रकरणमा जोडिएका घटनाको निष्पक्ष र पारदर्शी छानबिन गर्न संसद्ले अग्रसरता लिनुपर्ने ब...
Whatsapp
कांग्रेसले केन्द्रीय कार्यसमितिका निर्णय सार्वजनिक गर्न पत्रकार सम्मेलन गर्दै
राजनीति
Clock १ घण्टा अघि | ० मिनेट पाठ
कांग्रेसले केन्द्रीय कार्यसमितिका निर्णय सार्वजनिक गर्न पत्रकार सम्मेलन गर्दै
नेपाली कांग्रेसले केन्द्रीय कार्यसमितिका निर्णय सार्वजनिक गर्न पत्रकार सम्मेलन आयोजना गर्ने भएको छ।
Whatsapp
पाँच दिन हिँडेर दुनै जानुपर्ने बाध्यता हट्यो
समाज
Clock १ घण्टा अघि | १ मिनेट पाठ
पाँच दिन हिँडेर दुनै जानुपर्ने बाध्यता हट्यो
डोल्पाको माथिल्लो भेगका नागरिकले सामान्य प्रशासनिक सेवा लिन सदरमुकाम दुनैसम्म पाँच–छ दिन पैदल हिँड्नुपर्ने बाध्यता अब अन्त्य भएको छ।
Whatsapp
स्थानीय तह चुनाव दलीय कि गैरदलीय ?
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
स्थानीय तह चुनाव दलीय कि गैरदलीय ?
स्थानीय तहको निर्वाचन नजिकिँदै गर्दा स्थानीय सरकारलाई दलीय प्रतिस्पर्धा र चुनाव चिह्नबाट मुक्त राख्ने कि विद्यमान दलीय प्रणालीलाई नै निरन्तरता दिने भ...
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस