पोखराकै अर्काथरी पर्यटन व्यवसायीले खोपमा प्राथमिकता नपाउने र पर्यटन क्षेत्रलक्षित राहत कार्यक्रम नल्याए आन्दोलन गर्ने चेतावनी दिएका छन्। व्यवसाय टिकाउन हम्मे परेको भन्दै व्यवसायीले व्यवसायको साँचो नै सरकारलाई बुझाउने चेतावनी दिए ।
कोरोना संक्रमणको दुईपटकसम्मको मार खेपेको भन्दै अब पनि सरकारले पर्यटन लक्षित कार्यक्रम नल्याउने र खोपमा प्राथमिकता नदिने हो भने आन्दोलन गर्न बाध्य हुने बिहीबार पत्रकार सम्मेलन गरी जानकारी दिए। ‘व्यवसाय टिकाउन सकस भयो। अब पनि सरकारले सहयोग नगर्ने हो भने साँचो लगेर सरकारलाई बुझाउँछौ,’ पत्रकार भेटघाटमा पोखरा पर्यटन परिषद् (पिटिसी) का उपाध्यक्ष पोमनारायण श्रेष्ठले भने, ‘यत्तिको अप्ठेरो अवस्था आउँदा पनि सरकारले वास्ता गरेन। अब आन्दोलनको विकल्प छैन। हामी सडकमा टायर बाल्न निस्कने होइन। व्यवसायको साँचो लगेर बुझाउँछौ।’
व्यवसायीले सबैभन्दा बढी सकस कोरोना विरुद्धको खोप नपाउँदा भएको बताए। अग्रपंक्तिमा पर्ने पर्यटन क्षेत्रलाई सरकारले बेवास्ता गरेको उनीहरूको आरोप छ। ‘न त पर्यटन क्षेत्रमा अग्रपंक्तिमा खटिने मजदुरलाई खोपमा प्राथमिकता दिइएको छ। न व्यवसायी जोगाउने राहतका कार्यक्रम ल्याइएको छ। यस्तो अप्ठेरोमा टिक्न सक्दैनौं,’ श्रेष्ठले भने।
पिटिसीका अध्यक्ष गोपिबहादुर भट्टराईले कोरोनाविरुद्धको खोपबिना पर्यटन व्यवसाय अघि नबढाउने बताए उनका अनुसार कोरोनाका दुईवटा लहरका कारण अहिलेसम्म करिब २५ प्रतिशत व्यवसायी विस्थापित भइसकेका छन्। खोप नपाए विस्थापित व्यवसायीको संख्या बढेर ५० प्रतिशत हाराहारीमा पुग्ने उनको भनाइ छ।
अर्का पर्यटन व्यवसायी गणेशबहादुर भट्टराईले खोप लगाएर सुरक्षित भएका गन्तव्यमा मात्र अबका पर्यटक जाने भएकोले पोखरालाई प्राथमिकता दिनुपर्ने बताए। ‘खोप लगाएपछि बल्ल नेपाल अन्तर्राष्ट्रिय पर्यटनमा पनि सुरक्षित गन्तव्य बन्नेछ भने आन्तरिक पर्यटकले पनि सुरक्षित ठान्नेछन््’ उनले भने। ्
पर्यटन बोर्डका पूर्वसदस्य अग्नि कँडेलले पनि खोपबिना अब पर्यटन धान्न नसकिने बताए। ‘पर्यटन व्यवसाय धान्ने मात्र नभई खोप नपाएसम्म खोल्न पनि सकिन्न,’ उनले भने, ‘पाहुना र कामदार सबै असुरक्षित हुने अवस्थामा पर्यटन क्षेत्र चलायमान बनाउन सकिन्न ।’
व्यवसायीले बैंक तथा वित्तीय संस्थाबाट लिएको ऋणको किस्ता र ब्याज तिर्न नसकिने अवस्था रहेको पनि बताए। पर्यटन क्षेत्र सहज नभएसम्म किस्ता र ब्याज तिर्न नसक्ने भन्दै व्यवसायीले बैंक तथा वित्तीय संस्थासँग सहजीकरण गरिदिनुपर्ने र सरकारले लागू गरेको लकडाउन अवधिको बैंकको ब्याज र घरभाडा सरकारले नै बेहोनुपर्ने माग राखे। परिषद् अध्यक्ष भट्टराईले भने, ‘सरकारले नै हाम्रो व्यवसाय बन्द गराएको हो। त्यसैलै लकडाउन अवधिको किस्ताको ब्याज र घरभाडा सरकारले व्यवस्थापन गर्नुपर्छ।’
बोर्डका पूर्वसदस्य बासु त्रिपाठीले सरकारले निषेधाज्ञा जारी गरेर व्यवसाय बन्द गराएकोले अब तत्काल केही राहतका कार्यक्रम ल्याउनुपर्ने बताए।