हुलास वायर र तुलसी मोटरका मजदुर आन्दोलन
२४ असार २०७८
•
२ मिनेट पाठ
हुलास वायर र तुलसी मोटरका मजदुर आन्दोलन
बुढीगंगास्थित हुलास वायर उद्योग बाहिर धर्ना बस्दै मजदुर । तस्बिरः चुमन/नागरिक
मोरङका दुई उद्योगमा कार्यरत मजदुरलाई विना कारण निष्कासन गरेपछि मजुदर आन्दोलनमा उत्रेका छन्।  




बुढीगंगा गाउँपालिका–३ मा रहेको हुलास वायर इण्डष्ट्रिज र विराटनगर–१९ मा रहेको तुलसी मोटर पम्पका मजुदरले श्रम ऐनअन्तर्गतको सेवा सुविधा दिनुपर्ने लगायतको माग राख्दै आन्दोलन थालेका हुन्। हुलास वायरका ९३ जना र तुलसी मोटरका २४ जना मजदुरलाई विना कारण निष्कासन गरेको भन्दै दुवै उद्योगका मजदुर आन्दोलित भएका हुन्।

श्रम ऐनअन्तर्गतको सेवा सुविधाको माग गर्दै हुलास वायरका ७ सय मजदुर आन्दोलित भएका हुन्। १० वर्षदेखि काम गर्दै आएका ९३ जना मजुदरलाई मंगलबार हुलास वायरले निष्कासन गरेपछि आन्दोलन गर्नु परेको बताएका छन्। उद्योगमा बुधबार काम गर्न जाँदा निष्कासनमा परेका मजुदरले प्रवेश पाएनन्। ६ महिना काम गरेपछि स्वतः नियुक्तिपत्र र न्यूनतम पारिश्रमिकलगायतका सेवा सुविधा पाउनु पर्ने सरकारी नियम हुँदाहुँदै केही नदिई निष्कासन गरेको मजदुरहरु बताउँछन्। यहाँ १० वर्षदेखि काम गर्दै आएका मजदुरलाई सरकारले तोकेअनुसारको सेवा सुविधा दिइएको छैन।  

हुलास वायरका आन्दोलनरत मजदुरले सरकारले तोकेको सेवा सुविधासहित निष्कासनमा परेका मजदुरलाई पुनः रोजगारी दिनुपर्ने माग राखेका छन्। बिहीबार मजदुर पक्ष र उद्योग पक्षबीच विराटनगरमा वार्ता भइरहेको छ।  

त्यसैगरी, तुलसी मोटर पम्प उद्योगले श्रम ऐनले तोकेभन्दा कम पारिश्रमिक दिएको र त्यहाँ कार्यरत मजदुलाई विगत दुई महिनादेखि काम नदिएकाले आन्दोलन गर्नु परेको बताएका छन्।  

तुलसी मोटर पम्प उद्योगमा मजदुरले ट्रेड युनियन गठन गर्न खोजेपछि उनीहरुलाई २ महिनादेखि काम नदिएको मजदुर संजयकुमार चौधरीले बताए। मजदुरहरुलाई काम गर्न नदिएपछि श्रम कार्यालय विराटनगरमा उनीहरुले उजुरी दिएका थिए। उजुरी दिएपछि श्रम कार्यालयले काम नदिएका कर्मचारीलाई तत्काल काम दिन र हटाइएका कर्मचारीहरुलाई पुनर्वहाली गरी यथास्थानमा काम गर्न गराउन पत्राचार गरे पनि व्यवस्थापन पक्षले भने बेवास्ता गरेको आरोप लगाएका छन्।  

‘यहाँ ४ वर्षदेखि काम गर्दै आएको छु,’ मजदुर चौधरीले भने, ‘यहाँ कार्यरत मजदुरमध्ये २४ जना मिलेर ट्रेड युनियन कांग्रेस श्रम कार्यालयमा दर्ता गर्‍यौं। युनियन दर्ता गरेको निहुँमा हामीलाई विभिन्न प्रकारका दबाब दिँदै गेटबाट प्रवेश दिइएको छैन।’ २/३ महिनादेखि कामबाट वञ्चित गरेपछि पुनः रोजगारी दिनुपर्ने र श्रम ऐनअनुसारको तलब सेवा सुविधा दिनुपर्ने माग राख्दै ६ दिनदेखि आन्दोलन गरेको हो। 'श्रम कार्यालयले उद्योगका नाम दिइएको पत्रको व्यवस्थापन पक्षले सुनुवाइ गरेको छैन,' चौधरीले भने।  

उद्योगमा कार्यरत ७७ जना मजदुरमध्ये २४ जनाले आन्दोलन गरेका हुन्। उद्योगको गेटमा धर्नामा बसेका मजदुरलाई प्रहरी प्रशासनले जबरजस्ती हटाएको थियो। आन्दोलनरत मजदुरको माग पूरा नभएसम्म धर्नामा बस्ने बताएका छन्। तुलसी मोटर पम्पसहित शिखर अर्गनाइजेशन प्रालि र नटराज एग्रो प्रालि सञ्चालनमा रहेका छन्।
अर्को समाचार
जलविद्युत् आयोजनामा स्थानीयको हक सुनिश्चित गरिने
६ घण्टा अघि
•
१ मिनेट पाठ
जलविद्युत् आयोजनामा स्थानीयको हक सुनिश्चित गरिने
गण्डकी। ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले जलविद्युत् आयोजनामा स्थानीयको हक सुनिश्चितताका निम्ति आफ्नो मन्त्रालयले हरसम्भव प्रयत्न गर्ने बताएका छन्।




राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा), पर्वत जिल्ला शाखाले आज कुश्मामा आयोजना गरेको कार्यकर्ता भेटघाटमा उनले उक्त कुरा बताएका हुन्।

सिँचाइ, कृषि उद्यम, स्थानीय जलविद्युत् आयोजनामा स्थानीयको हक तथा विपद् व्यवस्थापनलगायतका विषय सम्बोधन गर्न ऊर्जा मन्त्रालयले निरन्तर प्रयत्न गर्ने उनले बताएको रास्वपा जिल्ला अध्यक्ष जालबहादुर पुनले जानकारी दिए। 

राजनीतिक दल र नागरिकको सक्रिय सहभागिताबिना कुनै पनि सरकार सफल नहुने भएकाले देश र जनतालाई केन्द्रमा राखेर काम गर्न मन्त्री श्रेष्ठले पार्टीका कार्यकर्तालाई अनुरोध गरे।
दशौं राष्ट्रिय खेलकुदमा १९ देशका खेलाडीसहित एनआरएनए : २० स्वर्ण जितेर चौथो हुने लक्ष्य
समाज
Clock २७ मिनेट अघि | १ मिनेट पाठ
दशौं राष्ट्रिय खेलकुदमा १९ देशका खेलाडीसहित एनआरएनए : २० स्वर्ण जितेर चौथो हुने लक्ष्य
‘एनआरएनए स्पोर्ट्स एकेडेमी’ शनिबार पत्रकार सम्मेलन गरी प्रतियोगितामा विभिन्न १९ देशका खेलाडीसहित कुल ८२ जनाको सहभागिता रहने जानकारी दिएको...
Whatsapp
आर्मीलाई हराउँदै एपिएफ बन्यो झापा महिला गोल्डकप च्याम्पियन
खेल
Clock ३१ मिनेट अघि | १ मिनेट पाठ
आर्मीलाई हराउँदै एपिएफ बन्यो झापा महिला गोल्डकप च्याम्पियन
गतवर्ष भएको पहिलो संस्करणमा एपिएफ अर्को विभागीय टोली नेपाल पुलिस क्लबसँग १-० गोलले पराजित हुँदै उपविजेता बनेको थियो। यस पटक आर्मीले पुलिसलाई सेमिफाइनल...
Whatsapp
मकवानपुरमा श्रीमानको कुटपिटपछि श्रीमतीको मृ’त्यु
अपराध
Clock ४६ मिनेट अघि | १ मिनेट पाठ
मकवानपुरमा श्रीमानको कुटपिटपछि श्रीमतीको मृ’त्यु
मकवानपुर। मकवानपुरको इन्द्रसरोवर गाउँपालिका-४ गोठभित्तामा मादक पदार्थ सेवन (मापसे) गरी श्रीमतीलाई कुटपिट गरेको आरोपमा प्रहरीले एक पुरुषलाई नियन्त्रणमा...
Whatsapp
बाढीले पुल बगाएपछि दुई वर्षदेखि सास्ती, फोक्सिन्टारमा फेरि बेलिब्रीज राखिँदै
समाज
Clock ५४ मिनेट अघि | १ मिनेट पाठ
बाढीले पुल बगाएपछि दुई वर्षदेखि सास्ती, फोक्सिन्टारमा फेरि बेलिब्रीज राखिँदै
फोक्सिन्टारमा बेलिब्रीज पुन: जडानका लागि योजना कार्यालयले गएको कात्तिक ११ गते २१ दिने सूचना सार्वजनिक गरेको थियो।
Whatsapp
घोप्टेभिरको सडक खुल्यो, तुइनखोलामा दिउँसो बन्द हुन
समाज
Clock ५४ मिनेट अघि | १ मिनेट पाठ
घोप्टेभिरको सडक खुल्यो, तुइनखोलामा दिउँसो बन्द हुन
गत मङ्सिर ५ गतेदेखि आजसम्म दिउँसो सवारी आवागमन रोकेर पहिरो व्यवस्थापन तथा सडक सुरक्षित बनाउने काम गरिएको थियो। पहरो काट्ने, जोखिमयुक्त भाग हटाउने तथा...
Whatsapp
२४ घण्टे अल्टिमेटमपछि निषेधित क्षेत्रमा रहेका पसल र टहरा हटाइए
समाज
Clock १ घण्टा अघि | १ मिनेट पाठ
२४ घण्टे अल्टिमेटमपछि निषेधित क्षेत्रमा रहेका पसल र टहरा हटाइए
नेपाल प्रहरी र सशस्त्र प्रहरीसहितको टोलीले ती पवित्र उद्यान, शान्ति दीप तथा अन्तर्राष्ट्रिय विहार क्षेत्रलगायत निषेधित स्थानबाट पसलहरू खाली गराएको हो...
Whatsapp
यो पनि पढौँ
कालीकोटका ९ वटै पालिकाले गरे शैक्षिक सुधारका लागि १९ बुँदे प्रतिबद्धता
समाज
Clock १ घण्टा अघि | १ मिनेट पाठ
कालीकोटका ९ वटै पालिकाले गरे शैक्षिक सुधारका लागि १९ बुँदे प्रतिबद्धता
कालीकोट जिल्लाको समग्र शैक्षिक अवस्था सुधार गर्न कालीकोटमा नौ वटै स्थानीय तहसहित शिक्षा क्षेत्रसँग सम्बन्धित सरोकारवालाहरूले १९ बुँदे सामूहिक प्रतिबद्...
Whatsapp
तनहुँमा भिरबाट खसेर १५ वर्षीय विद्यार्थी बेपत्ता, खोजतलास जारी
Clock १ घण्टा अघि | १ मिनेट पाठ
तनहुँमा भिरबाट खसेर १५ वर्षीय विद्यार्थी बेपत्ता, खोजतलास जारी
तनहुँ- भ्रमण सकेर पोखराबाट चितवनतर्फ फर्कँदै गरेका एक विद्यार्थी तनहुँको पृथ्वीराजमार्गस्थित भिरबाट खसेर बेपत्ता भएका छन्।
Whatsapp
बेलबारी गोल्डकपको नवौं संस्करण पुस ४ देखि, ८ टोली भिड्दै
खेल
Clock १ घण्टा अघि | १ मिनेट पाठ
बेलबारी गोल्डकपको नवौं संस्करण पुस ४ देखि, ८ टोली भिड्दै
मोरङको बेलबारीमा पुस ४ गतेदेखि ‘९ औं बेलबारी मेजर स्व. एनबी रुङमाहाङ अन्तर्राष्ट्रिय रनिङ गोल्डकप फुटबल प्रतियोगिता’ हुने भएको छ।
Whatsapp
प्रहरीको ‘सुरक्षित यात्रा’ अप्रेसन : सार्वजनिक यातायातमा चोरी र दुर्व्यवहार गर्ने १२१ पक्राउ
Clock १ घण्टा अघि | १ मिनेट पाठ
प्रहरीको ‘सुरक्षित यात्रा’ अप्रेसन : सार्वजनिक यातायातमा चोरी र दुर्व्यवहार गर्ने १२१ पक्राउ
काठमाडौं- प्रहरीले काठमाडौं उपत्यकामा सञ्चालन हुने सार्वजनिक यातायातमा चोरी, पाकेटमारी र महिलामाथि दुर्व्यवहार गरेको अभियोगमा एक महिलासहित १२१ जनालाई...
Whatsapp
लागूऔषधसहित देशभरबाट ३१ जना पक्राउ
अपराध
Clock २ घण्टा अघि | १ मिनेट पाठ
लागूऔषधसहित देशभरबाट ३१ जना पक्राउ
काठमाडौं। त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट १६ किलोग्राम गाँजासहित तीन भारतीय नागरिक पक्राउ परेका छन्। देशका विभिन्न स्थानमा प्रहरीले चलाएको कारबा...
Whatsapp
शक्तिखोर औद्योगिक क्षेत्र तत्काल अघि बढाउन मन्त्री लम्सालको निर्देशन
राजनीति
Clock २ घण्टा अघि | १ मिनेट पाठ
शक्तिखोर औद्योगिक क्षेत्र तत्काल अघि बढाउन मन्त्री लम्सालको निर्देशन
शनिबार कालिका नगरपालिकास्थित औद्योगिक क्षेत्रको स्थलगत अवलोकन गर्दै मन्त्री लम्सालले हालसम्मको कार्यप्रगतिबारे जानकारी लिएका हुन्।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस