सीमा बन्द हुँदा पनि रोकिएन तस्करी
२१ असार २०७८
•
३ मिनेट पाठ
सीमा बन्द हुँदा पनि रोकिएन तस्करी
शनिबार ठूलो परिणाममा बाँके प्रहरीले बरामद गरेको अवैध सामान । तस्बिर सौजन्यः जिल्ला प्रहरी कार्यालय बाँके ।
कोभिड–१९ (कोरोना भाइरस) जोखिम कम गर्न भारतसँगको नाका बन्द भए पनि बाँकेमा तस्करी रोकिएको छैन। सरकारले बेलाबेला लगाइएको निषेधाज्ञा र स्थानीय प्रशासनले गरेको निषेधाज्ञायता मात्रै बाँकेमा लाखौं मूल्य बराबरका तस्करी सामान बरामद भएका छन्। सोमबार मात्रै प्रहरीले बाँकेका तीन सीमा क्षेत्रबाट भन्सार छलेर ल्याएका अवैध सामान बरामद गरेको छ। 




नेपालगन्जस्थित जमुनाह, जानकी गाउँपालिका–२, बेलभार र डडुवा गाउँपालिका–१ खडैचा नाकाबाट लुकाइछिपाइ ल्याएका २० वटा कुखुरा, केही चिसो, कपडालगायत सामान बरामद गरेको प्रहरीले जनाएको छ।

शनिबार पनि प्रहरीले भन्सार छली ल्याएको ठूलो परिणामका सामान बरामद गरेको थियो। नेपालगन्ज उपमहानगरपालिका–७ एमपी स्कुल नजिकैको घरमा लुकाइछिपाइ राखेको अवस्थामा आठ लाख रूपैयाँ मूल्य बराबरको अवैध सामान बरामद गरेको प्रहरीले जनाएको छ। नेपालगन्ज जमुनाहका ३२ वर्षीय मोनु कवडियाले उक्त सामान भन्सार छली भारतबाट नेपाल भित्र्याएका थिए। जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक दीर्घराज उपाध्यायका अनुसार मोटरसाइकल तथा गाडीका पाठपूर्जा, कपडा, छातालगायतका सामग्री निषेधाज्ञाका बेला कवडियाले भन्सार छलेर ल्याएका थिए। 

यति मात्र होइन सीमा नाका बन्द भए पनि भन्सार छलेर सामानहरु दिनप्रतिदिन भित्रि रहेका छन्। नेपाल–भारत खुला सीमा र विचौलियाका कारण भारतबाट बाँकेमा अवैध सामान भित्रि रहेका प्रहरीले जनाएको छ। प्रहरीका अनुसार वैशाखयता मात्रै प्रहरीले १५ पटक करिब ३५ लाख बराबर मूल्यको सामान बरामद गरेको छ।

भैंसी ६, दुई गाडी, कपडा, चिनी, तरकारी, पानको पत्तालगायतका अवैध सामान बरामद गरिएको जिल्ला प्रहरी कार्यालय बाँकेका प्रवक्ता तथा प्रहरी नायब उपरीक्षक उपाध्यायले जनाए। ‘खुला सीमा नाका कारण तस्करी रोकिएको छैन,’ उनले भने, ‘कोरोना भाइरसका बेला सीमा नाकामा निगरानी गर्न समस्या भयो।’ सीमामा सुरक्षा उपस्थिति बढेपछि तस्करीको सामान समातिने क्रम भने तुलनात्मकरूपमा बढेको छ। तर, लेनदेनमा कुरा नमिले मात्र सामान समात्ने गरेको आरोप प्रहरीलाई लाग्दै आएको छ।

सीमा बन्दको अवस्थामा पनि चोरी, निकासी तथा पैठारी वृद्धि नरोकिँदा स्वदेशी उत्पादनलाई ठूलो असर परेको छ। ‘झट्ट हेर्दा धेरै मालसामान बरामद गरिएकाले चोरी निकासी पैठारी घटेको देखिन्छ। तर सीमा बन्द हुँदा पनि नियमित चोरी निकासी पैठारी त अत्यधिक भइरहेको पाइयो,’ जानकी गाउँपालिका–५, का वकिल बागवानले भने, ‘चोरी निकासी पैठारीले नेपाली बजार धारासायी हुन्छ त्यसैले यो पूर्णरूपमा नियन्त्रण हुनुपर्छ।’ भारतबाट तस्करी नरोकिँदा आफ्नो व्यवसायसमेत बन्द गर्नु परेको उनी बताउँछन्। उनी कुखुरा व्यवसायी हुन्। ‘भारतबाट तस्करी भएर आउने कुखुरा बजारमा छ्यापछ्याप्ती छन्,’ उनले भने, ‘स्वदेशी उत्पादन हुँदा हाम्रो कुखुरा बिक्री नै हुँदैन।’ तस्करी रोकिएको भए आफूले घाटा नव्यहोर्नु पर्ने उनको भनाइ छ। 

प्रायः दैनिकरूपमा तस्करीका सामान पक्राउ हुँदै आएकाले भारतबाट नेपाल र नेपालबाट भारत मालसामानको नियमित तस्करी हुनेक्रम नरोकिएको स्थानीयले बताएका छन्। सुरक्षाकर्मीसँगकै मिलेमतोमा तस्करी हुँदै आएको स्थानीयको आरोप छ। सीमा नाका बन्द भए पनि तस्करहरूले सामान वारिपारी गरिरहेको उनले जानकारी दिए। भारतीय उत्पादनले यहाँको उत्पादनमा प्रभाव पारेको रामप्रसाद चौधरीले जनाए। भारतबाट आउने तरकारीलगायत कृषिजन्य सामग्री सस्तो हुने र स्थानीय उत्पादन केही महँगो हुँदा बजारसँग प्रतिस्पर्धा हुन समस्या आइरहेको उनको भनाइ छ।

‘सबैतिर सीमा बन्द छ। सुरक्षाकर्मीको मिलेमतोबिना सामान वारीपारी गर्न असम्भव जस्तै छ,’ उनले भने, ‘तस्कर गर्नेहरूले सेटिङमै विषेशगरी राति र बिहान झिसमिसेमा एकदमै सामान ओसारपसार गरिहेका छन्।’ सीमावर्ती सीमा क्षेत्रका चोर बाटोबाट र सुरक्षाकर्मीको आँखा छलेर तस्करी हुँदै आएको पाइएको छ।
अर्को समाचार
'कोरोनाभाइरसविरुद्धको कोभिशिल्ड खोपले गम्भीर साइड इफेक्ट्स'
१८ वैशाख २०८१
•
१ मिनेट पाठ
'कोरोनाभाइरसविरुद्धको कोभिशिल्ड खोपले गम्भीर साइड इफेक्ट्स'
कोरोना भाइरसविरुद्धको खोप उत्पादन गर्ने एस्ट्राजेनेकाले कोभिसिल्ड खोप लगाउनेमा गम्भीर नकारात्मक असर (साइड इफेक्ट्स) देखिन सक्ने बताएको छ।




बेलायती औषधि उत्पादनकर्ता एस्ट्राजेनेकाले बेलायतको उच्च अदालतमा कोभिड–१९ खोपका कारण थ्रोम्बोसाइटोपेनिया सिन्ड्रोम जस्ता साइड इफेक्ट्स देखिन सक्ने स्वीकार गरेको हो।

थ्रोम्बोसाइटोपेनिया सिन्ड्रोमका कारण शरीरमा रगत जम्न (फाल्सा÷ब्लड क्लट) जम्न थाल्छ वा शरीरमा प्लेटलेट्स तीव्र गतिमा कम हुन थाल्छ। शरीरमा ब्लड क्लटका कारण मस्तिष्कघात या कार्डिएक अरेस्ट हुन सक्ने जोखिम बढेर जान्छ।

एस्ट्राजेनेकाले यसै वर्षको फेब्रुअरीमा बेलायतको उच्च अदालत समक्ष खोपको साइड इफेक्ट्स सम्बन्धी आरोपलाई स्वीकार गरेको थियो। युनिभर्सिटी अफ अक्सफोर्डसँग मिलेर एस्ट्राजेनेकाले कोरोनाभाइरसविरुद्धको खोप तयार गरेको थियो।

एस्ट्राजेनेकाले आरोप स्वीकार्दै विभिन्न अध्ययनमा यो खोप कोरोनाभाइरसविरुद्ध उपयोगी भएको र थ्रोम्बोसाइटोपेनिया सिन्ड्रोम निकै दुर्लभ रुपमा देखा परेको पनि बताएको छ।

एस्ट्राजेनेकाले उत्पादन गरेको कोरोनाभाइरसविरुद्धको कोभिशिल्ड र भ्याक्सजेवरिया नामले बिक्री गर्दै आएको छ।
विराटनगर महानगर प्रमुखका वाचा अधुरै
समाज
Clock १० मिनेट अघि | १ मिनेट पाठ
विराटनगर महानगर प्रमुखका वाचा अधुरै
विराटनगर महानगरपालिकाका प्रमुख नागेश कोइरालाले २०७९ सालको स्थानीय तहको निर्वाचनमा गरेका अधिकांश वाचा अधुरै छन्।
Whatsapp
टोप्लाका महिलाले पाए गाउँमै प्रसूति सेवा
स्वास्थ्य
Clock ३० मिनेट अघि | १ मिनेट पाठ
टोप्लाका महिलाले पाए गाउँमै प्रसूति सेवा
विकट भूगोल, टाढाको स्वास्थ्य संस्था र आर्थिक अभावका कारण यहाँका महिलाले प्रसूति सेवाका लागि लामो समयदेखि सास्ती खेप्दै आएका थिए।
Whatsapp
अमेरिकामा शक्तिशाली आँधी : १० लाख बढी घरमा विद्युत् सेवा अवरुद्ध, २५ सय उडान ढिला र ४५० रद्द
अन्तर्राष्ट्रिय
Clock ३७ मिनेट अघि | १ मिनेट पाठ
अमेरिकामा शक्तिशाली आँधी : १० लाख बढी घरमा विद्युत् सेवा अवरुद्ध, २५ सय उडान ढिला र ४५० रद्द
अमेरिकामा आएको शक्तिशाली आँधीका कारण तीव्र हावा र भारी वर्षाले १० लाखभन्दा बढी घरमा विद्युत् सेवा अवरुद्ध भएको छ।
Whatsapp
यस्तो छ आज तरकारी र फलफूलको थोक मूल्य
बजार
Clock ४८ मिनेट अघि | ० मिनेट पाठ
यस्तो छ आज तरकारी र फलफूलको थोक मूल्य
कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि कृषिउपजको थोक मूल्य सार्वजनिक गरेको छ।
Whatsapp
वरिष्ठ अर्थशास्त्री प्रा.डा. सुवर्णलाल बज्राचार्य उज्यालो नेपाल पार्टीमा आबद्ध
राजनीति
Clock ५४ मिनेट अघि | ० मिनेट पाठ
वरिष्ठ अर्थशास्त्री प्रा.डा. सुवर्णलाल बज्राचार्य उज्यालो नेपाल पार्टीमा आबद्ध
वरिष्ठ अर्थशास्त्री तथा लुम्बिनी बौद्ध विश्वविद्यालयका पूर्वउपकुलपति प्रा.डा. सुवर्णलाल बज्राचार्य उज्यालो नेपाल पार्टीमा आबद्ध भएका छन्।
Whatsapp
दूधको मूल्य प्रतिलिटर ८० कायम गर्न किसानको माग
अर्थ
Clock ५८ मिनेट अघि | १ मिनेट पाठ
दूधको मूल्य प्रतिलिटर ८० कायम गर्न किसानको माग
कास्कीका दूग्ध उत्पादक किसानले दूधको मूल्य प्रतिलिटर रु ८० कायम गर्न माग गरेका छन्।
Whatsapp
विद्युत् खपत बढाउन अग्रसरता लिन ऊर्जामन्त्री श्रेष्ठद्वारा केन्द्र प्रमुखहरूलाई निर्देशन
अर्थ
Clock १ घण्टा अघि | १ मिनेट पाठ
विद्युत् खपत बढाउन अग्रसरता लिन ऊर्जामन्त्री श्रेष्ठद्वारा केन्द्र प्रमुखहरूलाई निर्देशन
ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले विद्युत् खपत वृद्धि र गुणस्तरीय विद्युत् उपयोगको सुनिश्चित गर्न वितरण केन्द्र प्रमुखहरूले अग्रसरत...
Whatsapp
भोटेकोशीलगायतका विपत्तिमा परेकाहरूको स्मृतिमा त्रिवेणीधाममा पितृमुक्ति महायज्ञ
धर्म/संस्कृति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
भोटेकोशीलगायतका विपत्तिमा परेकाहरूको स्मृतिमा त्रिवेणीधाममा पितृमुक्ति महायज्ञ
गत भदौको भोटेकोशी बाढी, अन्य प्राकृतिक बिपत्ति, दुर्घटना तथा महामारीमा परेर अकालमा ज्यान गुमाएहरूको स्मृतिमा त्रिवेणीस्थित गजेन्द्रमोक्ष दिव्यधाममा पि...
Whatsapp
कालीभक्त पन्त: सांस्कृतिक जागरणका अभियन्ता
कला/साहित्य
Clock १ घण्टा अघि | १ मिनेट पाठ
कालीभक्त पन्त: सांस्कृतिक जागरणका अभियन्ता
इतिहास, संस्कृति र साहित्यका विविध विषयको खोजी गर्ने क्रममा पन्तले देशविदेशका विभिन्न स्थानमा भ्रमण गर्नुभएको थियो। 
Whatsapp
पेरुमा हेलिकप्टर दुर्घटना, आठ सैनिकको मृ*त्यु
अन्तर्राष्ट्रिय
Clock १ घण्टा अघि | १ मिनेट पाठ
पेरुमा हेलिकप्टर दुर्घटना, आठ सैनिकको मृ*त्यु
अधिकारीहरूका अनुसार अपुरिमेक, एने र मन्तारो नदीले बनेको उपत्यकाको दुर्गम क्षेत्रमा गस्ती तथा उद्धार अभियानका क्रममा हेलिकप्टर दुर्घटनामा परेको हो।
Whatsapp
स्पेननजिकै डुंगामा १५ प्रवासीको श*व फेला, खाना र पानी अभावमा मृ*त्यु
अन्तर्राष्ट्रिय
Clock १ घण्टा अघि | १ मिनेट पाठ
स्पेननजिकै डुंगामा १५ प्रवासीको श*व फेला, खाना र पानी अभावमा मृ*त्यु
स्पेनको क्यानरी टापुनजिकै शुक्रबार समुद्रमा प्रवासी बोकेको एउटा डुंगामा १५ जनाको शव फेला परेको छ।
Whatsapp
स्वरसम्राटको संग्रहालय
कला/साहित्य
Clock १ घण्टा अघि | १ मिनेट पाठ
स्वरसम्राटको संग्रहालय
स्वरसम्राट नारायणगोपाल (१९९६ असोज–२०४७ मंसिर) काठमाडौंको व्यस्त सहर किलागलमा जन्मिए तापनि युवा अवस्थादेखि नै उनी महाराजगन्जमा बस्दै आए।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस