उदयपुर सिमेन्टमा नयाँ महाप्रबन्धकको सय दिन
११ वैशाख २०७८
•
४ मिनेट पाठ
उदयपुर सिमेन्टमा नयाँ महाप्रबन्धकको सय दिन
दक्षिण एसियाकै उत्कृष्ट गुणस्तरीय गैंडा सिमेन्ट बिक्रीमा एकैदिन साढे १७ हजार बढी बोरा बिक्रीको किर्तीमान कायम भएको छ। पूर्ण सरकारी स्वामित्वमा सञ्चालित उदयपुर सिमेन्ट उद्योगबाट उत्पादित गैंडा सिमेन्ट बिगत १२ वर्षयता एकैदिन सबभन्दा धेरै बिक्री भएको नयाँ किर्तीमान हो।  




दुई वर्षसम्म नेतृत्वविहीन सो उद्योगले नयाँ महाप्रबन्धक(जिएम) पाएको शुक्रबार सय दिन पुगेको अवसरमा बिक्रीको नयाँ किर्तीमानबारे जानकारी दिएको हो।

माघ १ गते नेतृत्व सम्हाल्न आएका जिएम गोपीकृष्ण न्यौपानेले कार्यकालको सय दिनको प्रगतिबारे नागरिकलाई जानकारी दिँदै वैशाख ६ गते एकैदिन १७ हजार ३ सय ६४ बोरा सिमेन्ट बिक्री भएको बताए। उनका अनुसार पछिल्लो १२ वर्षमा यो बिक्री नयाँ किर्तीमान हो। वि.सं. ०४९ सालदेखि व्यवसायिक उत्पादन थालेको उद्योगले स्थापनापछि ०५५ सालतिर एकपटक धेरै बिक्री भएपछि यो नै अर्को नयाँ किर्तीमान भएको जिएम न्यौपानेले बताए।

‘म आउनुभन्दा अगाडि ०५५ तिर यसको हाराहारी सिमेन्ट बिक्री भएको अभिलेखमा देखियो तर, त्यसयता बढीमा १२ हजार बोराभन्दा धेरै बिकेको रेकर्ड छैन’ जिएम न्यौपानेले भने ‘पछिल्लो १२ वर्षमा मेरो कार्यकाल सुरु भएको सयदिनभित्र यो किर्तीमान कायम हुनुलाई मैले सुखद परिणामको रुपमा हेरेको छु।’

सो बिक्रीबाट एकैदिन उद्योगले १ करोड २९ लाख ५० हजार ७१ रुपैयाँ प्राप्त भएको उनले बताए। पछिल्लो समय सिमेन्ट बिक्रीदर ह्वात्तै बढेको छ भने दैनिक कम्तीमा सरदर ८ देखि १२/१३ हजार बोरा सिमेन्ट बजार जाने गरेको छ। धेरै सिमेन्ट बिक्री हुनुमा उद्योगका कर्मचारी, मजदुर, ट्रेड युनियनआबद्ध संस्थाहरु, अधिकृत बिक्रेतालगायत सबै पक्षलाई जिएम न्यौपानेले धन्यवाद दिए।  

माघमा पहिलो चोटी उद्योग आउँदा कोईला, जिप्सनलगायत कच्चा पदार्थ नभएकाले १० दिनमा सामग्री जुटाएर उद्योग सञ्चालनमा ल्याएको उनको भनाइ छ। जसका बाबजुद माघमा २ लाख ११ हजार १ सय ३८ बोरा सिमेन्ट बेचेको उद्योगले फागुनमा २ लाख ३८ हजार ३ सय ७१ बोरा बिक्री गरेको न्यौपानेले बताए। उद्योगले आर्थिक वर्ष सुरुदेखिको ६ महिनामा बेचेजत्तिकै सिमेन्ट न्यौपानेको सयदिनको कार्यकालमा बिकेको जनाएको छ।

बिक्री विभागका कर्मचारी कुवेर काफ्लेका अनुसार साउन १ देखि पुस मसान्तसम्म ६ लाख ९८ हजार ५ सय ८६ बोरा सिमेन्ट बिकेकोमा न्यौपानेको सय दिनमै माघ १ देखि वैशाख ९ भित्र ६ लाख ६० हजार १ सय ७३ बोरा सिमेन्ट बेचेको बताए। यसको आधारमा सय दिनको बिक्री झण्डै ६ महिनामा बिके बराबर भएको काफ्लेले बताए।  

अहिले उत्पादन र बिक्री दुवैमा प्रगति भएको र आफू आउँदा ६५ करोड ८२ लाख रहेको चालु दायित्वलाई सय दिनभित्र ५० करोड भुक्तानी गरिसकेको न्यौपानेले बताए। बाँकी १६ करोड दायित्व आउँदो असारभित्र भुक्तानी गरिसक्ने उनको भनाइ छ। ‘बाँकी दायित्व पनि चालू वर्ष (असार)भित्रै तिरिसक्ने गरी सिमेन्ट उत्पादन र बिक्रीमा मेरो ध्यान गएको छ’ उनले भने ‘यन्त्र उपकरणले धोका नदिए त्यो ठूलो कुरा पनि होइन।’  

उद्योगले पछिल्लो समय कोइला र जिप्सनलगायत सामग्री ल्याएबपत सिमेन्ट नै भुक्तानी (वस्तु बिनिमय) दिने प्रणालीको पनि अन्त्य गरेको छ। सिमेन्ट अन्यत्र बेचेर भुक्तानी गर्दा नगदै दिने प्रचलन बसाएको उद्योगले जनाएको छ । कोईला र जिप्सनको भुक्तानी सिमेन्टबाट गर्दा बिक्रेताले लक्ष्यमा आधारित बिक्रीको कमिसन, बैंक ग्यारेण्टी, नगद छुटजस्ता स्किम नपाउने हुनाले उद्योग र बिक्रेता दुवैलाई घाटा हुने भएकाले त्यस्तो प्रणाली अन्त्य गरिएको न्यौपाने बताउँछन् । नयाँ बिक्री नीति लिएपछि प्रदेश १, २ र बागमतीमा अधिकृत बिक्रेताको संख्या वृद्धि हुनुका साथै सिमेन्ट बिक्री पनि दोब्बर भएको छ । यो प्रणालीलाई अझ बजबुत बनाउँदै बिक्री दर बढाउने लक्ष्य लिएको जिएम न्यौपानेले बताए।

आफ्नो कार्यकालमा उद्योगलाई अल्पकालीन र दीर्घकालीन रुपमा मजबुत बनाउँदै लानका लागि सञ्चालक समितिका निर्णय, ट्रेड युनियन र मजदुर कर्मचारीसँग नियमित सुझाव सल्लाह लिएर साथ सहयोग माग्दै आएको उनले बताए ।  

न्यौपानेले उद्योगलाई राम्रो बनाउन सबभन्दा ठूलो भूमिका कर्मचारी मजदुरको रहने भएकाले उनीहरुलाई यसअघि नियमित खान नपाएको मासिक तलबभत्ता समयमै खुवाउन थालेको तथा नागरिक लगानी कोष, संचय कोष र अतिरिक्त पारिश्रमिकको सुविधा भुक्तानी पनि नियमित गर्दे आएको बताए।

उद्योगले आर्थिक पारदर्शिताका लागि समयमै लेखापरीक्षण गर्ने नीति लिएर चालू वर्षको पुससम्मको आन्तरिक लेखापरीक्षण गरिसकेको जनाएको छ। त्यस्तै यसअघि कायम रहेको कर्मचारीलाई अनावश्यक काज बिदा हटाइएको छ । उद्योगको हितविपरित काम गर्ने कर्मचारीलाई कारबाही गर्ने तथा राम्रो काम गरेबापत पुरस्कार र प्रोत्साहन गर्ने नीति अलवम्बन गरिएको छ।
अर्को समाचार
जलविद्युत् आयोजनामा स्थानीयको हक सुनिश्चित गरिने
४ घण्टा अघि
•
१ मिनेट पाठ
जलविद्युत् आयोजनामा स्थानीयको हक सुनिश्चित गरिने
गण्डकी। ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले जलविद्युत् आयोजनामा स्थानीयको हक सुनिश्चितताका निम्ति आफ्नो मन्त्रालयले हरसम्भव प्रयत्न गर्ने बताएका छन्।




राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा), पर्वत जिल्ला शाखाले आज कुश्मामा आयोजना गरेको कार्यकर्ता भेटघाटमा उनले उक्त कुरा बताएका हुन्।

सिँचाइ, कृषि उद्यम, स्थानीय जलविद्युत् आयोजनामा स्थानीयको हक तथा विपद् व्यवस्थापनलगायतका विषय सम्बोधन गर्न ऊर्जा मन्त्रालयले निरन्तर प्रयत्न गर्ने उनले बताएको रास्वपा जिल्ला अध्यक्ष जालबहादुर पुनले जानकारी दिए। 

राजनीतिक दल र नागरिकको सक्रिय सहभागिताबिना कुनै पनि सरकार सफल नहुने भएकाले देश र जनतालाई केन्द्रमा राखेर काम गर्न मन्त्री श्रेष्ठले पार्टीका कार्यकर्तालाई अनुरोध गरे।
शक्तिखोर औद्योगिक क्षेत्र तत्काल अघि बढाउन मन्त्री लम्सालको निर्देशन
राजनीति
Clock ३ मिनेट अघि | १ मिनेट पाठ
शक्तिखोर औद्योगिक क्षेत्र तत्काल अघि बढाउन मन्त्री लम्सालको निर्देशन
शनिबार कालिका नगरपालिकास्थित औद्योगिक क्षेत्रको स्थलगत अवलोकन गर्दै मन्त्री लम्सालले हालसम्मको कार्यप्रगतिबारे जानकारी लिएका हुन्।
Whatsapp
राष्ट्रपतिद्वारा देवीनाच अवलोकन
राजनीति
Clock १५ मिनेट अघि | १ मिनेट पाठ
राष्ट्रपतिद्वारा देवीनाच अवलोकन
राष्ट्रपति रामचन्द्र पौडेलले नरदेवी श्वेतकाली संरक्षण तथा व्यवस्थापन समाजद्वारा १२ वर्षे देवीनाच पर्वका अवसरमा आज आयोजित कार्यक्रममा सरिक भई देवीनाच अ...
Whatsapp
अब म नेताहरूबाट होइन, जनताबाट घेरिन चाहन्छु : सभापति लामिछाने
राजनीति
Clock २६ मिनेट अघि | १ मिनेट पाठ
अब म नेताहरूबाट होइन, जनताबाट घेरिन चाहन्छु : सभापति लामिछाने
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले पार्टीका नेता तथा कार्यकर्ताको घेराबन्दी छाडेर सिधै जनतामाझ पुग्ने बताएका छन्।
Whatsapp
रास्वपाको प्रशिक्षणमा मोबाइल पूर्ण प्रतिबन्ध, रविले भने : अनुशासन तोड्नेको रेकर्ड राखिन्छ
राजनीति
Clock ३८ मिनेट अघि | १ मिनेट पाठ
रास्वपाको प्रशिक्षणमा मोबाइल पूर्ण प्रतिबन्ध, रविले भने : अनुशासन तोड्नेको रेकर्ड राखिन्छ
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले पार्टीको प्रशिक्षण कार्यक्रममा सहभागी नेता तथा कार्यकर्तालाई मोबाइल फोन बन्द गर्न निर्दे...
Whatsapp
राणा र पञ्चायतले रोक्न सकेनन्, गगनले पनि सक्दैनन् : नेता राई
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
राणा र पञ्चायतले रोक्न सकेनन्, गगनले पनि सक्दैनन् : नेता राई
कोशी प्रदेशका सांसद तथा देउवापक्षीय कांग्रेसका नेता भूपेन्द्र राईले रुख र चारतारे झण्डा बोक्न कांग्रेस सभापति गगन थापाले आफूहरूलाई रोक्न नसक्ने बताएका...
Whatsapp
भारत भ्रमणमा सीमा मुद्दा नउठाएपछि प्रधानमन्त्रीमाथि कांग्रेसको कटाक्ष : राष्ट्रवादको नक्कली प्रदर्शन थियो
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
भारत भ्रमणमा सीमा मुद्दा नउठाएपछि प्रधानमन्त्रीमाथि कांग्रेसको कटाक्ष : राष्ट्रवादको नक्कली प्रदर्शन थियो
नेपाली कांग्रेसले  भारत भ्रमणका क्रममा सीमा विवादलगायतका संवेदनशील विषय नउठाएको भन्दै कांग्रेसले  आपत्ति जनाएको छ ।  
Whatsapp
यो पनि पढौँ
देउवा कांग्रेसको गण्डकी टिमको टुंगो
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
देउवा कांग्रेसको गण्डकी टिमको टुंगो
सभापति र सदस्य बाहेकका पदाधिकारीसमेत गरेर शुक्रवार निर्विरोध घोषणा गरिएको सभापति मेखलाल श्रेष्ठले जानकारी दिए। सभापति श्रेष्ठका अनुसार उपसभापतिमा आशीक...
Whatsapp
जुम्ला पुग्यो दशौँ राष्ट्रिय खेलकुदको ओलम्पिक टर्च र ट्रफी
खेल
Clock १ घण्टा अघि | १ मिनेट पाठ
जुम्ला पुग्यो दशौँ राष्ट्रिय खेलकुदको ओलम्पिक टर्च र ट्रफी
राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलकुदमा देशको प्रतिनिधित्व गरेका खेलाडीको टोलीले ट्रफी र टर्चलाई जुम्लाका प्रमुख धार्मिकस्थल चन्दननाथ–भैरवनाथ मन्...
Whatsapp
उपचारका नाममा १४ वर्षीया बालिकामाथि यातना, झाँक्री पक्राउ
समाज
Clock १ घण्टा अघि | १ मिनेट पाठ
उपचारका नाममा १४ वर्षीया बालिकामाथि यातना, झाँक्री पक्राउ
बिरामी निको पार्ने बहानामा अन्धविश्वास र रूढिवादी अभ्यास गर्दै १४ वर्षीया बालिकामाथि यातना दिएको आरोपमा जुम्लामा एक झाँक्री पक्राउ परेका छन्।
Whatsapp
देउवा समूहलाई कांग्रेसको चेतावनी : रुख र चारतारे झण्डाको अनधिकृत प्रयोग नरोकिए कानुनी कारबाही
राजनीति
Clock २ घण्टा अघि | १ मिनेट पाठ
देउवा समूहलाई कांग्रेसको चेतावनी : रुख र चारतारे झण्डाको अनधिकृत प्रयोग नरोकिए कानुनी कारबाही
नेपाली कांग्रेसले पूर्वसभापति शेरबहादुर देउवाको समूहलाई पार्टीका आधिकारिक प्रतीकहरूको अनधिकृत प्रयोग नरोकिए कानुनी प्रक्रियामा जाने चेतावनी दिएको छ।
Whatsapp
सरकारको कार्यशैलीप्रति कांग्रेस आक्रामक : यी हुन् केन्द्रीय कार्यसमिति बैठकका निर्णय
राजनीति
Clock २ घण्टा अघि | १ मिनेट पाठ
सरकारको कार्यशैलीप्रति कांग्रेस आक्रामक : यी हुन् केन्द्रीय कार्यसमिति बैठकका निर्णय
नेपाली कांग्रेसले सरकारको कार्यशैलीप्रति असन्तुष्टि जनाउँदै संविधान, लोकतन्त्र र विधिको शासनविपरीतका गतिविधिविरुद्ध सशक्त प्रतिपक्षको भूमिका निर्...
Whatsapp
सरकारको स्वेच्छाचारिताविरुद्ध सशक्त रूपमा उभिने कांग्रेसको चेतावनी
राजनीति
Clock २ घण्टा अघि | १ मिनेट पाठ
सरकारको स्वेच्छाचारिताविरुद्ध सशक्त रूपमा उभिने कांग्रेसको चेतावनी
उनले सरकार गठनको सुरुवाती चरणमा देखिएका कमजोरीलाई नयाँ नेतृत्वको अनुभवको कमी ठानेर संयमता अपनाएको बताए। तर पछिल्ला गतिविधिले सरकारको नेतृत्व गर्ने सोच...
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस