चोभार सुक्खा बन्दरगाह दुई महिनाभित्र तयार
०७ वैशाख २०७८
•
३ मिनेट पाठ
चोभार सुक्खा बन्दरगाह दुई महिनाभित्र तयार
चोभारमा निर्माणाधीन काठमाडौं सुक्खा बन्दरगाहको निर्माण दुईपटक म्याद थप गर्दा पनि नसकिएपछि तेस्रोपटक म्याद थपिने भएको छ। यो परियोजनाको लागि दोस्रोपटक थपिएको म्याद वैशाख १३ गते सकिँदैछ। अहिलेसम्म परियोजनाको भौतिक प्रगति ७६ प्रतिशत पुगेको छ। वित्तीय प्रगति ६१ प्रतिशत छ। सुक्खा बन्दरगाहको निर्माण २०१८ अगस्ट २ मा सुरु भएको थियो। 




सुरुमा १८ महिनामा यसको निर्माण सम्पन्न गर्ने भनिएको थियो। स्थानीयको अवरोध र कोभिड १९ का कारण दुईपटक गरेर करिब एक वर्ष म्याद थप भइसकेको छ। तैपनि सबै काम निर्माण सम्पन्न गराउन अझै दुई महिना म्याद थप गरिदिन ठेकेदार कम्पनीले माग गरेको छ।

उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका सचिव दिनेश भट्टराईले सोमबार सुुक्खा बन्दरगाहको स्थलगत अनुगमन गर्दै जतिसक्दो चाँडो निर्माण सम्पन्न गर्न ठेकेदार कम्पनी र आयोजना प्रमुखलाई निर्देशन दिए। ‘जति सक्दो छिटो गुणस्तर कायम राख्दै काम सम्पन्न गर्नुहोला,’ सचिव भट्टराईले भने, ‘पटकपटक म्याद मात्रै थपिरहने परियोजना सम्पन्न नगर्ने प्रवृत्तिको अन्त्य होस्।’  

सचिव भट्टराईले साइट क्लियरसहित सम्पूर्ण काम सम्पन्न गर्ने प्रतिबद्धतासहित म्याद थप गर्न निर्देशन दिएका छन्। ‘औचित्य पुष्टि गरेर मात्रै म्याद थप गर्नुहोला,’ उनले भने। निर्माण कम्पनी सान्क्षी/आशिष जेभीका प्रतिनिधि शेरबहादुर केसीले दुई महिना म्याद थप गरेको खण्डमा परियोजनाको निर्माण सम्पन्न गर्ने बताए। ‘अहिलेसम्म ७६ प्रतिशत भौतिक प्रगति भइसकेको छ,’ उनले भने, ‘अब गोदामघरको छानो राख्ने काम मात्रै बाँकी भएकाले दुई महिना म्याद गर्नुपर्छ।’  

नेपाल इन्टरमोडल यातायात विकास समितिका कार्यकारी निर्देशक आशिष गजुरेलले परियोजनाको म्याद वैशाख १३ गते सकिने बताए। ‘निर्माण कम्पनीले दुई महिना म्याद थप्न भनिरहेको छ,’ उनले भने, ‘परामर्शदाता कम्पनीको रायअनुसार म्याद थपको निर्णय गरिनेछ।’ समिति मातहत सुक्खा बन्दरगाह निर्माण भइरहेको हो।  

कार्यकारी निर्देशक गजुरेलले आगामी असारभित्रै बन्दरगाहको सम्पूर्ण निर्माण सकिने बताए। नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष राजेन्द्र मल्लले सुक्खा बन्दरगाहमा कोल्डस्टोरसमेत राख्न अनुरोध गरे। ‘अन्तर्राष्ट्रिय स्तरको सुक्खा बन्दरगाहमा कोल्डस्टोर अत्यावश्यक हुन्छ,’ अवलोकनमा गएका मल्लले भने, ‘यो सुविधा थप गर्नुपर्ने देखिन्छ।’ उनी पनि समितिमा छन्।  

समितिका कार्यकारी निर्देशक गजुरेलले स्थानीयको अवरोध र कोभिड १९ का बाबजुद आगामी असारभित्रै काम सम्पन्न गर्ने लक्ष्य राखेको बताए। समितिले सुक्खा बन्दरगाह निर्माणको लागि एक अर्ब ४४ करोड रूपैयाँमा ठेक्का सम्झौता गरेको थियो। पछि डिजाइन परिवर्तन हुँदा लागत केही बढ्ने भएको छ। समितिका निर्देशक युवक डंगोलले परियोजनाको डिजाइन केही परिवर्तन हुँदा लागत १२.८३ प्रतिशत बढ्ने बताए। उनका अनुसार अहिलेसम्म एक अर्ब रूपैयाँ खर्च भइसकेको छ। निर्देशक डंगोलका अनुसार परियोजनाको मुख्य प्रशासनिक, क्वारेन्टाइन र सुरक्षा निकायको भवन लगभग तयार भइसकेका छन्। ‘अहिले लोडअनलोड गर्ने भवन र गोदाम घरमा ट्रस राख्ने काम भइरहेको छ,’ उनले भने, ‘यो काम पनि छिट्टै सकिनेछ।’  

सुक्खा बन्दरगाहमा सामान आयात र निर्यात गर्न छुट्टाछुट्टै आन्तरिक र बाह्य टर्मिनल हुनेछन्। आन्तरिक टर्मिनलबाट देशभरबाट काठमाडौं उपत्यका आउने र उपत्यकाबाहिर जाने मालसमान लोड अनलोड र भण्डारण गर्ने व्यवस्था हुनेछ। बाह्य टर्मिनलमा भने भारत तथा तेस्रो मुलुकबाट भैरहवा, वीरगन्ज र रसुवागढी नाकाबाट भित्रेको सामान ल्याइनेछ। यो बन्दरगाह सञ्चालनमा आएपछि नाकामा कन्टेनर खोलेर लोड–अनलोड गर्ने झन्झटको साथै त्यसबापत लाग्ने आर्थिक भारमा समेत कमी आउने समितिले जनाएको छ। यो सुक्खा बन्दरगाहमा कलकत्ता, विशाखापट्टनम र चीनको केरुङ तथा सिगात्सेबाट आयात हुने सामान सोझै ल्याएर भण्डारण गर्न सकिनेछ। चोभार हुँदै फास्टट्र्याक समेत जोडिने भएकाले सामान ल्याउँदा हुने झमेला अन्त्य हुने विश्वास गरिएको छ। 
अर्को समाचार
चोभार सुक्खा बन्दरगाहको समस्या समाधान गरिने
२६ असार २०७९
•
२ मिनेट पाठ
चोभार सुक्खा बन्दरगाहको समस्या समाधान गरिने
उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री दिलेन्द्रप्रसाद बडुले चोभार सुक्खा बन्दरगाहलाई पूर्ण क्षमतामा सञ्चालनका लागि हाल देखिएका समस्या समाधान गर्न सरकार तयार रहेको बताएका छन्। नेपाल इन्टरमोडल यातायात विकास समितिले बिहीबार मन्त्रालयमा आयोजना गरेको सरोकारवालाहरूसँगको छलफल कार्यक्रममा बोल्दै वीरगञ्ज लगायतका सीमा नाकाहरूमा विद्यमान रहेको कार्यबोझ घटाइ चोभार सुख्खा बन्दरगाहलाई पूर्ण क्षमतामा चलाउन हाल देखिएका व्यवहारगत र नीतिगत समस्या समाधान गर्न सरकार तयार रहेको बताए।  




उनले मुलुकको अर्थतन्त्रमा महत्वपूर्ण भूमिका खेल्ने आयात निर्यात कार्यलाई सहज, सरल बनाइ समय र लागत घटाउन सके व्यापारिक क्रियाकलापमा बढोत्तरी भई राजस्व समेत बढ्ने भएकाले अन्तरनिकाय समन्वयमार्फत निजीक्षेत्रले अघि सारेका माग र मुद्दा सम्बोधन गर्नुपर्ने बताए।  

‘राजधानी नजिकै पर्याप्त र सुविधा सम्पन्न व्यापार पूर्वाधारसहित चैत २२ गतेदेखि सञ्चालनमा आएको सुख्खा बन्दरगाहमा आयात निर्यातमा निजी क्षेत्रको आकर्षण बढाउन र हाल देखिएका समस्या पहिचान गरी उपयुक्त सुझाव दिनका लागि सम्बद्ध पक्षको प्रतिनिधित्व रहने गरी अध्ययन समिति बनाउन निर्देश गर्दछु,’ उनले भने। मन्त्री बडुले गत असार १३ गते चोभार सुक्खा बन्दरगाहको स्थलगत अवलोकनका क्रममा उद्योगी व्यवसायीसँग छलफल तथा अन्तरक्रिया गरी बन्दरगाहलाई पूर्ण क्षमतामा सञ्चालन गर्न चाल्नुपर्ने कदम यथाशीघ्र सुरु गर्न व्यवस्थापन पक्षलाई निर्देशन दिएका थिए।  

उद्योग सचिव अर्जुनप्रसाद पोखरेलले व्यवसायीको सहजता र पूर्वाधारको अवस्थानुसार निश्चित वस्तु तोकेर चोभार सुख्खा बन्दरगाहको उपयोगिता बढाउन सकिने धारणा राखे। वाणिज्य तथा आपूर्ति सचिव गणेशप्रसाद पाण्डेयले उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका सहसचिवको नेतृत्वमा नेपाल राष्ट्र बैंक, अर्थ मन्त्रालय, भन्सार विभाग, भन्सार एजेन्ट संघ, समुद्रपार निकासी पैठारी संघ र पारवहन तथा गोदाम व्यवस्थापन कम्पनी लिमिटेड लगायत सरोकारवाला निकायको प्रतिनिधित्व रहने गरी एउटा समिति बनाइने जानकारी दिए।  

नेपाल इन्टरमोडल यातायात विकास समितिका कार्यकारी निर्देशक आशिष गजुरेलले सुख्खा बन्दरगाह र कार्यक्रमका बारेमा जानकारी दिएका थिए। निजी क्षेत्रका प्रतिनिधि तथा व्यवसायीहरूले सुक्खा बन्दरगाह पूर्ण रूपमा सञ्चालनका लागि नेपाल इन्टरमोडल यातायात विकास समिति र नेपाल सरकारबाट उपलब्ध गराउनुपर्ने सेवा सुविधाका विषयमा सुझाव दिएका थिए। उनले एलसी खोल्दा चोभारलाई नै भन्सार बिन्दु तोकेर सिधै सामान आयात गर्न अनुमति दिने, अतिरिक्त शुल्क नलिई थप सेवा सुविधा दिने, बाटोमा सामानको सुरक्षालगायतका विषय सुनिश्चित गर्न सके आफूहरूलाई चोभार सुख्खा बन्दरगाहको प्रयोग गर्न सहज हुने धारणा व्यक्त गरे।
युवा नेता सन्तोष परियारले किन भेटे पूर्वप्रधानमन्त्री खनाललाई ?
राजनीति
Clock ३० मिनेट अघि | १ मिनेट पाठ
युवा नेता सन्तोष परियारले किन भेटे पूर्वप्रधानमन्त्री खनाललाई ?
दुवै नेताबीच समसामयिक राजनीतिक अवस्था, विद्यमान संकट र भावी राजनीतिक दिशाबारे गम्भीर वैचारिक छलफल भएको थियो।
Whatsapp
जलविद्युत् आयोजनामा स्थानीयको हक सुनिश्चित गरिने
अर्थ
Clock ४८ मिनेट अघि | १ मिनेट पाठ
जलविद्युत् आयोजनामा स्थानीयको हक सुनिश्चित गरिने
ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले जलविद्युत् आयोजनामा स्थानीयको हक सुनिश्चितताका निम्ति आफ्नो मन्त्रालयले हरसम्भव प्रयत्न गर्ने बता...
Whatsapp
न्युजिल्यान्डविरुद्धको दोस्रो टेस्टमा भारतको कमजोर सुरुवात
खेल
Clock ४९ मिनेट अघि | १ मिनेट पाठ
न्युजिल्यान्डविरुद्धको दोस्रो टेस्टमा भारतको कमजोर सुरुवात
न्युजिल्यान्डविरुद्धको दोस्रो टेस्टको पहिलो इनिङ्समा भारतले कमजोर प्रदर्शन गरेको छ।
Whatsapp
ताप्लेजुङ प्रहरीद्वारा फरार पाँच प्रतिवादी पक्राउ
अपराध
Clock १ घण्टा अघि | १ मिनेट पाठ
ताप्लेजुङ प्रहरीद्वारा फरार पाँच प्रतिवादी पक्राउ
विभिन्न मुद्दामा दोषी ठहर भई फरार रहेका ५ जनालाई ताप्लेजुङ प्रहरीले पक्राउ गरेको छ।
Whatsapp
गृहमन्त्री गुरुङद्वारा बिपी प्रतिष्ठानमा स्वास्थ्य सेवा र सुरक्षा व्यवस्थाको अनुगमन
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
गृहमन्त्री गुरुङद्वारा बिपी प्रतिष्ठानमा स्वास्थ्य सेवा र सुरक्षा व्यवस्थाको अनुगमन
गृहमन्त्री सुधन गुरुङले धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको अनुगमन गरेका छन्।
Whatsapp
‘प्रश्नको घेरामा नेपालको लोकतन्त्र’ सार्वजनिक
कला/साहित्य
Clock १ घण्टा अघि | १ मिनेट पाठ
‘प्रश्नको घेरामा नेपालको लोकतन्त्र’ सार्वजनिक
कोञ्ज्योसोम प्रज्ञाप्रतिष्ठानका अध्यक्ष गोपाल सञ्जेलले लोकतन्त्रलाई दल, नेता र सरकारसँग मात्रै जोडेर बुझ्न नहुने धारणा राखे।
Whatsapp
केन्याली धावक मुरिउकीले जिते नेपालगन्ज म्याराथन उपाधि
खेल
Clock १ घण्टा अघि | १ मिनेट पाठ
केन्याली धावक मुरिउकीले जिते नेपालगन्ज म्याराथन उपाधि
धारा नेपालगन्ज म्याराथनको १२ औं संस्करणको उपाधि केन्याली धावक जुलियस मुरिउकी वाहोमेले हात पारेका छन्।
Whatsapp
‘पेन्डिङ’ फाइल शून्यमा झार्दै झापा प्रशासन
समाज
Clock १ घण्टा अघि | १ मिनेट पाठ
‘पेन्डिङ’ फाइल शून्यमा झार्दै झापा प्रशासन
झापा प्रशासनले सेवाग्राहीलाई राष्ट्रिय परिचयपत्र र राहदानीको फोटा तथा जैविक विवरण (बायोमेट्रिक) काम एकै दिनमा उपलब्ध गराउन सुरु गरेको छ।
Whatsapp
महिला पहिला : मौनताको पर्खाल भत्काउने १६ दिन
समाज
Clock १ घण्टा अघि | १ मिनेट पाठ
महिला पहिला : मौनताको पर्खाल भत्काउने १६ दिन
घरभित्रको पीडा र विभेदको अन्त्यमा हाम्रो समाजमा घरलाई प्रायः शान्ति, माया र सुरक्षाको सबैभन्दा बलियो थलो मानिन्छ।
Whatsapp
महिला क्रिकेटतर्फ लिग चरणका खेल सम्पन्न
खेल
Clock १ घण्टा अघि | १ मिनेट पाठ
महिला क्रिकेटतर्फ लिग चरणका खेल सम्पन्न
दशौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत महिला क्रिकेटतर्फ सेमिफाइनल समिकरण पूरा भएको छ।
Whatsapp
पुरुष क्रिकेटमा एनआरएनएलाई हराउँदै गण्डकी विजयी
खेल
Clock १ घण्टा अघि | १ मिनेट पाठ
पुरुष क्रिकेटमा एनआरएनएलाई हराउँदै गण्डकी विजयी
 दशौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत पुरुष क्रिकेट प्रतियोगिताको लिग चरणको खेलमा गण्डकी प्रदेशले आफ्नो दोस्रो खेलमा पहिलो जीत हात पारेको छ...
Whatsapp
कर्णाली रंगशाला आइपुगे रवि
राजनीति
Clock २ घण्टा अघि | ० मिनेट पाठ
कर्णाली रंगशाला आइपुगे रवि
रवि पार्टी प्रशिक्षण कार्यक्रमका लागि सुर्खेत आएका हुन्। १० औं राष्ट्रिय खेलकुद प्रतियाेगीता सन्चालन भइरहेकाे बेला आएका थिए।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस