ल्हासामा रोकिएका उपकरण आयात सुरु
०६ वैशाख २०७८
•
२ मिनेट पाठ
ल्हासामा रोकिएका उपकरण आयात सुरु
रसुवामा निर्माणाधीन माथिल्लो सान्जेन जलविद्युत् आयोजनाको इलेक्ट्रोमेकानिकलतर्फको उपकरण आयात सुरु भएको छ। कोभिड–१९ का कारण चीनको ल्हासामा लामो समयदेखि रोकिएका सामग्री आयात सुरु भएको हो। आयोजनाको इलेक्ट्रोमेकानिकल निर्माणको जिम्मा पाएको चिनियाँ ठेकेदार तोनफाङ इलेक्ट्रिक इन्टरनेसनल कर्पोरेसनले एक महिनाभित्र सामग्री ल्याइसक्ने जनाएको छ।




वैशाख अन्तिमसम्ममा सबै सामान आइसक्ने आयोजना प्रमुख सुदनसिंह महतले बताए। ‘अहिले सामग्री आउने क्रम सुरु भएको छ,’ उनले भने, ‘उपकरण आएपछि चिनियाँ कामदारले जडान सुरु गर्नेछन्।’ इलेक्ट्रोमेकानिकलको धेरैजसो सामान चीनबाट आउँछ। 

ती उपकरण उतै रोकिँदा समस्या भएको थियो। कोभिड–१९ का कारण चिनियाँ कामदार नआउँदा हाइड्रोमेकानिकल तथा इलेक्ट्रोमेकानिकलको उपकरण जडान सुरु नभएको उनको भनाइ छ। ‘चिनियाँ टोली आएपछि उपकरण जडानको काम सुरु हुन्छ,’ उनले भने, ‘काम सुरु भएको नौ महिनाभित्रमा उत्पादन सुरु हुन्छ।’ आयोजनाले दिएको जानकारी अनुसार २०७८ असोजमा परीक्षण उत्पादन र पुसदेखि व्यावसायिक उत्पादन गरिने छ।

जिल्लाको आमाछोदिङ्मो गाउँपालिका–५, चिलिमेमा निर्माण भइरहेको आयोजनाको ९७ प्रतिशत भौतिक प्रगति भइसकेको छ। यो १४.८ मेगावट क्षमताको आयोजना हो। आयोजनाले अहिले पावरहाउसको रंगरोगन गर्ने काम गरिरहेको छ। आयोजना निर्माणका लागि हालसम्म तीनपटकसम्म म्याद थप गरिएको छ। आयोजनाको २०७२ साउन १५ गते निर्माण सम्पन्न गर्ने लक्ष्य थियो। निर्धारित समयमा निर्माण सम्पन्न गर्न नसक्दा तीनपटकसम्म म्याद थप गरिएको आयोजनाले जनाएको छ। आयोजनाको २०६८ असोज २३ गते विद्युत् खरिद सम्झौता (पिपिए) भएको थियो।

आयोजनाकोे भूमिगत सुरुङ एक हजार तीन सय मिटरको छ। सिभिल ठेकेदार इसिआई बज्रगुरुले आयोजना निर्माण गरिरहेकोे छ। सिभिल कार्यमा इसिआई बज्रगुरु जेभी, इलेक्ट्रोमेकानिकलमा चिनियाँ ठेकेदार तोनफाङ इलेक्ट्रिक इन्टरनेसन कर्पोरेसन, हाइड्रोमेकानिकलमा नेपाल हाइड्रो एन्ड इलेक्ट्रिक लिमिटेड र प्रसारण लाइन निर्माणमा मुडभरी एन्ड जोशी कन्सट्रक्सन प्रालिले काम गरिरहेको आयोजनाले जनाएको छ।  

आयोजनाले पावर हाउसदेखि चिलिमे हबसम्म सात किलोमिटर प्रसारण लाइन निर्माण गर्नुपर्छ। १३२ केभी क्षमताको प्रसारण लाइन निर्माणको काम चलिरहेको छ। आयोजनाले विद्युत् उत्पादन गर्ने समयसम्म चिलिमे हबको निर्माण पूरा नहुने देखिएको छ। यसले गर्दा आयोजनाले कन्टिन्जेन्सी प्लान बनाएर चिलिमे प्रसारण लाइनमा विद्युत् जोड्ने तयारी गरेको छ। ११ केभी डबल सर्किट लाइनमा सीमित बिजुली जोड्न सकिने उनले बताए। हब निर्माण भएपछि उत्पादित बिजुली हबमा नै जोडिने छ। 
अर्को समाचार
ल्हासामा रोकिएका उपकरण आयात सुरु
०३ वैशाख २०७८
•
२ मिनेट पाठ
ल्हासामा रोकिएका उपकरण आयात सुरु
रसुवामा निर्माणाधीन माथिल्लो सान्जेन जलविद्युत् आयोजनाको इलेक्ट्रोमेकानिकलतर्फको उपकरण आयात सुरु भएको छ।  कोभिड–१९ का कारण चीनको ल्हासामा लामो समयदेखि रोकिएका सामग्री आयात सुरु भएको हो। आयोजनाको इलेक्ट्रोमेकानिकल निर्माणको जिम्मा पाएको चिनियाँ ठेकेदार तोनफाङ इलेक्ट्रिक इन्टरनेसनल कर्पोरेसनले एक महिनाभित्र सामग्री ल्याइसक्ने जनाएको छ।  




वैशाख अन्तिमसम्ममा सबै सामान आइसक्ने आयोजना प्रमुख सुदनसिंह महतले बताए। ‘अहिले सामग्री आउने क्रम सुरु भएको छ,’ उनले भने, ‘उपकरण आएपछि चिनियाँ कामदारले जडान सुरु गर्नेछन्।’ इलेक्ट्रोमेकानिकलको धेरैजसो सामान चीनबाट आउँछ। ती उपकरण उतै रोकिँदा समस्या भएको थियो। कोभिड–१९ का कारण चिनियाँ कामदार नआउँदा हाइड्रोमेकानिकल तथा इलेक्ट्रोमेकानिकलको उपकरण जडान सुरु नभएको उनको भनाइ छ। ‘चिनियाँ टोली आएपछि उपकरण जडानको काम सुरु हुन्छ,’ उनले भने, ‘काम सुरु भएको नौ महिनाभित्रमा उत्पादन सुरु हुन्छ।’ आयोजनाले दिएको जानकारी अनुसार २०७८ असोजमा परीक्षण उत्पादन र पुसदेखि व्यावसायिक उत्पादन गरिने छ।

जिल्लाको आमाछोदिङ्मो गाउँपालिका–५, चिलिमेमा निर्माण भइरहेको आयोजनाको ९७ प्रतिशत भौतिक प्रगति भइसकेको छ। यो १४.८ मेगावट क्षमताको आयोजना हो। आयोजनाले अहिले पावरहाउसको रंगरोगन गर्ने काम गरिरहेको छ। आयोजना निर्माणका लागि हालसम्म तीनपटकसम्म म्याद थप गरिएको छ। आयोजनाको २०७२ साउन १५ गते निर्माण सम्पन्न गर्ने लक्ष्य थियो। निर्धारित समयमा निर्माण सम्पन्न गर्न नसक्दा तीनपटकसम्म म्याद थप गरिएको आयोजनाले जनाएको छ। आयोजनाको २०६८ असोज २३ गते विद्युत् खरिद सम्झौता (पिपिए) भएको थियो।

आयोजनाकोे भूमिगत सुरुङ एक हजार तीन सय मिटरको छ। सिभिल ठेकेदार इसिआई बज्रगुरुले आयोजना निर्माण गरिरहेकोे छ। सिभिल कार्यमा इसिआई बज्रगुरु जेभी, इलेक्ट्रोमेकानिकलमा चिनियाँ ठेकेदार तोनफाङ इलेक्ट्रिक इन्टरनेसन कर्पोरेसन, हाइड्रोमेकानिकलमा नेपाल हाइड्रो एन्ड इलेक्ट्रिक लिमिटेड र प्रसारण लाइन निर्माणमा मुडभरी एन्ड जोशी कन्सट्रक्सन प्रालिले काम गरिरहेको आयोजनाले जनाएको छ।  

आयोजनाले पावर हाउसदेखि चिलिमे हबसम्म सात किलोमिटर प्रसारण लाइन निर्माण गर्नुपर्छ। १३२ केभी क्षमताको प्रसारण लाइन निर्माणको काम चलिरहेको छ। आयोजनाले विद्युत् उत्पादन गर्ने समयसम्म चिलिमे हबको निर्माण पूरा नहुने देखिएको छ। यसले गर्दा आयोजनाले कन्टिन्जेन्सी प्लान बनाएर चिलिमे प्रसारण लाइनमा विद्युत् जोड्ने तयारी गरेको छ। ११ केभी डबल सर्किट लाइनमा सीमित बिजुली जोड्न सकिने उनले बताए। हब निर्माण भएपछि उत्पादित बिजुली हबमा नै जोडिने छ।
ताप्लेजुङ प्रहरीद्वारा फरार पाँच प्रतिवादी पक्राउ
अपराध
Clock ३ मिनेट अघि | १ मिनेट पाठ
ताप्लेजुङ प्रहरीद्वारा फरार पाँच प्रतिवादी पक्राउ
विभिन्न मुद्दामा दोषी ठहर भई फरार रहेका ५ जनालाई ताप्लेजुङ प्रहरीले पक्राउ गरेको छ।
Whatsapp
गृहमन्त्री गुरुङद्वारा बिपी प्रतिष्ठानमा स्वास्थ्य सेवा र सुरक्षा व्यवस्थाको अनुगमन
राजनीति
Clock २० मिनेट अघि | १ मिनेट पाठ
गृहमन्त्री गुरुङद्वारा बिपी प्रतिष्ठानमा स्वास्थ्य सेवा र सुरक्षा व्यवस्थाको अनुगमन
गृहमन्त्री सुधन गुरुङले धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको अनुगमन गरेका छन्।
Whatsapp
‘प्रश्नको घेरामा नेपालको लोकतन्त्र’ सार्वजनिक
कला/साहित्य
Clock २९ मिनेट अघि | १ मिनेट पाठ
‘प्रश्नको घेरामा नेपालको लोकतन्त्र’ सार्वजनिक
कोञ्ज्योसोम प्रज्ञाप्रतिष्ठानका अध्यक्ष गोपाल सञ्जेलले लोकतन्त्रलाई दल, नेता र सरकारसँग मात्रै जोडेर बुझ्न नहुने धारणा राखे।
Whatsapp
केन्याली धावक मुरिउकीले जिते नेपालगन्ज म्याराथन उपाधि
खेल
Clock ३३ मिनेट अघि | १ मिनेट पाठ
केन्याली धावक मुरिउकीले जिते नेपालगन्ज म्याराथन उपाधि
धारा नेपालगन्ज म्याराथनको १२ औं संस्करणको उपाधि केन्याली धावक जुलियस मुरिउकी वाहोमेले हात पारेका छन्।
Whatsapp
‘पेन्डिङ’ फाइल शून्यमा झार्दै झापा प्रशासन
समाज
Clock ३८ मिनेट अघि | १ मिनेट पाठ
‘पेन्डिङ’ फाइल शून्यमा झार्दै झापा प्रशासन
झापा प्रशासनले सेवाग्राहीलाई राष्ट्रिय परिचयपत्र र राहदानीको फोटा तथा जैविक विवरण (बायोमेट्रिक) काम एकै दिनमा उपलब्ध गराउन सुरु गरेको छ।
Whatsapp
महिला पहिला : मौनताको पर्खाल भत्काउने १६ दिन
समाज
Clock ४० मिनेट अघि | १ मिनेट पाठ
महिला पहिला : मौनताको पर्खाल भत्काउने १६ दिन
घरभित्रको पीडा र विभेदको अन्त्यमा हाम्रो समाजमा घरलाई प्रायः शान्ति, माया र सुरक्षाको सबैभन्दा बलियो थलो मानिन्छ।
Whatsapp
महिला क्रिकेटतर्फ लिग चरणका खेल सम्पन्न
खेल
Clock ५४ मिनेट अघि | १ मिनेट पाठ
महिला क्रिकेटतर्फ लिग चरणका खेल सम्पन्न
दशौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत महिला क्रिकेटतर्फ सेमिफाइनल समिकरण पूरा भएको छ।
Whatsapp
पुरुष क्रिकेटमा एनआरएनएलाई हराउँदै गण्डकी विजयी
खेल
Clock ५८ मिनेट अघि | १ मिनेट पाठ
पुरुष क्रिकेटमा एनआरएनएलाई हराउँदै गण्डकी विजयी
 दशौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत पुरुष क्रिकेट प्रतियोगिताको लिग चरणको खेलमा गण्डकी प्रदेशले आफ्नो दोस्रो खेलमा पहिलो जीत हात पारेको छ...
Whatsapp
कर्णाली रंगशाला आइपुगे रवि
राजनीति
Clock १ घण्टा अघि | ० मिनेट पाठ
कर्णाली रंगशाला आइपुगे रवि
रवि पार्टी प्रशिक्षण कार्यक्रमका लागि सुर्खेत आएका हुन्। १० औं राष्ट्रिय खेलकुद प्रतियाेगीता सन्चालन भइरहेकाे बेला आएका थिए।
Whatsapp
‘लाइफटाइम एचिभमेन्ट अवार्ड’ बाट पौड्याल सम्मानित
अर्थ
Clock १ घण्टा अघि | १ मिनेट पाठ
‘लाइफटाइम एचिभमेन्ट अवार्ड’ बाट पौड्याल सम्मानित
कार्यक्रममा गभर्नर पौडेलले मौद्रिक नीति सरोकारवालासँगको संवादका आधारमा तर्जुमा गरिएको र नीतिगत स्थिरतालाई प्राथमिकता दिइएको बताए।
Whatsapp
रवि-बालेनलाई बाबुरामको सुझाव: अनावश्यक दूरी नबढाउनू, पाँच वर्ष मिलेर सरकार चलाउनू
नागरिक भिडियो
Clock १ घण्टा अघि | १ मिनेट पाठ
रवि-बालेनलाई बाबुरामको सुझाव: अनावश्यक दूरी नबढाउनू, पाँच वर्ष मिलेर सरकार चलाउनू
सत्तारूढ दलभित्र देखिएको आन्तरिक खटपटबारे सोधिएको प्रश्नमा भट्टराईले रवि र बालेनसँगको संवाद स्मरण गरे।
Whatsapp
शारीरिक सुगठनमा कञ्चनपुरका सुनिललाई रजत
खेल
Clock १ घण्टा अघि | १ मिनेट पाठ
शारीरिक सुगठनमा कञ्चनपुरका सुनिललाई रजत
कर्णालीमा सञ्चालन भइरहेको दशौँ बृहत् राष्ट्रिय खेलकुद प्रतियोगिताअन्तर्गत शारिरीक सुगठनमा कञ्चनपुरको महेन्द्रनगरका सुनिल चन्दले रजत पदक प्राप्त गरेका...
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस