देशकै ठूलो तरकारी बजार सञ्चालनमा
२५ चैत्र २०७७
•
२ मिनेट पाठ
देशकै ठूलो तरकारी बजार सञ्चालनमा
नेपालकै ठूलो भनिएको तरकारी बजार भक्तपुरमा सञ्चालनमा आएको छ। भक्तपुरको सूर्यविनायकको सिपाडोलमा नेपालकै सबैभन्दा ठूलो सूर्यविनायक हरित कृषि थोक बजार सञ्चालनमा ल्याइएको हो। अरनिको राजमार्ग अन्तर्गत आदर्श बस बिसौनीबाट दक्षिणको ३५ रोपनी क्षेत्रमा बजार खुलेको छ।  




कृषि बजार आधुनिक छ । बजारमा प्रवेश गर्न र निस्कन छुट्टाछुट्टै गेटको व्यवस्था गरिएको छ। एउटा गेट अरनिको राजमार्ग जोडिएको छ भने अर्को सिपाडोल जाने मेनरोडसँग जोडिएको छ। कृषि बजारमा तरकारी ल्याउने गाडी जाम नहोस् भनेर एकतर्फी बाटो कायम गरिएको सञ्चालकहरुको भनाइ छ। त्यहाँ पार्किङको पनि व्यवस्था छ। कृषि बजारभित्रै मोटरले तरकारी पु¥याउने व्यवस्था मिलाइएको छ।

सूर्यविनायक हरित कृषि थोक बजारका अध्यक्ष राकेश प्रसाईले ३२ करोड लगानीमा मुलुकको अहिलेसम्मको ठूलो र व्यवस्थित कृषि बजार सञ्चालनमा ल्याएको जानकारी गराए। अहिले अनौपचारिक रुपमा सुरु गरी अर्काे वर्षको वैशाखमा कृषि मन्त्रीबाट उद्घाटन गराई औपचारिक रुपमा बजारको सुरुआत गर्ने योजना रहेको उनले जनाए।

अहिलेका लागि तरकारीको स्टल सञ्चालनमा ल्याइएको हो। माछामासु र फलफूलका स्टल बनाउन बाँकी रहेको जनाइएको छ। यसलाई अहिलेसम्मकै व्यवस्थित बजारको रुपमा अघि बढाउने योजना छ। बजारभित्र साढे सात सय स्टल छन्। बजार प्रत्येक दिन विहान दुई बजेदेखि बेलुकी आठ बजेसम्म खुला रहने जनाइएको छ। बजारको मुख्य उद्देश्य होलसेल बिक्री भए पनि स्थानीयको लागि खुद्रा बिक्री पनि गर्ने योजना छ।

काठमाडौंको कालीमाटीस्थित फलफूल तथा तरकारी बजार बस्तीभित्र भएकोले त्यहाँ गाडी लैजान बेलुकीसम्म कुर्नुपर्ने अवस्था छ। यसो हुँदा तरकारी खराब हुने सम्भावना धेरै भएको, तर यहाँ त्यस्तो समस्या नआउने बताइएको छ। उपत्यकाको पूर्वी नाकाबाट आउने सबै तरकारी यही बजारमा ल्याएर यहाँबाट काठमाडौं लगायत ठाउँमा पु¥याउन सकिने जनाइएको छ । जग्गा १५ वर्षका लागि लिजमा लिएर बजारका संरचना तयार गरिएको छ।  

यसैबीच, संघीय सांसद महेश बस्नेतले मंगलबारै उक्त तरकारी बजार अवलोकन गरेका छन्। अवलोकनपछि नेता बस्नेतले आफ्नो क्षेत्रमा देशकै ठूलो तरकारी बजार सञ्चालनमा आएको भन्दै खुसी व्यक्त गरे। भक्तपुरमा विकासको लहर छाउने आफ्नो योजना विस्तारै सफल हुँदै गएको उनको दाबी छ। 
अर्को समाचार
देशकै ठूलो तरकारी बजार सञ्चालनमा
२४ चैत्र २०७७
•
२ मिनेट पाठ
देशकै ठूलो तरकारी बजार सञ्चालनमा
नेपालकै ठूलो भनिएको तरकारी बजार भक्तपुरमा सञ्चालनमा आएको छ । भक्तपुरको सूर्यविनायकमा सिपाडेलमा नेपालकै सवैभन्दा ठूलो सूर्यविनायक हरित कृषि थोक बजार सञ्चालनमा ल्याइएको हो । जिल्लाको सूर्यविनायक नगरपािलका वडा नं ८ आदर्श सिपाडोल क्षेत्र सूर्यविनायकमा बजार खुलेको हो । अरनिको राजमार्ग अन्तर्गत आदर्श बस बिसौनीबाट दक्षिणको ३५ रोपनीको क्षेत्रको यो बजार रहेको छ ।  




कृषि बजार आधृनिक रुपमा बनाइएको छ । त्यसको लागि भित्र प्रवेश गर्ने प्रवेशद्धार र बाहिर निस्कनका लागि छुट्टाछुट्टै दुईवटा प्रवेशद्धारको व्यवस्था गरिएको छ । एउटा प्रवेशद्धार अरनिको राजमार्ग जाडिएको छ भने अर्को सिपाडोल जाने मेन रोडसँंग जोडिएको छ । कृषि बजारमा तरकारी राख्न ल्याउने गाडीहरुको जाम नहोस् भनेर एकतर्फी बाटो कायम गरिएको जनाएको छ । साथै त्यहाँं पार्किङको पनि व्यवस्था छ । कृषि बजारभित्रसम्म तरकारी पुर्‍याउन मोटर पुग्ने गरी व्यवस्था मिलाइएको छ ।

सूर्यविनायक हरित कृषि थोक बजारका अध्यक्ष राकेश प्रसाईले ३२ करोडको लगानीमा नेपालमै अहिलेसम्मको सवैभन्दा ठूलो व्यवस्थित कृषि बजार सञ्चालनमा ल्याएको जानकारी गराए । अहिले अनौपचारिक रुपमा सुरु गरी अर्काे वर्षको बैशाखमा कृषि मन्त्रीज्यूबाट उदघाटन गराई औपचारिक रुपमा बजारको सुरुवात गर्ने योजना राखेको उनले जनाए ।

अहिलेका लागि तरकारी बजार सञ्चालनमा ल्याएको हो । बजारमा माछामासु तर फलफूल बजार बनाउन बाँकी रहेको जनाइएको छ । बजारलाई अहिलेसम्मकै सवैभन्दा व्यवस्थित बजारको रुपमा अगाडि बढाउने योजना रहेको जनाइएको छ ।

बजोरभित्र साढे सात सय स्टलहरु रहेको छन । बजार प्रत्येक दिन विहान दुई बजेदेखि बेलुकी आठ बजेमा खुल्ला रहने जनाइएको छ । बजारको मुख्य उद्देश्य होलसेलको रुपमा स्थापना गर्ने भएता पनि स्थानीयको लागि खुद्रा बिक्री पनि गर्ने जनाइएको छ । ।

काठमाडौंको कालीमाटी बजार बस्तीभित्र भएको कारण त्यहाँ गाडीभित्र लान बेलुकीसम्म कुर्नुपर्ने भएकोले तरकारी खराब हुने सम्भावना धेरै भएको तर यहाँं त्यस्तो समस्या नआउने बताइएको छ । यो पूर्वी नाकाबाट आउने सवै तरकारीहरु यही पुर्‍याएर यहीबाट काठमाडौंलगायतका ठाउँंहरुमा पुर्‍याउन सकिने जनाइएको छ । जग्गा १५ वर्षका लागि लिजमा लिइएको जनाइएको छ । 

युवा नेता बस्नेतद्धारा अवलोकन

युवा नेता एवं संघीय सांसद महेश बस्नेतले भक्तपुर सूर्यविनायकस्थित देशकै ठूलो तरकारी बजारको अवलोकन भ्रमण गरेका छन् । भक्तपुरको सूर्यविनायक नगरपालिका वडा नं ८ सिपाडेलमा रहेको अहिलेसम्मकै नेपालकै सवैभन्दा ठूलो सूर्यविनायक हरित कृषि थोक बजारको अवलोकन गरेका हुन् । अवलोकनपछि नेता वस्नेतले आफनो क्षेत्रमा देशकै ठूलो तरकारी बजार सञ्चालनमा आएको भन्दै खुशी साटे । भक्तपुरमा विकासको लहर छाउने आफनो योजना विस्तार सफल हुँंदै गएको भनी उनले प्रशन्नता प्रकट गरे ।
किन एक्लाएक्लै शीतलनिवासमा बालेन्द्र र रवि ?
राजनीति
Clock १९ मिनेट अघि | १ मिनेट पाठ
किन एक्लाएक्लै शीतलनिवासमा बालेन्द्र र रवि ?
प्रधानमन्त्री बालेन्द्र शाह शीतलनिवास पुग्नुअघि नै रास्वपा सभापति रवि लामिछानेले राष्ट्रपति रामचन्द्र पौडेललाई भेटेका हुन्।
Whatsapp
जीवनलयमा लहरिएका गीतकार
कला/साहित्य
Clock २३ मिनेट अघि | १ मिनेट पाठ
जीवनलयमा लहरिएका गीतकार
हालसम्म नेपाली चलचित्र कति निर्माण भयो होला? त्यसको तथ्याङ्क सहजै उपलब्ध हुन्छ।  तिनै चलचित्रका लागि कति गीत लेखियो होला ?
Whatsapp
बिहानको घन्टी
कला/साहित्य
Clock २८ मिनेट अघि | १ मिनेट पाठ
बिहानको घन्टी
उनले श्रीमान्लाई अपमानित गर्ने अभियान चलाइनन्। सामाजिक सञ्जालमा पारिवारिक रहस्य सार्वजनिक गरिनन्। अरूका अगाडि आफूलाई निर्दोष साबित गर्न जीवन खर्चिन पन...
Whatsapp
हसिनाको स्वदेश फिर्ती घोषणा : बंगलादेशमा तनाव, दबाबमा भारत
अन्तर्राष्ट्रिय
Clock ३७ मिनेट अघि | १ मिनेट पाठ
हसिनाको स्वदेश फिर्ती घोषणा : बंगलादेशमा तनाव, दबाबमा भारत
भारतमा निर्वासनमा रहेकी बंगलादेशकी पूर्वप्रधानमन्त्री शेख हसिनाले डिसेम्बर १६ मा स्वदेश फर्किने घोषणा गरेपछि बंगलादेशको राजनीति तरंगित बनेको छ।
Whatsapp
राष्ट्रिय खेलकुदः जुम्लामा फुटबल प्रतियोगिताको तयारी पूरा
खेल
Clock ४४ मिनेट अघि | १ मिनेट पाठ
राष्ट्रिय खेलकुदः जुम्लामा फुटबल प्रतियोगिताको तयारी पूरा
यहाँ आयोजना हुने दसौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत पुरुष फुटबलको सेमिफाइनल र फाइनल खेलको सबै तयारी पूरा भएको छ।
Whatsapp
सप्तरीमा २०१ जना एचआइभीबाट सङ्क्रमित
स्वास्थ्य
Clock ४७ मिनेट अघि | १ मिनेट पाठ
सप्तरीमा २०१ जना एचआइभीबाट सङ्क्रमित
जिल्लाको राजविराजस्थित रहेको गजेन्द्रनारायण सिंह अस्पतालको तथ्याङ्कअनुसार सङ्क्रमित मध्ये १०६ पुरूष, ८४ महिला र १० बालबालिका छन्।
Whatsapp
लुम्बिनीका लोकनृत्य : फरक भूगोल, सन्देश र सद्भाव एउटै
कला/साहित्य
Clock ५१ मिनेट अघि | १ मिनेट पाठ
लुम्बिनीका लोकनृत्य : फरक भूगोल, सन्देश र सद्भाव एउटै
रुकुम पूर्व र रोल्पाका मयूर र भूमे नाच, मध्य पहाडका सराय, सोरठी र मारुनी अनि तराईमा प्रचलित सखिया, लठ्ठहवा र अवधि समुदायका फगुवा तथा झिझिया नाच लुम्बि...
Whatsapp
नेवार जातिलाई दलित सूचीमा समावेश गर्ने निर्णयविरुद्ध कांग्रेसको विरोध कार्यक्रम
राजनीति
Clock १ घण्टा अघि | ० मिनेट पाठ
नेवार जातिलाई दलित सूचीमा समावेश गर्ने निर्णयविरुद्ध कांग्रेसको विरोध कार्यक्रम
४० भन्दा बढी नेवार जातिलाई दलित सूचीमा समावेश गर्ने नेपाल सरकारको निर्णयविरुद्ध नेपाली कांग्रेस काठमाडौं महानगर समितिले आज विरोध कार्यक्रम गर्ने भएको...
Whatsapp
विश्वप्रकाश शर्मा तीन दिन झापाका विभिन्न कार्यक्रममा सहभागी हुने, यस्तो छ तालिका
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
विश्वप्रकाश शर्मा तीन दिन झापाका विभिन्न कार्यक्रममा सहभागी हुने, यस्तो छ तालिका
नेपाली कांग्रेसका वरिष्ठ उपसभापति विश्वप्रकाश शर्मा मंसिर १३ देखि १५ गतेसम्म झापाका विभिन्न कार्यक्रममा सहभागी हुने भएका छन्।
Whatsapp
धरान, वीरगञ्ज र सुर्खेतले पनि एनएफएल खेल्ने, १० वटै टोलीको लाग्यो टुंगो
खेल
Clock १ घण्टा अघि | १ मिनेट पाठ
धरान, वीरगञ्ज र सुर्खेतले पनि एनएफएल खेल्ने, १० वटै टोलीको लाग्यो टुंगो
नेपाल फुटबल लिग (एनएफएल)को पहिलो संस्करण खेल्ने १० वटै टोलीको टुंगो लागेको छ।
Whatsapp
रुपाताल संरक्षण परियोजना यसै वर्ष सम्पन्न गर्न ऊर्जामन्त्रीको निर्देशन
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
रुपाताल संरक्षण परियोजना यसै वर्ष सम्पन्न गर्न ऊर्जामन्त्रीको निर्देशन
चालू आर्थिक वर्षभित्र कास्कीस्थित रुपाताल संरक्षण तथा एकीकृत विकास परियोजना सम्पन्न गर्ने लक्ष्यका साथ काम भइरहेको छ।
Whatsapp
इनम प्रकरणमा निष्पक्ष छानबिन गर्न संसद्ले अग्रसरता लिनुपर्छ : विश्वप्रकाश शर्मा
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
इनम प्रकरणमा निष्पक्ष छानबिन गर्न संसद्ले अग्रसरता लिनुपर्छ : विश्वप्रकाश शर्मा
नेपाली कांग्रेसका वरिष्ठ उपसभापति विश्वप्रकाश शर्माले इनम सापकोटा प्रकरणमा जोडिएका घटनाको निष्पक्ष र पारदर्शी छानबिन गर्न संसद्ले अग्रसरता लिनुपर्ने ब...
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस