कर्णाली प्रदेशको राजधानी सुर्खेतबाट आइतबार हुने नियमित उडान प्रभावित भएका छन् । जहाज सुरक्षित अवतरण हुन यान्त्रिक भिजिविलिटी कम हुँदा यहाँका उडान प्रभावित भएका हुन् ।
बिहान सफा रहेको आकासमा एक्कासि तुँवालोले ढाकेपछि उडान रद्द भएका थिए। सुर्खेत विमानस्थलबाट दैनिक आठदेखि १० वटासम्म उडान हुन्छन् । आइतबार भिजिवलिटी कम हुँदा सुर्खेतबाट हुम्लाको सिमकोट तारा एयरलाइन्सले एउटामात्र उडान गर्न सक्यो । बर्दियाबाट मुगुमा अवस्थित रारा जान लागेको हेलिकोप्टरको पनि उडान प्रभावित बन्यो । बर्दियाबाट राराका लागि उडान भरेको उक्त हेलिकोप्टेर सुर्खेतमा अवतरण गर्यो । रारा उडान गर्न भिजिविलिटी नपुगेपछि सुर्खेतबाट नेपालगन्ज उडान भर्न लागेको उक्त हेलिकोप्टर बीच बाटोबाटै फर्कियो । उक्त हेलिकोप्टर दिउँसो ३ बजे सुर्खेत विमानस्थलमा अवतरण भएको थियो ।
भिजिविलिटी कम हुँदा आइतबार सुर्खेत–काठमाडौं र काठमाडौं–सुर्खेत उडान प्रभावित भएको नागरिक उड्डयन कार्यालय सुर्खेतका प्रमुख उमेशकुमार पन्थीले जानकारी दिए । ‘नियमित उडानसँगै कर्णालीका जिल्ला र सुदूरपश्चिमको बाजुराका लागि उडान भर्ने चार्टर जहाजले पनि उडान भर्न सकेनन्,’ उनले भने, ‘१०/१२ दिनदेखि तुँवालो लागे पनि उडान भइरहेको थियो तर आइतबार धेरै कम हुँदा उडान रद्द भए ।’ सुर्खेतमा आइतबार दुई हजारदेखि तीन हजार मिटरसम्म भिजिविलिटी थियो । सुर्खेतका लागि पाँच हजार मिटरसम्मको भिजिविलिटी चाहिने विमानस्थल प्रमुख पन्थीले जानकारी दिए ।
केही दिनदेखि सुर्खेतका आकासमा तुँवालो बढ्दै गएको छ । आकासमा तुँवालो देखिएकाले बालबालिका, वृद्धवृद्धा, दीर्घरोगीलगायत घर बाहिर निस्किँदा सावधानी अपनाएर निस्किनु पर्ने स्वास्थ्य सेवा महाशाखाका स्वास्थ्य शिक्षा अधिकृत नवराज कँडेलले जानकारी दिए । ‘बिहान केही बेर आकास खुले पनि दिउँसो तुँवालो देखिन्छ,’ उनले भने, ‘यस्तो बेलामा सचेत हुनुपर्दछ ।’ उडान प्रभावित हुँदा नेपालगन्जबाट रारासम्मको उडान गर्ने गरेको पर्यटन व्यवसायी मनराज सिंखडाले बताए । ‘सुर्खेतमा भिजिविलिटी कम हुँदा हिजो अस्ती रारा–नेपालगन्ज उडान गरेका थियौं,’ उनले भने।