दिगो विकासमा काम गर्नेलाई १० लाखको पुरस्कार घोषणा
२० चैत्र २०७७
•
३ मिनेट पाठ
दिगो विकासमा काम गर्नेलाई १० लाखको पुरस्कार घोषणा
‘गरीबीरहित समाज’ निर्माणको अभियानमा जीवन विकास समाज सक्रिय छन्। विसं २०५४ मा स्थापना भएको यो समाजले अहिले प्रदेशको सात जिल्लामा ७५ शाखाबाट कार्यक्रम सञ्चालन गर्दै आएको छ। शिक्षा, स्वास्थ्य, कृषि, जस्ता क्षेत्रमा आफ्ना सेवालाई सफलतापूर्वक प्रदान गरी सामाजिक तथा आर्थिक समुन्नतिका लागि प्रयासरत यो संस्थाले वित्तीय क्षेत्रमा पनि काम गरिरहेको छ। समूह बनाई विनाधितो ऋण प्रदान गरिरहेको यो संस्थाले आयआर्जन र बचत गर्ने बानीको विकास पनि गरिरहेको छ।  




सबैका लागि स्वच्छ ऊर्जा कार्यक्रमबाट हजारौँ घरपरिवारमा नवीकरणीय ऊर्जाका सेवामार्फत (सोलार, बायोग्यास तथा सुधारिएको चुलो) लाभान्वित भएका छन्। विपन्न समुदायका लागि सुरक्षित आवास कार्यक्रमअन्तर्गत एक लाखभन्दा बढीको सुरक्षित आवास निर्माण सुविधा प्रदान गरेको समाजले आत्मनिर्भर बनाउने अभियानअन्तर्गत आधुनिक तवरमा कृषि उत्पादन कार्यमा टेवा पुग्ने गरी विभिन्न स्थानमा नमूना कृषि उत्पादनका कार्यक्रम पनि सञ्चालन गर्दै आएको आज यहाँ आयोजित पत्रकार भेटघाटमा समाजका निर्देशक एवं संस्थापक अध्यक्ष योगेन्द्र मण्डलले जानकारी दिए।

उनले लघुवित्त कार्यक्रमबाट प्रदेशका दुई लाख समाजका सदस्यले लाभ लिएको बताउँदै पिछडिएको र अतिविपन्न समुदायका बालबालिकालाई लक्षित गरी सुविधा सम्पन्न विद्यालय स्थापना, सामुदायिक विद्यालयको व्यवस्थापकीय क्षमता अभिवृद्धि र गुणस्तरीय शिक्षण सिकाइका लागि सामुदायिक विद्यालयसँग सहकार्य, अतिविपन्न समुदाय लक्षित नमूना बालशिक्षा कार्यक्रम तथा नमूना बाल शिक्षा केन्द्रको स्थापना जस्ता सामाजिक कार्य गरिरहेको बताए।

निर्देशक मण्डलले ‘नव बिहानी’ नामक किशोरी लक्षित कार्यक्रम सञ्चालन गर्दा उमेर नपुगेका किशोरीको विवाहमा नियन्त्रण भएको जानकारी दिँदै उद्यमशीलता युवा जनशक्ति उत्पादनका लागि प्राविधिक तथा व्यावसायिक शिक्षा तालीम कार्यक्रम पनि सञ्चालन गरेको जानकारी दिए।

दिगो विकासका लागि तय गरिएका विभिन्न लक्ष्यमध्ये चौथो लक्ष्य गुणस्तरीय शिक्षाको पहुँचको क्षेत्रमा उल्लेखनीय कार्य गरेबापत प्रतिस्पर्धात्मक विधिबाट समाजले ‘द अरब गल्फ प्रोग्राम फर डेभल्पमेन्ट’ इन्टरनेशनल प्राइज–२०१७ बाट प्राप्त अमेरिकन डलर तीन लाख (रु तीन करोड २४ लाख) रकममा समाजले त्यति नै रकम थप गरी रु छ करोड ४८ लाखबाट केही रकम खर्च गरी रु पाँच करोडको स्थायी कोष निर्माण गरेको छ।

कोषको ब्याजबाट आउने रकम दिगो विकासका क्षेत्रमा महत्वपूर्ण योगदान गर्ने सरकारी, गैरसरकारी सङ्घसंस्था तथा पत्रकारलाई समेत लक्षित गरी यसै वर्षदेखि वार्षिकरुपमा रु १० लाख बराबरको पुरस्कार प्रदान गर्ने सम्बन्धमा शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयमार्फत सूचना पनि जारी भइसकेको निर्देशक मण्डलले बताए। पहिलो, द्वितीय र तृतीय पुरस्कारको राशि क्रमशः रु पाँच लाख, तीन लाख र दुई लाख रहेको बताइएको छ।

दिगो विकासका लागि जीवन विकास पुरस्कार २०७७ वितरणसम्बन्धी व्यवस्थापनका लागि काठमाडौँ विश्वविद्यालयका पूर्वउपकुलपति प्रा डा सुरेशराज शर्माको संयोजकत्वमा सात सदस्यीय निर्देशक समिति बनेको पत्रकार सम्मेलनमा निर्देशक समितिका सदस्य महाजन शर्माले जानकारी दिए।

यही चैत २५ गतेसम्म आवेदन पेश गर्ने गरी सूचना जारी भएको पुरस्कार प्राप्तिका लागि शिक्षा क्षेत्रमा उल्लेखनीय काम गर्ने गैरसरकारी संस्था, शैक्षिक संस्था पत्रकारले तोकिएको अवधिमा आवेदन पेश गर्नुपर्ने सदस्य शर्माले बताए। रासस
अर्को समाचार
चार पटक म्याद थप्दा पनि सकिएन तालचोक–बेगनास सडक निर्माण
१ घण्टा अघि
•
१ मिनेट पाठ
चार पटक म्याद थप्दा पनि सकिएन तालचोक–बेगनास सडक निर्माण
गण्डकी। विसं २०७९ असारमा ठेक्का सम्झौता भई दुई वर्षमा काम सक्ने गरी अघि बढाइएको पोखरा महानगरपालिका–२७ तालचोकदेखि ३१ बेगनास जोड्ने सडक चार वर्ष बित्दा पनि निर्माण कार्यले पूर्णता पाउन सकेको छैन। 




चार पटकसम्म यसबीचमा ठेक्काको म्याद थपिए पनि सडक निर्माणको भौतिक प्रगति जम्मा ८० प्रतिशत मात्र पुगेको महानगरपालिकाको सडक शाखाका इन्जिनियर नवीन गौतमले जानकारी दिए।

पछिल्लो पटक गत असारमा थपिएको म्याद पनि कात्तिकमा सकिइसकेको छ। ‘स्वच्छन्द–सपना–वर्ल्डवाइड जेबी’ले चार लेनको उक्त सडक बनाउने जिम्मा पाएको थियो। सङ्घ सरकारको समन्वय तथा विश्व बैंकको आर्थिक सहयोगमा सञ्चालित नेपाल सहरी शासकीय तथा पूर्वाधार आयोजनाअन्तर्गत उक्त सडक निर्माणको काम भइरहेको हो।

इन्जिनियर गौतमका अनुसार निर्माण कम्पनीको ढिलासुस्तीका कारण निर्धारित समयमा सडक निर्माण सम्पन्न हुन नसकेको हो। 'महानगरपालिकालगायत सम्बन्धित निकायबाट पटकपटक ताकेता गर्दा पनि निर्माण कम्पनीले लापरबाही गरिरहेको छ', उनले भने, 'मङ्सिर महिनाभित्र काम सक्ने प्रतिबद्धता जनाएको छ, उक्त समयसीमाभित्र निर्माण पूरा नभएमा जरिवानालगायत अन्य कारबाहीको प्रक्रिया अगाडि बढाउँछौँ।'

सुरुमा जग्गाको विवाद देखाएर काममा ढिलाइ गरेको निर्माण कम्पनीले उक्त विवाद समाधान भएपछि पनि निर्माणलाई खासै गति दिन नसकेको इन्जिनियर गौतमले बताए। केही महिनाअघि सहरी विकास मन्त्रालय, महानगरपालिका, विकास साझेदार विश्व बैंक, परामर्शदातालगायतसँगको छलफलमा निर्माण कम्पनीले तोकिएको समयमा काम सक्ने प्रतिबद्धता जनाएको थियो।

जम्मा ३.२८ किमीको उक्त सडकलाई चार लेनमा विस्तार तथा स्तरोन्नति गर्न वर्षौं लागेपछि विकास निर्माणको काममा निकै सुधार आवश्यक रहेको स्थानीयवासीको भनाइ छ। पोखरा–२७ का वडाध्यक्ष पूर्णकुमार गुरुङले समयमा सडक नबन्दा पर्यटकीय क्षेत्र बेगानासदेखि उक्त सडक भएर यात्रा गर्ने सर्वसाधारणलाई सास्ती पुगेको बताए।

'पछिल्लो समय कामको गति केही बढेको जस्तो देखिएको छ, चारपटकसम्म म्याद थप हुँदा पनि सडक निर्माण नहुनु दुखद छ', उनले भने, 'निर्माण कम्पनीलाई जवाफदेही बनाउनुपर्छ, महानगरपालिकाकै गौरवको आयोजनामा चरम ढिलासुस्ती भइरहेको छ।'

निर्माण कम्पनीसँग भ्याटसहित रु ७५ करोड ४८ लाखमा सडक निर्माणको ठेक्का सम्झौता भएको इन्जिनियर गौतमले बताए। फुट ट्र्याक, साइकल लेन, सडक बत्ती र पार्किङसहितको नमूना सडक बन्ने उनको भनाइ छ। सडक छेउछाउमा बगैँचा, यात्रु प्रतीक्षालयसहित आकर्षक पूर्वाधार बनाइने भएको छ। सडकमा तीन वटा पुल पनि बन्नेछन्।

पृथ्वी राजमार्गसँग जोडिएको उक्त सडक बेगनास, रुपा गाउँपालिका हुँदै लमजुङ जोडिनेछ। महानगरकै गौरवको आयोजनाका रूपमा रहेको उक्त सडक विस्तार एवं स्तरोन्नति कार्यलाई अगाडि बढाइएको हो। उक्त सडक बनेपछि सात तालको वाटिका भनेर चिनिने सिङ्गो लेखनाथ क्षेत्रको आर्थिक विकास र पर्यटन गतिविधिमा टेवा पुग्ने अपेक्षा गरिएको छ। रासस
दुई घण्टाभित्र समस्या समाधान, नभए दुई दिन निःशुल्क इन्टरनेट : वर्ल्डलिंकको ‘ढुक्कको कनेक्सन’ अभियान सुरु
कर्पोरेट
Clock २ मिनेट अघि | १ मिनेट पाठ
दुई घण्टाभित्र समस्या समाधान, नभए दुई दिन निःशुल्क इन्टरनेट : वर्ल्डलिंकको ‘ढुक्कको कनेक्सन’ अभियान सुरु
वर्ल्डलिंक कम्युनिकेसन्स लिमिटेडले ‘ढुक्कको कनेक्सन’ सेवा सुरु गरेको छ।
Whatsapp
ठमेलबाट यसरी समातिए ८७ वर्षीय दक्षिण कोरियाली र भारतीय नागरिक, १५ करोडको कोकिन बरामद
अपराध
Clock २ मिनेट अघि | १ मिनेट पाठ
ठमेलबाट यसरी समातिए ८७ वर्षीय दक्षिण कोरियाली र भारतीय नागरिक, १५ करोडको कोकिन बरामद
प्रहरीका अनुसार दक्षिण कोरियाली नागरिकले आफ्नो ह्यान्ड ब्यागेजभित्र फल्स बटम बनाएर लुकाएको अवस्थामा तीन किलो कोकिन बरामद गरिएको हो। उक्त कोकिन लिन आएक...
Whatsapp
दशौं राष्ट्रिय खेलकुद : पुरुष क्रिकेटमा कर्णालीमाथि लुम्बिनीको सहज जित
खेल
Clock ८ मिनेट अघि | १ मिनेट पाठ
दशौं राष्ट्रिय खेलकुद : पुरुष क्रिकेटमा कर्णालीमाथि लुम्बिनीको सहज जित
दशौं राष्ट्रिय खेलकुद प्रतियोगिताअन्तर्गत पुरुष क्रिकेटमा लुम्बिनी प्रदेशले कर्णाली प्रदेशलाई ६५ रनले पराजित गरेको छ।
Whatsapp
शिक्षाको ऋण तिर्न पूर्वविद्यार्थीको पहल, ४१ जनाको पहलमा अक्षयकोष स्थापना
शिक्षा
Clock १४ मिनेट अघि | १ मिनेट पाठ
शिक्षाको ऋण तिर्न पूर्वविद्यार्थीको पहल, ४१ जनाको पहलमा अक्षयकोष स्थापना
प्रधानाध्यापकको कुर्सीमा बसेर विद्यालयको अवस्था नियाल्दा उनलाई एउटा प्रश्नले सधैँ घोचिरहन्थ्यो, आफूलाई शिक्षा दिएर जीवनको बाटो देखाउने विद्यालयका लागि...
Whatsapp
प्रेस स्वतन्त्रताप्रति कम्प्रमाइज हुँदैन : रास्वपा महामन्त्री आचार्य
राजनीति
Clock २४ मिनेट अघि | १ मिनेट पाठ
प्रेस स्वतन्त्रताप्रति कम्प्रमाइज हुँदैन : रास्वपा महामन्त्री आचार्य
राष्ट्रिय स्वतन्त्र पार्टीका महामन्त्री विपिनकुमार आचार्यले प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताप्रति रास्वपा प्रतिबद्ध रहेको बताएका छन्।
Whatsapp
प्रधानमन्त्रीलाई बाबुरामको सुझाव : दुई ठुला छिमेकी अर्थतन्त्रबिच नेपाललाई ‘गतिशील सेतु’ बनाऔँ
राजनीति
Clock २४ मिनेट अघि | १ मिनेट पाठ
प्रधानमन्त्रीलाई बाबुरामको सुझाव : दुई ठुला छिमेकी अर्थतन्त्रबिच नेपाललाई ‘गतिशील सेतु’ बनाऔँ
पूर्वप्रधानमन्त्री बाबुराम भट्टराईले प्रधानमन्त्री बालेन्द्र शाहलाई दुई ठुला छिमेकी अर्थतन्त्रबिच नेपाललाई गतिशील सेतु बनाउने दिशामा अघि बढ्न सुझाव दि...
Whatsapp
यो पनि पढौँ
भारतविरुद्धको दोस्रो टेस्टमा न्युजिल्यान्ड बलियो स्थितिमा
खेल
Clock ३० मिनेट अघि | १ मिनेट पाठ
भारतविरुद्धको दोस्रो टेस्टमा न्युजिल्यान्ड बलियो स्थितिमा
आइतबार तेस्रो दिनको खेलको समाप्तिमा २४३ रनको अग्रता बनाएसँगै न्युजिल्यान्डले दोस्रो टेस्टमा पकड बनाएको हो। 
Whatsapp
विना धितो कर्जा र केयर इकोनोमी पोलिसीमा काम अघि बढेको छ : मन्त्री यादव
राजनीति
Clock ३५ मिनेट अघि | १ मिनेट पाठ
विना धितो कर्जा र केयर इकोनोमी पोलिसीमा काम अघि बढेको छ : मन्त्री यादव
मन्त्री यादवले विना धितो कर्जा, उद्यमशीलता र केयर इकोनोमी पोलिसी जस्ता विषयहरूमा समेत काम अघि बढेको बताए।
Whatsapp
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट ७ किलो थाई गाँजासहित तीन जना पक्राउ
अपराध
Clock ५६ मिनेट अघि | १ मिनेट पाठ
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट ७ किलो थाई गाँजासहित तीन जना पक्राउ
लागूऔषध नियन्त्रण ब्यूरोले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट ७ किलो थाई गाँजासहित तीन जनालाई पक्राउ गरेको छ।
Whatsapp
गेमिङ एपमा आफ्नो तस्बिर प्रयोग भएपछि केकीको आपत्ति
कला/साहित्य
Clock १ घण्टा अघि | १ मिनेट पाठ
गेमिङ एपमा आफ्नो तस्बिर प्रयोग भएपछि केकीको आपत्ति
अभिनेत्री केकी अधिकारीले आफ्नो अनुमति र संलग्नताबिना एउटा गेमिङ एपले नाम र तस्बिर प्रयोग गरेको भन्दै आपत्ति जनाएकी छन्।
Whatsapp
इराकसँगको इरानी आर्थिक सम्बन्धमा ‘विदेशीहरू’ को प्रभाव गलत : इरानी सुरक्षा प्रमुख
अन्तर्राष्ट्रिय
Clock १ घण्टा अघि | १ मिनेट पाठ
इराकसँगको इरानी आर्थिक सम्बन्धमा ‘विदेशीहरू’ को प्रभाव गलत : इरानी सुरक्षा प्रमुख
इराकसँगको आर्थिक सम्बन्धमा ‘विदेशीहरू’ ले हस्तक्षेप नगर्न इरानी सुरक्षा प्रमुख मोहसेन रेजाइले आइतबार आग्रह गरेका छन्।
Whatsapp
कांग्रेसको जिल्ला अधिवेशनको मिति तय, हिमाली जिल्लामा मंसिरमै निर्वाचन
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
कांग्रेसको जिल्ला अधिवेशनको मिति तय, हिमाली जिल्लामा मंसिरमै निर्वाचन
पार्टी सभापति गगनकुमार थापाले केन्द्रीय निर्वाचन समितिसँगको परामर्शपछि हिमाली जिल्लामा मंसिर २४ र २५ गते तथा अन्य जिल्लामा पुस ४ र ५ गते जिल्ला अधिवेश...
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस