वैदेशिक रोजगारीः बायोमेट्रिक हाजिरी नमिले विमानस्थलबाटै फर्काइने
१८ चैत्र २०७७
•
२ मिनेट पाठ
वैदेशिक रोजगारीः बायोमेट्रिक हाजिरी नमिले विमानस्थलबाटै फर्काइने
वैदेशिक रोजगारी जाने श्रमिकले अभिमुखीकरण तालीम लिँदाको बायोमेट्रिक र अन्तर्राष्ट्रिय विमानस्थलको श्रम कक्षमा लिइने बायोमेट्रिक हाजिरी नमिलेमा विमानस्थलबाटै फर्काइने भएको छ।  




वैदेशिक रोजगार विभागले आज एक सूचना जारी गर्दै वैदेशिक रोजगारीमा जाने श्रमिकले विदेश जानुपूर्व अभिमुखीकरण तालीम नलिई प्रमाणपत्र मात्र लिन गरेको वा नक्कली बायोमेट्रिक लिएको अवस्था भए उनीहरु विमानस्थलबाटै फर्कनुपर्ने बताएको हो। उक्त व्यवस्था आगामी वैशाख १ गतेदेखि लागू हुनेछ।  

पछिल्लो समयमा विभागले गरेको अनूगमनका क्रममा वैदेशिक रोजगारीका लागि अनिवार्य गरिएको अभिमुखीकरण तालिम नलिई प्रमाणपत्र मात्र लिने/दिने गरिएको, तोकिएको समयभित्र तालीम नलिएको तथा अर्कै व्यक्तिको बायोमेट्रिक हाजिरी विवरण रेकर्ड गराई तालीम गराइएको भेटिएको थियो। विमानस्थलको श्रम कक्षबाट वैदेशिक रोजगारीमा जाने श्रमिकको बायोमेट्रिक हाजिरी विवरण व्यक्ति स्वयंको उपस्थितिमा मिलान गराउँदा आधिकारिक नभएको पाइएको थियो।

नक्कली बायोमेट्रिकको प्रयोग गरी विदेश जाँदा श्रमिकले असुविधा भोग्नुपर्ने विभागले जनाएको छ। नक्कली बायोमेट्रिक प्रयोग गर्दा बीमा तथा कल्याणकारी कोषबाट प्राप्त हुने सुविधाबाट वञ्चित हुनसक्ने, बायोमेट्रिक नमिल्दा विदेशबाट पुनः श्रम स्वीकति प्राप्त गर्न नसक्ने तथा गन्तव्य मुलुकसम्बन्धी जानकारी, वैदेशिक रोजगारसम्बन्धी कानून तथा अन्य आवश्यक कानूनसम्बन्धी जानकारी, सुरक्षित रोजगारी तथा अन्य हकअधिकारका विषयबाट वञ्चित हुने विभागको भनाइ छ।  

वैदेशिक रोजगार ऐन, २०६४ को दफा (२७) र वैदेशिक रोजगार नियमावली, २०६४ उपनियम (२०) मा वैदेशिक रोजगारीमा जाने श्रमिकले वैदेशिक रोजगारमा जानुपूर्व अभिमुखीकरण तालीम लिनुपर्ने व्यवस्था छ। अभिमुखीकरण तालीम प्रदायक संस्थाले सम्बन्धित व्यक्तिको बायोमेट्रिक हाजिरी गराई हाजिरी विवरण विभागको अनलाइन सूचना व्यवस्थापन प्रणालीमा उपलब्ध गराउनु पर्नेछ।
अर्को समाचार
कुवेतमा अवैध नेपाली विनाजरिवाना फर्कन पाउने
०६ वैशाख २०८१
•
४ मिनेट पाठ
कुवेतमा अवैध नेपाली विनाजरिवाना फर्कन पाउने
कुवेतले वैदेशिक रोजगारी वा यात्राका क्रममा विभिन्न देशबाट आएर अलपत्र परेका कामदारलाई आफ्नो देश फर्कन सहजीकरण गर्ने भएको छ। कामको सिलसिलामा वा अन्य देश पुग्ने उद्देश्यले कुवेत ट्रान्जिट परी अलपत्रमा भएका युवा, त्यहाँको भिसा नियम उल्लघंन गरी अवैध रूपमा बसेका वा काम गरिररेका आप्रवासीका लागि कुवेतले आममाफी कार्यक्रम सुरु गरेको हो।




अलपत्रमा परेका तथा अवैध रूपमा बसेका आप्रवासी श्रमिकका लागि १७ मार्च २०२४ देखि १७ जुनसम्म समयतोकी आममाफी घोषणा गरेको हो। विभिन्न देशबाट कुवेत पुगेका युवा जरिवानाका कारण आफ्नो देश फर्कन पाएका थिएनन्।

अवैध रूपमा कुवेत पुगेका युवा आफ्नो देश फर्कन अत्याधिक जरिवाना तिर्नुपर्दा उनीहरू लुकेर बस्न बाध्य थिए। कुवेतसरकारले शून्य जरिवानामा आफ्नो देश फर्कन पाउने व्यवस्था मिलाएको हो।

विनाभिसा गैरकानुनी रूपमा कुवेतमा बस्दै आएका विदेशी कामदारलाई हरेक जरिवाना थियो। कुवेत सरकारले १० जनवरी २०१६ को सूचना अनुरूप आवासीय कानून उल्लंघन गरी विनाभिसा गैरकानुनी रूपमा कुवेतमा बस्दै आएका विदेशी कामदारहरूलाई जरिवाना तिरेर आफ्नो देश फर्कन वा भिसा लगाएर कुवेत बस्न पाउने विभिन्न व्यवस्था थियो।

कम्पनी तथा रोजगारदाताको घरबाट भागेको, आपराधिक गतिविधि तथा अन्य कुनै कसुरमा मुद्दा/उजुरी परेका बाहेक गैरकानूनी रूपमा कुवेतमा बसोबास गरिरहेका कामदारहरूले आआफ्नो पासपोर्ट वा राजदूतावासबाट जारी गरिएका (ट्राभल डकुमेन्ट) साथमा लिई कुवेतका गभर्नोरेटअन्तर्गतका भिसा कार्यालय/विभागमा गएर जरिवाना तिरेर नेपाल फर्कन पाउने व्यवस्था थियो। त्यतिबेला जरिवाना तिर्दाको समयमै कुवेत छाडेर स्वदेश फर्कने मिति तोकिने र सोही समयभित्र उक्त कामदारले नेपाल फर्किसक्नुपर्ने नियम थियो।

कुवेतको भिसा नियम उल्लघंन गरेको अवस्थामा कुवेतमा विदेशी श्रमिकहरूले ६ सय कुवेती दिनार (दुई लाख ५० हजारभन्दा बढी नेपाली रूपैयाँ) तिरेपछि भिसा नियमित हुने र त्यहीँ काम गर्न पाउने कुवेतले व्यवस्था गरेको छ। तर, यसरी बसेकाहरू आफ्नै देश फर्कन चाहेमा विनाजरिवाना फर्कन पाउने व्यवस्था कुवेतले गरेको हो। जरिवाना तिरेर स्वदेश फर्केकाहरू पुनः कुवेत जान चाहेमा नयाँ प्रक्रियाबाट जान सक्नेछन्।

१६ देखि ४० वर्ष उमेरका युवा नेपालीको आकर्षक श्रम गन्तव्य मुलुक कुवेत पनि एक हो। कुवेतमा एक लाख सात हजारभन्दा धेरै नेपाली रहेको पब्लिक अथोरिटी अफ सिभिल इन्फरमेसन कुवेतले जनाएको छ।

तोकेको अवधिमा आममाफी कार्यक्रममा सहभागी नभएकाहरूलाई फेरि कुवेत जान नपाउनेगरी डिपोर्ट (देश निकाला) गरिने उल्लेख गरिएको छ। त्यस्तै, गत डिसेम्बरसम्मको पब्लिक अथोरिटी कुवेतको तथ्यांकअनुसार ६२ हजार सात सय आठ पुरूष र ४४ हजार सात सय ८१ महिला छन्। जसमध्ये कम्पनीमा करिब ७७ हजार कार्यरत छन्। घरेलु काममा ३० हजारभन्दा धेरै नेपाली छन्। घरेलु काममा कार्यरत महिला ९५.३ प्रतिशत र पुरुष घरेलु कामदार ४.७ प्रतिशत रहेको तथ्यांक छ।

वैदेशिक रोजगार विभागको तथ्याकं अनुसार गत आर्थिक वर्ष २०७९/८० मा ४३ हजार पाँच सय सातजना नेपाली युवा श्रम स्वीकृति लिएर कुवेत पुगेका छन्। आवासीय कानुन उल्लंघन गरी विनाभिसा गैरकानुनी रूपमा कुवेतमा बस्दै आएका नेपालीहरू भए आममाफी कार्यक्रममा सहभागी हुन कुवेतस्थित नेपाली दूतावासले आग्रह गरेको छ।

कुवेती कानुन उल्लंघन गरी विनाभिसा गैरकानुनी रूपमा बसोबास गर्दै आएका कुनै पनि मुद्दा नभएका र यात्रा बन्देज नलगाएका विदेशी कामदारहरू घोषित आममाफीभित्र सिधैं आफ्नो देश फर्कन मिल्ने दूतावासले जनाएको छ। कुवेतस्थित नेपाली दूतावासका श्रम सहचारी गिरीप्रसाद आचार्यका अनुसार कुवेतमा गैरकानुनी रूपमा रहेका विदेशी कामदारलाई तीन महिनाको आममाफीको घोषणा गरिएको हो।

‘आममाफीको सर्त भनेको गैरकानुनी रूपमा बसिरहेका तथा काम गरिरहेका विदेशी नागरिकको हकमा मात्रै हो,’ उनले भने, ‘यसमा कुनै अपराध, मुद्दा मामिलामा तथा अन्य किसिमबाट आएका कुनै जरिवानामा परेका व्यक्तिका लागि होइन। त्यस्ता मुद्दा मामिलामा परेका विदेशी कामदार कुवेतको नियमकानुन पूरा गरेरै आआफ्नो देश फर्कन पाइन्छ।’

उनका अनुसार भिषा नियम उल्लघंन गरेर बसेका वा भिषाको म्याद सकिएका कामदारको हकमा कुवेतमै काम गर्न चाहेमा नयाँ स्पोन्सर खोज्नुपर्छ। ‘विदेशी कामदारले कुवेती ६ सय केडी भिसाको जरिवाना तिरेपछि पुरानो स्पोन्सरको स्वीकृतिमा नयाँ स्पोन्सर खोजेर कुवेतमै बसेर काम गर्न सकिन्छ,’ उनले भने।

कुवेती आवासीय भिसा समाप्त भएको वा एउटा रोजगारदाताबाट भागेर अर्का रोजगारदातासँग काम गरेका कारण भगुवा मुद्दा लागेर गैरकानुनी भएकाले थपिएको अवधिभित्र आफ्नो प्रक्रिया पूरा गरी वैध बन्न पाउने दूतावासले जनाएको छ। आपराधिक गतिविधि गरेर उजुरी परेका वा आपराधिक गतिविधिमा संलग्न र बैंकबाट ऋण लिएका जस्ता हिसाब फर्स्याेट नभएसम्म जान नसक्ने उनले बताए।

गैरकानुनी रूपमा कुवेतमा अवस्थित नेपाली यो सुविधाको प्रयोग गरेर नेपाल समयमै फर्किन दूतावासले अनुरोध गरेको छ। विनाजरिवाना नेपाल फर्कन आममाफी पाएका नेपाली युवा अन्तिम समयमा भीडभाड, विभिन्न कारणले अप्ठेरो पर्ने र आफूले पाउनुपर्ने सुविधाबाट वञ्चित नभई चाँडै नै स्वदेश फर्कदा सहज हुने दूतावासले जनाएको छ।

‘समयअगावै करिब एक महिनापहिले नै यात्रा अनुमतिपत्र दूतावासबाट बनाएर समयमै कामको प्रक्रिया चालेर नेपाल फर्कन अनुरोध गर्न चाहन्छु। गैरकानुनी रूपमा जुन अवस्थामा कुवेत बसिरहनु भएको छ। उहाँहरूलाई विनाजरिवाना स्वदेश फर्कन आममाफीको सुनौलो अवसर हो। यो अवसर नगुमाउँन हार्दिक अनुरोध छ,’ आचार्यले भने।
गृहमन्त्री गुरुङद्वारा बिपी प्रतिष्ठानमा स्वास्थ्य सेवा र सुरक्षा व्यवस्थाको अनुगमन
राजनीति
Clock १ मिनेट अघि | १ मिनेट पाठ
गृहमन्त्री गुरुङद्वारा बिपी प्रतिष्ठानमा स्वास्थ्य सेवा र सुरक्षा व्यवस्थाको अनुगमन
गृहमन्त्री सुधन गुरुङले धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको अनुगमन गरेका छन्।
Whatsapp
‘प्रश्नको घेरामा नेपालको लोकतन्त्र’ सार्वजनिक
कला/साहित्य
Clock १० मिनेट अघि | १ मिनेट पाठ
‘प्रश्नको घेरामा नेपालको लोकतन्त्र’ सार्वजनिक
कोञ्ज्योसोम प्रज्ञाप्रतिष्ठानका अध्यक्ष गोपाल सञ्जेलले लोकतन्त्रलाई दल, नेता र सरकारसँग मात्रै जोडेर बुझ्न नहुने धारणा राखे।
Whatsapp
केन्याली धावक मुरिउकीले जिते नेपालगन्ज म्याराथन उपाधि
खेल
Clock १३ मिनेट अघि | १ मिनेट पाठ
केन्याली धावक मुरिउकीले जिते नेपालगन्ज म्याराथन उपाधि
धारा नेपालगन्ज म्याराथनको १२ औं संस्करणको उपाधि केन्याली धावक जुलियस मुरिउकी वाहोमेले हात पारेका छन्।
Whatsapp
‘पेन्डिङ’ फाइल शून्यमा झार्दै झापा प्रशासन
समाज
Clock १८ मिनेट अघि | १ मिनेट पाठ
‘पेन्डिङ’ फाइल शून्यमा झार्दै झापा प्रशासन
झापा प्रशासनले सेवाग्राहीलाई राष्ट्रिय परिचयपत्र र राहदानीको फोटा तथा जैविक विवरण (बायोमेट्रिक) काम एकै दिनमा उपलब्ध गराउन सुरु गरेको छ।
Whatsapp
महिला पहिला : मौनताको पर्खाल भत्काउने १६ दिन
समाज
Clock २१ मिनेट अघि | १ मिनेट पाठ
महिला पहिला : मौनताको पर्खाल भत्काउने १६ दिन
घरभित्रको पीडा र विभेदको अन्त्यमा हाम्रो समाजमा घरलाई प्रायः शान्ति, माया र सुरक्षाको सबैभन्दा बलियो थलो मानिन्छ।
Whatsapp
महिला क्रिकेटतर्फ लिग चरणका खेल सम्पन्न
खेल
Clock ३४ मिनेट अघि | १ मिनेट पाठ
महिला क्रिकेटतर्फ लिग चरणका खेल सम्पन्न
दशौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत महिला क्रिकेटतर्फ सेमिफाइनल समिकरण पूरा भएको छ।
Whatsapp
पुरुष क्रिकेटमा एनआरएनएलाई हराउँदै गण्डकी विजयी
खेल
Clock ३९ मिनेट अघि | १ मिनेट पाठ
पुरुष क्रिकेटमा एनआरएनएलाई हराउँदै गण्डकी विजयी
 दशौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत पुरुष क्रिकेट प्रतियोगिताको लिग चरणको खेलमा गण्डकी प्रदेशले आफ्नो दोस्रो खेलमा पहिलो जीत हात पारेको छ...
Whatsapp
कर्णाली रंगशाला आइपुगे रवि
राजनीति
Clock ४२ मिनेट अघि | ० मिनेट पाठ
कर्णाली रंगशाला आइपुगे रवि
रवि पार्टी प्रशिक्षण कार्यक्रमका लागि सुर्खेत आएका हुन्। १० औं राष्ट्रिय खेलकुद प्रतियाेगीता सन्चालन भइरहेकाे बेला आएका थिए।
Whatsapp
‘लाइफटाइम एचिभमेन्ट अवार्ड’ बाट पौड्याल सम्मानित
अर्थ
Clock ४५ मिनेट अघि | १ मिनेट पाठ
‘लाइफटाइम एचिभमेन्ट अवार्ड’ बाट पौड्याल सम्मानित
कार्यक्रममा गभर्नर पौडेलले मौद्रिक नीति सरोकारवालासँगको संवादका आधारमा तर्जुमा गरिएको र नीतिगत स्थिरतालाई प्राथमिकता दिइएको बताए।
Whatsapp
रवि-बालेनलाई बाबुरामको सुझाव: अनावश्यक दूरी नबढाउनू, पाँच वर्ष मिलेर सरकार चलाउनू
नागरिक भिडियो
Clock ५८ मिनेट अघि | १ मिनेट पाठ
रवि-बालेनलाई बाबुरामको सुझाव: अनावश्यक दूरी नबढाउनू, पाँच वर्ष मिलेर सरकार चलाउनू
सत्तारूढ दलभित्र देखिएको आन्तरिक खटपटबारे सोधिएको प्रश्नमा भट्टराईले रवि र बालेनसँगको संवाद स्मरण गरे।
Whatsapp
शारीरिक सुगठनमा कञ्चनपुरका सुनिललाई रजत
खेल
Clock १ घण्टा अघि | १ मिनेट पाठ
शारीरिक सुगठनमा कञ्चनपुरका सुनिललाई रजत
कर्णालीमा सञ्चालन भइरहेको दशौँ बृहत् राष्ट्रिय खेलकुद प्रतियोगिताअन्तर्गत शारिरीक सुगठनमा कञ्चनपुरको महेन्द्रनगरका सुनिल चन्दले रजत पदक प्राप्त गरेका...
Whatsapp
एकल व्यक्ति चमत्कारवाद!
कला/साहित्य
Clock १ घण्टा अघि | १ मिनेट पाठ
एकल व्यक्ति चमत्कारवाद!
हामी आठदश जना साथीहरू प्रायः बिहान सधैं चिया पसलमा जम्मा हुन्छौं। विभिन्न पार्टीका गतिविधिबारे निकै जान्ने–सुन्ने भएर गफ चुट्छौं।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस