जिल्ला समन्वयको खाता रोक्का
१८ चैत्र २०७७
•
३ मिनेट पाठ
जिल्ला समन्वयको खाता रोक्का
जिल्ला समन्वय समिति कार्यालय । तस्बिरः महेश्वर
जिल्ला समन्वय समिति (जिसस) उदयपुरको रकम खर्च गर्न नपाउने गरी मन्त्रालयले रोक्का गरेको छ। संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले पत्राचार गरी साविक जिल्ला विकास समितिका बिभिन्न कोषमा रहेको सम्पूर्ण रकम हाललाई खर्च गर्न नपाइने गरी रोक्का गरेको हो।    




जिल्ला समन्वय अधिकारी ज्ञानेन्द्र ढकालका अनुसार मन्त्रालयको ०७७ चैत १६ गते पठाएको चलानी नम्बर ३६३ को पत्रानुसार कर्मचारी कल्याण कोषबाहेक जिल्ला समन्वयको कुनै पनि रकम खर्च गर्न नपाइने निर्देशन प्राप्त भएको छ। उनका अनुसार मन्त्रालयले चैत १० गतेको मन्त्रीस्तरीय निर्णयलाई उद्धृत गर्दै ७७ वटै जिससलाई लेखेको पत्रमा अर्को निर्णय नभएसम्मका लागि रकम खर्च नगर्न निर्देशन दिएको छ।  

कार्यालयका सूचना अधिकारी तोया ढकालले मन्त्रालयको निर्देशनपछि समन्वयको रकम खर्च गर्न र भुक्तानी दिन नपाइने बताए। उनका अनुसार गत असार मसान्तसम्म समन्वयको खातामा ७ करोड ६९ लाख ७० हजार २४ रुपैयाँ २३ पैसा मौज्दात थियो। जसमध्ये ७० लाख रुपैयाँ खर्च भएर बाँकी ६ करोड ९९ लाख ७० हजार २४ रुपैयाँ २३ पैसा अर्को निर्देशन नआएसम्म खर्च गर्न नमिल्ने ढकालले बताए। रकम किन रोक्का भयो भन्ने विषयमा मन्त्रालयले कुनै कारण नखोलेको उनले बताए।  

स्थानीयतह पुनर्संरचनापछि साविक जिल्ला विकास समितिको खातामा ८ करोड बढी मौज्दात रकम जिल्ला समन्वय समितिमा परिणत भएपछि स्थानीयतह र समन्वयले आधा–आधा खर्च गर्नेगरी जिल्ला सभाले बाँडफाँड गरेको थियो। गतवर्षको जिल्ला सभाले गरेको बाँडफाँड अनुसार ८ वटा स्थनीयतहलाई भौतिक पूर्वाधार निर्माणमा खर्च गर्ने गरी ५० लाखका दरले दिने गरी बिनियोजन भएको थियो। जसअनुसार त्रियुगा, बेलका र कटारी नगरपालिकाले गत आर्थिक वर्षमै २५ लाखका दरले निकासा लिएर खर्च गरिसकेका छन्। बाँकी २५ लाखको सबै काम सकेर भुक्तानीका लागि तीनवटै नगरपालिकाले अन्तिम बील भर्पाई पेश गरिसकेका छन्। बील भर्पाईको मूल्यांकन, अनुगमनपछि बोर्ड निर्णयसमेत भईसकेका बेला मन्त्रालयको पत्र आएपछि उनीहरुको भुक्तानी भने रोकिएको ढकालले बताए।  

रौतामाई र ताप्ली गाउँपालिकाले चालु वर्ष ३५ लाखका दरले निकासा लिएर काम गर्दैछन्। दुई स्थानीयतहहरु चौदण्डीगढी नगरपालिका र लिमचुङबुङ गाउँपालिकाले भने हालसम्म रकम निकासा नै नमागेको सूचना अधिकारी ढकालले बताए। रकम रोक्का भएपछि जिल्ला समन्वयको अधुरो भवन सुचारु गर्न तथा अन्य भौतिक संरचना निर्माण तथा मर्मत हुन अवरोध हुने भएको छ। समन्वय समितिको अधुरो निर्माणाधीन भवनलाई पूर्णता दिन १ करोड र अन्य संरचनाहरु मर्मतसंभारलगायतमा थप १ करोड बिनियोजन भएको थियो। ती कार्यक्रम कार्यान्वयन गर्न भने यो पत्राचारले अवरोध हुने जिल्ला समन्वय समितिले जनाएको छ।  

समन्वय समिति प्रमुख खड्ग परियारले मन्त्रालयले रकम रोक्का गरेकोमा असन्तुष्टि जनाए। मन्त्रालयले रकम रोक्का गर्न दिएको निर्देशनलाई जिल्ला सभामाथिको हस्तक्षेप ठान्नुपर्ने उनको प्रतिक्रिया छ। प्रमुख परियारले साविक जिविस जिससमा परिणत भएपछि स्थानीयतहलाई सबल बनाउने, जिल्लाको समग्र विकास निर्माणको अनुगमन र सुपरीबेक्षण गर्नेसमेत अधिकार रहेको भन्दै जिल्ला सभाले गरेको निर्णय कार्यान्वयन गर्न नदिने मन्त्रालयको कदम सही नभएको बताए। ‘समग्र जिल्लाको विकास निर्माण, जल, जमिन, जंगल, खानीलगायतको सुरक्षा गर्ने, अनुगमन गर्ने सम्पूर्ण अधिकार जिल्ला समन्वय समिति र त्यसको बोर्ड जिल्ला सभालाई छ’ परियारले भने ‘संविधानले दिएको अधिकार कुण्ठित हुने गरी मन्त्रालयले बेलाबेलामा हस्तक्षेप गर्नु केन्द्रिकृत मानसिकताकै उपज हो। यो निर्णयले जिससको भौतिक संरचना निर्माण, मर्मत र स्थानीयतहका कतिपय विकास निर्माणमासमेत बाधा पर्छ।’
अर्को समाचार
जलविद्युत् आयोजनामा स्थानीयको हक सुनिश्चित गरिने
३ घण्टा अघि
•
१ मिनेट पाठ
जलविद्युत् आयोजनामा स्थानीयको हक सुनिश्चित गरिने
गण्डकी। ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले जलविद्युत् आयोजनामा स्थानीयको हक सुनिश्चितताका निम्ति आफ्नो मन्त्रालयले हरसम्भव प्रयत्न गर्ने बताएका छन्।




राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा), पर्वत जिल्ला शाखाले आज कुश्मामा आयोजना गरेको कार्यकर्ता भेटघाटमा उनले उक्त कुरा बताएका हुन्।

सिँचाइ, कृषि उद्यम, स्थानीय जलविद्युत् आयोजनामा स्थानीयको हक तथा विपद् व्यवस्थापनलगायतका विषय सम्बोधन गर्न ऊर्जा मन्त्रालयले निरन्तर प्रयत्न गर्ने उनले बताएको रास्वपा जिल्ला अध्यक्ष जालबहादुर पुनले जानकारी दिए। 

राजनीतिक दल र नागरिकको सक्रिय सहभागिताबिना कुनै पनि सरकार सफल नहुने भएकाले देश र जनतालाई केन्द्रमा राखेर काम गर्न मन्त्री श्रेष्ठले पार्टीका कार्यकर्तालाई अनुरोध गरे।
अब म नेताहरूबाट होइन, जनताबाट घेरिन चाहन्छु : सभापति लामिछाने
राजनीति
Clock २ मिनेट अघि | १ मिनेट पाठ
अब म नेताहरूबाट होइन, जनताबाट घेरिन चाहन्छु : सभापति लामिछाने
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले पार्टीका नेता तथा कार्यकर्ताको घेराबन्दी छाडेर सिधै जनतामाझ पुग्ने बताएका छन्।
Whatsapp
रास्वपाको प्रशिक्षणमा मोबाइल पूर्ण प्रतिबन्ध, रविले भने : अनुशासन तोड्नेको रेकर्ड राखिन्छ
राजनीति
Clock १४ मिनेट अघि | १ मिनेट पाठ
रास्वपाको प्रशिक्षणमा मोबाइल पूर्ण प्रतिबन्ध, रविले भने : अनुशासन तोड्नेको रेकर्ड राखिन्छ
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले पार्टीको प्रशिक्षण कार्यक्रममा सहभागी नेता तथा कार्यकर्तालाई मोबाइल फोन बन्द गर्न निर्दे...
Whatsapp
राणा र पञ्चायतले रोक्न सकेनन्, गगनले पनि सक्दैनन् : नेता राई
राजनीति
Clock ४४ मिनेट अघि | १ मिनेट पाठ
राणा र पञ्चायतले रोक्न सकेनन्, गगनले पनि सक्दैनन् : नेता राई
कोशी प्रदेशका सांसद तथा देउवापक्षीय कांग्रेसका नेता भूपेन्द्र राईले रुख र चारतारे झण्डा बोक्न कांग्रेस सभापति गगन थापाले आफूहरूलाई रोक्न नसक्ने बताएका...
Whatsapp
भारत भ्रमणमा सीमा मुद्दा नउठाएपछि प्रधानमन्त्रीमाथि कांग्रेसको कटाक्ष : राष्ट्रवादको नक्कली प्रदर्शन थियो
राजनीति
Clock ५५ मिनेट अघि | १ मिनेट पाठ
भारत भ्रमणमा सीमा मुद्दा नउठाएपछि प्रधानमन्त्रीमाथि कांग्रेसको कटाक्ष : राष्ट्रवादको नक्कली प्रदर्शन थियो
नेपाली कांग्रेसले  भारत भ्रमणका क्रममा सीमा विवादलगायतका संवेदनशील विषय नउठाएको भन्दै कांग्रेसले  आपत्ति जनाएको छ ।  
Whatsapp
देउवा कांग्रेसको गण्डकी टिमको टुंगो
राजनीति
Clock ५६ मिनेट अघि | १ मिनेट पाठ
देउवा कांग्रेसको गण्डकी टिमको टुंगो
सभापति र सदस्य बाहेकका पदाधिकारीसमेत गरेर शुक्रवार निर्विरोध घोषणा गरिएको सभापति मेखलाल श्रेष्ठले जानकारी दिए। सभापति श्रेष्ठका अनुसार उपसभापतिमा आशीक...
Whatsapp
जुम्ला पुग्यो दशौँ राष्ट्रिय खेलकुदको ओलम्पिक टर्च र ट्रफी
खेल
Clock १ घण्टा अघि | १ मिनेट पाठ
जुम्ला पुग्यो दशौँ राष्ट्रिय खेलकुदको ओलम्पिक टर्च र ट्रफी
राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलकुदमा देशको प्रतिनिधित्व गरेका खेलाडीको टोलीले ट्रफी र टर्चलाई जुम्लाका प्रमुख धार्मिकस्थल चन्दननाथ–भैरवनाथ मन्...
Whatsapp
यो पनि पढौँ
उपचारका नाममा १४ वर्षीया बालिकामाथि यातना, झाँक्री पक्राउ
समाज
Clock १ घण्टा अघि | १ मिनेट पाठ
उपचारका नाममा १४ वर्षीया बालिकामाथि यातना, झाँक्री पक्राउ
बिरामी निको पार्ने बहानामा अन्धविश्वास र रूढिवादी अभ्यास गर्दै १४ वर्षीया बालिकामाथि यातना दिएको आरोपमा जुम्लामा एक झाँक्री पक्राउ परेका छन्।
Whatsapp
देउवा समूहलाई कांग्रेसको चेतावनी : रुख र चारतारे झण्डाको अनधिकृत प्रयोग नरोकिए कानुनी कारबाही
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
देउवा समूहलाई कांग्रेसको चेतावनी : रुख र चारतारे झण्डाको अनधिकृत प्रयोग नरोकिए कानुनी कारबाही
नेपाली कांग्रेसले पूर्वसभापति शेरबहादुर देउवाको समूहलाई पार्टीका आधिकारिक प्रतीकहरूको अनधिकृत प्रयोग नरोकिए कानुनी प्रक्रियामा जाने चेतावनी दिएको छ।
Whatsapp
सरकारको कार्यशैलीप्रति कांग्रेस आक्रामक : यी हुन् केन्द्रीय कार्यसमिति बैठकका निर्णय
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
सरकारको कार्यशैलीप्रति कांग्रेस आक्रामक : यी हुन् केन्द्रीय कार्यसमिति बैठकका निर्णय
नेपाली कांग्रेसले सरकारको कार्यशैलीप्रति असन्तुष्टि जनाउँदै संविधान, लोकतन्त्र र विधिको शासनविपरीतका गतिविधिविरुद्ध सशक्त प्रतिपक्षको भूमिका निर्...
Whatsapp
सरकारको स्वेच्छाचारिताविरुद्ध सशक्त रूपमा उभिने कांग्रेसको चेतावनी
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
सरकारको स्वेच्छाचारिताविरुद्ध सशक्त रूपमा उभिने कांग्रेसको चेतावनी
उनले सरकार गठनको सुरुवाती चरणमा देखिएका कमजोरीलाई नयाँ नेतृत्वको अनुभवको कमी ठानेर संयमता अपनाएको बताए। तर पछिल्ला गतिविधिले सरकारको नेतृत्व गर्ने सोच...
Whatsapp
‘झोले युग’ बाट बाहिर निस्किएको लामिछानेको घोषणा, कार्यक्रममा झोला नबाँड्न आग्रह
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
‘झोले युग’ बाट बाहिर निस्किएको लामिछानेको घोषणा, कार्यक्रममा झोला नबाँड्न आग्रह
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले रास्वपा ‘झोले युग’ बाट बाहिर निस्किएर ‘फाइल’ मा प्रवेश गरेको बता...
Whatsapp
भारत भ्रमणमा सीमा विवाद नउठाएको भन्दै प्रधानमन्त्री बालेन्द्रमाथि कांग्रेसको प्रश्न
राजनीति
Clock २ घण्टा अघि | १ मिनेट पाठ
भारत भ्रमणमा सीमा विवाद नउठाएको भन्दै प्रधानमन्त्री बालेन्द्रमाथि कांग्रेसको प्रश्न
नेपाली कांग्रेसले प्रधानमन्त्री बालेन्द्र शाहको भारत भ्रमणलाई सकारात्मक उपलब्धि भएको बताउँदै सीमा विवादजस्ता संवेदनशील विषयमा छलफल नभएकोप्रति प्र...
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस