मुख्य नाका बन्द, चोरबाटोमा भीड
११ चैत्र २०७७
•
२ मिनेट पाठ
मुख्य नाका बन्द, चोरबाटोमा भीड
विराटनगरको रानीस्थित जोगवनी नाका, विगत एक वर्षदेखि ढाट लगाएर ठप्प पारिएको छ । तस्बिर: विनोद/नागरिक
विराटनगरको जोगवनीस्थित मुख्य नाका बन्द भएका कारण चहलपहल शून्य छ । कोरोना महामारीका कारण विगत १ वर्षदेखि जोगवनी नाका ठप्प छ ।  




नाकामा ढाट लगाएर बन्द गरिएको छ । वारपार गर्नुपर्दा सुरक्षाकर्मीको अनिवार्य अनुमति लिनुपर्ने हुन्छ । औषधि खरिद गर्न वा विशेष काम परेको पुष्टि गर्न सके मात्रै शुरक्षाकर्मीले वारपार गर्न दिने गरेका छन् । भारतबाट नेपालतर्फ आउन नेपाली भए मात्रै पाइन्छ । मुख्य नाकाबाट नेपाल आउँदा अनिवार्य स्वास्थ्य परीक्षण गर्नुपर्ने हुन्छ । नेपाल प्रवेश गर्ने नाकामै स्वास्थ्य क्याम्प राखिएको छ ।  

मुख्य नाकामा पुग्दा सरकारले सीमा निक्कै कडा गरेको भान हुन्छ । आवतजावत ठप्प पारिएको र स्वास्थ्य मापदण्डको पनि पालना गरिएको स्पष्ट हुन्छ । तर, बास्तविकता भने निक्कै फरक छ । मुख्य नाका ठप्प भएपनि चोरबाटोमा वारपार गर्नेको भीड थामिनसक्नुको छ ।  

विराटनगरको दरैयावस्ती नाका र इस्लामापुर नाकामा आवतजावत गर्नेको भीड अत्याधिक छ । मुख्य नाका बन्द भएपछि इस्लामापुर, दरैयालगायतका स्थानबाट आवतजावत गर्ने र किनमेल गर्नेहरू वारपार गर्दै आएका छन् । भारतमा कोरोना संक्रमण बढेको समाचारहरू आइरहे पनि नेपालबाट भारततर्फ किनमेल गर्न जानेहरू स्वास्थ्य मापदण्डकोसमेत ख्याल नगरी आवतजावत गरिरहेका छन् । सीमानामा लागेको भीडले भारततर्फ कोरोनाको संक्रमण फैलिए नेपालतर्फ पनि महामारी अनियन्त्रित हुने स्पष्ट छ । सामानमा आवतजावत गर्नेको भीडले सीमाना जोडिएका स्थानीयहरू भने त्रसित छन् । विनारोकटोक वारपार गरिरहेको भीडले पहिलो निशाना सीमावर्ती क्षेत्रकै बासिन्दालाई बनाउने अवस्था देखिएको स्थानियहरू बताउँछन् ।  

विराटनगर स्थित दरैयाका विनोदकुमार रसाईलीले भारततर्फ कोरोना फेरि बढेको भनिरहेकाले सीमामा देखिएको भीडले आफूहरूलाई त्रसित बनाएको बताए । ‘भारततर्फ कोरोना बढेको समाचार आइरहेको छ,’ उनले भने, ‘तर, सरकारले सिमानामा कडाइ नगरेका कारण कोरोना फैलने त्रास बढेको छ ।’ रानी मिल्स एरियाकै बुद्ध तामाङले सरकारको बेवास्ताका कारण सीमा क्षेत्रमा त्रास बढेको बताए । उनले सीमामा लागेको भीडलाई सरकारले नियन्त्रण गर्नुपर्ने माग राखे । उनले भने, ‘सीमामा भइरहेको वारपार गर्नेको भीडलाई नियन्त्रण गर्न सरकारसँग माग गर्दछौं ।’  

यता मोरङका प्रमुख जिल्ला अधिकारी कोषहरि निरौलाले खुल्ला सीमाना भएका कारण मुख्य नाका बन्द भए पनि अन्य नाकाबाट आवतजावत भइरहेको बताए । उनले तत्कालै आवतजावतलाई पूर्ण रूपमा नियन्त्रण योजना नरहे पनि कोरोनाको संक्रमण बढ्दै गए पुरानै संयन्त्र परिचालन गरी आवतजावतमा कडाइ गरिने जानकारी दिए । ‘कोरोना संक्रमण बढ्दै गए मुख्य नाकाबाहेकका नाकाबाट आउनेजानेलाई पनि बन्द गर्छौं,’ निरौलाले भने, ‘तर, अहिलै आवतजावत कडाइ गर्ने कुनै योजना छैन ।’  

मोरङमा ६५ किलोमिटर भारसँग खुला सिमाना रहेको छ । खुला सिमाना भएकै कारण मुख्य नाका बन्द भएपछि अन्य नाकाबाट सहजै आवतजावत गर्ने सकिने भएकाले किनमेल गर्न भारतजाने र भारतबाट नेपालतर्फ आउनेहरूको भीड सहायक नाकाहरूमा बढेको छ ।
अर्को समाचार
जलविद्युत् आयोजनामा स्थानीयको हक सुनिश्चित गरिने
४१ मिनेट अघि
•
१ मिनेट पाठ
जलविद्युत् आयोजनामा स्थानीयको हक सुनिश्चित गरिने
गण्डकी। ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले जलविद्युत् आयोजनामा स्थानीयको हक सुनिश्चितताका निम्ति आफ्नो मन्त्रालयले हरसम्भव प्रयत्न गर्ने बताएका छन्।




राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा), पर्वत जिल्ला शाखाले आज कुश्मामा आयोजना गरेको कार्यकर्ता भेटघाटमा उनले उक्त कुरा बताएका हुन्।

सिँचाइ, कृषि उद्यम, स्थानीय जलविद्युत् आयोजनामा स्थानीयको हक तथा विपद् व्यवस्थापनलगायतका विषय सम्बोधन गर्न ऊर्जा मन्त्रालयले निरन्तर प्रयत्न गर्ने उनले बताएको रास्वपा जिल्ला अध्यक्ष जालबहादुर पुनले जानकारी दिए। 

राजनीतिक दल र नागरिकको सक्रिय सहभागिताबिना कुनै पनि सरकार सफल नहुने भएकाले देश र जनतालाई केन्द्रमा राखेर काम गर्न मन्त्री श्रेष्ठले पार्टीका कार्यकर्तालाई अनुरोध गरे।
तामझाम होइन, गुरुङ संस्कृतिअनुसार गोरखामा विवाह गर्दै छु : गृहमन्त्री सुधन गुरुङ
राजनीति
Clock १ मिनेट अघि | १ मिनेट पाठ
तामझाम होइन, गुरुङ संस्कृतिअनुसार गोरखामा विवाह गर्दै छु : गृहमन्त्री सुधन गुरुङ
गृहमन्त्री सुधन गुरुङले आफ्नो विवाह परम्परागत गुरुङ संस्कृतिअनुसार गोरखामा गर्ने घोषणा गरेका छन्।
Whatsapp
युवा नेता सन्तोष परियारले किन भेटे पूर्वप्रधानमन्त्री खनाललाई ?
राजनीति
Clock २३ मिनेट अघि | १ मिनेट पाठ
युवा नेता सन्तोष परियारले किन भेटे पूर्वप्रधानमन्त्री खनाललाई ?
दुवै नेताबीच समसामयिक राजनीतिक अवस्था, विद्यमान संकट र भावी राजनीतिक दिशाबारे गम्भीर वैचारिक छलफल भएको थियो।
Whatsapp
जलविद्युत् आयोजनामा स्थानीयको हक सुनिश्चित गरिने
अर्थ
Clock ४१ मिनेट अघि | १ मिनेट पाठ
जलविद्युत् आयोजनामा स्थानीयको हक सुनिश्चित गरिने
ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले जलविद्युत् आयोजनामा स्थानीयको हक सुनिश्चितताका निम्ति आफ्नो मन्त्रालयले हरसम्भव प्रयत्न गर्ने बता...
Whatsapp
न्युजिल्यान्डविरुद्धको दोस्रो टेस्टमा भारतको कमजोर सुरुवात
खेल
Clock ४२ मिनेट अघि | १ मिनेट पाठ
न्युजिल्यान्डविरुद्धको दोस्रो टेस्टमा भारतको कमजोर सुरुवात
न्युजिल्यान्डविरुद्धको दोस्रो टेस्टको पहिलो इनिङ्समा भारतले कमजोर प्रदर्शन गरेको छ।
Whatsapp
ताप्लेजुङ प्रहरीद्वारा फरार पाँच प्रतिवादी पक्राउ
अपराध
Clock ५६ मिनेट अघि | १ मिनेट पाठ
ताप्लेजुङ प्रहरीद्वारा फरार पाँच प्रतिवादी पक्राउ
विभिन्न मुद्दामा दोषी ठहर भई फरार रहेका ५ जनालाई ताप्लेजुङ प्रहरीले पक्राउ गरेको छ।
Whatsapp
गृहमन्त्री गुरुङद्वारा बिपी प्रतिष्ठानमा स्वास्थ्य सेवा र सुरक्षा व्यवस्थाको अनुगमन
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
गृहमन्त्री गुरुङद्वारा बिपी प्रतिष्ठानमा स्वास्थ्य सेवा र सुरक्षा व्यवस्थाको अनुगमन
गृहमन्त्री सुधन गुरुङले धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको अनुगमन गरेका छन्।
Whatsapp
यो पनि पढौँ
‘प्रश्नको घेरामा नेपालको लोकतन्त्र’ सार्वजनिक
कला/साहित्य
Clock १ घण्टा अघि | १ मिनेट पाठ
‘प्रश्नको घेरामा नेपालको लोकतन्त्र’ सार्वजनिक
कोञ्ज्योसोम प्रज्ञाप्रतिष्ठानका अध्यक्ष गोपाल सञ्जेलले लोकतन्त्रलाई दल, नेता र सरकारसँग मात्रै जोडेर बुझ्न नहुने धारणा राखे।
Whatsapp
केन्याली धावक मुरिउकीले जिते नेपालगन्ज म्याराथन उपाधि
खेल
Clock १ घण्टा अघि | १ मिनेट पाठ
केन्याली धावक मुरिउकीले जिते नेपालगन्ज म्याराथन उपाधि
धारा नेपालगन्ज म्याराथनको १२ औं संस्करणको उपाधि केन्याली धावक जुलियस मुरिउकी वाहोमेले हात पारेका छन्।
Whatsapp
‘पेन्डिङ’ फाइल शून्यमा झार्दै झापा प्रशासन
समाज
Clock १ घण्टा अघि | १ मिनेट पाठ
‘पेन्डिङ’ फाइल शून्यमा झार्दै झापा प्रशासन
झापा प्रशासनले सेवाग्राहीलाई राष्ट्रिय परिचयपत्र र राहदानीको फोटा तथा जैविक विवरण (बायोमेट्रिक) काम एकै दिनमा उपलब्ध गराउन सुरु गरेको छ।
Whatsapp
महिला पहिला : मौनताको पर्खाल भत्काउने १६ दिन
समाज
Clock १ घण्टा अघि | १ मिनेट पाठ
महिला पहिला : मौनताको पर्खाल भत्काउने १६ दिन
घरभित्रको पीडा र विभेदको अन्त्यमा हाम्रो समाजमा घरलाई प्रायः शान्ति, माया र सुरक्षाको सबैभन्दा बलियो थलो मानिन्छ।
Whatsapp
महिला क्रिकेटतर्फ लिग चरणका खेल सम्पन्न
खेल
Clock १ घण्टा अघि | १ मिनेट पाठ
महिला क्रिकेटतर्फ लिग चरणका खेल सम्पन्न
दशौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत महिला क्रिकेटतर्फ सेमिफाइनल समिकरण पूरा भएको छ।
Whatsapp
पुरुष क्रिकेटमा एनआरएनएलाई हराउँदै गण्डकी विजयी
खेल
Clock १ घण्टा अघि | १ मिनेट पाठ
पुरुष क्रिकेटमा एनआरएनएलाई हराउँदै गण्डकी विजयी
 दशौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत पुरुष क्रिकेट प्रतियोगिताको लिग चरणको खेलमा गण्डकी प्रदेशले आफ्नो दोस्रो खेलमा पहिलो जीत हात पारेको छ...
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस