रसुवागढी नाका जोड्ने सडकमा डेढ वर्षभित्र ३२ वटा पुल निर्माण सकिने
१५ फागुन २०७७
•
२ मिनेट पाठ
रसुवागढी नाका जोड्ने सडकमा डेढ वर्षभित्र ३२ वटा पुल निर्माण सकिने
रसुवागढी नाका जोड्ने सडक खण्डमा निर्माण भइरहेको पुल । तस्बिरः हिमनाथ/नागरिक
चीनसँगको अन्तर्राष्ट्रिय व्यापारिक नाका रसुवागढी जोड्ने गल्छी–स्याफ्रु सडक खण्डमा ३२ वटा पुल निर्माण गरिने भएको छ। ती पुल डेढ वर्षभित्र निर्माण भइसक्ने छन्। हाल गल्छीदेखि मैलुङहुँदै स्याफ्रुसम्मको सडक स्तरोन्नतिको काम भइरहेको छ। जसमा पुल निर्माण पनि पर्छ।  




सडक खण्डमा अहिले १६ वटा पुल निर्माण भइरहेका छन्। चालु आर्थिक वर्ष २०७७/७८ भित्र बाँकी १६ वटा पुलको डिजाइन गर्ने, ठेक्का लगाउने र सम्झौता गर्ने तयारी रहेको गल्छी–त्रिशूली–मैलुङ–स्याफ्रुबेंसी–रसुवागढी सडक योजनाले जनाएको छ। १६ वटा पुल निर्माणको काम करिब ५५ प्रतिशत सकिएको छ। योजना प्रमुख नारायणदत्त भण्डारीका अनुसार आर्थिक वर्ष २०७८/७९ भित्रमा पुल निर्माण सम्पन्न भएर सञ्चालनमा आउने छ।  

गल्छीदेखि रसुवागढीसम्म तीन खण्डमा विभाजन गरेर सडकको स्तरोन्नति हुँदै छ। जसमा पहिलो र दोस्रो खण्डमा नेपाली पक्षले पुल निर्माण पनि गर्नुपर्ने हुन्छ। ‘केही पुलमा डिजाइनको रिभ्यू गर्नुपर्ने भएको छ’, उनले भने, ‘बाँकी पुल निर्माणमा अहिलेसम्म समस्या आएको छैन।’ कालिका टुन्दि रसुवा जेभी र अन्जना आर्डि जेभीले पुल निर्माणको काम गरिरहेका छन्।  

गल्छी–त्रिशूली–मैलुङ–स्याफ्रुबेंसी सडक खण्डमा निर्माण हुने पुलमध्ये ११ वटा पुलको लागि छुट्टै बजेट आएको छ। बाँकी २१ वटा पुल सडक शीर्षक अन्तर्गत बजेट आएको छ। योजनाका अनुसार तीनवटा पुल कलात्मक खालको बनाइने छ। जसमा बट्टार, विदुर र त्रिशूली थ्रिए जलविद्युत् आयोजना क्षेत्रमा कलात्मक पुल बन्ने छ। जलविद्युत् आयोजना क्षेत्रमा फ्लाई ओभर पुल निर्माण हुने छ।  

योजनाले गल्छी–मैलुङ र मैलुङ स्याफ्रु सडक खण्डको स्तरोन्नतिको काम गर्ने छ। जसमा हालसम्म ६५ प्रतिशत काम सकिएको छ। पहिलो खण्ड अन्तर्गत गल्छी मैलुङ क्षेत्रमा सडकको कालोपत्रे गर्ने, भीर काट््ने लगायतका काम सञ्चालन भइरहेको छ।  

दोस्रो खण्डको रूपमा रहेको मैलुङ स्याफ्रु सडक खण्डमा सडक चौडा बनाउने, नाला बनाउने तथा टेवा पर्खाल लगाउने काम गरिरहेको छ। सडक चौडा बनाउने काम पनि ६५ प्रतिशत सकिएको छ।  

पासाङल्हामु मार्गअन्तर्गत पर्ने धुन्चे खण्डमा धेरै घुम्ती पार गर्नु पर्ने भएपनि यो सडकमा एउटा पनि घुम्ती रहेको छैन। गल्छीदेखि रसुवागढीसम्म पुग्न ८२ किलोमिटर दूरी पार गर्नुपर्छ। बेत्रावतीदेखि धुन्चे हुँदै स्याफ्रुबेंसी सडकमा उकालो र ओरालो हुँदै ३५ वटा कठिन घुम्ती पार गर्नुपर्ने भएपनि मैलुङतर्फबाट हिँड्नका लागि कुनैपनि घुम्ती पार गर्नु पर्दैन।

मैलुङ–स्याफ्रुबेसी सडकको विकल्पमा बेत्रावती धुन्चे स्याफ्रुबेंसी सडक प्रयोग गर्न सकिने बताइएको छ। २०४२ सालदेखि पासाङल्हामु मार्गअन्तर्गत बेत्रावती धुन्चे सडक सञ्चालन हुँदै आएको छ।
अर्को समाचार
पुल बन्ने भएपछि सर्लाही र रौतहटमा खुसी
०७ पौष २०७८
•
२ मिनेट पाठ
पुल बन्ने भएपछि सर्लाही र रौतहटमा खुसी
सर्लाही र रौतहट जोड्ने हुलाकी राजमार्गको वाग्मती नदीमा पुल बन्ने भएपछि दुवै जिल्लाका स्थानीयबासी खुसी भएका छन्। लामो समयदेखि अलपत्र रहेको पुल निर्माणको लागि सम्बन्धित निकायले बोलपत्र आह्वान गरेपछि सर्लाही र रौतहटका स्थानीयबासीमा खुसी देखिएको हो।




२०६७ जेठ ३१ मा तत्कालीन प्रधानमन्त्री माधवकुमार नेपालले शिलान्यास गरेको बडहर्वा नजिकैको वाग्मती नदीको पुलको निर्माण हुँदाहुँदै ठेकेदार कम्पनीले छोडेको थियो। एक दशकभन्दा लामो समयदेखि अलपत्र रहेको पुल निर्माणको लागि हुलाकी राजमार्ग आयोजनाद्वारा हालै बोलपत्र आह्वान गरिएको छ। बोलपत्र आह्वान भएपछि पुल निर्माण हुने आशा सर्लाही र रौतहटका स्थानीयबासीमा पुनः पलाएको छ।

पुल नभएपछि सर्लाहीबासीलाई रौतहट र रौतहटबासीलाई सर्लाही पुग्न भारत भएर ओहोरदोहोर गर्नुपर्ने हुन्छ। नेपालकै बाटो जानको लागि कम्तीमा ३५ किलोमिटर लामो उत्तरतिर पूर्व–पश्चिम राजमार्ग पुगेर फेरि त्यत्तिकै बाटो फर्किनु पर्ने हुन्छ। रौतहटको समनपुर र धर्मपुरस्थित वाग्मती नदीमा पुलको निर्माण कार्य सम्पन्न भइसकेको भए पनि सडकको निर्माण नहुँदा अझै सजिलो गरी पुल सञ्चालनमा आउन सकेका छैनन्।

रौतहटतिर हुलाकी सडक निर्माणमा निकै प्रगति भएको देखिए पनि सर्लाहीतिरको काम भने अधुरै रहेको छ। चालु आर्थिक वर्षमा सर्लाहीतिरको हुलाकी सडक पनि निर्माण हुने अपेक्षा गरिएको छ। दुवैतिर गाडी चल्न योग्य सडक बनिसकेको अवस्थामा पनि बागमतीमा पुल नहुँदा दुवै जिल्लाका स्थानीयबासीलाई सडक बन्दा पनि हर्ष न विस्मातको अवस्था रहेको थियो। अब बोलपत्र आह्वान भएपछि पुल निर्माणको औपचारिक प्रक्रिया सुरु भएकाले पुल निर्माण हुनेमा आशा बढेको बडहर्वाका स्थानीय सुधिर साहले बताएका छन्। 

हुलाकी सडकको बागमती नदीमा पुल निर्माणको लागि समय समयमा विभिन्न टोलीद्वारा दबाब दिइँदै आएको थियो। पुल निर्माणको लागि संसदीय अनुगमन समितिको टोली, जिल्ला प्रशासन कार्यालय रौतहटको टोली, हुलाकी सडक आयोजनाको टोलीले कैयौंपटक स्थलगत अनुगमन गरेको थियो। विभिन्न मन्त्री तथा नेताहरूले पनि स्थलगत अनुगमन गरी पुल निर्माणको आश्वासन दिने गरेका थिए।

अहिले बोलपत्र आह्वान गरिएको पुलको प्राविधिक डिजाइनमा केही परिवर्तन गरिएको हुलाकी राजमार्ग आयोजना टेकु, काठमाडौंका आयोजना निर्देशक धर्मेन्द्र झाले जानकारी गराएका छन्। साथै पुलको स्पान थप गर्ने, नदीको धार परिवर्तन गर्ने, पुलको एप्रोच सडक बनाउने र विम ढलान गर्ने लगायतको कामको लागि ८० करोड रूपैयाँ बराबरको रकम विनियोजन गरेर बोलपत्र आह्वान गरिएको आयोजना निर्देशक झाको भनाइ छ।

पुलको निर्माण भएपछि सर्लाही र रौतहटका लाखौं बासिन्दा लाभान्वित हुनुका साथै यस क्षेत्रको व्यवसाय र रोजगारमा वृद्धि हुने सर्लाहीको बलरा नगरपालिकाको छतौना गाउँका मनमोहन सिंहको भनाइ छ। हुलाकी सडकको निर्माण कार्य पूरा भएको देख्न पाउन यस क्षेत्रको बासिन्दाको सपना भएको र समृद्धिको आधार भएको पनि सिंहको भनाइ रहेको छ। पुल निर्माणको लागि बोलपत्र आह्वान भएपछि सर्लाहीमा पनि खुसीको सञ्चार भएको सिंहले बताए।  
युवा नेता सन्तोष परियारले किन भेटे पूर्वप्रधानमन्त्री खनाललाई ?
राजनीति
Clock ३ मिनेट अघि | १ मिनेट पाठ
युवा नेता सन्तोष परियारले किन भेटे पूर्वप्रधानमन्त्री खनाललाई ?
दुवै नेताबीच समसामयिक राजनीतिक अवस्था, विद्यमान संकट र भावी राजनीतिक दिशाबारे गम्भीर वैचारिक छलफल भएको थियो।
Whatsapp
जलविद्युत् आयोजनामा स्थानीयको हक सुनिश्चित गरिने
अर्थ
Clock २१ मिनेट अघि | १ मिनेट पाठ
जलविद्युत् आयोजनामा स्थानीयको हक सुनिश्चित गरिने
ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले जलविद्युत् आयोजनामा स्थानीयको हक सुनिश्चितताका निम्ति आफ्नो मन्त्रालयले हरसम्भव प्रयत्न गर्ने बता...
Whatsapp
न्युजिल्यान्डविरुद्धको दोस्रो टेस्टमा भारतको कमजोर सुरुवात
खेल
Clock २२ मिनेट अघि | १ मिनेट पाठ
न्युजिल्यान्डविरुद्धको दोस्रो टेस्टमा भारतको कमजोर सुरुवात
न्युजिल्यान्डविरुद्धको दोस्रो टेस्टको पहिलो इनिङ्समा भारतले कमजोर प्रदर्शन गरेको छ।
Whatsapp
ताप्लेजुङ प्रहरीद्वारा फरार पाँच प्रतिवादी पक्राउ
अपराध
Clock ३६ मिनेट अघि | १ मिनेट पाठ
ताप्लेजुङ प्रहरीद्वारा फरार पाँच प्रतिवादी पक्राउ
विभिन्न मुद्दामा दोषी ठहर भई फरार रहेका ५ जनालाई ताप्लेजुङ प्रहरीले पक्राउ गरेको छ।
Whatsapp
गृहमन्त्री गुरुङद्वारा बिपी प्रतिष्ठानमा स्वास्थ्य सेवा र सुरक्षा व्यवस्थाको अनुगमन
राजनीति
Clock ५४ मिनेट अघि | १ मिनेट पाठ
गृहमन्त्री गुरुङद्वारा बिपी प्रतिष्ठानमा स्वास्थ्य सेवा र सुरक्षा व्यवस्थाको अनुगमन
गृहमन्त्री सुधन गुरुङले धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको अनुगमन गरेका छन्।
Whatsapp
‘प्रश्नको घेरामा नेपालको लोकतन्त्र’ सार्वजनिक
कला/साहित्य
Clock १ घण्टा अघि | १ मिनेट पाठ
‘प्रश्नको घेरामा नेपालको लोकतन्त्र’ सार्वजनिक
कोञ्ज्योसोम प्रज्ञाप्रतिष्ठानका अध्यक्ष गोपाल सञ्जेलले लोकतन्त्रलाई दल, नेता र सरकारसँग मात्रै जोडेर बुझ्न नहुने धारणा राखे।
Whatsapp
केन्याली धावक मुरिउकीले जिते नेपालगन्ज म्याराथन उपाधि
खेल
Clock १ घण्टा अघि | १ मिनेट पाठ
केन्याली धावक मुरिउकीले जिते नेपालगन्ज म्याराथन उपाधि
धारा नेपालगन्ज म्याराथनको १२ औं संस्करणको उपाधि केन्याली धावक जुलियस मुरिउकी वाहोमेले हात पारेका छन्।
Whatsapp
‘पेन्डिङ’ फाइल शून्यमा झार्दै झापा प्रशासन
समाज
Clock १ घण्टा अघि | १ मिनेट पाठ
‘पेन्डिङ’ फाइल शून्यमा झार्दै झापा प्रशासन
झापा प्रशासनले सेवाग्राहीलाई राष्ट्रिय परिचयपत्र र राहदानीको फोटा तथा जैविक विवरण (बायोमेट्रिक) काम एकै दिनमा उपलब्ध गराउन सुरु गरेको छ।
Whatsapp
महिला पहिला : मौनताको पर्खाल भत्काउने १६ दिन
समाज
Clock १ घण्टा अघि | १ मिनेट पाठ
महिला पहिला : मौनताको पर्खाल भत्काउने १६ दिन
घरभित्रको पीडा र विभेदको अन्त्यमा हाम्रो समाजमा घरलाई प्रायः शान्ति, माया र सुरक्षाको सबैभन्दा बलियो थलो मानिन्छ।
Whatsapp
महिला क्रिकेटतर्फ लिग चरणका खेल सम्पन्न
खेल
Clock १ घण्टा अघि | १ मिनेट पाठ
महिला क्रिकेटतर्फ लिग चरणका खेल सम्पन्न
दशौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत महिला क्रिकेटतर्फ सेमिफाइनल समिकरण पूरा भएको छ।
Whatsapp
पुरुष क्रिकेटमा एनआरएनएलाई हराउँदै गण्डकी विजयी
खेल
Clock १ घण्टा अघि | १ मिनेट पाठ
पुरुष क्रिकेटमा एनआरएनएलाई हराउँदै गण्डकी विजयी
 दशौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत पुरुष क्रिकेट प्रतियोगिताको लिग चरणको खेलमा गण्डकी प्रदेशले आफ्नो दोस्रो खेलमा पहिलो जीत हात पारेको छ...
Whatsapp
कर्णाली रंगशाला आइपुगे रवि
राजनीति
Clock १ घण्टा अघि | ० मिनेट पाठ
कर्णाली रंगशाला आइपुगे रवि
रवि पार्टी प्रशिक्षण कार्यक्रमका लागि सुर्खेत आएका हुन्। १० औं राष्ट्रिय खेलकुद प्रतियाेगीता सन्चालन भइरहेकाे बेला आएका थिए।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस