उदयपुरका दर्जन होटललाई गुणस्तर लोगो प्रदान
०८ फागुन २०७७
•
२ मिनेट पाठ
उदयपुरका दर्जन होटललाई गुणस्तर लोगो प्रदान
होटल सञ्चालकलाई गुणस्तर गोलो प्रदान गर्दै मेयर चौधरी र दाहाल । तस्बिरः महेश्वर
उदयपुरका दर्जन हाराहारी होटललाई गुणस्तर लोगो प्रदान गरिएको छ । खाद्यान्न गुणस्तर कायम गरेका सदरमुकाम गाईघाटमा सञ्चालित अगुवा होटलहरुलाई खाद्य तथा गुण नियन्त्रण डिभिजन कार्यालय उदयपुरले लोगो प्रदान गरेको हो ।  




होटल सञ्चालन गर्दा पुरा गर्नुपर्ने मापदण्ड, खाद्यको गुणस्तर तथा सरसफाईलगायत प्रक्रिया पुरा गरेका होटलहरुलाई गुणस्तर लोगो प्रदान गरिएको डिभिजन प्रमुख रमेश दाहालले बताए । उनका अनुसार जिल्ला अनुगमन समिति, घरेलु तथा साना उद्योग कार्यालय, प्रहरी, नगरपालिका, उद्योग बाणिज्य संघ र पत्रकार संलग्न टोलीले गरेको पटक पटकको संयुक्त अनुगमनले दिएको राय अनुसार होटललाई गुणस्तर प्रमाणस्वरुप लोगो प्रदान गरिएको हो ।  

त्रियुगा नगरप्रमुख बलदेव चौधरी र डिभिजन प्रमुद दाहालले बिभिन्न होटल सञ्चालकहरुलाई लोगो प्रदान गरेका छन् । गुणस्तर लोगो पाउनेमा गाईघाटका कोहवर होटल, वल्र्ड दरवार होटल, होटल हिमालय एण्ड लज, टावन हल रेस्टुरेन्ट, होटल ए–वान, एलम्बर ए–वान होटल, होटल गंगाचुली, सन होटल प्रालि, होटल कन्चनजंघा एण्ड भोजनालय र मनोज खाजाघर रेस्टुरेन्टलगायत छन् । होटलहरुमा बासी खाना खुवाउने तथा मापदण्ड अनुसारको खाद्यान्न नहुने र आवश्यक सरसफाई नभएको गुनासो आएपछि एकवर्षयता डिभिजनले नियमित अनुगमन गर्दै आएको छ ।  

सहायक प्रमुख जिल्ला अधिकारी नेतृत्वको जिल्ला अनुगमन समितिले होटलहरुमा नियमित अनुगमन गर्दै गुणस्तर कायम गर्न सुझाउँदै अटेर गर्नेलाई कारबाही गर्न थालेपछि खानेकुराको गुणस्तर कायम भएको तथा सरसफाईलगायत मापदण्ड पुगेपछि लोगो प्रदान गरिएको डिभिजनले जनाएको छ । तीनवर्षअघि खुलेको डिभिजन कार्यालयले खाद्यान्नको गुणस्तर नियन्त्रण नगर्ने तथा सरसफाईजस्ता मापदण्ड नपुग्ने आधादर्जन बढी होटललाई कारबाही गरिसकेको छ ।  

डिभिजन प्रमुख दाहालले हरेक महिना होटलहरुको अनुगमन गर्ने गरेको बताएका छन् । सदरमुकाम गाईघाट, कटारी, बेलटार, बेलका र मुर्कुचीजस्ता व्यापारिक केन्द्रका बजारहरुमा पालैपालो अनुगमन गर्दै कमजोरी भेटे एकपटकलाई सच्चिन आग्रह गर्ने गरेको छ भने दोहोर्याएर गल्ती गर्नेलाई खाद्य तथा गुण नियन्त्रण ऐन अनुसार जरिवाना र कम्पनी खारेजीसम्मको कारबाही गर्ने गरेको दाहालले बताए ।  

नियमित अनुगमनले खाद्य गुणस्तरमा धेरै सुधार आएको उनले बताएका छन् । पहिलो पटक कमजोरी भेटिएका होटल सञ्चालकलाई नसच्चिए कारबाही गर्ने गरेपछि होटलमा सरसफाई तथा खानाको गुणस्तरमा सुधार आएपछि गुणस्तर लोगो प्रदान गरिएको हो । गाईघाटका होटलहरुले गुणस्तर लोगो पाए पनि स्टार होटल भने बन्न सकेका छैनन् । उदयपुरकै कटारीमा सञ्चालित ‘होटल माछापुछ्रे इन’ले भने गतवर्ष नै दुईतारे होटलको दर्जा पाएको छ ।  

डिभिजन कार्यालय गाईघाटलाई उदयपुरबाहेक खोटाङ, ओखलढुंगा र सोलुखुम्बुको समेत खाद्य तथा गुण नियन्त्रणको जिम्मा दिइएको छ । तर, आवश्यक जनशक्ति र स्रोत साधनको अभावमा टाढाका जिल्लामा भने नियमित अनुगमन गर्न समस्या भईरहेको दाहालले बताएका छन् । कम्तीमा ३/४ दिन लगाएर अनुगमनमा खट्नुपर्ने भएकाले उदयपुर बाहेक जिल्लाका बजारको अनुगमन कम्तीमा वर्षमा एकपटक अनिवार्य गर्ने गरेको उनले बताए ।
अर्को समाचार
जलविद्युत् आयोजनामा स्थानीयको हक सुनिश्चित गरिने
३ घण्टा अघि
•
१ मिनेट पाठ
जलविद्युत् आयोजनामा स्थानीयको हक सुनिश्चित गरिने
गण्डकी। ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले जलविद्युत् आयोजनामा स्थानीयको हक सुनिश्चितताका निम्ति आफ्नो मन्त्रालयले हरसम्भव प्रयत्न गर्ने बताएका छन्।




राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा), पर्वत जिल्ला शाखाले आज कुश्मामा आयोजना गरेको कार्यकर्ता भेटघाटमा उनले उक्त कुरा बताएका हुन्।

सिँचाइ, कृषि उद्यम, स्थानीय जलविद्युत् आयोजनामा स्थानीयको हक तथा विपद् व्यवस्थापनलगायतका विषय सम्बोधन गर्न ऊर्जा मन्त्रालयले निरन्तर प्रयत्न गर्ने उनले बताएको रास्वपा जिल्ला अध्यक्ष जालबहादुर पुनले जानकारी दिए। 

राजनीतिक दल र नागरिकको सक्रिय सहभागिताबिना कुनै पनि सरकार सफल नहुने भएकाले देश र जनतालाई केन्द्रमा राखेर काम गर्न मन्त्री श्रेष्ठले पार्टीका कार्यकर्तालाई अनुरोध गरे।
राणा र पञ्चायतले रोक्न सकेनन्, गगनले पनि सक्दैनन् : नेता राई
राजनीति
Clock ९ मिनेट अघि | १ मिनेट पाठ
राणा र पञ्चायतले रोक्न सकेनन्, गगनले पनि सक्दैनन् : नेता राई
कोशी प्रदेशका सांसद तथा देउवापक्षीय कांग्रेसका नेता भूपेन्द्र राईले रुख र चारतारे झण्डा बोक्न कांग्रेस सभापति गगन थापाले आफूहरूलाई रोक्न नसक्ने बताएका...
Whatsapp
भारत भ्रमणमा सीमा मुद्दा नउठाएपछि प्रधानमन्त्रीमाथि कांग्रेसको कटाक्ष : राष्ट्रवादको नक्कली प्रदर्शन थियो
राजनीति
Clock २१ मिनेट अघि | १ मिनेट पाठ
भारत भ्रमणमा सीमा मुद्दा नउठाएपछि प्रधानमन्त्रीमाथि कांग्रेसको कटाक्ष : राष्ट्रवादको नक्कली प्रदर्शन थियो
नेपाली कांग्रेसले  भारत भ्रमणका क्रममा सीमा विवादलगायतका संवेदनशील विषय नउठाएको भन्दै कांग्रेसले  आपत्ति जनाएको छ ।  
Whatsapp
देउवा कांग्रेसको गण्डकी टिमको टुंगो
राजनीति
Clock २१ मिनेट अघि | १ मिनेट पाठ
देउवा कांग्रेसको गण्डकी टिमको टुंगो
सभापति र सदस्य बाहेकका पदाधिकारीसमेत गरेर शुक्रवार निर्विरोध घोषणा गरिएको सभापति मेखलाल श्रेष्ठले जानकारी दिए। सभापति श्रेष्ठका अनुसार उपसभापतिमा आशीक...
Whatsapp
जुम्ला पुग्यो दशौँ राष्ट्रिय खेलकुदको ओलम्पिक टर्च र ट्रफी
खेल
Clock २६ मिनेट अघि | १ मिनेट पाठ
जुम्ला पुग्यो दशौँ राष्ट्रिय खेलकुदको ओलम्पिक टर्च र ट्रफी
राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलकुदमा देशको प्रतिनिधित्व गरेका खेलाडीको टोलीले ट्रफी र टर्चलाई जुम्लाका प्रमुख धार्मिकस्थल चन्दननाथ–भैरवनाथ मन्...
Whatsapp
उपचारका नाममा १४ वर्षीया बालिकामाथि यातना, झाँक्री पक्राउ
समाज
Clock ३८ मिनेट अघि | १ मिनेट पाठ
उपचारका नाममा १४ वर्षीया बालिकामाथि यातना, झाँक्री पक्राउ
बिरामी निको पार्ने बहानामा अन्धविश्वास र रूढिवादी अभ्यास गर्दै १४ वर्षीया बालिकामाथि यातना दिएको आरोपमा जुम्लामा एक झाँक्री पक्राउ परेका छन्।
Whatsapp
देउवा समूहलाई कांग्रेसको चेतावनी : रुख र चारतारे झण्डाको अनधिकृत प्रयोग नरोकिए कानुनी कारबाही
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
देउवा समूहलाई कांग्रेसको चेतावनी : रुख र चारतारे झण्डाको अनधिकृत प्रयोग नरोकिए कानुनी कारबाही
नेपाली कांग्रेसले पूर्वसभापति शेरबहादुर देउवाको समूहलाई पार्टीका आधिकारिक प्रतीकहरूको अनधिकृत प्रयोग नरोकिए कानुनी प्रक्रियामा जाने चेतावनी दिएको छ।
Whatsapp
यो पनि पढौँ
सरकारको कार्यशैलीप्रति कांग्रेस आक्रामक : यी हुन् केन्द्रीय कार्यसमिति बैठकका निर्णय
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
सरकारको कार्यशैलीप्रति कांग्रेस आक्रामक : यी हुन् केन्द्रीय कार्यसमिति बैठकका निर्णय
नेपाली कांग्रेसले सरकारको कार्यशैलीप्रति असन्तुष्टि जनाउँदै संविधान, लोकतन्त्र र विधिको शासनविपरीतका गतिविधिविरुद्ध सशक्त प्रतिपक्षको भूमिका निर्...
Whatsapp
सरकारको स्वेच्छाचारिताविरुद्ध सशक्त रूपमा उभिने कांग्रेसको चेतावनी
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
सरकारको स्वेच्छाचारिताविरुद्ध सशक्त रूपमा उभिने कांग्रेसको चेतावनी
उनले सरकार गठनको सुरुवाती चरणमा देखिएका कमजोरीलाई नयाँ नेतृत्वको अनुभवको कमी ठानेर संयमता अपनाएको बताए। तर पछिल्ला गतिविधिले सरकारको नेतृत्व गर्ने सोच...
Whatsapp
‘झोले युग’ बाट बाहिर निस्किएको लामिछानेको घोषणा, कार्यक्रममा झोला नबाँड्न आग्रह
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
‘झोले युग’ बाट बाहिर निस्किएको लामिछानेको घोषणा, कार्यक्रममा झोला नबाँड्न आग्रह
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले रास्वपा ‘झोले युग’ बाट बाहिर निस्किएर ‘फाइल’ मा प्रवेश गरेको बता...
Whatsapp
भारत भ्रमणमा सीमा विवाद नउठाएको भन्दै प्रधानमन्त्री बालेन्द्रमाथि कांग्रेसको प्रश्न
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
भारत भ्रमणमा सीमा विवाद नउठाएको भन्दै प्रधानमन्त्री बालेन्द्रमाथि कांग्रेसको प्रश्न
नेपाली कांग्रेसले प्रधानमन्त्री बालेन्द्र शाहको भारत भ्रमणलाई सकारात्मक उपलब्धि भएको बताउँदै सीमा विवादजस्ता संवेदनशील विषयमा छलफल नभएकोप्रति प्र...
Whatsapp
चाहे जीवनभर हारौं, कर्णाली प्राथमिकतामा रहन्छ: रवि
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
चाहे जीवनभर हारौं, कर्णाली प्राथमिकतामा रहन्छ: रवि
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले स्थापनाको चार वर्षमै झन्डै दुईतिहाइको सरकार बनाउन सफल भए पनि जनताको अपेक्षाअनुसार परिणाम...
Whatsapp
काठमाडौंमा खसीको मासु भन्दै बाख्रीको मासु बेच्ने ८ जना पक्राउ, ५६७ किलो मासु बरामद
समाज
Clock २ घण्टा अघि | १ मिनेट पाठ
काठमाडौंमा खसीको मासु भन्दै बाख्रीको मासु बेच्ने ८ जना पक्राउ, ५६७ किलो मासु बरामद
जिल्ला प्रहरी परिसर काठमाडौंका अनुसार शनिबार बिहान करिब ४ बजे काठमाडौं महानगरपालिका-२८ स्थित टुकुचा खसी बजारमा बाख्री र पाठीको मासुलाई खसीको मासु भन्द...
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस