खोटाङको जन्तेढुंगा गाउँपालिका–५ चिसापानी घोर्लेमा प्रथम सुन्तला महोत्सव आयोजना गरिएको छ । ‘कृषि र उत्पादन विकासको आधार, सुन्तला उत्पादन गरिबी निवारण पूर्वाधार’ भन्ने नारासहित घोर्लेमा शनिबार र आइतबार सुन्तला महोत्सव आयोजना गरिएको हो । घोर्लेमा उत्पादित सुन्तलाको प्रवद्र्धन, विज्ञापन र पहिचानका लागि गाउँपालिकाकै सहयोगमा सुन्तला महोत्सव आयोजना गरिएको हो । घोर्लेमा उत्पादित सुन्तलाको प्रचार–प्रसार गर्दै बजार प्रवद्र्धन गर्ने लक्ष्यकासाथ आयोजना गरिएको महोत्सव विघटित संविधानसभा सदस्य बिशाल भट्टराईले शनिबार उद्घाटन गरेका थिए ।
घोर्लेमा उत्पादित सुन्तलालाई देशभर चिनाउँदै कृषिजन्य उत्पादनको प्रवद्र्धन, कृषि पर्यटनको विकास एवं किसानको आयआर्जनमा वृद्धि गर्नका लागि महोत्सवको आयोजना गरिएको गाउँपालिकाका रोजगार संयोजक एबं प्रथम सुन्तला महोत्सव आयोजक समितिका संयोजक विज्ञान राई पुमाले बताए । ‘अहिले घोर्लेको सुन्तला प्रतिदाना पाँच रुपैयाँले बिक्री भइरहेको छ । विज्ञापन भइसकेपछि प्रतिदाना छ/सात रुपैयाँले बिक्री गर्न सकिन्छ । अहिले तराईमा मात्र सप्लाई गर्दैछौँ भने काठ्माण्डौं र विदेशमा पनि निर्यात गर्न सकिन्छ भनेर महोत्सव गरिएको हो,’ महोत्सव आयोजक समितिका संयोजक राईले भने, ‘यहाँ उत्पादन हुने सुन्तलालाई चिनाउनका लागि, कृषि उत्पादनलाई प्रवद्र्धन गर्नका लागि, कृषि पर्यटनको विकास गर्दै किसानको आयआर्जनमा बृद्धि गर्र्ने हाम्रो लक्ष्य हो ।’ महोत्सवमा घोर्लेमा उत्पादित सुन्तलाको दाना, सुन्तलाको जुस, सुन्तलाको वाईनको स्टल राखिएको थियो ।
यस्तै, पुराना ऐतिहासिक साँस्कृतिक वाजा, पुराना प्रविधिका हस्तकलाका सामग्री, काठका ऐतिहासिक सामग्री, पितृ वा विवाहमा प्रयोग गरिने ऐतिहासिक सामग्री, हुक्का चिलिम, चोयाबाट निर्मित कोसेली वा अन्य सामान राख्न प्रयोग गरिने सामग्री, ऐतिहासिक कुपी, खुँगी, चुलेसी, काठबाट निर्मित ऐतिहासिक सामग्री, ऐतिहासिक लोटा र सिक्का, जाँतो, तेल पेल्ने कोल, ढिकी, किरात राईको साकेला थान, किरात राईको पितृ पुजा गर्ने चुल्हो, किरात राईको मृत्यु संस्कार गरिने कार्य झल्काउने सामग्री, रक्सी बनाउने स्थानीय प्रविधि, कृषिजन्य उत्पादनका सामग्री, गुन्द्री सुकुल, ऐतिहासिक किरात राजाले प्रयोग गर्ने हतियार, हस्तकलाका सामग्री लगायतको स्टल राखिएको थियो ।
जन्तेढुंगा गाउँपालिकाको मूख्य प्रायोजन, ग्रामिण विकास तथा अनुसन्धान केन्द्र, श्रृजनशिल आमा समूह र तिनतले कोलाताङ सामुदायीक वन घोर्लेको सह–प्रयोजनमा स्थानीय प्रगतिशिल कृषक समूह र सिलिचोङ साँस्कृतिक परिवार घोर्लेको आयोजनामा सुन्तला महोत्सव गरिएको हो । घोर्लेमा उत्पादित सुन्तलालाई चिनाउँदै कृषिको माध्यमबाट गाउँपालिकालाई संमृद्ध बनाउनका लागि महोत्सवको परिकल्पना अघि सारिएको गाउँपालिकाले जनाएको छ ।
कृषिको प्रवद्र्धनमार्फत विदेश पलायन हुने युवालाई गाउँमै रोक्ने र कृषिको व्यवसायीकरणमा टेवा पुर्याउनका लागि सुन्तला महोत्सव फलदायी हुने गाउँपालिका अध्यक्ष शंकर राईले बताए । महोत्सवमा साकेला शिली, स्थानीय कलाकारको साँस्कृतिक कार्यक्रम, लोकदोहोरी तथा नृत्य प्रतियोगिता लगायतका कार्यक्रम समेत राखिएको आयोजकले जनाएको छ । सुन्तला महोत्सवलाई हरेक वर्ष निरन्तरता दिइने जनाइएको छ ।
घोर्ले जन्तेढुंगा गाउँपालिकाको सुन्तला उत्पादन हुने प्रमुख क्षेत्र हो । घोर्लेमा उत्पादित सुन्तला अर्गानिक, रसिलो र स्वादिलो भए पनि प्रचार–प्रसारमा झोलेलमा रहेको स्थानीय शिक्षक जिवन राईले बताए । घोर्लेका ३४ घरमध्ये सबै घरले सुन्तला खेती लगाएका छन् । घोर्लेबाट बार्षिक करोडको हाराहारीमा सुन्तला निर्यात हुने गरेको छ । घोर्लेबाट ठेकेदारले अग्रिम बैना दिएर सुन्तला लैजाने गरेको स्थानीय होमबहादुर पुमा राईले बताए ।
ओली समूहका विघटित संविधानसभा सदस्य भट्टराई आउने भएपछि सुन्तला महोत्सव उद्घाटनकाक्रममा दाहाल–नेपाल समूह र कांग्रेसका नेता समेत अनुपस्थित भएका थिए ।