सडकले जोड्दै पर्यटकीय लेक घुम्टे
१९ पौष २०७७
•
३ मिनेट पाठ
सडकले जोड्दै पर्यटकीय लेक घुम्टे
पर्यटकीय लेक घुम्टे जोड्ने सडक निर्माणले गति लिएको छ। गलकोट नगरपालिका–५ टेउवाबाट तल्लो र उपल्लो घुम्टेबीचको देउरालीसम्म सडक पुर्‍याउन तीन वर्षअघि काम थालिएको थियो। करिब तीन किमी सडक बनेको र दुई किमीमा मार्ग खोल्न बाँकी रहेको निर्माण समितिले जनाएको छ। पहिलो वर्ष गलकोट नगरपालिकाको आठ लाख रुपैयाँ बजेटबाट एक हजार ७०० मिटर सडक खनिएको थियो।  




गत वर्ष सङ्घको पर्यटन मन्त्रालयबाट आएको १३ लाख रुपैयाँ बजेटबाट थप एक किमीमा काम भएको समितिका अध्यक्ष झङ्कबहादुर बस्नेतले बताए। चालु आवमा पनि सोही मन्त्रालयकै सात लाख रुपैयाँ  बजेटबाट काम भइरहेको उनको भनाइ छ। “अहिले कडा चट्टानयुक्त पहरा परेकाले मार्ग खोल्न ढिलाइ हुने र बजेट पनि अपुग हुने देखिएको छ”, अध्यक्ष बस्नेतले भने, “स्थानीयदेखि प्रदेश र सङ्घ सरकारको थप सहयोग चाहिएको छ, बजेट भए सडक चाँडै बन्छ।”

टेउवासम्म विसं २०६४ मै सडक पुगे पनि घुम्टे जोड्ने सडक योजना धेरैपछि बनेको हो। एकै वर्षमा सकिने काम भए पनि बजेटको सीमितताका कारण निर्माण अवधि लम्बिरहेको छ। दुई वर्ष लगाएर टेउवास्थित नेटाको पोखरीबाट तल्लो देउरालीसम्म मार्ग खोलिएको थियो। त्यहाँदेखि अघि पहरा परेकाले बजेट पनि बढी लाग्ने भएको छ। उपल्लो देउरालीसम्म सडक जोडिँदा घुम्टे चढ्ने पर्यटकको यात्रा छोटिने छ। देउरालीभन्दा माथि भने झण्डै एक घण्टाको पदयात्रामा घुम्टे पुग्न सकिन्छ।

धुरीमै सडक लैजाँदा घुम्टेको प्राकृतिक सौन्दर्य पनि नासिने र मौलिकता पनि गुम्ने हुँदा देउरालीसम्म मात्रै सडक पुर्‍याउने योजना छ। “पर्यटकलाई त यसै सुविधा हुन्छ, माथि धेरै संरचना बनाउनुपर्ने छ, गाडी पुग्यो भने सामग्री पुर्‍याउने पनि सहज हुन्छ”, अध्यक्ष बस्नेतले भने। यसअघि खच्चडलाई निर्माण सामग्री बोकाएर घुम्टेको शीरमा रहेका मन्दिर, पदमार्गलगायतका संरचना बनाइएको थियो। नजिकमा बस्ती नभएका कारण मजदुरले वनमै बास बसेर काम गरेका थिए।

सडक सुविधा पुग्नासाथ घुम्टे चढ्ने पर्यटक/भक्तजनको सङ्ख्या ह्वात्तै बढ्ने गलकोट घुम्टे पर्यटन विकास केन्द्रका वरिष्ठ उपाध्यक्ष राज थापाले बताए। उनका अनुसार घुम्टे पुग्न पदमार्ग र सडक दुवै विकल्प प्रयोग गर्न सकिने छ। तीन हजार ११० मिटरको उचाइमा अवस्थित घुम्टे लेक पदयात्राका सौखिनका लागि उपयुक्त गन्तव्य मानिन्छ।

पर्यटकलाई लक्ष्य गरी केही वर्षअघि टेउवा हुँदै घुम्टे जोड्ने पदमार्गसमेत निर्माण भइसकेको छ। गलकोट नगरपालिका–७ मल्म हुँदै जोड्ने अर्को पदमार्ग पनि अहिले निर्माणाधीन अवस्थामा छ। वडा नं १० पाण्डवखानी र ताराखोला गाउँपालिका–३ हिलदेखि पनि पैदल घुम्टे चढ्न सकिन्छ। हिलबाट पनि सडक मार्ग पुर्याउने योजना अघि बढाइएको छ। गण्डकी प्रदेश सरकारको ११० गन्तव्यस्थलमध्येमा सूचीकृत घुम्टे धार्मिक, प्राकृतिक एवं जैविक महत्वका दृष्टिले धनी छ। घुम्टेमा रहेका सिद्ध र भैरवको मन्दिरमा बर्सेनि वैशाखे पूर्णिमामा विशेष पूजाआजा हुन्छ। त्यहाँ भाकल गरे मनोकाङ्क्षा पूरा हुने जनविश्वास छ।

यस्तै नयाँ वर्षमा गुराँस उत्सव आयोजना गरिन्छ। मनोरम भू–बनोट, हिमशृङ्खला, सूर्योदय, सूर्यास्तको अवलोकनका लागि घुम्टे आकर्षक गन्तव्य मानिन्छ। बागलुङ सदरमुकामदेखि ४५ किमी गाडीको यात्रापछि गलकोट पुगिन्छ। गलकोट हटियाबाट कच्ची सडकमार्फत एक घण्टामा टेउवा पुग्न सकिन्छ। टेउवाबाट पैदल अढाइ/तीन घण्टामा घुम्टे चढिन्छ। घुम्टेलाई गन्तव्य बनाउँदा त्यस आसपासका पर्यटकीयस्थल गाईघाट झरना, गलकोट दरबार, खुला आधुनिक मूर्तिकला सङ्ग्रहालयसमेत घुम्न सकिन्छ। रासस
अर्को समाचार
जलविद्युत् आयोजनामा स्थानीयको हक सुनिश्चित गरिने
१३ घण्टा अघि
•
१ मिनेट पाठ
जलविद्युत् आयोजनामा स्थानीयको हक सुनिश्चित गरिने
गण्डकी। ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले जलविद्युत् आयोजनामा स्थानीयको हक सुनिश्चितताका निम्ति आफ्नो मन्त्रालयले हरसम्भव प्रयत्न गर्ने बताएका छन्।




राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा), पर्वत जिल्ला शाखाले आज कुश्मामा आयोजना गरेको कार्यकर्ता भेटघाटमा उनले उक्त कुरा बताएका हुन्।

सिँचाइ, कृषि उद्यम, स्थानीय जलविद्युत् आयोजनामा स्थानीयको हक तथा विपद् व्यवस्थापनलगायतका विषय सम्बोधन गर्न ऊर्जा मन्त्रालयले निरन्तर प्रयत्न गर्ने उनले बताएको रास्वपा जिल्ला अध्यक्ष जालबहादुर पुनले जानकारी दिए। 

राजनीतिक दल र नागरिकको सक्रिय सहभागिताबिना कुनै पनि सरकार सफल नहुने भएकाले देश र जनतालाई केन्द्रमा राखेर काम गर्न मन्त्री श्रेष्ठले पार्टीका कार्यकर्तालाई अनुरोध गरे।
डोटीमा छोराले दाउरा प्रहार गर्दा बुवाको मृ’त्यु
अपराध
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
डोटीमा छोराले दाउरा प्रहार गर्दा बुवाको मृ’त्यु
२३ वर्षीय छोरा विकासबहादुर चन्दले घरायसी विवादका क्रममा दाउराले बुधबा रणबहादुरको टाउकामा प्रहार गरेका थिए ।
Whatsapp
उषाकिरणको आक्रोश : जनतालाई हेप्नुको पनि सीमा हुन्छ
राजनीति
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
उषाकिरणको आक्रोश : जनतालाई हेप्नुको पनि सीमा हुन्छ
ज्येष्ठ नागरिकको सुविधा पाएर डिल्लीबजार कारागारबाट रिहा भएका रायमाझीले आफूलाई फसाइएको र जेल बसाइले अझ बलियो बनाएको अभिव्यक्ति दिएका थिए।
Whatsapp
एमालेसँग तीनबुँदे र मसालसँग दुईबुँदे सहकार्य प्रस्ताव अघि सारेका छाैं: प्रचण्ड
राजनीति
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
एमालेसँग तीनबुँदे र मसालसँग दुईबुँदे सहकार्य प्रस्ताव अघि सारेका छाैं: प्रचण्ड
काठमाडौं। नेपाली कम्युनिष्ट पार्टीका संयोजक एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेकपा एमालेसँग तीनबुँदे सहकार्यको प्रस्ताव र...
Whatsapp
निर्माण व्यवसायी संघ उदयपुरमा दाहालको नेतृत्वमा नयाँ कार्यसमिति चयन
समाज
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
निर्माण व्यवसायी संघ उदयपुरमा दाहालको नेतृत्वमा नयाँ कार्यसमिति चयन
नेपाल निर्माण व्यवसायी संघ उदयपुरको ११ औँ साधारणसभा तथा ९ औँ जिल्ला अधिवेशनले सुदिप दाहाल खत्रीको नेतृत्वमा नयाँ कार्यसमिति चयन गरेको छ।
Whatsapp
सांसद संसद् बैठकमा कति पटक उपस्थित भए, मोबाइलबाटै हेर्न सकिन्छ: सभामुख अर्याल
राजनीति
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
सांसद संसद् बैठकमा कति पटक उपस्थित भए, मोबाइलबाटै हेर्न सकिन्छ: सभामुख अर्याल
पाल्पा - प्रतिनिधिसभाका सभामुख डोलप्रसाद (डिपी) अर्यालले प्रतिनिधिसभा र राष्ट्रियसभालाई डिजिटल प्रणालीमा जोड्ने काम भइरहेको बताएका छन्।
Whatsapp
जनकपुरधाम-अयोध्या रेल व्यावसायिक रूपमा सञ्चालन
समाज
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
जनकपुरधाम-अयोध्या रेल व्यावसायिक रूपमा सञ्चालन
धार्मिक तथा सांस्कृतिक सम्बन्धलाई थप प्रगाढ बनाउँदै जनकपुरधाम र अयोध्याबीच तीर्थयात्रा सहज बनाउने उद्देश्यसहित सुरु गरिएको सरयु–कमला एक्सप्रेस र...
Whatsapp
यो पनि पढौँ
बागलुङका विपद्ग्रस्त स्थानीय तहको पुनःनिर्माण प्राथमिकतामा : मन्त्री श्रेष्ठ
राजनीति
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
बागलुङका विपद्ग्रस्त स्थानीय तहको पुनःनिर्माण प्राथमिकतामा : मन्त्री श्रेष्ठ
ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले बागलुङका विपद् सङ्कटग्रस्त छ स्थानीय तहको पुनःनिर्माणलाई सरकारले प्राथमिकतामा राख्ने बताएका छन्।
Whatsapp
सडक बनाउँदैमा विकास हुँदैन, उद्योग र रोजगारीसँग जोड्नुपर्छ : सभापति गजुरेल
राजनीति
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
सडक बनाउँदैमा विकास हुँदैन, उद्योग र रोजगारीसँग जोड्नुपर्छ : सभापति गजुरेल
पूर्वाधार विकास समिति सभापति आशिष गजुरेलले सडक निर्माणलाई मात्रै विकास मान्ने सोच बदल्नुपर्ने बताएका छन्। 
Whatsapp
दशौं राष्ट्रिय खेलकुदमा १९ देशका खेलाडीसहित एनआरएनए : २० स्वर्ण जितेर चौथो हुने लक्ष्य
समाज
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
दशौं राष्ट्रिय खेलकुदमा १९ देशका खेलाडीसहित एनआरएनए : २० स्वर्ण जितेर चौथो हुने लक्ष्य
‘एनआरएनए स्पोर्ट्स एकेडेमी’ शनिबार पत्रकार सम्मेलन गरी प्रतियोगितामा विभिन्न १९ देशका खेलाडीसहित कुल ८२ जनाको सहभागिता रहने जानकारी दिएको...
Whatsapp
आर्मीलाई हराउँदै एपिएफ बन्यो झापा महिला गोल्डकप च्याम्पियन
खेल
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
आर्मीलाई हराउँदै एपिएफ बन्यो झापा महिला गोल्डकप च्याम्पियन
गतवर्ष भएको पहिलो संस्करणमा एपिएफ अर्को विभागीय टोली नेपाल पुलिस क्लबसँग १-० गोलले पराजित हुँदै उपविजेता बनेको थियो। यस पटक आर्मीले पुलिसलाई सेमिफाइनल...
Whatsapp
मकवानपुरमा श्रीमानको कुटपिटपछि श्रीमतीको मृ’त्यु
अपराध
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
मकवानपुरमा श्रीमानको कुटपिटपछि श्रीमतीको मृ’त्यु
मकवानपुर। मकवानपुरको इन्द्रसरोवर गाउँपालिका-४ गोठभित्तामा मादक पदार्थ सेवन (मापसे) गरी श्रीमतीलाई कुटपिट गरेको आरोपमा प्रहरीले एक पुरुषलाई नियन्त्रणमा...
Whatsapp
बाढीले पुल बगाएपछि दुई वर्षदेखि सास्ती, फोक्सिन्टारमा फेरि बेलिब्रीज राखिँदै
समाज
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
बाढीले पुल बगाएपछि दुई वर्षदेखि सास्ती, फोक्सिन्टारमा फेरि बेलिब्रीज राखिँदै
फोक्सिन्टारमा बेलिब्रीज पुन: जडानका लागि योजना कार्यालयले गएको कात्तिक ११ गते २१ दिने सूचना सार्वजनिक गरेको थियो।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस