पेट्रोल पाइपले पौने दुई अर्ब बचत
१५ पौष २०७७
•
३ मिनेट पाठ
पेट्रोल पाइपले पौने दुई अर्ब बचत
नेपाल आयल निगमले पाइपबाट पेट्रोलियम पदार्थ ढुवानी गर्न सुरु गरेपछि एक वर्षमा करिब पौने दुई अर्ब रूपैयाँ बचत भएको छ। निगमले मोतिहारी–अमलेखगन्ज पेट्रोलियम पाइपलाइन निर्माण गरेर पाइपबाट डिजेल ढुवानी सुरु गरेपछि एक वर्षमा एक अर्ब ७६ करोड रूपैयाँ जोगिएको हो।




इन्डियन आयल कर्पोरेसन (आइओसी)बाट ट्यांकरमार्फत इन्धन ढुवानी गर्दै आएको निगमले गत वर्ष भदौ २४ बाट पाइपबाट डिजेल ढुवानी सुरु गरेको थियो।

निगमको गत आर्थिक वर्ष ०७६/७७ को वार्षिक आर्थिक प्रतिवेदन अनुसार २०७६ भदौदेखि २०७७ असारसम्मको १० महिनामा ढुवानी बापतको एक अर्ब ४७ करोड रूपैयाँ बचत भएको छ। यसरी हेर्दा एक महिनामा सरदर १४ करोड ७० लाख रूपैयाँ बचत हुन्छ। मासिक १४ करोड ७० लाखका दरले एक वर्षमा करिब एक अर्ब ७६ करोड रूपैयाँ बचत भएको देखिन्छ। पाइपबाट डिजेल ल्याउन थालेको १५ महिना पूरा भएको छ। १५ महिनामा साढे दुई अर्ब रूपैयाँ हाराहारी बचत भएको छ। सुरुमा महिना कम डिजेल आयात भएको भए पनि निगमले क्रमशः क्षमता बढाउँदै लगेकाले ढुवानी धेरै हुँदा ढुवानीबापत लाग्ने रकम पनि बचत धेरै हुन्छ।  

गत वर्षको भदौदेखि अहिलेसम्म करिब आठ लाख किलोलिटर डिजेल पाइपमार्फत आयात भएको नेपाल आयल निगमको प्रदेश नं २ प्रादेशिक कार्यालय बारा अमलेखगन्जका प्रमुख भरत रेग्मीले बताए। ‘मासिक एक लाख किलोलिटर डिजेल आयात गर्ने लक्ष्य लिएका छौं,’ रेग्मीले भने, ‘आयातको मात्राको बढेपछि ढुवानी भाडा धेरै बचत हुन्छ।’ डिसेम्बरमा मात्र (२८ दिनमा) करिब ९० हजार किलोलिटर डिजेल आयात भएको रेग्मीले बताए। पछिल्लो समय आयात बढेकाले ढुवानीमा लाग्ने रकम बचत हुँदै जाने उनले बताए।

निगम र आइओसीको संयुक्त लगानीमा पाइपलाइन निर्माण गरिएको थियो। पाइपबाट डिजेल ल्याउन सुरु भएपछि प्रदूषण पनि न्यूनीकरण भएको छ। परिमाण र गुणस्तर सुनिश्चित भएको छ। प्राविधिक नोक्सानीमा कमी आएको छ। ढुवानीको क्रममा हुने चुहावट रोकिएको निगमले जनाएको छ।

निगमको अमलेखगन्ज डिपोमा इन्धन भण्डारण गर्ने पर्याप्त नभएको कारण पूर्ण क्षमतामा अझै सञ्चालन हुन सकेको छैन। पाइपबाट वार्षिक २० लाख किलोलिटर पेट्रोलियम पदार्थ आयात गर्न सक्ने क्षमता रहेको छ। पाइपलाइन पूर्ण क्षमतामा सञ्चालन गरे ठूलो रकम बचत हुने प्रमुख रेग्मीले बताए। निगमले अमलेखगन्जसम्मको पेट्रोलियम पाइपलाइनलाई चितवनसम्म विस्तार गर्ने तयारी गरेको छ। त्यसैगरी, भारतको सिलगुडीबाट झापासम्म पनि दोस्रो अन्तरदेशीय पेट्रोलियम पाइपलाइन निर्माण गर्ने प्रक्रिया अघि बढाएको छ।

निगमको नाफा चार अर्ब बढ्यो

कोभिड–१९ को कारण गत वर्ष अधिकांश व्यापार, व्यवसाय घाटामा गए पनि सरकारी स्वामित्वको नेपाल आयल निगमको नाफा बढेको छ। इन्धन कारोबारमा एकाधिकार रहेको निगमले आर्थिक वर्ष ०७६/७७ मा नाफा करिब चार अर्ब १२ करोड रूपैयाँले बढाएको हो। कोरोनाको कारण इन्धन कारोबार घटे पनि आर्थिक वर्ष ०७६/७७ मा १२ अर्ब ८७ करोड रूपैयाँ नाफा कमाएको निगमले जनाएको छ। आव ०७५/०७६ मा आठ अर्ब ७५ करोड रूपैयाँ नाफा आर्जन गरेको थियो।

आयल निगमका कार्यकारी निर्देशक सुरेन्द्र पौडेलका अनुसार मोतिहारी अमलेखगन्ज पेट्रोलयम पाइपलाइनबाट इन्धन आयात गरी ढुवानी रकम बचत, अघिल्ला वर्षको नाफा रकमको ब्याज आदिका कारण नाफा बढेको हो। लामो समयदेखि ऋणमा रहेको निगमले आर्थिक वर्ष ०७४/०७५ देखि नाफामा गएर उक्त वर्ष तीन अर्ब ५८ करोड नाफा आर्जन गरेको थियो। अन्तर्राष्ट्रिय बजारमा पछिल्ला वर्ष इन्धनको मूल्य घट्नु र निगमले स्वचालित मूल्य प्रणाली लागू गर्दै गएपछि निगमले नाफा कमाउँदै आएको छ।

पाइपलाइनबाट डिजेल ढुवानी गर्दा एक अर्ब ४७ करोड बचत, बैंक ब्याजबाट मात्र एक अर्ब ७७ करोड रूपैयाँ आम्दानी गरेको छ।

भण्डारण क्षमता वृद्धिदेखि दोस्रो पाइपलाइनको योजना अघि सारेको निगमले अघिल्लो वर्षको नाफा रकम विभिन्न वाणिज्य बैंकमा राखेको थियो। निगमका अनुसार, नाफा रकम पूर्वाधार विकासमा खर्च गर्दै निगमलाई अघि बढाउने योजना छ। निगमले अन्तर्राष्ट्रिय मूल्य अनुसार इन्धनमा स्वचालित मूल्य प्रणाली लागू गरेको छ। निगमले आर्थिक वर्ष ०७५/७६ मा २९ करोड रहेको चुक्ता पुँजी बढाएर ११ अर्ब पुर्‍याएको थियो।
अर्को समाचार
निगमले एक करोड लिटर क्षमताका इन्धन भण्डारण गृह बनाउने
०६ वैशाख २०८१
•
२ मिनेट पाठ
निगमले एक करोड लिटर क्षमताका इन्धन भण्डारण गृह बनाउने
नेपाल आयल निगमले रूपन्देहीमा करिब तीन अर्ब रूपैयाँको लगानीमा एक करोड १३ लाख लिटर क्षमताको पेट्रोलियम भण्डारण गृह निर्माण गर्ने भएको छ। निगमको रूपन्देही भलबारीमा रहेको डिपोलाई स्थानान्तरण गर्ने योजनासहित भण्डारण गृह र नयाँ डिपो निर्माण गर्न लागिएको जनाइएको छ।  




भैरहवा–परासी सडक खण्डमा पर्ने ओमसतिया र रोहिणी गाउँपालिकाको सीमाक्षेत्रको रोहिणी नदी किनार नजिकै इन्धन भण्डारण ट्यांकसहित डिपो बनाउने भएको हो। नयाँ डिपोका लागि निगमले खरिद गरेको जग्गामा रिटेनिङ वाल र जमिन सम्याउने काम बुधबारबाट सुरु गरिएको हो। एक कार्यक्रमका बीच ओमसतिया गाँउपालिकाका अध्यक्ष मन्जितकुमार यादव र रोहिणी गाँउपालिकाका अध्यक्ष विद्याप्रसाद यादवले रिटेनिङ वाल निर्माणको शुभारम्भ गरेका हुन्।  

रिटेनिङ वाल र जग्गा सम्माउने काम सम्पन्न भएपछि दोस्रो चरणमा डिपोका लागि भण्डारण स्थल निर्माणको काम अघि बढ्ने परियोजना प्रमुख इन्जिनियर प्रदीप यादवले बताए। ‘निगमको रूपन्देही भलबारीमा रहेको डिपो बस्तीको बीचमा भएकाले सार्नुपर्नेछ,’ यादवले भने, ‘करिब तीन अर्ब अर्ब रूपैयाँ अनुमानित लागतमा डिपो निर्माण गर्न लागिएको छ।’ २१–२१ लाख लिटरका तीन वटा डिजेल ट्यांक , १६–१६ लाख लिटरका तीन वटा पेट्रोल ट्यांक र ७०–७० हजार लिटरका तीन वटा अण्डर ग्राउण्ड मट्टीतेल भण्डारण गृह बनाउने योजना रहेको यादवले बताए।  

रूपन्देहीको ओमसतिया–५ र रोहिणी–१ मा पर्ने रोहिणी नदी किनारको १४ बिघा सात कट्ठा जमिनमा तेल भण्डार गृह बनाउन भन्दै निगमले २०७३ सालमा खरिद गरेको थियो। जग्गा खरिद चलनचल्तीको मूल्यभन्दा बढीमा गरेपछि निगमका तत्कालीन कार्यकारी निर्देशक गोपाल खड्कालाई अख्तियार दुरूपयोग अनुसन्धान आयोगले मुद्दा दायर गरेको थियो । जग्गा सम्बन्धमा परेको मुद्दा अख्तियारबाट टुंगिएकाले डिपो निर्माणको प्रक्रिया अगाडि बढेको उनले बताए। ‘अख्तियार र संसदीय समितिबाट जग्गा सम्बन्धी विवाद समाधान भएर बजेट पनि पारित भइसकेकाले टेण्डर प्रक्रियामा गएका हौं’, परियोजना प्रमुख यादवले भने।  

निगमले त्यही जग्गामा सात वर्षपछि डिपो निर्माण गर्न लागेको हो। जसअन्तर्गत पहिलो चरणमा खोला किनारको जमिन सम्याउने र पर्खाल लगाउने काम हुनेछ। खोला किनारको जमिन पुर्न र रिटेनिङ वाल बनाउन करिब १३ करोड रूपैयाँ लाग्नेछ। बाढीको जोखिमका सबन्धमा विज्ञसहितको टोलीले एक महिना लगाएर अध्ययन अनुसन्धान गरेपछि बल्ल काम अगाडि बढाइएको पनि यादवले बताए। यादवका अनुसार बाढीको जोखिमबाट जोगाउन र गृहलाई सुरक्षित बनाउन खोला किनार पुरेर अग्लो तटबन्ध बनाउने निगमले जनाएको छ। भण्डार गृहको डिजाइन र ड्रइङ काठमाडौं युनिभर्सिटीले बनाइरहेको छ।

यादवका अनुसार पहिलो चरणको काम सकेर मंसिरमा भण्डारण गृह निर्माणको काम सुरु गर्ने योजना छ। भण्डारण गृहले लुम्बिनी प्रदेशका लागि २० दिनको माग धान्न सक्ने क्षमताको बन्ने छ। ‘आगामी असोजसम्म भण्डारण गृहको डिजाइन तयार गरी मंसिरमा परियोजना लन्च गर्ने तयारी छ’ उनले भने। २०८३ सालसम्म भण्डार गृह तयार गरी भलवारीको डिपो स्थानान्तरण गर्ने योजनासहित काम अघि बढेको उनको भनाइ छ। 
रवि-बालेनलाई बाबुरामको सुझाव: अनावश्यक दूरी नबढाउनू, पाँच वर्ष मिलेर सरकार चलाउनू
नागरिक भिडियो
Clock ७ मिनेट अघि | १ मिनेट पाठ
रवि-बालेनलाई बाबुरामको सुझाव: अनावश्यक दूरी नबढाउनू, पाँच वर्ष मिलेर सरकार चलाउनू
सत्तारूढ दलभित्र देखिएको आन्तरिक खटपटबारे सोधिएको प्रश्नमा भट्टराईले रवि र बालेनसँगको संवाद स्मरण गरे।
Whatsapp
शारीरिक सुगठनमा कञ्चनपुरका सुनिललाई रजत
खेल
Clock ९ मिनेट अघि | १ मिनेट पाठ
शारीरिक सुगठनमा कञ्चनपुरका सुनिललाई रजत
कर्णालीमा सञ्चालन भइरहेको दशौँ बृहत् राष्ट्रिय खेलकुद प्रतियोगिताअन्तर्गत शारिरीक सुगठनमा कञ्चनपुरको महेन्द्रनगरका सुनिल चन्दले रजत पदक प्राप्त गरेका...
Whatsapp
एकल व्यक्ति चमत्कारवाद!
कला/साहित्य
Clock २१ मिनेट अघि | १ मिनेट पाठ
एकल व्यक्ति चमत्कारवाद!
हामी आठदश जना साथीहरू प्रायः बिहान सधैं चिया पसलमा जम्मा हुन्छौं। विभिन्न पार्टीका गतिविधिबारे निकै जान्ने–सुन्ने भएर गफ चुट्छौं।
Whatsapp
मुक्तिनाथ मन्दिरको भेटीमा नेपालसहित १२ राष्ट्रका मुद्रा सङ्कलन
अर्थ
Clock ३० मिनेट अघि | १ मिनेट पाठ
मुक्तिनाथ मन्दिरको भेटीमा नेपालसहित १२ राष्ट्रका मुद्रा सङ्कलन
मुलुककै प्रसिद्ध धार्मिक तीर्थस्थल मुक्तिनाथ मन्दिरमा गएको चार महिनामा रु ४५ लाख ४६ हजार ८३२ भेटी सङ्कलन भएको छ। 
Whatsapp
दिल्लीसँग गाँसिएको साहित्य साइनो
कला/साहित्य
Clock ३९ मिनेट अघि | १ मिनेट पाठ
दिल्लीसँग गाँसिएको साहित्य साइनो
धुलो, धुवाँ र प्रदूषणको नगर दिल्लीमा साहित्यको सुरभि सञ्चारित गर्नमा सार्क साहित्य सम्मेलनले प्रमुख भूमिका खेलिरहेको स्वयंसिद्ध छ।
Whatsapp
सम्पूर्ण पार्टी पङ्क्ति एकजुट भई स्थानीय तहको निर्वाचनमा लाग्नुपर्छः महामन्त्री पौडेल
राजनीति
Clock ४२ मिनेट अघि | १ मिनेट पाठ
सम्पूर्ण पार्टी पङ्क्ति एकजुट भई स्थानीय तहको निर्वाचनमा लाग्नुपर्छः महामन्त्री पौडेल
नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेलले पार्टी एकजुट भएर आगामी स्थानीय तहको निर्वाचनको तयारीमा लाग्नुपर्ने बताएका छन्।
Whatsapp
एपीएफसँग अंक बाँडेसँगै सुदूरपश्चिम बाहिरियो
खेल
Clock ५१ मिनेट अघि | १ मिनेट पाठ
एपीएफसँग अंक बाँडेसँगै सुदूरपश्चिम बाहिरियो
दशौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत पुरुष फुटबलमा विभागीय टोली एपीएफ क्लब र सुदूरपश्चिम प्रदेशले २–२ गोलको बराबरी खेलेका छन्।
Whatsapp
ग्रेटर मुन्दुम पदमार्ग प्रवर्द्धन गर्न भोजपुरका पाँच पालिकाको संयुक्त पहल
समाज
Clock ५६ मिनेट अघि | १ मिनेट पाठ
ग्रेटर मुन्दुम पदमार्ग प्रवर्द्धन गर्न भोजपुरका पाँच पालिकाको संयुक्त पहल
जिल्लाको पर्यटकीय सम्भावना बोकेको ग्रेटर मुन्दुम पदमार्गको विकास तथा प्रवर्द्धन गर्ने उद्देश्यले पाँच स्थानीय तहले संयुक्त रूपमा अल्ट्रा म्याराथन सञ्च...
Whatsapp
सुनछाप पहिरोको दीर्घकालीन नियन्त्रणका लागि ऊर्जा मन्त्रीले समन्वय गर्ने
राजनीति
Clock ५९ मिनेट अघि | १ मिनेट पाठ
सुनछाप पहिरोको दीर्घकालीन नियन्त्रणका लागि ऊर्जा मन्त्रीले समन्वय गर्ने
मन्त्री विराज भक्त श्रेष्ठले पर्वतको मोदी गाउँपालिका–२ स्थित सुनछाप पहिरोको स्थलगत अवलोकन गरी स्थानीयवासीका समस्या र क्षतिबारे जानकारी लिएका छन्...
Whatsapp
सरकारी निकायका गैरकानुनी गतिविधिको निष्पक्ष छानबिन गर : पूर्ण बस्नेत
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
सरकारी निकायका गैरकानुनी गतिविधिको निष्पक्ष छानबिन गर : पूर्ण बस्नेत
जनता समाजवादी पार्टी (जसपा) नेपालका नेता पूर्ण बस्नेतले सरकारी निकायबाट भएका गैरकानुनी गतिविधिको निष्पक्ष छानबिन हुनुपर्ने बताएका छन्।
Whatsapp
सिंगाडाखेतीबाट पहिचान बनाउँदै प्रेम
अर्थ
Clock १ घण्टा अघि | १ मिनेट पाठ
सिंगाडाखेतीबाट पहिचान बनाउँदै प्रेम
बाँकेको जानकी गाउँपालिका–२ नेवाजीगाउँका किसान प्रेम कश्यपलाई यतिबेला गाउँकै तलाउमा सिंगाडा (फानी फल) टिप्न र बेच्न भ्याइनभ्याइ छ। 
Whatsapp
भारतमा सबै राज्यको संसद् सीट सङ्ख्यामा समानुपातिक रूपमा ५० प्रतिशत वृद्धि गर्ने तयारी
अन्तर्राष्ट्रिय
Clock १ घण्टा अघि | १ मिनेट पाठ
भारतमा सबै राज्यको संसद् सीट सङ्ख्यामा समानुपातिक रूपमा ५० प्रतिशत वृद्धि गर्ने तयारी
भारतको सङ्घीय सरकारले नोभेम्बर ३० बाट सुरु हुने संसद्को विशेष अधिवेशनमा सीमाङ्कन (दोस्रो) विधेयक, २०२६ प्रस्तुत गर्ने तयारी गरेको छ। 
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस