विराटनगरमा प्रदेश १ कै सबैभन्दा ठूलो पार्टी प्यालेस निर्माण थालिएको छ। विराटनगरका उद्योगपति भगवान राठीले १ अर्ब बढी लगानीमा पार्टी प्यालेस निर्माण थालेका हुन्।
सुनसरीमा बाबा पेपर मिल र सनराईज पेपर मिल गरी दुईवटा ठूला कागज उद्योग सञ्चालन गरिरहेका राठीले विराटनगरमा प्रदेशकै ठूलो पार्टी प्यालेस निर्माण थालेका हुन्। विशेष गरी विवाहका लागि भारतका होटल तथा पार्टी प्यालेसमा जाने प्रबृत्तीको अन्त्य गर्न एक अर्ब बढीको लगानीमा विराटनगरमा पार्टी प्यालेस स्थापना गरेको राठीले बताए। ‘ठूला घरानाका परिवार विवाहका लागि भारत जाने गरेका छन्’ अब, यहीं सुविधा सम्पन्न पार्टी प्यालेस बनाएर भारत जाने प्रबृत्ती रोक्ने मेरो योजना हो।’
विशेष गरी पूर्वका माडवाडी समुदायका व्यक्तिहरू विवाह गर्न भारतका ठूला होटल तथा पार्टी प्यालेसमा जाने गरेका छन्। यतिमात्रै हैन सीमावर्ती भारतीय शहरहरूबाट समेत विवाहका लागि नेपाल आउने अवस्थाको सृजना गर्ने आफ्नो लक्ष्य रहेको राठीले जानकारी दिए। उनका अनुसार पार्टी प्यालेसमा ५० प्रतिशत ग्रहाक भारतबाट आउने अनुमान छ। विराटनगरको मुख्य बजार क्षेत्रमा निर्माण गरिएको पार्टीप्यालेसले १ विघा ८ कठ्ठा क्षेत्रफल ओगटेको छ। पार्टी प्यालेस निर्माण भइरहेको जग्गा उनको पुर्ख्यौली हो।
पर्याप्त पार्कीङ, अत्याधुनिक सुविधा सम्पन्न भवनहरू पार्टीप्यालेस परिषरमा निर्माण भइरहेका छन्। पार्टी प्यालेस निर्माण भइरहेको जग्गाको मूल्य मात्रै एक अर्ब हाराहारी पर्ने राठीले बताए। भौतिक संरचना निर्माणका लागि १५ करोड बढी लगानी रहेको र साजसज्जालगायतका कामका लागि पनि करोडौं रुपैयाँ लगानी आवश्यक पर्ने उनले बताए। पार्टी प्यालेसको भौतिक संरचना निर्माणको काम अन्तिम चरणमा पुगिसकेको र साजसज्जाको काम बाँकी रहेको राठीले जानकारी दिए। उनले भने‘आगामि बैशाखदेखि पार्टीप्यालेस सञ्चालन गर्ने लक्ष्य अनुसार काम भइरहेको छ।’
ठूलो लगानीमा सुरू गरिएको पार्टी प्यालेसबाट नाफा कमाउने भन्दा पनि आत्म सन्तुष्टिका लागि आफूले लगानी गरेको राठीले बताए। पार्टी प्यालेसभित्र स्विमिङ पुल, पुलपार्टी गर्ने स्थल, पिकनिक स्पोर्टलगायतका संरचना निर्माण गरिएका छन्। साँझपख केहि बेर रमाउन चाहनेहरूलाई समेत लक्षित गरी पार्टी प्यालेसभित्र आकर्षक स्थलहरू निर्माण गरिएका छन्। महिला पुरूष र बालबालिकबालाई लक्षित गरी छुट्टा–छुट्टै स्विमिङ पुलको पनि निर्माण गरिएको छ। विवाहका लागि दुई वटा ठूला हल छन्। एउटा हलमा ५ सय जना र अर्कोमा ८ सय जना मानिस अटाउन सक्ने क्षमता रहेको छ। छुट्टै मण्डप, भोज भतेर गर्ने स्थान छुट्टै र दुईवटा ठूला किचनहरूसमेत निर्माण गरिएका छन्।
यस्तै पार्टी प्यालेसभित्र रेष्टुरेन्ट पनि निर्माण गरिएको छ। पार्टी प्यालेसमा पानीका फोहरायुक्त पोखरीहरू, आकर्षक बत्तीहरू पनि जडान गरिएको छ। वास बस्न सुविधा सम्पन्न र अत्याधुनिक शैलीका ४३ वटा कोठाको निर्माण भइरहेको छ। पार्टी प्यालेसभित्रै राधाकृष्णको मन्दिर पनि स्थापना गरिनेछ। परिसरमा ३ वटा स्विमिङ पुल हुनेछन्। पार्टी प्यालेसमा शाकाहारी ३ वटा रेस्टुरेन्ट सञ्चालनमा आउनेछन्। यसबाहेक आइसक्रिम र कफीसहितको फास्टफुड पार्लर छुट्टै चलाइनेछ। यहाँ लजिङ र फुडिङ बाह्रै महिना उपलब्ध हुनेछ।
पार्टी प्यालेसमा बालबालिकाको मनोरञ्जनका लागि ४ कट्ठा जमिन छुट्याइएको छ। यसमा मनोरम फूलबारीसहितको ट्वाई ट्रेन र अत्याधुनिक झुला (पिङ), चिप्लेटी आदि खेल्ने साधन राखिनेछन्। फूलबारीलाई छुट्टै २ कट्ठा जमिन भाग लगाइएको छ। एक दर्जनभन्दा बढी फाउन्टेन (पानीको फोहरा), आकर्षक फूलबारी र विभिन्न रङका बिजुलीबत्तीको संयोजनले दिउँसोभन्दा राति यो स्थल भव्य देखिने उनले बताए। यहाँको पार्किङ एरियामा १ सय २५ सवारी साधन सजिलै अटाउन सक्ने राठीले बताए। विराटनगरमा घुम्ने र केहि बेर रमाउने ठाउँको अभाव भइरहेको बेला नयाँ पार्टी प्यालेसले त्यो अभावलाई अन्त्य गर्ने राठीको विश्वास छ।
‘विराटनगरमा एकछिन परिवारसहित घुम्ने ठाउँसमेत छैन’ उनले भने‘ केहिबेर घुम्ने र रमाइलो गर्ने स्थानको अभावलाई पार्टी प्यालेसले परिपुर्ति गर्ने हाम्रो विश्वास छ।’ प्रदेशको राजधानी बनेपछि पनि विराटनगरमा पर्याप्त पार्किङसहितका सुविधा सम्पन्न होटल, सभाहल तथा पार्टी प्यालेसको अभाव खड्किंदो छ। अधिकांश होटलहरूमा सांघुरो पार्किङ भएका कारण ठूला कार्यक्रम आयोजना हुँदा सडकमा पार्किङ गर्नुपर्ने बाध्यता रहँदै आएको छ।