बन्द रहेको हाटबजार बल्ल खुल्यो
१२ पौष २०७७
•
२ मिनेट पाठ
बन्द रहेको हाटबजार बल्ल खुल्यो
हाटबजारमा तरकारी किन्दै गरेका सर्वसाधारण । तस्विर ः नागरिक
राजमार्ग र बजार नजिकै भएकाले गोरखाको शहिदलखन गाउँपालिका–३ रामशाह बजारको हाटबजार  कोरोनाको त्रासअघि निकै नै चल्थ्यो । गाउँपालिका र गण्डकी प्रदेश सरकारको लगानीमा स्थानीयले हाट संचालन गरेका थिए । तर कोरोनाका कारण हाटबजार एकाएक बन्द भयो । कोरोनाले झन्डै १० महिना बन्द रहेको हाटबजार बल्ल खुलाइएको छ ।  




‘चैत दोस्रो हप्तादेखि बन्द रहेको हाटबजार अहिले सुरु भएको छ’ नयाँपुल कृषि उपज बजार संचालक समितिका अध्यक्ष झकलबहादुर थापाले भने, ‘संक्रमण केही घटेपछि हामीले पनि हाट सुरु गरेका हौ ।’ मंसिर २७ गतेदेखि सुरु भएको हाटबजारमा गत शनिबार एकैदिन चारलाख रुपैयाँ भन्दा बढीको कारोबार भएको संचालक समितिले जनाएको छ । झन्डै पाँचसय जना ग्राहकले हाट बजारमा किनमेल गरेका छन् ।  

‘गत हप्ता भन्दा अहिले मानिस धेरै आउन थालेका छन्,’ कोषाध्यक्ष चित्रबहादुर बयलकोटीले भने ‘किसानले बजारमा ल्याउने बस्तु पनि बढाउँदैछन् । हाटमा खरिद गर्न आउने मानिस पनि बढ्दै जानेछन ।’ हाट बजार लगेर बिक्री गर्ने उद्देश्यले किसानले फलाएको तरकारी कोरोनाका कारण बिक्री नहुँदा अहिले कम उत्पादन भएको उनले बताए । ‘बजार नै नपाएपछि किसानले पनि उत्पादन बढाएनन,’ उनले भने, ‘अब भने तरकारी फलाउन थालेका छन् ।’    

यहाँ हरेक हप्ताको शनिबार हाट बजार संचालन हुँदै आएको छ । मनकामना गाउँपालिका, गण्डकी गाउँपालिका र केही अन्यत्र ठाउँका किसानले उत्पादन भएको कृषि सामाग्री हाटबजारमा बिक्रीका लागि ल्याउने गर्छन । कोरोना सुरु हुनअघि ८ देखि १० हजार किलो कृषि उपज बिक्री गर्ने किसानले कोभिडपछि दुई देखि चार हजार किलोमात्रै बिक्री गरेको बताउँछन् । ‘पहिले धेरे मानिस आउँथे, अहिले कोरोनापछि यहाँ किन्न आउने मानिस पनि घटेका छन्’ हाटबजारमा तरकारी बिक्री गर्दै गरेकी कल्पना बयलकोटीले भनिन् । बजारमा बिक्री गर्न लैजाँदा दिनभर डुलाउनुपर्ने, हाटबजारमा ग्राहक आफै खोज्दै आउने हुँदा केही सस्तो दिँदा पनि सजिलो भएको उनले बताईन ।  

हाटमा रहेका स्टलमध्ये २० वटा स्थानीय कृषि उत्पादनका लागि छुट्याइएको छ । थोक तरकारी बिक्रेताका लागि तीनवटा, माछा, मासुका लागि एउटा, खाजाको तीनवटा र फेन्सी छ वटामा छन् । ‘किसानलाई हाट बजार आएका बेला तरकारीसँगै फेन्सीका केही सामग्री आवश्यक परेमा खरिद गर्न सहज हुने गरी केही स्टल राखेका छौं,’ हाटबजार संचालक समितिका अध्यक्ष झकलबहादुर थापाले भने । स्थानीय कृषकले हाटबजारमा स्टल राखे बापत प्रतिहप्ता ५० रुपैयाँ, थोक र फेन्सी ब्यापारीले प्रतिहप्ता एकसय ५० रुपैयाँ शुल्क समितिलाई बुझाउनुपर्छ ।
अर्को समाचार
किसानलाई खुसी दिने शुक्रबारे हाटबजार
१७ चैत्र २०८०
•
३ मिनेट पाठ
किसानलाई खुसी दिने शुक्रबारे हाटबजार
बनेपा नगरपालिका–४ नालाका रिया श्रेष्ठले पहिलो दिन करिब ८० किलोभन्दा बढी ब्रोकाउली बिक्री गरिन्। नगरपालिकाको कृषि शाखाले पहिलोपटक शुक्रबारदेखि सञ्चालनमा ल्याएको हाटबजारमा बिक्रीका लागि राखिएको ब्रोकाउली देखाउँदै उनले भनिन्, ‘दुःख गरी उत्पादन गरेको तरकारी आफैँले बेच्न पाएपछि धेरै आम्दानी गर्न सकिने रहेछ।’




उत्पादन राम्रो हुने गरेको नालाका किसान श्रेष्ठले ठेकेदारलाई उनीहरुको भाउमा दिनुभन्दा आफैँले बेच्न पाएमा धेरै आम्दानी गर्न सकिने अनुभूति सुनाइन्।

‘बजारमा बेच्न लगेपछि ठेकेदारले जति दियो, त्यति नै थापेर जानुपर्ने हुन्थ्यो, यहाँ ल्याएर आफैँले बिक्री गर्दा त्यहाँको भन्दा निकै फाइदा हुँदोरहेछ, ’उनले भनिन्।

ठेकेदारलाई बेच्दा लगानीको केही खर्च उठ्ने गरे पनि धेरैजसो घाटामा बेच्नुपर्ने भएको उनकाे गुनासाे थियाे। यसरी सधैँजसो आफैँले सिधै बेच्ने ठाउँ पाएमा धेरै फाइदा लिन सकिने उनको भनाइ छ।

लप्सीका क्यान्डीहरु उत्पादन गरी बिक्री गर्दै आएकी महालक्ष्मी श्रेष्ठले लप्सीबाट बन्ने विभिन्न परिकारको बिक्री गरी आम्दानी गरेकी छिन्। जागरण लप्सी क्यान्डी उद्योग सञ्चालन गरेकी उनले किसानले आफ्ना उत्पादनहरु सिधैँ उपभोक्तामाझ बिक्री गरेर आम्दानी लिन सकोस् भनेर हाटबजार सञ्चालन गरेपछि बिक्री गर्ने अवसर मिलेको सुनाइन्। यसअघि उनीहरुले सिधै पसलहरुलाई बिक्री गर्ने र विदेशसम्म पनि पठाउने गर्थिन्। हाटबजारमा भने पहिलोपटक बिक्री गर्न ल्याएको उनले बताइन्।

बेथानचोक गाउँपालिका–५ कामीडाँडाका निरमाया तामाङले मौरीपालन गरी उत्पादन गरेको महलाई हाटबजारमा बिक्री गर्न ल्याएकी छिन्। दुई वर्षदेखि मौरीपालन व्यवसायमा लागेकी उनी उत्पादन भएको मह बिक्री गर्न खासै समस्या नभएको सुनाइन्।

निरमाना मौरी कृषि तथा पशुपन्छी फार्म सञ्चालन गरी ५०/६० घार मौरी पालन गरेकी उनले यस्ता बजारहरु सञ्चालन गर्नाले व्यवसायमा लाग्न थप ऊर्जा प्राप्त हुने बताइन्। उनले तोरी, चिउरीलगायत फलफूलको रसबाट मह उत्पादन गरी बिक्री गर्दै आएकी छिन्।

नगरपालिकाले बजार सञ्चालनमा ल्याएपछि यहाँका किसानले उत्पादन गरेको विभिन्न वस्तुलाई बिक्रीका लागि सहज भएको बताएका छन्। बजारमा व्यापारीले बिक्री गरेको तरकारीभन्दा किसानले उत्पादन गरी सिधै बेच्न ल्याएको तरकारीमा मूल्यमा कम हुनुका साथै सहज रुपमा किन्न पाइएको उपभोक्ताहरुको भनाइ छ।

नगरपालिकाका कृषि शाखाका कृषि प्राविधिक कमला हुमागाईंले किसानले दुःख गरी उत्पादन गरेको वस्तुहरु आफैँले सिधै उपभोक्तालाई बिक्री गर्न पाउने गरी हाटबजार सञ्चालनमा ल्याएपछि उत्साहित बनेका बताइन्। बजारमा किन्नुभन्दा यहाँ थोरै भए पनि सस्तोमा पाउने भएकाले उपभोक्ता र कृषक दुवैलाई फाइदा पुग्ने उनको भनाइ छ।  

हाटबजारमा सस्तो, ताजा, गुणस्तर र कम मूल्यमा सामान किन्न पाउने गरी सञ्चालनमा ल्याएको हाटबजारबाट उपभोक्ता र कृषक दुवैका लागि फाइदा पुग्ने अपेक्षा गरिएको छ।

किसानको घरबारीमा जेजति उत्पादन हुन्छ, त्यो सबै यहाँ ल्याएर बिक्री गरी आम्दानी लिन पाउने व्यवस्था गर्न हाटबजार सञ्चालनमा ल्याएको नगरपालिकाले जनाएको छ।

सञ्चालनमा ल्याएको बजार व्यवस्थापनका लागि व्यवस्थापन समितिले कृषकबाट सरसफाइ शुल्क मात्रै लिने गरी आवश्यक ठाउँ मिलाउने जनाइएको छ।

महोत्सवका बेला दुई सय ५०–तीन सय वटासम्म स्टल राख्ने गरेको बनेपा नगरपालिकाको पुरानो बजार क्षेत्रको खुल्ला ठाउँ लायकु मञ्चमा कृषि शाखाले उक्त हाट सञ्चालनमा ल्याएको हो।

नगरपालिकाले हरेक शुक्रबार सो ठाउँमा सञ्चालन गर्नेगरी ‘स्थानीय उत्पादन उपभोग गरौँ, स्थानीय उत्पादन बढाऔँ, दैनिक उपभोग्य वस्तु किनमेलका लागि लायकु हाटबजार जाऔँ’ भन्ने नाराका साथ हाटबजार सञ्चालनमा ल्याएको हो।
इनम प्रकरणमा निष्पक्ष छानबिन गर्न संसद्ले अग्रसरता लिनुपर्छ : विश्वप्रकाश शर्मा
राजनीति
Clock २५ सेकेन्ड अघि | १ मिनेट पाठ
इनम प्रकरणमा निष्पक्ष छानबिन गर्न संसद्ले अग्रसरता लिनुपर्छ : विश्वप्रकाश शर्मा
नेपाली कांग्रेसका वरिष्ठ उपसभापति विश्वप्रकाश शर्माले इनम सापकोटा प्रकरणमा जोडिएका घटनाको निष्पक्ष र पारदर्शी छानबिन गर्न संसद्ले अग्रसरता लिनुपर्ने ब...
Whatsapp
कांग्रेसले केन्द्रीय कार्यसमितिका निर्णय सार्वजनिक गर्न पत्रकार सम्मेलन गर्दै
राजनीति
Clock १४ मिनेट अघि | ० मिनेट पाठ
कांग्रेसले केन्द्रीय कार्यसमितिका निर्णय सार्वजनिक गर्न पत्रकार सम्मेलन गर्दै
नेपाली कांग्रेसले केन्द्रीय कार्यसमितिका निर्णय सार्वजनिक गर्न पत्रकार सम्मेलन आयोजना गर्ने भएको छ।
Whatsapp
पाँच दिन हिँडेर दुनै जानुपर्ने बाध्यता हट्यो
समाज
Clock २३ मिनेट अघि | १ मिनेट पाठ
पाँच दिन हिँडेर दुनै जानुपर्ने बाध्यता हट्यो
डोल्पाको माथिल्लो भेगका नागरिकले सामान्य प्रशासनिक सेवा लिन सदरमुकाम दुनैसम्म पाँच–छ दिन पैदल हिँड्नुपर्ने बाध्यता अब अन्त्य भएको छ।
Whatsapp
स्थानीय तह चुनाव दलीय कि गैरदलीय ?
राजनीति
Clock २८ मिनेट अघि | १ मिनेट पाठ
स्थानीय तह चुनाव दलीय कि गैरदलीय ?
स्थानीय तहको निर्वाचन नजिकिँदै गर्दा स्थानीय सरकारलाई दलीय प्रतिस्पर्धा र चुनाव चिह्नबाट मुक्त राख्ने कि विद्यमान दलीय प्रणालीलाई नै निरन्तरता दिने भ...
Whatsapp
कर्णालीमा आँखा तथा कान स्वास्थ्य सेवाको आवश्यकता उच्च
स्वास्थ्य
Clock १ घण्टा अघि | १ मिनेट पाठ
कर्णालीमा आँखा तथा कान स्वास्थ्य सेवाको आवश्यकता उच्च
परियोजनाको आइतबार यहाँ शुभारम्भ गरिने सङ्घद्वारा जारी विज्ञप्तिमा जनाइएको छ।
Whatsapp
खाद्यबालीको विकल्पमा सुन्तलाखेतीः सुन्तलाले फेरिएको सुर्केमेलाका किसानको जीवन
समाज
Clock १ घण्टा अघि | १ मिनेट पाठ
खाद्यबालीको विकल्पमा सुन्तलाखेतीः सुन्तलाले फेरिएको सुर्केमेलाका किसानको जीवन
कुनै समय धान, कोदो, मकै र गहुँ फल्ने म्याग्दीको बेनी नगरपालिका–४ सुर्केमेलाको खेतबारी अहिले सुन्तलाका बगैँचामा परिणत भएका छन्।
Whatsapp
स्याउ बिक्रीबाट आठ करोड बढी आम्दानी
समाज
Clock १ घण्टा अघि | १ मिनेट पाठ
स्याउ बिक्रीबाट आठ करोड बढी आम्दानी
जिल्लाका सातवटै गाउँपालिकामा उत्पादित स्याउ बिक्रीबाट हुम्लाका किसानले रु आठ करोड २६ लाख ५६ हजारको आम्दानी गरेका छन्।
Whatsapp
बालबालिकामा बोलीसम्बन्धी समस्या देखिनुको कारण खोज्दै अस्ट्रेलियाका अनुसन्धानकर्ता
अन्तर्राष्ट्रिय
Clock १० घण्टा अघि | १ मिनेट पाठ
बालबालिकामा बोलीसम्बन्धी समस्या देखिनुको कारण खोज्दै अस्ट्रेलियाका अनुसन्धानकर्ता
यस्ता समस्या किन उत्पन्न हुन्छन् भन्ने पहिचान गरी बालबालिकामा समयमै निदान, उपचार तथा आवश्यक सहयोग उपलब्ध गराउने उद्देश्यले अनुसन्धान अघि बढाइएको हो।
Whatsapp
रास्वपाले ६ प्रदेशमा प्रशिक्षण चलाउने, सुर्खेतबाट रविले उद्घाटन गर्ने
राजनीति
Clock १० घण्टा अघि | ० मिनेट पाठ
रास्वपाले ६ प्रदेशमा प्रशिक्षण चलाउने, सुर्खेतबाट रविले उद्घाटन गर्ने
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले स्थानीय तथा प्रदेश निर्वाचनको तयारी र संगठन सुदृढीकरणका लागि छ वटा प्रदेशमा प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रम स...
Whatsapp
हेटौँडा कपडा उद्योग पुनः सञ्चालनको सम्भावना अध्ययन गर्दै मन्त्री पुन
राजनीति
Clock १० घण्टा अघि | २ मिनेट पाठ
हेटौँडा कपडा उद्योग पुनः सञ्चालनको सम्भावना अध्ययन गर्दै मन्त्री पुन
विज्ञान, प्रविधि तथा नवप्रवर्तनमन्त्री महावीर पुनले लामो समयदेखि बन्द रहेको हेटौँडा कपडा उद्योगका पुराना मेसिनलाई आधुनिक प्रविधिबाट परिमार्जन गरी पुनः...
Whatsapp
सेवाग्राहीलाई दुःख दिने सात जना बिचौलिया पक्राउ
समाज
Clock १० घण्टा अघि | १ मिनेट पाठ
सेवाग्राहीलाई दुःख दिने सात जना बिचौलिया पक्राउ
जिल्ला प्रशासन कार्यालयमा आउने सेवाग्राहीलाई दुःख तथा हैरानी दिने गरेको आरोपमा प्रहरीले सात जना बिचौलियालाई पक्राउ गरेको छ।
Whatsapp
एउटै श्रम बजारमा दुईथरी ज्याला, कार्यविधि पुनरावलोकन गर्न महासंघको आग्रह
अर्थ
Clock १० घण्टा अघि | २ मिनेट पाठ
एउटै श्रम बजारमा दुईथरी ज्याला, कार्यविधि पुनरावलोकन गर्न महासंघको आग्रह
नेपाल उद्योग वाणिज्य महासंघका उपाध्यक्ष तथा रोजगारदाता परिषद्का सभापति प्रबलजंग पाण्डेले सरकारले हालै जारी गरेको ‘सार्वजनिक खरिदमा आबद्ध श्रमिकको पारि...
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस