काभ्रेपलाञ्चोका विभिन्न अठार स्थानमा आगलागी हुँदा जनधनको क्षति भएको छ। पछिल्लो एक सातामा दैनिकजसोको आगलागीका कारण छ घर र सात गोठ जलेका छन् भने सात जना घाइते भएका छन्।
काभ्रेपलाञ्चोकको बनेपा नगरपालिका-७ स्थित एक सहकारीका अध्यक्षले अर्को सहकारीको समेत गरी १४ करोड रुपैयाँ रकम कुम्ल्याएर भागेपछि अन्य सञ्चालक न्यायका लागि विभिन्न निकाय धाउन थालेका छन्।
काभ्रेको बनेपा नगरपालिकाले प्रेस पास भएका पत्रकारबाहेक अरु व्यक्ति बाहिर निस्कन नपाउने निर्णय गरेको छ। बनेपामा नगरपालिकामा पनि नयाँ भेरियन्टको कोरोना संक्रमणदर बढीरहेको बेला नगरपालिका क्षेत्रलाई पूर्ण...