सांसदको बजेट टुक्रे योजनामा
२१ मंसिर २०७७
•
५ मिनेट पाठ
सांसदको बजेट टुक्रे योजनामा
संघीय सांसद भुपेन्द्रबहादुर थापा, प्रदेश सांसद एवम् सामाजिक विकासमन्त्री नरदेवी पुन र प्रदेश सांसद विनोद केसी ।
म्याग्दीको रघुगंगा गाउँपालिका–८, मा अवस्थित चौरखानी खेलमैदान निर्माण तथा घेराबारमा प्रदेशसभा सांसदहरूले निर्वाचन क्षेत्र विकास कार्यक्रम मार्फत चार लाख विनियोजन भएको छ। गण्डकी प्रदेशको निर्वाचन क्षेत्र पूर्वाधार विकास कार्यक्रम अन्तर्गत म्याग्दी निर्वाचन क्षेत्र (क) अन्तरगत रघुगंगा–४ कान्छीगाउँ भुमेथान पदमार्गमा ४ लाख, बेनी नगरपालिका–४ राजकुलो संरक्षण सडक निर्माणमा समेत ४ लाखको योजना परेको छ। प्रदेश (क) सांसद विनोद केसीको निर्वाचन क्षेत्र अन्तरगत बेनी नगरपालिका, रघुगंगा र अन्नपूर्ण गाउँपालिकामा पूर्वाधार, कृषि तथा पर्यटन प्रर्बधन अन्तरगतका २५ योजनामा अधिकांस ४ लाखदेखि १० लाखसम्मका फुटकर योजनाहरु समावेश गरिएको छ।  




प्रदेश निर्वाचन क्षेत्र (ख) मा  समेत २५ योजनामा १० लाख भन्दामाथिका ४ योजना मात्रै छन्। गण्डकी प्रदेश सामाजिक विकास मन्त्री नरदेवी पुनको क्षेत्रमा मंगला शिक्षा क्याम्पसमा २५ लाख, रुम दुरलेक पदमार्ग निर्माणमा २५ लाख र सोलबाङ मोटरबाटो निर्माणमा १५ लाखको सबैभन्दा ठूलो योजना हो। निर्वाचन क्षेत्र विकासमा आउने बजेटको खेलमैदान, पदमार्ग, सिँचाइ, सामुदायिक भवन, मन्दिर, तटबन्धन, विद्यालय घेराबार जस्त फुटकर योजनामा म्याग्दीका प्रदेशसभा सांसदले निर्वाचन क्षेत्र विकास कार्यक्रममार्फत ठूलो रकम खन्याएका हुन्। कोरोनाको जोखिमले विस्थापित भएका, रोजगारी गुमेर घर फर्किएकालाई प्राथमिकता दिएर दिर्घकालिन योजनामा बजेट विनियोजन गर्नुपर्नेमा सांसद समेत फुटकर र टुक्रे योजनाहरूमै केन्द्रित भएका छन्।  

झण्डै आधा करोड लागत अनुमान गरिएका योजनाहरूमा ५ लाख देखि २५ लाखसम्म बजेट कार्यान्वयनमा पठाइएको छ। स्थानीय तहमार्फत कार्यान्वयनमा आउने योजनाहरूमा बजेट विनियोजन गर्ने विगतका अभ्यासलाई यसवर्ष तोड्ने अपेक्षा गरिएपनि ४ करोडलाई ५० योजनामा बजेट विनियोजन गरिएको छ। हरेक वर्ष सांसदको अधिकारभित्र प्राप्त हुने बजेटमा प्रदेश सांसदको एकीकृत र दिगो विकासको योजनामा ध्यान नै दिन सकेका छैनन्। 

प्रदेशको निर्वाचन यता म्याग्दीका प्रदेश सांसदका केही योजनाबाहेक अन्य फुटकर योजनाको कार्यान्वयन भएपनि उपलब्धिमूलक देखिएको छैन भने टुक्रे योजना समेत नदिएको भन्दै कार्यकर्ताबाटै असन्तुष्टी पोखिएको छ। यता स्थानीय तहका प्राविधिकले समेत साना योजनाको इस्टिमेट अनुसारको खर्च देखिने गरेको बताउँदै साना योजनालाई निरुत्साहित गर्नुपर्ने बताउँछन्। सम्झौता मिति सकिँदा पनि काम अधुरै हुने योजनामा स्थानीयस्तरबाटै अनावश्यक दवाव आउने कर्मचारीको गुनासो छ।  

छिमेकी जिल्ला पर्वत र बागलुङको तुलनामा प्रदेश र संघीय सरकारमार्फत ठूला योजना कमै भित्रिने म्याग्दीमा निर्वाचन क्षेत्रमार्फत भित्रिने बजेटलाई समेत ठूला र प्रभावकारी योजनामा खर्चिन सांसदको ध्यान पुग्न सकेको छैन्। निर्वाचनमा आफ्नो पक्षमा धेरै मत आएको क्षेत्र र आफ्ना कार्यकर्ता रिझाउन योजना प्राथमिकता दिएको आरोप समेत सांसदलाई लागेको छ। यसवर्ष सांसदले विनियोजन गरेका केही योजना बाहेक ठूलो हिस्सा प्रभावकारी कार्यान्वयनमा आउने सम्भावना समेत कमजोर रहेको जानकारहरु बताउँछन्। ‘प्रदेशको बजेटबाट एउटा पनि गौरवको योजना देखिएन ,‘वितरणमुखी योजनाबाट जिल्लाको विकास सम्भव छैन’ नागरिक समाज म्याग्दीका संयोजक सुर्दशनकुमार श्रेष्ठले भने। उनले म्याग्दीमा सस्तो लोकप्रियता, मतदाता र कार्यकर्ता रिझाउने योजना छनोट देखिएको बताए।  

जिल्लाको संस्थागत र दिगो विकासका लागि म्याग्दीमा साझा एजेण्डा नबन्दा छिमेकी जिल्लाभन्दा विकासमा धेरै पछाडी परेको बताए। उनले निति र कानुन बनाउन पठाएका सांसदले वडा अध्यक्षको भूमिकामा टोल र गल्लीमा योजना खोज्दै जानु गलत भएको बताए। निर्वाचनको समयमा कृषि, पर्यटन, पूर्वाधार लगायत विभिन्न सम्भावनाको क्षेत्रमा बजेट विनियोजन गर्ने भन्दै भाषणमै बढी समय खर्च गरेका सांसदले गर्व गर्ने खालका योजना ल्याउन नसकेका जिल्लाका जानकारहरु बताउँछन्। यता सिमित बजेटलाई निर्वाचन क्षेत्र भित्रका विभिन्न योजनामा बिनियोजन गर्नुपर्ने रहर नभई बाध्यता भएको सांसदको भनाई छ। प्रदेश र संघीय सांसदबाट वितरण हुने बजेट नै टुक्रे योजनामा केन्द्रित हुदाँ स्थानीय तहका जनप्रतिनिधिलाई समेत प्रोत्साहन गरेको छ।  

संघीय सांसदका पनि फुटकर योजना  

संघीय सरकारको स्थानीय पूर्वाधार विकास कार्यक्रमका लागि ४० वटा योजनालाई ४ करोड विनियोजन गरिएको छ। संघीय सरकारको स्थानीय पूर्वाधार विकास कार्यक्रम अन्र्तगत म्याग्दीका ६ वटै स्थानीय तहमा विभिन्न शिर्षकमा ४ करोड बजेटलाई विभिन्न ४० योजनामा विनियोजन गरिएको हो। सो बजेटबाट अन्नपूर्ण गाउँपालिका ७ वटा योजनामा ७० लाख, धवलागिरिमा ६ वटा योजनामा ६७ लाख, मंगलामा ६ वटा योजनालाई ६८ लाख , मालिकामा ७ वटा योजनामा ६६ लाख, रघुगंगामा ७ वटा योजनामा ६६ लाख र बेनी नगरपालिकामा ७ वटा योजनामा ६३ लाख बजेट विनियोजन भएको सांसद भुपेन्द्रबहाुदर थापाले बताए। जिससमा आयोजित पत्रकार सम्मेलनमा सांसद थापाले म्याग्दी जिल्लाका जनतालाई आवश्यकता र सबै स्थानीय तहलाई प्राथमिकतामा राखेर बजेट विनियोजन गरेको बताए।

स्थानीयस्तरबाटै समुदायले योजना छनौट गरेर सांसदलाई भेट्न घरमै आउने गरेको अवस्थामा समुदायको आवश्यकता अनुसार नै योजनामा बजेट विनियोजन गरिएको थापाको भनाइ छ। ‘सबै बस्तीबाट बजेटको माग छ, अन्य योजनामा बजेट आइरहेका छन्, यहाँबाट दिगो योजना समेट्न सकिएको छैन’ थापाले भने। 

जिल्लाभर बजेट विनियोजन गर्दा थोरै बजेटमा समेत धेरै काम गर्न सकिने योजनाहरुमा बजेट खर्चिएको बताए। समुदायको साना–साना योजनामा दिइएको बजेटले समेत गाउँको विकासमा सहयोग पुग्ने सांसद थापाको भनाइ छ। प्रतिनिधि सभा सांसद थापा संयोजक, अर्का सांसद थममायाँ थापा र जिसस प्रमुख देवेन्द्रबहादुर केसी सदस्य तथा जिल्ला समन्वय अधिकारी सदस्य सचिब रहेको समितिले पार्टी र स्थानीय तहबाट छनौट भएर आएका योजनाहरुलाई बजेट विनियोजन गरेको हो। 

तीनै तहका जनप्रतिनिधिले भौतिक पूर्वाधार खानेपानी, सडक, रोजागार, शिक्षा स्वास्थ्य, रोजगारी सिर्जना गर्ने लगायतका योजनालाई एकीकृत गरी बैङ्कका रूपमा राख्ने र लगानीको स्रोतको पहिचानमा ध्यान दिन सकेका छैनन्।
अर्को समाचार
‘लाइफटाइम एचिभमेन्ट अवार्ड’ बाट पौड्याल सम्मानित
१ घण्टा अघि
•
१ मिनेट पाठ
‘लाइफटाइम एचिभमेन्ट अवार्ड’ बाट पौड्याल सम्मानित
काठमाडौँ,  नेपाल बैंकर्स सङ्घले बैंकिङ तथा वित्तीय क्षेत्रको विकास, आधुनिकीकरण र दिगो विकासमा विशिष्ट योगदान पुर्‍याएका सङ्घका पूर्वअध्यक्ष उपेन्द्र पौड्याललाई ‘लाइफटाइम एचिभमेन्ट अवार्ड’ प्रदान गरेको छ।




सङ्घको ४०औँ वार्षिक साधारणसभाका अवसरमा शुक्रबार आयोजित कार्यक्रममा नेपाल राष्ट्र बैंकका गभर्नर प्राडा विश्वनाथ पौडेलले पौड्याललाई सम्मानपत्र प्रदान गरेका हुन्।

सङ्घले जारी गरेको प्रेस विज्ञप्तिअनुसार पौड्यालले नेपाल बैंकर्स सङ्घको अध्यक्ष, नबिल बैंकको अध्यक्ष, एनएमबी बैंकको प्रमुख कार्यकारी अधिकृत तथा ग्लोबल एलायन्स फर बैंकिङ अन भ्यालुज (जिएबिभी) एसिया प्यासिफिकको क्षेत्रीय प्रतिनिधिका रूपमा रहेर बैंकिङ क्षेत्रमा योगदान पुर्‍याएका छन्।

सन् १९८० को दशकदेखि नेपालको बैंकिङ क्षेत्रमा सुरु भएको उदारीकरण प्रक्रियासँगै पौड्यालको व्यावसायिक यात्रा अघि बढेको थियो। परम्परागत बैंकिङ अभ्यासलाई आधुनिक, प्रतिस्पर्धात्मक र प्रविधिमैत्री प्रणालीमा रूपान्तरण गर्न उनीले अनुभव, दक्षता र नेतृत्वमार्फत महत्त्वपूर्ण भूमिका निर्वाह गरेकाे सङ्घले जनाएको छ।

सम्मानपछि पौड्यालले आफ्नो चार दशक लामो बैंकिङ यात्राको उपलब्धि व्यक्तिगत नभई सहकर्मी, नियामक, ग्राहक, सेयरधनी र परिवारको सामूहिक योगदानको परिणाम भएको बताए।

कार्यक्रममा गभर्नर पौडेलले मौद्रिक नीति सरोकारवालासँगको संवादका आधारमा तर्जुमा गरिएको र नीतिगत स्थिरतालाई प्राथमिकता दिइएको बताए। सेयर बजार, विदेशी विनिमय, सुधार तथा बैंकिङ सुपरिवेक्षणका क्षेत्रमा क्रमिक सुधार अघि बढाइने उनले बताए।

विदेशी मुद्रा सञ्चिति र बैंकिङ प्रणालीमा तरलता बढेको उल्लेख गर्दै गभर्नर पौडेलले आगामी वर्ष पनि वित्तीय स्थिरता कायम राख्ने प्रतिबद्धता व्यक्त गरे। उनीले बैंकहरूलाई मौद्रिक नीतिअनुसार वित्तीय उत्पादन ल्याउन, कृषि तथा साना र मझौला उद्यममा लगानी विस्तार गर्न र उद्यमशीलतालाई प्रोत्साहन गर्न आग्रह गरे।

बैंकहरूको लगानी ठूला व्यावसायिक घरानामा मात्र केन्द्रित नभई साना व्यवसायी तथा सर्वसाधारणसम्म पुग्नुपर्नेमा जोड दिँदै उनले आकारमा ठूलो मात्र नभई गुणस्तर र सुशासनका दृष्टिले पनि सक्षम बैंक निर्माण गर्नुपर्ने बताए।

यसैबीच, सङ्घको ४०औँ वार्षिक साधारणसभाले ग्लोबल आईएमई बैंकका प्रमुख कार्यकारी अधिकृत सुरेन्द्रराज रेग्मीलाई नयाँ अध्यक्षमा निर्विरोध निर्वाचित गरेको छ। उनी यसअघि सङ्घको उपाध्यक्ष थिए।

साधारणसभाले कुमारी बैंकका प्रमुख कार्यकारी अधिकृत रामचन्द्र खनाललाई उपाध्यक्षमा निर्वाचित गरेको छ।

निवर्तमान अध्यक्ष तथा माछापुच्छ्रे बैंकका प्रमुख कार्यकारी अधिकृत सन्तोष कोइरालाले आफ्नो कार्यकाल सफल बनाउन सहयोग गर्ने सबै वाणिज्य बैंकका प्रमुख कार्यकारी अधिकृत तथा सरोकारवाला पक्षप्रति कृतज्ञता ज्ञापन गरे।

नवनिर्वाचित अध्यक्ष रेग्मीले बैंकिङ क्षेत्रप्रतिको जनविश्वास अझ सुदृढ बनाउने प्रतिबद्धता व्यक्त गरे। उनले कृषि तथा साना र मझौला उद्यममा लगानी विस्तार, वित्तीय स्थिरता र डिजिटल बैंकिङलाई प्राथमिकता दिँदै सबै सरोकारवालासँग संवाद र सहकार्य गरेर अघि बढ्ने बताए।
ताप्लेजुङ प्रहरीद्वारा फरार पाँच प्रतिवादी पक्राउ
अपराध
Clock ९ मिनेट अघि | १ मिनेट पाठ
ताप्लेजुङ प्रहरीद्वारा फरार पाँच प्रतिवादी पक्राउ
विभिन्न मुद्दामा दोषी ठहर भई फरार रहेका ५ जनालाई ताप्लेजुङ प्रहरीले पक्राउ गरेको छ।
Whatsapp
गृहमन्त्री गुरुङद्वारा बिपी प्रतिष्ठानमा स्वास्थ्य सेवा र सुरक्षा व्यवस्थाको अनुगमन
राजनीति
Clock २७ मिनेट अघि | १ मिनेट पाठ
गृहमन्त्री गुरुङद्वारा बिपी प्रतिष्ठानमा स्वास्थ्य सेवा र सुरक्षा व्यवस्थाको अनुगमन
गृहमन्त्री सुधन गुरुङले धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको अनुगमन गरेका छन्।
Whatsapp
‘प्रश्नको घेरामा नेपालको लोकतन्त्र’ सार्वजनिक
कला/साहित्य
Clock ३६ मिनेट अघि | १ मिनेट पाठ
‘प्रश्नको घेरामा नेपालको लोकतन्त्र’ सार्वजनिक
कोञ्ज्योसोम प्रज्ञाप्रतिष्ठानका अध्यक्ष गोपाल सञ्जेलले लोकतन्त्रलाई दल, नेता र सरकारसँग मात्रै जोडेर बुझ्न नहुने धारणा राखे।
Whatsapp
केन्याली धावक मुरिउकीले जिते नेपालगन्ज म्याराथन उपाधि
खेल
Clock ३९ मिनेट अघि | १ मिनेट पाठ
केन्याली धावक मुरिउकीले जिते नेपालगन्ज म्याराथन उपाधि
धारा नेपालगन्ज म्याराथनको १२ औं संस्करणको उपाधि केन्याली धावक जुलियस मुरिउकी वाहोमेले हात पारेका छन्।
Whatsapp
‘पेन्डिङ’ फाइल शून्यमा झार्दै झापा प्रशासन
समाज
Clock ४४ मिनेट अघि | १ मिनेट पाठ
‘पेन्डिङ’ फाइल शून्यमा झार्दै झापा प्रशासन
झापा प्रशासनले सेवाग्राहीलाई राष्ट्रिय परिचयपत्र र राहदानीको फोटा तथा जैविक विवरण (बायोमेट्रिक) काम एकै दिनमा उपलब्ध गराउन सुरु गरेको छ।
Whatsapp
महिला पहिला : मौनताको पर्खाल भत्काउने १६ दिन
समाज
Clock ४७ मिनेट अघि | १ मिनेट पाठ
महिला पहिला : मौनताको पर्खाल भत्काउने १६ दिन
घरभित्रको पीडा र विभेदको अन्त्यमा हाम्रो समाजमा घरलाई प्रायः शान्ति, माया र सुरक्षाको सबैभन्दा बलियो थलो मानिन्छ।
Whatsapp
यो पनि पढौँ
महिला क्रिकेटतर्फ लिग चरणका खेल सम्पन्न
खेल
Clock १ घण्टा अघि | १ मिनेट पाठ
महिला क्रिकेटतर्फ लिग चरणका खेल सम्पन्न
दशौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत महिला क्रिकेटतर्फ सेमिफाइनल समिकरण पूरा भएको छ।
Whatsapp
पुरुष क्रिकेटमा एनआरएनएलाई हराउँदै गण्डकी विजयी
खेल
Clock १ घण्टा अघि | १ मिनेट पाठ
पुरुष क्रिकेटमा एनआरएनएलाई हराउँदै गण्डकी विजयी
 दशौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत पुरुष क्रिकेट प्रतियोगिताको लिग चरणको खेलमा गण्डकी प्रदेशले आफ्नो दोस्रो खेलमा पहिलो जीत हात पारेको छ...
Whatsapp
कर्णाली रंगशाला आइपुगे रवि
राजनीति
Clock १ घण्टा अघि | ० मिनेट पाठ
कर्णाली रंगशाला आइपुगे रवि
रवि पार्टी प्रशिक्षण कार्यक्रमका लागि सुर्खेत आएका हुन्। १० औं राष्ट्रिय खेलकुद प्रतियाेगीता सन्चालन भइरहेकाे बेला आएका थिए।
Whatsapp
‘लाइफटाइम एचिभमेन्ट अवार्ड’ बाट पौड्याल सम्मानित
अर्थ
Clock १ घण्टा अघि | १ मिनेट पाठ
‘लाइफटाइम एचिभमेन्ट अवार्ड’ बाट पौड्याल सम्मानित
कार्यक्रममा गभर्नर पौडेलले मौद्रिक नीति सरोकारवालासँगको संवादका आधारमा तर्जुमा गरिएको र नीतिगत स्थिरतालाई प्राथमिकता दिइएको बताए।
Whatsapp
रवि-बालेनलाई बाबुरामको सुझाव: अनावश्यक दूरी नबढाउनू, पाँच वर्ष मिलेर सरकार चलाउनू
नागरिक भिडियो
Clock १ घण्टा अघि | १ मिनेट पाठ
रवि-बालेनलाई बाबुरामको सुझाव: अनावश्यक दूरी नबढाउनू, पाँच वर्ष मिलेर सरकार चलाउनू
सत्तारूढ दलभित्र देखिएको आन्तरिक खटपटबारे सोधिएको प्रश्नमा भट्टराईले रवि र बालेनसँगको संवाद स्मरण गरे।
Whatsapp
शारीरिक सुगठनमा कञ्चनपुरका सुनिललाई रजत
खेल
Clock १ घण्टा अघि | १ मिनेट पाठ
शारीरिक सुगठनमा कञ्चनपुरका सुनिललाई रजत
कर्णालीमा सञ्चालन भइरहेको दशौँ बृहत् राष्ट्रिय खेलकुद प्रतियोगिताअन्तर्गत शारिरीक सुगठनमा कञ्चनपुरको महेन्द्रनगरका सुनिल चन्दले रजत पदक प्राप्त गरेका...
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस