किसानले उत्पादन गरेका कृषिजन्य वस्तुले बजार नपाएर सडकमा पोख्नुपर्ने, नष्ट गर्नुपर्ने अवस्थाको अन्त्य गर्न काठमाडौंमा केन्द्रीय सहकारी बजार सुरु गरिएको छ। सहकारी बजारको शुक्रबार भूमि व्यवस्था, सहकारी तथा गरिवी निवारण मन्त्री पद्मा कुमारी अर्यालले उद्घाटन गरिन्।
सहकारीमार्फत किसानले उत्पादन गरेको तरकारी, अण्डा, फलफूल, दूध लगायतका सामग्री सहकारी बजारबाट बिक्री गर्ने व्यवस्था मिलाइएको छ।
सहकारी बजार विकास कार्यक्रमको सहयोगमा कृषि–बिउ, तरकारी तथा फलफूल केन्द्रीय सहकारी संघ लिमिटेडले बजार निर्माण गरेको हो।
बजारको उद्घाटन कार्यक्रममा बोल्दै मन्त्री अर्यालले सहकारी बजारले किसानले उत्पादन गरेका तरकारी तथा फलफूलको बजार सुनिस्चित हुने बताइन्। कृषिजन्य वस्तु सहकारीमार्फत संकलन गरेर बजारसम्म ल्याउने व्यवस्था मिलाइनेछ। ‘सहकारीमार्फत उत्पादित सामग्रीको बजारीकरण आजको प्रमुख चुनौती हो,’ मन्त्री अर्यालले भनिन्, ‘बजारले कृषिजन्य वस्तुको बिक्रीमा सघाउ पुर्याउँछ।’
किसानहरुले मेहनत गरेर उत्पादन गर्ने तर, त्यसको नाफा बीचमा रहेका विचौलियाले पाउने कुराको अन्त्य गर्न यस्ता बजारले सघाउ पुग्ने अर्यालले धारणा राखिन्। सहकारी बजारले बढीभन्दा बढी अर्गानिक उत्पादनलाई बजारसम्म ल्याउन सघाउनु पर्ने मन्त्री अर्यालले बताइन्।