अग्ला डाँडामा दृश्यावलोकन स्तम्भ बनाउँदै तनहुँका स्थानीय तह
०४ मंसिर २०७७
•
६ मिनेट पाठ
अग्ला डाँडामा दृश्यावलोकन स्तम्भ बनाउँदै तनहुँका स्थानीय तह
तनहुँका स्थानीय तहले अग्ला डाँडामा दृश्यावलोकन स्तम्भ (भ्यूटावर) निर्माण गरेका छन्। पर्यटक आकर्षित गर्ने उद्देश्यसहित जिल्लाका स्थानीय तहले कतिपय स्थानमा दृश्यावलोकन स्तम्भ निर्माण गरिसकेका छन् भने थप स्तम्भ निर्माणको प्रक्रिया शुरु गरेका छन्।




घिरिङ गाउँपालिकाले थप दुई स्थानमा दृश्यावलोकन स्तम्भ निर्माण गर्ने भएको छ। घिरिङकोटको डाँडामा दृश्यावलोकन स्तम्भ निर्माण गरिसकेको गाउँपालिकाले थप दुई स्थानलाई छनोट गरी प्रक्रिया अगाडि बढाएको छ।

राजमार्गलाई नछोएकाले पर्यटनको सम्भावना हुँदासमेत ओझेलमा परेपछि घिरिङ गाउँपालिका–३ घिरिङकोट डाँडामा तीनतलाको दृश्यावलोकन स्तम्भ निर्माण भएको छ। गाउँपालिकाले गत आर्थिक वर्षमा छुट्याएको रु २० लाखको लागतमा दृश्यावलोकन स्तम्भ निर्माण गरिएको गाउँपालिकाका अध्यक्ष रनबहादुर रानाले जानकारी दिए।

भ्यूटावरबाट समग्र घिरिङको दृश्यावलोकन गर्न सकिने राना बताउँछन्। त्यहाँबाट देखिने हिमश्रृङ्खला, हरियाली पहाडका तरेली, कालीगण्डकी नदीको नागबेली बगाई, झुरुप्प परेका घिरिङका गाउँबस्तीको दृश्यले आकर्षित गर्ने उनको दाबी छ।

“घिरिङ चौबिसे राज्यअन्तर्गतको एक राज्य हो। घिरिङकोटमा राजाले प्रयोग गरेका पुराना हातहतियार र दरबारको भग्नावशेष छ। ऐतिहासिक थलोमा पर्यटकको चहलपहल बढाउन सो स्तरम्भ बनाएका छौँ”, अध्यक्ष रानाले भने। गाउँबाट शहर बसाइँ झर्नेको लर्को रोक्न गाउँपालिकाले स्थानीयवासीलाई आर्थिक गतिविधिसँग जोड्न पर्यटनको प्याकेज निर्माण गरिरहेको उनले बताए। “कला संस्कृतिमा त हामी धनी नै छौँ। पर्यटक आउनलाई पूर्वाधार पनि चाहिँदोरहेछ”, उनले भने, “गाउँपालिकाले खोला थुनेर कृत्रिम ताल, भ्यूटावर र घरवास ९होमस्टे० बनाउन जोड दिएको छ।”

गाउँपालिकाको वडा नं २ गजरकोट र वडा नं ५ को चन्द्रकोटमा पनि भ्यूटावर बनाउन यस वर्ष बजेट विनियोजन गरिएको छ। गजरकोट स्तम्भका लागि रु १० लाख र चन्द्रकोटमा रु २० लाख बजेट छुट्याइएको अध्यक्ष रानाले जानकारी दिए।  

घिरिङकोट दृश्यावलोकन स्तम्भको काखैमा छ उवाथोक गाउँ। मगर समुदायको बसोबास रहेको उवाथोकका आठ घरमा यसै वर्षदेखि होमस्टे सञ्चालनमा ल्याइएको छ। भ्यूटावर बनेपछि होमस्टे आउने पर्यटक बढ्नेमा विश्वस्त रहेको उवाथोक सामुदायिक होमस्टेका अध्यक्ष पूर्णसिंह थापाले बताए। कोरोना कहरकै बीचमा पनि भ्यूटावरमा पर्यटक आइरहेको उनले बताए।

हुन त नेपालका अग्ला डाँडाकाँडा आफैँमा प्राकृतिक भ्यूटावर हुन्। हिमालदेखि तराईसम्मका दृश्य एउटै थलोमा उभिएर नियाल्न सकिन्छ कतिपय स्थानबाट। पूर्वाधार अभावले ती अग्ला डाँडाबाट जतिसुकै मन लोभ्याउने दृश्य देखिए पनि पर्यटक उक्लन चाहँदैनन्। जनप्रतिनिधि निर्वाचित भएर आएपछि तनहुँका स्थानीय सरकारको नजर अग्ला डाँडामा परेको छ।

दशैँपछि तनहुँको व्यास नगरपालिका–५ मानहुँकोट ‘भाइरल’ बनेको छ। फेसबुक र टिकटकमा मानहुँकोटको फोटो र भिडियो सर्वत्र भेटिन्छ। कोरोनाको डर भुलेर दमौली बजारलाई कुहिरोले ढपक्कै ढाकेर सूर्य उदाएको दृश्य नियाल्न दैनिक एक हजारभन्दा बढी पर्यटक दमौलीबाट मानहुँकोटसम्मको उकालो चढ्छन्। प्राकृतिकरुपमै भ्यूटावर बनेको यो ठाउँमा अझ धेरै आन्तरिक तथा बाह्य पर्यटक आकर्षित गर्न वडा कार्यालयले दृश्यावलोकन विन्दु निर्माण शुरु गरेको छ।

करिब रु ४० लाखको लागत अनुमान गरिएकामा रु ३६ लाख ५० हजार लागतमा दृश्यावलोकन विन्दु निर्माणको ठेक्का लागेको वडाध्यक्ष मोहनकुमार श्रेष्ठले जानकारी दिए। निर्माणको ठेक्का माता वाराही कन्स्ट्रक्शन प्रालिले पाएको छ। दृश्यावलोकन विन्दु दुईतलाको हुने वडाध्यक्ष श्रेष्ठले बताए।

उनले भने, “दृश्यावलोकन विन्दुको पहिलो तलामा कफी पसल र माथिल्लो तलामा सिसाको घर हुनेछ।” अबको छ महिनाभित्र दृश्यावलोकन विन्दु निर्माण सम्पन्न हुने उनले जानकारी दिए। पर्यटकीय गन्तव्यका रूपमा विकसित मानहुँकोटको प्रचारका लागि दृश्यावलोकन विन्दुले थप टेवा पुर्‍याउने उनको भनाइ छ।

गत आर्थिक वर्षमा व्यास नगरपालिका–६ गलेखामकोटमा तीनतले भ्यूटावर निर्माण गरिएको छ। धार्मिक पर्यटनको सम्भावना रहेको यहाँ पर्यटक भित्र्याउन भ्यूटावर निर्माण गरेको वडाध्यक्ष सूर्यभक्त भण्डारीले बताए। रु १६ लाख ५० हजारको लागतमा निर्माण गरिएको उक्त भ्यूटावरबाट २० जना बढीले दृश्यावलोकन गर्न सक्ने भण्डारीले जानकारी दिए।

भ्यूटावर बनेपछि गलेखामकोटमा आन्तरिक पर्यटक बढेको भण्डारीले जानकारी दिए। “लकडाउनको बेलामा पनि आन्तरिक पर्यटक आइरहे”, उनले भने। यहाँबाट कास्कीका तालहरु, माछापुच्छ्रे, धवलागिरि, अन्नपूर्ण, मनास्लुलगायतका हिमालको दृश्य अवलोकन गर्न सकिने भण्डारीले जानकारी दिए।

गलेखामकोटमा रहेको कोटभैरव मन्दिरको प्रचारप्रसारका लागि पनि दृश्यावलोकन स्तम्भले सहयोग पुग्ने विश्वास गरिएको वडाध्यक्ष भण्डारीको भनाइ छ। “गलेखामकोट आफैँमा एउटा पर्यटकीयस्थल हो”, भण्डारीले भने, “दृश्यावलोकन स्तम्भ निर्माणपछि यस क्षेत्रमा पर्यटकीय चहलपहल अझै बढ्ने अपेक्षा गरेका छौँ।”

समुद्र सतहबाट दुई हजार २०७ मिटरको उचाइमा रहेको गलेखामकोट बाइसे चौबिसे राज्यको पालामा चक्रधारी राजाले शासन गरेको ठाउँ हो। यहाँ रहेको कोटभैरव मन्दिरमा दशैँको बेला विशेष पूजाआजा हुने गरेको छ। पर्यटकीय सम्भावना बोकेर पनि यस ठाउँमा ओझेलमा पर्दै गएको स्थानीयवासीको गुनासो छ। स्थानीयवासी राजकुमार श्रेष्ठले ओझेलमा परेको यस ठाउँमा दृश्यावलोकन स्तम्भ निर्माण भएपछि अब यसको प्रचारप्रसार हुने विश्वास गरिएको बताए।

भिमाद नगरपालिका–९ पाइमी डाँडामा पनि गत वर्ष दृश्यावलोकन स्तम्भ निर्माण गरिएको छ। एक हजार १५७ मिटर उचाइमा रहेको डाँडामा तीनतलाको दृश्यावलोकन स्तम्भ बनाइएको हो। करिब ३६ फिट अग्लो फलामे दृश्यावलोकन स्तम्भ निर्माणमा रु आठ लाख लगानी भएको छ।

नगरपालिकाले रु छ लाख ७५ हजार र स्थानीयवासीले रु एक लाख २५ हजारको जनश्रमदान चन्दा सङ्कलनबाट दृश्यावलोकन स्तम्भ निर्माण भएको वडाध्यक्ष इमानबहादुर थापाले जानकारी दिए। दृश्यावलोकन स्तम्भको आडमै कोटडाँडा मन्दिर पनि छ। यहाँ विशेष चाडपर्वमा पूजाआजा हुने गरेको छ। यस ठाउँलाई पर्यटकीय गन्तव्यको रूपमा विकास गर्न दृश्यावलोकन स्तम्भ निर्माण गरिएको थापाले बताए। सोही वडामा रहेको सिद्धगुफा आउने पर्यटकलाई यस ठाउँसम्म ल्याउने वातावरण सिर्जना गरिने थापाले बताए।

व्यास नगरपालिका–१० को सबैभन्दा अग्लो ९०० मिटर उचाइ रहेको देवीडाँडामा पनि दृश्यावलोकन स्तम्भ निर्माण गर्ने लक्ष्य राखिएको छ। प्रचुर सम्भावना रहे पनि यस ठाउँ पछाडि परेकाले यसको विकासका लागि भ्यूटावर र व्यवस्थित उद्यान बनाउने योजना अगाडि सारिएको वडाध्यक्ष तुलसीराम सापकोटाले बताए।

उक्त ठाउँमा ३० मिटर उचाइको भ्यूटावर बनाउने लक्ष्य राखिएको छ। यस ठाउँबाट दमौली उपत्यका, मिर्लुङकोट, छिम्केश्वरी डाँडा, तनहुँसुर दरबार, क्यामिनकोट, श्याम्घाको गलेखामकोट, मानहुँकोट, मादी उपत्यका, कलेस्ती उपत्यका, फराकचौर उपत्यका, गजौडे उपत्यकाका साथै कास्कीको नेपालपाखाको समेत दृश्यावलोकन गर्न सकिने वडाध्यक्ष सापकोटाले जानकारी दिए।

वडाले यस ठाउँलाई फूलैफूलको डाँडा बनाउनेसमेत लक्ष्य राखेको छ। “यस ठाउँमा भ्यूटावर र व्यवस्थित पार्क बनाउन सकिए आन्तरिक तथा बाह्य पर्यटक भित्र्याउन सकिन्छ”, उनले भने, “त्यसैका लागि वडा कार्यालयमार्फत काम शुरु भइसकेको छ।”

वडाले गत आर्थिक वर्षको बजेटबाट डाँडासम्म पुग्नका लागि एक किलोमिटर बाटो विस्तार गरिसकेको छ। उक्त ठाउँमा रुद्रदेवीको मन्दिरसमेत रहेको छ। जुन मन्दिर जीर्ण भइसकेको छ। वडा कार्यालयले मन्दिरको जीर्णोदार गर्ने तयारीसमेत गरेको छ। रासस
अर्को समाचार
जलविद्युत् आयोजनामा स्थानीयको हक सुनिश्चित गरिने
८ घण्टा अघि
•
१ मिनेट पाठ
जलविद्युत् आयोजनामा स्थानीयको हक सुनिश्चित गरिने
गण्डकी। ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले जलविद्युत् आयोजनामा स्थानीयको हक सुनिश्चितताका निम्ति आफ्नो मन्त्रालयले हरसम्भव प्रयत्न गर्ने बताएका छन्।




राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा), पर्वत जिल्ला शाखाले आज कुश्मामा आयोजना गरेको कार्यकर्ता भेटघाटमा उनले उक्त कुरा बताएका हुन्।

सिँचाइ, कृषि उद्यम, स्थानीय जलविद्युत् आयोजनामा स्थानीयको हक तथा विपद् व्यवस्थापनलगायतका विषय सम्बोधन गर्न ऊर्जा मन्त्रालयले निरन्तर प्रयत्न गर्ने उनले बताएको रास्वपा जिल्ला अध्यक्ष जालबहादुर पुनले जानकारी दिए। 

राजनीतिक दल र नागरिकको सक्रिय सहभागिताबिना कुनै पनि सरकार सफल नहुने भएकाले देश र जनतालाई केन्द्रमा राखेर काम गर्न मन्त्री श्रेष्ठले पार्टीका कार्यकर्तालाई अनुरोध गरे।
डोटीमा छोराले दाउरा प्रहार गर्दा बुवाको मृ’त्यु
अपराध
Clock १ घण्टा अघि | १ मिनेट पाठ
डोटीमा छोराले दाउरा प्रहार गर्दा बुवाको मृ’त्यु
२३ वर्षीय छोरा विकासबहादुर चन्दले घरायसी विवादका क्रममा दाउराले बुधबा रणबहादुरको टाउकामा प्रहार गरेका थिए ।
Whatsapp
उषाकिरणको आक्रोश : जनतालाई हेप्नुको पनि सीमा हुन्छ
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
उषाकिरणको आक्रोश : जनतालाई हेप्नुको पनि सीमा हुन्छ
ज्येष्ठ नागरिकको सुविधा पाएर डिल्लीबजार कारागारबाट रिहा भएका रायमाझीले आफूलाई फसाइएको र जेल बसाइले अझ बलियो बनाएको अभिव्यक्ति दिएका थिए।
Whatsapp
एमालेसँग तीनबुँदे र मसालसँग दुईबुँदे सहकार्य प्रस्ताव अघि सारेका छाैं: प्रचण्ड
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
एमालेसँग तीनबुँदे र मसालसँग दुईबुँदे सहकार्य प्रस्ताव अघि सारेका छाैं: प्रचण्ड
काठमाडौं। नेपाली कम्युनिष्ट पार्टीका संयोजक एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेकपा एमालेसँग तीनबुँदे सहकार्यको प्रस्ताव र...
Whatsapp
निर्माण व्यवसायी संघ उदयपुरमा दाहालको नेतृत्वमा नयाँ कार्यसमिति चयन
समाज
Clock १ घण्टा अघि | १ मिनेट पाठ
निर्माण व्यवसायी संघ उदयपुरमा दाहालको नेतृत्वमा नयाँ कार्यसमिति चयन
नेपाल निर्माण व्यवसायी संघ उदयपुरको ११ औँ साधारणसभा तथा ९ औँ जिल्ला अधिवेशनले सुदिप दाहाल खत्रीको नेतृत्वमा नयाँ कार्यसमिति चयन गरेको छ।
Whatsapp
सांसद संसद् बैठकमा कति पटक उपस्थित भए, मोबाइलबाटै हेर्न सकिन्छ: सभामुख अर्याल
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
सांसद संसद् बैठकमा कति पटक उपस्थित भए, मोबाइलबाटै हेर्न सकिन्छ: सभामुख अर्याल
पाल्पा - प्रतिनिधिसभाका सभामुख डोलप्रसाद (डिपी) अर्यालले प्रतिनिधिसभा र राष्ट्रियसभालाई डिजिटल प्रणालीमा जोड्ने काम भइरहेको बताएका छन्।
Whatsapp
जनकपुरधाम-अयोध्या रेल व्यावसायिक रूपमा सञ्चालन
समाज
Clock २ घण्टा अघि | १ मिनेट पाठ
जनकपुरधाम-अयोध्या रेल व्यावसायिक रूपमा सञ्चालन
धार्मिक तथा सांस्कृतिक सम्बन्धलाई थप प्रगाढ बनाउँदै जनकपुरधाम र अयोध्याबीच तीर्थयात्रा सहज बनाउने उद्देश्यसहित सुरु गरिएको सरयु–कमला एक्सप्रेस र...
Whatsapp
यो पनि पढौँ
बागलुङका विपद्ग्रस्त स्थानीय तहको पुनःनिर्माण प्राथमिकतामा : मन्त्री श्रेष्ठ
राजनीति
Clock २ घण्टा अघि | १ मिनेट पाठ
बागलुङका विपद्ग्रस्त स्थानीय तहको पुनःनिर्माण प्राथमिकतामा : मन्त्री श्रेष्ठ
ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले बागलुङका विपद् सङ्कटग्रस्त छ स्थानीय तहको पुनःनिर्माणलाई सरकारले प्राथमिकतामा राख्ने बताएका छन्।
Whatsapp
सडक बनाउँदैमा विकास हुँदैन, उद्योग र रोजगारीसँग जोड्नुपर्छ : सभापति गजुरेल
राजनीति
Clock २ घण्टा अघि | १ मिनेट पाठ
सडक बनाउँदैमा विकास हुँदैन, उद्योग र रोजगारीसँग जोड्नुपर्छ : सभापति गजुरेल
पूर्वाधार विकास समिति सभापति आशिष गजुरेलले सडक निर्माणलाई मात्रै विकास मान्ने सोच बदल्नुपर्ने बताएका छन्। 
Whatsapp
दशौं राष्ट्रिय खेलकुदमा १९ देशका खेलाडीसहित एनआरएनए : २० स्वर्ण जितेर चौथो हुने लक्ष्य
समाज
Clock २ घण्टा अघि | १ मिनेट पाठ
दशौं राष्ट्रिय खेलकुदमा १९ देशका खेलाडीसहित एनआरएनए : २० स्वर्ण जितेर चौथो हुने लक्ष्य
‘एनआरएनए स्पोर्ट्स एकेडेमी’ शनिबार पत्रकार सम्मेलन गरी प्रतियोगितामा विभिन्न १९ देशका खेलाडीसहित कुल ८२ जनाको सहभागिता रहने जानकारी दिएको...
Whatsapp
आर्मीलाई हराउँदै एपिएफ बन्यो झापा महिला गोल्डकप च्याम्पियन
खेल
Clock २ घण्टा अघि | १ मिनेट पाठ
आर्मीलाई हराउँदै एपिएफ बन्यो झापा महिला गोल्डकप च्याम्पियन
गतवर्ष भएको पहिलो संस्करणमा एपिएफ अर्को विभागीय टोली नेपाल पुलिस क्लबसँग १-० गोलले पराजित हुँदै उपविजेता बनेको थियो। यस पटक आर्मीले पुलिसलाई सेमिफाइनल...
Whatsapp
मकवानपुरमा श्रीमानको कुटपिटपछि श्रीमतीको मृ’त्यु
अपराध
Clock ३ घण्टा अघि | १ मिनेट पाठ
मकवानपुरमा श्रीमानको कुटपिटपछि श्रीमतीको मृ’त्यु
मकवानपुर। मकवानपुरको इन्द्रसरोवर गाउँपालिका-४ गोठभित्तामा मादक पदार्थ सेवन (मापसे) गरी श्रीमतीलाई कुटपिट गरेको आरोपमा प्रहरीले एक पुरुषलाई नियन्त्रणमा...
Whatsapp
बाढीले पुल बगाएपछि दुई वर्षदेखि सास्ती, फोक्सिन्टारमा फेरि बेलिब्रीज राखिँदै
समाज
Clock ३ घण्टा अघि | १ मिनेट पाठ
बाढीले पुल बगाएपछि दुई वर्षदेखि सास्ती, फोक्सिन्टारमा फेरि बेलिब्रीज राखिँदै
फोक्सिन्टारमा बेलिब्रीज पुन: जडानका लागि योजना कार्यालयले गएको कात्तिक ११ गते २१ दिने सूचना सार्वजनिक गरेको थियो।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस