निरन्तर वर्षाले उदयपुरमा तरकारीको मूल्य आकाशियो
०८ असोज २०७७
•
४ मिनेट पाठ
निरन्तर वर्षाले उदयपुरमा तरकारीको मूल्य आकाशियो
निरन्तरजस्तो वर्षाका कारण पछिल्लो समय उदयपुरका बजारमा हरियो तरकारीको भाउ छोईनसक्नु भएको छ। केहीवर्षयता स्थानीय व्यवसायिक तरकारी खेती गर्ने किसानको संख्या बढ्दै गएपछि आत्मनिर्भर हुँदै गएको देखिएको जिल्लामा कोरोना भाईरसको कहरले देशभर जारी लगकडाउन भएसँगै भाउ ह्वात्तै बढेको थियो। अहिले लकडाउन हटिसकेको अवस्थामा पनि हरियो तरकारीको भाउ घट्नुको साटो वर्षा निरन्तर हुन थालेपछि झन् बढ्दै गएको छ।  




सरकारले चैत ११ देखि लागू गरेको लकडाउन असारमा खोल्नुअघिसम्म  तरकारीको मूल्य निकै आकाशिएको थियो। लकडाउन खुलेपछि मूल्य घट्ने आस गरिएकोमा १५ दिन नबित्दै भकाभक संक्रमित देखिन थालेपछि स्थानीय प्रशासनले पुनः १७ दिन लामो निशेधाज्ञा जारी गर्‍यो। अहिले निेषेधाज्ञा पनि हटिसकेको छ तर, साउन मध्येदेखि निरन्तरजस्तो निरन्तर वर्षा भईरहेपछि हरिया तरकारीको भाउ घट्नुको साटो दिनदिनै झन्झन् बढ्दै गएको उपभोक्ताको गुनासो छ।  

लकडाउनमा बाहिरबाट तरकारी आयात गर्न नपाएर महँगिएको धेरैले ठानेका थिए। त्यसैले लकडाउन हटेपछि उपभोक्तालाई तरकारीको भाउ घट्ने आसा थियो। तर, लकडाउन र निषेधाज्ञा हटे पनि निरन्तरको वर्षाले तरकारी खेतीमा क्षति पुगेकाले भाउ बढ्नु स्वभाविक भएको व्यापारीहरु बताउँछन् । अर्को पक्ष लकडाउन खुलेपछि बजारमा चहलपहल बढ्नुले पनि तरकारी झन् महँगिन पुगेको व्यापारीहरु बताउँछन्।  

गाईघाटकी गृहिणी सुजना रोका बताउँछिन्। उनका अनुसार लकडाउनपछि तरकारी झन् महँगो हुन थालेको छ। ‘बरु लकडाउनका बेला बजारमा मान्छे आउँदैनथे, बेच्न ल्याउने घुमन्ते व्यापारीले पनि सस्तै दिन्थे’ उनले भनिन् ‘अहिले त घुमन्ते व्यापारी पनि आउँदैनन्, जे किन्न पनि बजारै पुग्नुपर्छ, तरकारी छोईनसक्नु भएको छ।’ अहिले सबभन्दा महँगो रायोको सागको मूल्य सर्वसाधारणले खानै नसक्ने गरी महँगिएको छ।  

पाउको ५० रुपैयाँ अर्थात २ सय रुपैयाँ किलोका दरले किन्नु परेको अर्की गृहिणी शोभासरा राईले बताईन्। उनका अनुसार तरकारी यति महँगिएको छ कि ६ जनाको परिवारलाई तरकारीमा दैनिक ५ सय हाराहारी खर्च हुन थालेको छ। सबभन्दा महँगो अहिले आलु, प्याज र रायोको साग हुन पुगेको छ। आलु किलोको ८० देखि सय रुपैयाँसम्म पुगेको छ भने प्याज १ सय ५० सम्ममा किनबेच हुन थालेको छ। यसअघि रायोको साग २५ रुपैयाँ पाउ थियो भने आलु किलोको ४०/५० रुपैयाँ र प्याज किलोको ४० रुपैयाँमा पाइन्थ्यो। प्याज महँगो हुनुमा भने भारतबाट आयात रोकिनु मुख्य कारण भएको त्रियुगा उद्योग बाणिज्य संघ गाईघाटले जनाएको छ।  

लौका, भिण्डी, फर्सी, चिचिन्डा, करेला, बन्दा, टमाटर र बोडी पनि उत्तिकै महँगिएको छ । तोरी र लट्टेको साग, स्कुस, स्कुसको मुन्टा, फर्सीको मुन्टा र काउली पनि सिजन सकिएर बजारमा देखिदैन। लट्टे वर्षाले डुबानमा परेर जरैदेखि बोट कुहिएकाले पाउन छाडिएको छ भने तोरी भर्खर छर्ने याम भएकाले उपभोगको बेलै भईनसकेको कृषकहरु बताउँछन्। समग्रमा सबैखाले हरिया सब्जीको भाउ डेढीदेखि दोब्बरसम्म बढेको छ। गाईघाटमा यति धेरै सब्जी महँगिएको यो पहिलो पटक भएको त्रियुगा उद्योग बाणिज्य संघका पूर्ब उपाध्यक्ष भरत चामलिङ बताउँछन्। उनका अनुसार स्थानीय तरकारीमा परनिर्भर भएकाले पनि यस्तो समस्या भोग्नु परेको हो।  

गाईघाटका खुद्रा व्यापारी देवनारायण साह वर्षाका कारण स्थानीय किसानको खेतबारीमा उत्पादन हुने तरकारी पाउन छाडिएकाले महँगो भएको बताउँछन्। पहिले चैत वैशाखमा बेमौसमी तरकारी प्रसस्त पाइने हुँदा सस्तै हुनुपर्नेमा लकडाउनले महँगो हुन पुगेको र अहिले वर्षाले मौसमी तरकारी उत्पादनमा बाधा पुगेर महँगो भएको साहको भनाई छ। ‘चैत वैशाखमा बेमौसमी तरकारी उत्पादन गर्ने हुनाले सस्तो पर्नुपर्ने हो तर, त्यतिबेला लकडाउनले महगो भयो’ साहले भने ‘अहिले मौसमी तरकारीको सिजन हो तर, पानी परेको परेकै गरेपछि किसानले तरकारी उत्पादन गर्नै पाएका छैनन् त्यसैले महँगिएको हो।’

गाईघाटकै खुद्रा व्यापारी उमेश भुजेलले ९० प्रतिशत तरकारी बाहिरबाट ल्याउनुपर्ने भएकाले महँगो हुन पुगेको बताए। स्थानीय किसानले उत्पादन गर्ने तरकारी अहिले १० प्रतिशत पनि नभएको हुनाले सबैजसो भर बाहिर जिल्लाबाट पर्नुपरेको हुँदा महँगो हुन स्वभाविक भएको भुजेल बताउँछन्। सर्लाही, सप्तरी, सिराहा, धनकुटा र सुनसरीदेखि उदयपुरमा तरकारी आयात हुने गरेको व्यापारीहरु बताउँछन्। गाईघाटमा दैनिक ६ देखि १ हजार टनसम्म तरकारी बाहिरबाट ल्याउने गरिएको व्यापारीहरु बताउँछन्।  

त्रियुगा नगरपालिकाले १२, १२ र १३ नं. वडाको संगमस्थल गाईघाट हवाईफिल्डमा सगरमाथा कृषि उपज केन्द्र स्थापना गरेर एकीकृत रुपमा तरकारी बजार सञ्चालनमा ल्याएको छ। त्यसबाहेक अन्य केही ठाउँमा स्थानीयलाई पायक पर्ने गरी शाखा बजारहरु सञ्चालनमा ल्याएर उपभोक्तालाई तरकारी बिक्री वितरण गर्ने काम भईरहेको नगरपालिकाले जनाएको छ।
अर्को समाचार
जलविद्युत् आयोजनामा स्थानीयको हक सुनिश्चित गरिने
२ घण्टा अघि
•
१ मिनेट पाठ
जलविद्युत् आयोजनामा स्थानीयको हक सुनिश्चित गरिने
गण्डकी। ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले जलविद्युत् आयोजनामा स्थानीयको हक सुनिश्चितताका निम्ति आफ्नो मन्त्रालयले हरसम्भव प्रयत्न गर्ने बताएका छन्।




राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा), पर्वत जिल्ला शाखाले आज कुश्मामा आयोजना गरेको कार्यकर्ता भेटघाटमा उनले उक्त कुरा बताएका हुन्।

सिँचाइ, कृषि उद्यम, स्थानीय जलविद्युत् आयोजनामा स्थानीयको हक तथा विपद् व्यवस्थापनलगायतका विषय सम्बोधन गर्न ऊर्जा मन्त्रालयले निरन्तर प्रयत्न गर्ने उनले बताएको रास्वपा जिल्ला अध्यक्ष जालबहादुर पुनले जानकारी दिए। 

राजनीतिक दल र नागरिकको सक्रिय सहभागिताबिना कुनै पनि सरकार सफल नहुने भएकाले देश र जनतालाई केन्द्रमा राखेर काम गर्न मन्त्री श्रेष्ठले पार्टीका कार्यकर्तालाई अनुरोध गरे।
सरकारको स्वेच्छाचारिताविरुद्ध सशक्त रूपमा उभिने कांग्रेसको चेतावनी
राजनीति
Clock ६ मिनेट अघि | १ मिनेट पाठ
सरकारको स्वेच्छाचारिताविरुद्ध सशक्त रूपमा उभिने कांग्रेसको चेतावनी
उनले सरकार गठनको सुरुवाती चरणमा देखिएका कमजोरीलाई नयाँ नेतृत्वको अनुभवको कमी ठानेर संयमता अपनाएको बताए। तर पछिल्ला गतिविधिले सरकारको नेतृत्व गर्ने सोच...
Whatsapp
‘झोले युग’ बाट बाहिर निस्किएको लामिछानेको घोषणा, कार्यक्रममा झोला नबाँड्न आग्रह
राजनीति
Clock ८ मिनेट अघि | १ मिनेट पाठ
‘झोले युग’ बाट बाहिर निस्किएको लामिछानेको घोषणा, कार्यक्रममा झोला नबाँड्न आग्रह
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले रास्वपा ‘झोले युग’ बाट बाहिर निस्किएर ‘फाइल’ मा प्रवेश गरेको बता...
Whatsapp
भारत भ्रमणमा सीमा विवाद नउठाएको भन्दै प्रधानमन्त्री बालेन्द्रमाथि कांग्रेसको प्रश्न
राजनीति
Clock २२ मिनेट अघि | १ मिनेट पाठ
भारत भ्रमणमा सीमा विवाद नउठाएको भन्दै प्रधानमन्त्री बालेन्द्रमाथि कांग्रेसको प्रश्न
नेपाली कांग्रेसले प्रधानमन्त्री बालेन्द्र शाहको भारत भ्रमणलाई सकारात्मक उपलब्धि भएको बताउँदै सीमा विवादजस्ता संवेदनशील विषयमा छलफल नभएकोप्रति प्र...
Whatsapp
चाहे जीवनभर हारौं, कर्णाली प्राथमिकतामा रहन्छ: रवि
राजनीति
Clock ३८ मिनेट अघि | १ मिनेट पाठ
चाहे जीवनभर हारौं, कर्णाली प्राथमिकतामा रहन्छ: रवि
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले स्थापनाको चार वर्षमै झन्डै दुईतिहाइको सरकार बनाउन सफल भए पनि जनताको अपेक्षाअनुसार परिणाम...
Whatsapp
काठमाडौंमा खसीको मासु भन्दै बाख्रीको मासु बेच्ने ८ जना पक्राउ, ५६७ किलो मासु बरामद
समाज
Clock ५४ मिनेट अघि | १ मिनेट पाठ
काठमाडौंमा खसीको मासु भन्दै बाख्रीको मासु बेच्ने ८ जना पक्राउ, ५६७ किलो मासु बरामद
जिल्ला प्रहरी परिसर काठमाडौंका अनुसार शनिबार बिहान करिब ४ बजे काठमाडौं महानगरपालिका-२८ स्थित टुकुचा खसी बजारमा बाख्री र पाठीको मासुलाई खसीको मासु भन्द...
Whatsapp
भारतमा लोकप्रिय बिस्लेरी पानी असुरक्षित, ब्याक्टेरिया भेटिएपछि बिक्रीमा प्रतिबन्ध
अन्तर्राष्ट्रिय
Clock ५६ मिनेट अघि | १ मिनेट पाठ
भारतमा लोकप्रिय बिस्लेरी पानी असुरक्षित, ब्याक्टेरिया भेटिएपछि बिक्रीमा प्रतिबन्ध
भारतीय खाद्य सुरक्षा तथा मानक प्राधिकरण (एफएसएसएआई) ले बिस्लेरीको पानीको नमूना असुरक्षित पाएको हो। यो पछिल्लो समय बिस्लेरीको उत्पादनमा समस्या भेटिएको...
Whatsapp
यो पनि पढौँ
जापानको सहयोगमा बनेको विराटनगर खानेपानी आयोजना हस्तान्तरण
समाज
Clock ५८ मिनेट अघि | १ मिनेट पाठ
जापानको सहयोगमा बनेको विराटनगर खानेपानी आयोजना हस्तान्तरण
जापान सरकारको अनुदान सहयोगमा निर्माण गरिएको विराटनगर खानेपानी सुधार आयोजना नेपाल खानेपानी संस्थानलाई हस्तान्तरण गरिएको छ।
Whatsapp
वर्तमान सरकारले सत्ताको त्रास र आड देखाएर न्यायालय क्षेत्रमा अनावश्यक हस्तक्षेप गरेको बार अध्यक्षको आरोप
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
वर्तमान सरकारले सत्ताको त्रास र आड देखाएर न्यायालय क्षेत्रमा अनावश्यक हस्तक्षेप गरेको बार अध्यक्षको आरोप
नेपाल बार एसोसिएसनका केन्द्रीय अध्यक्ष प्रा. डा. विजयप्रसाद मिश्रले सरकारले संसद्को अस्तित्व स्वीकार गर्न नसकेको र विधि मिचेर अध्यादेशमार्फत सत्ता सञ्...
Whatsapp
‘स्थानीय तहबीच अनुभव आदानप्रदान र सहकार्य आवश्यक छ’
राजनीति
Clock १ घण्टा अघि | ० मिनेट पाठ
‘स्थानीय तहबीच अनुभव आदानप्रदान र सहकार्य आवश्यक छ’
लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले स्थानीय तहले गरेका सफल काम र अपनाएका असल अभ्यास एकअर्काले अनुसरण गर्न सके नागरिकलाई प्रदान गरिने सेव...
Whatsapp
तामझाम होइन, गुरुङ संस्कृतिअनुसार गोरखामा विवाह गर्दै छु : गृहमन्त्री सुधन गुरुङ
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
तामझाम होइन, गुरुङ संस्कृतिअनुसार गोरखामा विवाह गर्दै छु : गृहमन्त्री सुधन गुरुङ
गृहमन्त्री सुधन गुरुङले आफ्नो विवाह परम्परागत गुरुङ संस्कृतिअनुसार गोरखामा गर्ने घोषणा गरेका छन्।
Whatsapp
युवा नेता सन्तोष परियारले किन भेटे पूर्वप्रधानमन्त्री खनाललाई ?
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
युवा नेता सन्तोष परियारले किन भेटे पूर्वप्रधानमन्त्री खनाललाई ?
दुवै नेताबीच समसामयिक राजनीतिक अवस्था, विद्यमान संकट र भावी राजनीतिक दिशाबारे गम्भीर वैचारिक छलफल भएको थियो।
Whatsapp
जलविद्युत् आयोजनामा स्थानीयको हक सुनिश्चित गरिने
अर्थ
Clock २ घण्टा अघि | १ मिनेट पाठ
जलविद्युत् आयोजनामा स्थानीयको हक सुनिश्चित गरिने
ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले जलविद्युत् आयोजनामा स्थानीयको हक सुनिश्चितताका निम्ति आफ्नो मन्त्रालयले हरसम्भव प्रयत्न गर्ने बता...
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस