कोरोना भाइरस संक्रमणबीच सरकारले बिहीबारदेखि होटल तथा रेस्टुरेन्ट व्यवसाय खोल्न अनुमति दिएको छ। तर, पदयात्रा क्षेत्रको महत्वपूर्ण गन्तव्य मानिने अन्नपुर्ण क्षेत्र अन्तर्गतको घान्द्रुक क्षेत्रका व्यवसायी अहिले पनि होटल खोल्न राजी छैनन्। यसअघि साउन १५ मा सरकारले यस्तै अनुमति दिँदा पनि त्यो क्षेत्रका व्यवसायीले होटल खोल्न मानेका थिएनन्।
सहरमा संक्रमण तीव्रगतिमा बढिरहेको र होटल खोलेर पाहुना आउजाउ गराउने हो भने गाउँसम्म संक्रमण भित्रिने सम्भावना रहने भन्दै व्यवसाय संचालन गर्न राजी नभएको व्यवसायी बताउँछन्। गाउँमा संक्रमण फैलियो भने क्षति हुने त्रास भएकोले अहिले होटल खोल्न तयार नभएको उनीहरुको भनाई छ। घान्द्रुक पर्यटन विकास समितिका अध्यक्ष किसम गुरुङका अनुसार व्यवसायीको हालै बसेको बैठकले अझै एकमहिना होटल नखोल्ने निर्णय गरेको छ।
‘अहिलेसम्म हामी ढुक्कले सुरक्षितसाथ बसेका छौं। तर, होटल खोलेर पाहुना आउजाउ गर्न दिने हो भने गाउँसम्म संक्रमण भित्रिन्छ। त्यसको पहिलो मारमा गाउँका वृद्धवृद्धा पर्नेछन्,’ उनले भने, ‘उनै वृद्धवृद्धाको डरले पनि हामी अहिले व्यवसाय संचालन गर्न तयार छैनौं।’ कोरोना भाइरस संक्रमणको पहिलो निशाना दीर्घरोगी र वृद्धवृद्धा पर्ने भएकोले पनि उनीहरुलाई जोगाउनका लागि व्यवसाय खोल्ने आँट नगरेको उनले बताए। ‘गाउँमा भनेको बेला उपचार पनि पाइन्न। घरघरमा वृद्ध अवस्थाका बुबाआमा हुनुहुन्छ। हामीहरुले उहाँहरु (वृद्धवृद्धा)को सुझाव पनि स्वीकार्नुपर्छ। बरु एक महिना होटल नखोल्दा केही हुँदैन भनेर हामी सहमत भयौं,’ उनले भने, ‘वृद्ध बुबाआमाको सुझाव पनि एकमहिना व्यवसाय नखोल्न थियो। अहिले पाहुना आउने अवस्था नरहेकोले पनि होटल खोल्न हतार गर्न जरुरी नरहेको उनले बताए।
सरकारले साउन १५ देखि होटल खुलाउन अनुमति दिँदा त्यस क्षेत्रका व्यवसायीले भदै १ देखि मात्र खोल्ने योजना बनाएका थिए। तर, संक्रमण बढिरहेकोले सरकारले पछि होटल नै बन्द गर्न लगाएको थियो। त्यसपछि व्यवसायीले असोज १ देखि खोल्ने योजना पनि बनाएका थिए। तरपनि संक्रमण घट्ने छाँटकाँट नदेखेपछि कात्तिक पहिलो सातासम्म होटल नखोल्ने निर्णय भएको उनले बताए। ‘५०–६० होटलका संचालकको बैठकले असोज भर होटल नखोल्ने निर्णय गरेको छ। असोजको अन्तिममा अवस्था हेरेर कात्तिकदेखि खुलाउन सकिन्छ,’ अध्यक्ष गुरुङले भने, ‘त्यो पनि संक्रमणको अवस्थामा भर पर्नेछ। संक्रमण बढ्यो भने कात्तिकको योजना पनि पछाडिका लागि धकेलिनेछ।’
पछिल्लो समय पोखरामा संक्रमण निकै नै बढेको छ। दैनिक ठूलो संख्यामा पोखरामा संक्रमित फेला परिरहेका छन्। पदमार्ग क्षेत्रका होटल खोल्ने हो भने पोखराबाट आन्तरिक पाहुना घान्द्रुक क्षेत्रमा पदयात्रामा पुग्ने हुँदा संक्रमण भित्रिने जोखिम रहेको उनले बताए।
पछिल्लो समय यातायात सहज भएपछि मोटरसाइकल चढेर युवाहरु घान्द्रुकसम्म पुग्न थाल्दा पनि त्यहाँका बासिन्दा बढी त्रसित बनेको उनले बताए। ‘हुल का हुल युवाहरु मोटरसाइकल चढेर गाउँ आउने गरेका छन्। जो कोहीलाई भित्र्याउने हो भने त गाउँमा जोखिम हुन्छ,’ उनले भने। अन्नपुर्ण आधारशिविर (एबिसी) पदमार्गको मुख्य प्रदेशबिन्दु नै घान्द्रुक हो। घान्द्रुकमा मात्र करिब ५० वटा होटल रहेका छन्। घान्द्रुक हुँदै पर्यटकहरु अन्नपुर्ण क्षेत्रको टाढापानी, घोरेपानी, छोमरोङ हुँदै अन्नपुर्ण आधारशिविर जाने हुँदा त्यस क्षेत्रका व्यावसायीले समग्र क्षेत्रलाई सेन्चुरी पर्यटन विकास समितिको नाममा बजारीकरण गरिरहेका छन्।
अन्नपुर्णको सेन्चुरी क्षेत्र आन्तरिक पर्यटकका लागि निकै नै चर्चित गन्तव्य हो। यो क्षेत्रमा मात्र साना ठूला गरि करिब ३ सय होटल रहेका छन्। घान्द्रुकमा होटल नखोलेपछि पदमार्गमा पर्ने अन्य क्षेत्रका होटल खोल्ने सम्भावना पनि नरहेको उनले बताए। सेन्चुरी क्षेत्रमा मात्र वर्षमा करिब ७० हजार विदेशी पर्यटक पुग्ने गरेका छन्।
पोखराबाट नजिकको दूरी र हिमाली श्रृंखलासहित वनजंगलको दृष्यावलोकन तथा अन्नपुर्ण आधारशिविरसम्म साहसिक पदयात्रा गर्न सकिने भएकोले विदेशी पर्यटक यो रुटको पदयात्रामा जान रुचाउँछन्।