होटलमा आइसोलेसन सेन्टरः पोखराका ठूला होटल अनिच्छुक
२७ भदौ २०७७
•
५ मिनेट पाठ
होटलमा आइसोलेसन सेन्टरः पोखराका ठूला होटल अनिच्छुक
पोखरा र पर्यटकीय क्षेत्र लेकसाइड । यहाँका होटलले कोरोना संक्रमित बिरामी राख्नेगरि आइसोलेसन सेन्टर बनाउन चाहेका छैनन् । तस्बिरः उमेश पुन/नागरिक
कोरोना भाइरस संक्रमण बढ्दै गएपछि पोखरा महानगरपालिकाले तीन दिन अघि सार्वजनिक सूचना जारी गर्दै कोरोना संक्रमितलाई राख्नका लागि आइसोलेसन सेन्टर बनाउनुपर्ने भन्दै होटल, पार्टीप्यालेस, अस्पताल भवनसँग प्रस्ताव माग्यो। कम्तिमा एकसय बेड क्षमताको आइसोलेसन बनाउनका लागि प्रस्ताव आव्हान गरेपनि पोखराका ठूला आकारका होटल त्यसमा इच्छुक देखिएनन्।  




तीन दिन अवधि राखेर प्रस्ताव आव्हान गरेपनि पोखराका दुईवटा होटलले मात्र आफ्नो भवनलाई आइसोलेसन सेन्टर बनाउन सक्ने भन्दै प्रस्ताव दर्ता गराए। पर्याप्त प्रस्ताव नआएपछि महानगरले शुक्रबार दोश्रोपटक सार्वजनिक सूचना जारी गरेर आइसोलेसन सेन्टर बनाउन इच्छुक होटललाई प्रस्ताव पेश गर्न पुनः अनुरोध गरेको छ। दोश्रोपटक पनि तीन दिन अवधि तोकेर सूचना प्रकाशित गरिएको छ।  

पोखरामा झन्डै आठ सयको संख्यामा होटल छन्। एक सय बेड भएका होटल पर्याप्त छन्। एउटै कोठामा ३–४ बेड राखेपछि २५–३० कोठे होटलले पनि महानगरको मापदण्ड अनुसार एकसय बेड पु¥याउन सक्छन्। तरपनि पोखराका ती होटलले आफ्ना भवनलाई आइसोलेसन सेन्टर बनाउन रुची देखाएनन्। किन त? पश्चिमाञ्चल होटल संघका अध्यक्ष विकल तुलाचन भन्छन्, ‘कोरोना संक्रमित पाहुनालाई राख्नेगरि आइसोलेसन सेन्टर बनाउन होटल तयार भएनन्। संक्रमित ती पाहुना राख्दा अनेक झन्झट बेहोर्नुपर्ने उनीहरुले बुझिसकेका छन्।’  

अध्यक्ष तुलाचनका अनुसार यसअघि क्वारेन्टिन बनाएका केही होटलले झन्झट बेहोरेका थिए। त्यसबाहेक महानगरले भनेजस्ता सबै मापदण्ड पूरा गर्न उत्ति सहज होटललाई छैन। किनकी होटलमा संक्रमित राख्दा आसपासका छिमेकीको पनि विरोध आउने उत्तिकै सम्भावना छ। त्यसबाहेक पाहुना राख्दा होटलका कर्मचारीलाई पनि संक्रमणको त्रास हुने भएकोले होटलहरु आइसोलेसन बनाउन इच्छुक नभएका हुन्। ‘होटललाई आइसोलेसन सेन्टर बनाउँदा झन्झटै झन्झट छ। संक्रमित पाहुना राख्दा झनै जोखिम पनि हुनसक्छ,’ उनले भने, ‘सबैभन्दा त्रास त छिमेकीको खप्कीको हुनसक्छ।’

महानगरले सूचना जारी गदै एकसय बेड क्षमता हुनुपर्ने, प्रयाप्त मात्रामा शौचालय र स्नानगृह हुनुपर्ने, स्वास्थ्यकर्मी, कर्मचारी र सुरक्षाकर्मीका लागि भिन्दै भवन वा कक्ष हुनुपर्ने, प्रयाप्त खुलाठाउँ र कम्पाउण्ड हुनुपर्ने, छरछिमेकबाट बाधाविरोध नहुने सुनिश्चित हुनुपर्ने मापदण्ड तोकेको छ। त्यस्तै सम्झौताको चरणमा प्रस्ताव अस्वीकार गरेमा त्यस्तो संस्थासँग महानगरपालिकाले दुई आर्थिक वर्षसम्म कुनै कारोबार नगर्नेगरि कालो सूचीमा राख्नेगरि महानगरपालिकाले सर्त तोकेको छ।  

यसअघि संक्रमण नदेखिएका व्यक्तिलाई क्वारेन्टिनमा राख्न समेत पोखराका ठूला आकारका होटलले रुची देखाएका थिएनन्। तर, अहिले लक्षण नदेखिएका संक्रमितलाई राख्दा अप्ठेरो हुनसक्ने उनीहरुको आँकलन छ। ‘सस्तो दरमा बिरामी राख्नुपर्ने, त्यसबाहेक कर्मचारी पनि जोखिममा पर्ने भएकोले ठूला होटल इच्छुक नभएका हुन्,’ लेकसाइडका एक होटल व्यवसायीले भने, ‘कर्मचारीलाई केही भईहाल्यो भने त्यसले झनै बढी नोक्सान पु¥याउँछ। व्यवासायीले ६ महिना घाटा बेहोरे, अरु ६ महिना घाटा खान तयार छन्। तर, होटललाई आइसोलेसन बनाउन चाहेनन्।’ आम्दानी भन्दा खर्च बढी हुने र संक्रमणको त्रास भएकोले पनि व्यवसायी तयार नभएको ती व्यवसायीले बताए।

महानगरले बनाएको कोरोना संक्रमण मुल समितिका सदस्य सचिव किरण कोइरालाका अनुसार होटललाई आइसोलेसन बनाएर संक्रमित व्यक्ति राख्ने योजना महानगरले बनाएको हो। संक्रमित पुष्टि भएपनि लक्षण नभएका व्यक्तिलाई मात्र होटलको आइसोलेसनमा राख्ने योजना रहेको कोइरालाले बताए। होटलमा बसेका व्यक्तिले तिर्नुपर्ने प्रतिरात शुल्कबारे सम्झौता चरणमै यकिने हुने पनि उनले बताए ।  

सबै संक्रमितलाई घरमा बस्न असुविधा हुँदा उनीहरुलाई होटलमा राख्न खोजिएको उनले बताए। उनले भने, ‘संक्रमित सबैको पोखरामा घर नहुन सक्छ। घर भएपनि सुरक्षित बसाई नहुनसक्छ।’ महानगरले होटलमा सकेसम्म विदेशबाट फर्केका व्यक्तिलाई राख्न खोजेको उनले बताए। ‘होटलको आइसोलेसनमा पहिलो प्राथमिकता विदेशबाट फर्केका व्यक्ति पर्नेछन्। त्यसपछि रकम तिर्न सक्ने जो कोही संक्रमित पनि पर्न सक्छन,’ कोइरालाले भने, ‘पैसा तिर्नै नसक्ने व्यक्तिका लागि त महानगरले भएपनि तिरिदिन्छ।’

महानगरका मेयर मानबहादुर जिसीले सामाजिक त्रासका कारण सबै होटलले आइसोलेसन सेन्टर बनाउन इच्छा नजनाएको हुनसक्ने बताए। ‘चिकित्सकलाई दुव्र्यवहार भएको छ। त्यसबाहेक संक्रमण सर्ने त्रास समुदायमा भएकोले पनि होटलले चाहना नदेखाएका हुनसक्छन,’ जिसीले भने, ‘तर हामीले होटल संघमार्फत पहल गरिरहेका छौ। संक्रमण नभएका व्यक्तिलाई क्वारेन्टिनमा राख्दा त समस्या आएको हो। आइसोलेसनमा त झनै संक्रमित नै बस्ने हुन।’ पहिलो चरणमा दुईवटा होटलले आइसोलेसन बनाउन रुची देखाएको र त्यसले अपुग हुने ठानेर अरु होटलका लागि आव्हान गरिएको मेयर जिसीले बताए।

‘थाम्नै सकस हुनेगरि महामारी भएमा त महानगरले होटल नै भाडामा लिएर भएपनि आइसोलेसन सेन्टर चलाउँछ । तर, अहिले त्यो अवस्था छैन,’ उनले भने, ‘सकेसम्म व्यवसायी नै तयार हुन् भनेर हो।’ उनका अनुसार महानगरले होटलको आइसोलेसनमा सकेसम्म विदेशबाट फर्कने र पैसा तिर्न सक्ने क्षमता भएका व्यक्तिलाई राख्नेछ। ‘लक्षणबिनाका संक्रमितलाई होटलमा राख्ने योजना हो। तर संक्रमितको संख्या बढेमा अरुलाई पनि होटलमा राख्न सकिन्छ,’ उनले भने, ‘पैसा तिर्नै नसक्ने संक्रमितलाई त महानगरले खर्च दिलाएर भएपनि होटलमा राख्छ।’ होटलमा बसेका कोही संक्रमितको स्वास्थ्यमा जटिलता आए तत्काल अस्पतालमा लैजाने व्यवस्था पनि हुने उनले बताए।

उनका अनुसार महानगरपालिकाले यहाँस्थित मालेपाटनको कृषिकेन्द्रमा ४५ बेडको आइसोलेसन बनाएको मेयर जिसीले बताए। त्यस्तै एकसाताभित्र पोखरा–३३ को महिला सुरक्षित घरमा पनि ५० बेडको आइसोलेसन बनाउने योजना छ। त्यसबाहेक पोखरा सिर्जचोकस्थित जाल्पारोडको युनिटी अस्पताल, नदीपुरको बुद्ध अस्पताललाई पनि आइसोलेसन सेन्टर बनाउने तयारी भएको छ। बुद्ध अस्पतालमा महिला संक्रमितका लागि मात्र आइसोलेसन सेन्टर बनाउने योजना रहेको मेयर जिसीले जानकारी दिए।
अर्को समाचार
जलविद्युत् आयोजनामा स्थानीयको हक सुनिश्चित गरिने
४१ मिनेट अघि
•
१ मिनेट पाठ
जलविद्युत् आयोजनामा स्थानीयको हक सुनिश्चित गरिने
गण्डकी। ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले जलविद्युत् आयोजनामा स्थानीयको हक सुनिश्चितताका निम्ति आफ्नो मन्त्रालयले हरसम्भव प्रयत्न गर्ने बताएका छन्।




राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा), पर्वत जिल्ला शाखाले आज कुश्मामा आयोजना गरेको कार्यकर्ता भेटघाटमा उनले उक्त कुरा बताएका हुन्।

सिँचाइ, कृषि उद्यम, स्थानीय जलविद्युत् आयोजनामा स्थानीयको हक तथा विपद् व्यवस्थापनलगायतका विषय सम्बोधन गर्न ऊर्जा मन्त्रालयले निरन्तर प्रयत्न गर्ने उनले बताएको रास्वपा जिल्ला अध्यक्ष जालबहादुर पुनले जानकारी दिए। 

राजनीतिक दल र नागरिकको सक्रिय सहभागिताबिना कुनै पनि सरकार सफल नहुने भएकाले देश र जनतालाई केन्द्रमा राखेर काम गर्न मन्त्री श्रेष्ठले पार्टीका कार्यकर्तालाई अनुरोध गरे।
तामझाम होइन, गुरुङ संस्कृतिअनुसार गोरखामा विवाह गर्दै छु : गृहमन्त्री सुधन गुरुङ
राजनीति
Clock १ मिनेट अघि | १ मिनेट पाठ
तामझाम होइन, गुरुङ संस्कृतिअनुसार गोरखामा विवाह गर्दै छु : गृहमन्त्री सुधन गुरुङ
गृहमन्त्री सुधन गुरुङले आफ्नो विवाह परम्परागत गुरुङ संस्कृतिअनुसार गोरखामा गर्ने घोषणा गरेका छन्।
Whatsapp
युवा नेता सन्तोष परियारले किन भेटे पूर्वप्रधानमन्त्री खनाललाई ?
राजनीति
Clock २३ मिनेट अघि | १ मिनेट पाठ
युवा नेता सन्तोष परियारले किन भेटे पूर्वप्रधानमन्त्री खनाललाई ?
दुवै नेताबीच समसामयिक राजनीतिक अवस्था, विद्यमान संकट र भावी राजनीतिक दिशाबारे गम्भीर वैचारिक छलफल भएको थियो।
Whatsapp
जलविद्युत् आयोजनामा स्थानीयको हक सुनिश्चित गरिने
अर्थ
Clock ४१ मिनेट अघि | १ मिनेट पाठ
जलविद्युत् आयोजनामा स्थानीयको हक सुनिश्चित गरिने
ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले जलविद्युत् आयोजनामा स्थानीयको हक सुनिश्चितताका निम्ति आफ्नो मन्त्रालयले हरसम्भव प्रयत्न गर्ने बता...
Whatsapp
न्युजिल्यान्डविरुद्धको दोस्रो टेस्टमा भारतको कमजोर सुरुवात
खेल
Clock ४३ मिनेट अघि | १ मिनेट पाठ
न्युजिल्यान्डविरुद्धको दोस्रो टेस्टमा भारतको कमजोर सुरुवात
न्युजिल्यान्डविरुद्धको दोस्रो टेस्टको पहिलो इनिङ्समा भारतले कमजोर प्रदर्शन गरेको छ।
Whatsapp
ताप्लेजुङ प्रहरीद्वारा फरार पाँच प्रतिवादी पक्राउ
अपराध
Clock ५७ मिनेट अघि | १ मिनेट पाठ
ताप्लेजुङ प्रहरीद्वारा फरार पाँच प्रतिवादी पक्राउ
विभिन्न मुद्दामा दोषी ठहर भई फरार रहेका ५ जनालाई ताप्लेजुङ प्रहरीले पक्राउ गरेको छ।
Whatsapp
गृहमन्त्री गुरुङद्वारा बिपी प्रतिष्ठानमा स्वास्थ्य सेवा र सुरक्षा व्यवस्थाको अनुगमन
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
गृहमन्त्री गुरुङद्वारा बिपी प्रतिष्ठानमा स्वास्थ्य सेवा र सुरक्षा व्यवस्थाको अनुगमन
गृहमन्त्री सुधन गुरुङले धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको अनुगमन गरेका छन्।
Whatsapp
यो पनि पढौँ
‘प्रश्नको घेरामा नेपालको लोकतन्त्र’ सार्वजनिक
कला/साहित्य
Clock १ घण्टा अघि | १ मिनेट पाठ
‘प्रश्नको घेरामा नेपालको लोकतन्त्र’ सार्वजनिक
कोञ्ज्योसोम प्रज्ञाप्रतिष्ठानका अध्यक्ष गोपाल सञ्जेलले लोकतन्त्रलाई दल, नेता र सरकारसँग मात्रै जोडेर बुझ्न नहुने धारणा राखे।
Whatsapp
केन्याली धावक मुरिउकीले जिते नेपालगन्ज म्याराथन उपाधि
खेल
Clock १ घण्टा अघि | १ मिनेट पाठ
केन्याली धावक मुरिउकीले जिते नेपालगन्ज म्याराथन उपाधि
धारा नेपालगन्ज म्याराथनको १२ औं संस्करणको उपाधि केन्याली धावक जुलियस मुरिउकी वाहोमेले हात पारेका छन्।
Whatsapp
‘पेन्डिङ’ फाइल शून्यमा झार्दै झापा प्रशासन
समाज
Clock १ घण्टा अघि | १ मिनेट पाठ
‘पेन्डिङ’ फाइल शून्यमा झार्दै झापा प्रशासन
झापा प्रशासनले सेवाग्राहीलाई राष्ट्रिय परिचयपत्र र राहदानीको फोटा तथा जैविक विवरण (बायोमेट्रिक) काम एकै दिनमा उपलब्ध गराउन सुरु गरेको छ।
Whatsapp
महिला पहिला : मौनताको पर्खाल भत्काउने १६ दिन
समाज
Clock १ घण्टा अघि | १ मिनेट पाठ
महिला पहिला : मौनताको पर्खाल भत्काउने १६ दिन
घरभित्रको पीडा र विभेदको अन्त्यमा हाम्रो समाजमा घरलाई प्रायः शान्ति, माया र सुरक्षाको सबैभन्दा बलियो थलो मानिन्छ।
Whatsapp
महिला क्रिकेटतर्फ लिग चरणका खेल सम्पन्न
खेल
Clock १ घण्टा अघि | १ मिनेट पाठ
महिला क्रिकेटतर्फ लिग चरणका खेल सम्पन्न
दशौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत महिला क्रिकेटतर्फ सेमिफाइनल समिकरण पूरा भएको छ।
Whatsapp
पुरुष क्रिकेटमा एनआरएनएलाई हराउँदै गण्डकी विजयी
खेल
Clock १ घण्टा अघि | १ मिनेट पाठ
पुरुष क्रिकेटमा एनआरएनएलाई हराउँदै गण्डकी विजयी
 दशौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत पुरुष क्रिकेट प्रतियोगिताको लिग चरणको खेलमा गण्डकी प्रदेशले आफ्नो दोस्रो खेलमा पहिलो जीत हात पारेको छ...
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस