गाडीका टायरलाई प्लाष्टिकको खोल
१७ भदौ २०७७
•
३ मिनेट पाठ
गाडीका टायरलाई प्लाष्टिकको खोल
पोखरा–कटारी चल्ने लालिमा डिलक्स बसका टायर जोगाउन लगाइएको प्लाष्टिकको खोल । तस्बिरः नागरिक
पोखराका कान्ति श्रेष्ठका १२ वटा ठूला आकारका बस छन् । ‘लालिमा डिलक्स’ नाममा उनले ती बस पोखराबाट कटारी र कटारी–काठमाडौं लगायतका रुटमा चलाउँदै आएका थिए । कोरोना भाईरस संक्रमणका कारण उनका सबै गाडी चैत ११ पछि थन्किएका छन् ।  




लकडाउनले चल्न नपाउँदा उनका गाडी कटारी, पोखरा र काठमाडौंमा रोकिएका छन् । केही गाडी साथीभाईको ग्यारेजभित्र राख्न पाएपनि सबै गन्तव्यमा उनले सुरक्षित ठाउँ पाएनन्, अनि खुला मैदान र सडकमै गाडीलाई ठड्याएका छन् । महिनौसम्म सडकमा गाडी रोकिँदा ती सवारीका टायर कुहिन थाले, अनि उनले जुक्ति निकाले, टायर जोगाउने उपायबारे ।

रोकिएका गाडीको टायर जोगाउनकै लागि उनले ठुला आकारका प्लाष्टिक किने, ती प्लाष्टिकलाई टायरकै आकारमा काटे, अनि गाडीका टायरलाई ¥यापिङ गरेर घामपानी पर्नबाट जोगाएका छन् ।

सुरुमा केहीदिनका लागि मात्र लकडाउन हुने ठानेर चालक र सहचालकले अन्तिम गन्तव्यमा गाडी ठड्याएर घर गए । तर, महिनौसम्मको लकडाउनले त गाडी जहीँको तही रोकिए, घर पुगेका चालक र सहचालक व्यवस्थापनका लागि गाडीसम्म आउने अवस्था रहेन । खुलमखुला घामपानीमा ती गाडी सेकिदै र डुब्दै गए । उनका अनुसार एकजोडी नयाँ टायरको बजार मूल्य ७२ हजार रुपैयाँ पर्छ । लामो दूरीमा चल्ने भएकोले सबैजसो गाडीमा नयाँ टायर छन् । ‘ती गाडीका टायर फेरेपछि धेरै दिन गुड्न पनि पाएका थिएनन् । गुड्नै नपाई कुहिने डर भएकोले प्लाष्टिकले बेरेको हुँ,’ उनले भने ।  

श्रेष्ठका अनुसार जहीतही सडक र खुला मैदानमा सवारी रोकिँदा ती सवारीभित्र रहेका महत्वपूर्ण सामान चोरी भएका छन् । बसमा रहेका टिभी, म्यूजिक सिस्टम, ब्याट्रि लगायतका सामान चोरीएका छन् । उनका अनुसार गाडीभित्र मुसा पसेर सिटदेखि तारसम्म ठाउँठाउँमा काटेका छन् । संक्रमण नरोकिँदा र लामो दूरीको बस संचालन गर्न नपाउँदा आर्थिक रुपमा झनै डामाडोल हुँदै गएको उनले बताए । अब यी गाडी सडकमा निकाल्दा कम्तिमा प्रत्येक गाडीका लागि कम्तिमा डेढलाख रुपैयाँ खर्च हुने श्रेष्ठले बताए ।

अर्का बस व्यवसायी सनतकुमार श्रेष्ठले पोखराबाट विभिन्न पर्यटकीय रुटमा गाडी चलाउँदै आएका थिए । सञ्जोग ट्राभल्सका ब्राण्डमा उनीसँग ३४ वटा ठूला आकार गाडी छन् । उनका गाडी पनि पोखरा, वीरगञ्ज, चितवन, लुम्बिनी, काठमाडौंमा थन्किएका छन् । सञ्जोगका सञ्चालक श्रेष्ठका गाडीका अहिलेसम्म चारवटा ब्याट्रि, तीनवटा टिभी चोरी भईसकेका छन् । गाडीका शिशा समेत फुटाइएको उनले बताए । ‘एकैठाउँमा गाडी अड्याउन सकेको भए पो सुरक्षित हुन्थे, ठाउँठाउँमा रहेका छन । घामपानीमा सेकिएका छन,’ उनले भने,‘कहिले चलाउने भन्ने निश्चित छैन । दोहोरो घाटामा पर्ने अवस्था आएको छ । महिनौसम्म चल्न नपाएका गाडीका सरसामान नै चोरी हुँदा थप नोक्सान भएको छ ।’ जहाँतही रोकिएका गाडी भएकोले पनि सामान चोर्न सहज भएको उनले बताए ।  

पृथ्वी राजमार्ग बस संचालक कम्पनिका अध्यक्ष योगेन्द्रबहादुर केसीका अनुसार खुलमखुला रुपमा सडक किनार र खुलाचौरमा सवारी पार्किङ गर्दा अहिलेसम्म ५५ वटा टिभी, तीनसयवटा ब्याट्रि र अझै बढी संख्यामा म्यूजिक सिस्टम चोरी भईसकेका छन् । ‘एउटै टिभी र ब्याट्रिको २५ हजार रुपैयाँ हाराहारी पर्छ ।  

सरकारी कार्यालय, बैंक तथा वित्तीय संस्था, निजी उद्योग, कलकारखाना, सेयर बजार र अरु बजार खुलिसक्दा पनि यातायात व्यवसायीलाई मात्र प्रतिबन्ध लगाएर सरकारले असहजता निम्त्याएको उनले बताए । सरकारले लामो दूरीको यातायात खुलाउँदा बढी आलोचना खेप्नुपर्ने र जनता सडकमा आउने भन्ने त्रासले यो सबै अवरोध गरेको उनले बताए ।  

भदौ १ देखि लामो दूरीको सवारी चलाउन दिने भनेपछि व्यवसायीले लाखौं रुपैयाँ खर्च गरेर सवारी मर्मतसम्भार गरेपनि चल्न नदिएर भदौ १६ मा सारेकोमा त्यो दिन पनि चलाउन नदिएर भदौ मसान्तसम्म धकेल्दा व्यवसायीलाई बिचल्ली बनाएको अध्यक्ष केसीले बताए । ‘अब भदौ मसान्तमा पनि चल्न दिएन भने हामीले त्यसपछि सडकमा सवारी निकाल्छौ र तेर्साउँछौ,’ उनले भने, ‘त्यसपछिको अवस्था सरकारले जिम्मा लिनुपर्नेछ । आन्दोलन बाहेक विकल्प भएन ।’

उनका अनुसार अहिले सार्वजनिक सवारीको रुपमा चलेका साधन व्यवसायीले आफु अनुकुलको ठाउँमा अड्याएका छन् । खुलाचौर, सडक किनारमा प्रयाप्त गाडी थन्किएका छन् । ती गाडीका पाटपुर्जा झारपातमा डुबिसकेका छन् भने सामान चोरी भईरहेका छन् । उनका अनुसार कम्पनिमा सबैगरि १३९७ वटा गाडी छन् । ६३ जिल्लामा पृथ्वीका यी गाडी गुड्छन । हरेक दिन पृथ्वीका ५ सय गाडी कुनै न कुनै रुटमा गुड्ने गर्दथे ।
अर्को समाचार
जलविद्युत् आयोजनामा स्थानीयको हक सुनिश्चित गरिने
४१ मिनेट अघि
•
१ मिनेट पाठ
जलविद्युत् आयोजनामा स्थानीयको हक सुनिश्चित गरिने
गण्डकी। ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले जलविद्युत् आयोजनामा स्थानीयको हक सुनिश्चितताका निम्ति आफ्नो मन्त्रालयले हरसम्भव प्रयत्न गर्ने बताएका छन्।




राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा), पर्वत जिल्ला शाखाले आज कुश्मामा आयोजना गरेको कार्यकर्ता भेटघाटमा उनले उक्त कुरा बताएका हुन्।

सिँचाइ, कृषि उद्यम, स्थानीय जलविद्युत् आयोजनामा स्थानीयको हक तथा विपद् व्यवस्थापनलगायतका विषय सम्बोधन गर्न ऊर्जा मन्त्रालयले निरन्तर प्रयत्न गर्ने उनले बताएको रास्वपा जिल्ला अध्यक्ष जालबहादुर पुनले जानकारी दिए। 

राजनीतिक दल र नागरिकको सक्रिय सहभागिताबिना कुनै पनि सरकार सफल नहुने भएकाले देश र जनतालाई केन्द्रमा राखेर काम गर्न मन्त्री श्रेष्ठले पार्टीका कार्यकर्तालाई अनुरोध गरे।
तामझाम होइन, गुरुङ संस्कृतिअनुसार गोरखामा विवाह गर्दै छु : गृहमन्त्री सुधन गुरुङ
राजनीति
Clock १ मिनेट अघि | १ मिनेट पाठ
तामझाम होइन, गुरुङ संस्कृतिअनुसार गोरखामा विवाह गर्दै छु : गृहमन्त्री सुधन गुरुङ
गृहमन्त्री सुधन गुरुङले आफ्नो विवाह परम्परागत गुरुङ संस्कृतिअनुसार गोरखामा गर्ने घोषणा गरेका छन्।
Whatsapp
युवा नेता सन्तोष परियारले किन भेटे पूर्वप्रधानमन्त्री खनाललाई ?
राजनीति
Clock २३ मिनेट अघि | १ मिनेट पाठ
युवा नेता सन्तोष परियारले किन भेटे पूर्वप्रधानमन्त्री खनाललाई ?
दुवै नेताबीच समसामयिक राजनीतिक अवस्था, विद्यमान संकट र भावी राजनीतिक दिशाबारे गम्भीर वैचारिक छलफल भएको थियो।
Whatsapp
जलविद्युत् आयोजनामा स्थानीयको हक सुनिश्चित गरिने
अर्थ
Clock ४१ मिनेट अघि | १ मिनेट पाठ
जलविद्युत् आयोजनामा स्थानीयको हक सुनिश्चित गरिने
ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले जलविद्युत् आयोजनामा स्थानीयको हक सुनिश्चितताका निम्ति आफ्नो मन्त्रालयले हरसम्भव प्रयत्न गर्ने बता...
Whatsapp
न्युजिल्यान्डविरुद्धको दोस्रो टेस्टमा भारतको कमजोर सुरुवात
खेल
Clock ४२ मिनेट अघि | १ मिनेट पाठ
न्युजिल्यान्डविरुद्धको दोस्रो टेस्टमा भारतको कमजोर सुरुवात
न्युजिल्यान्डविरुद्धको दोस्रो टेस्टको पहिलो इनिङ्समा भारतले कमजोर प्रदर्शन गरेको छ।
Whatsapp
ताप्लेजुङ प्रहरीद्वारा फरार पाँच प्रतिवादी पक्राउ
अपराध
Clock ५६ मिनेट अघि | १ मिनेट पाठ
ताप्लेजुङ प्रहरीद्वारा फरार पाँच प्रतिवादी पक्राउ
विभिन्न मुद्दामा दोषी ठहर भई फरार रहेका ५ जनालाई ताप्लेजुङ प्रहरीले पक्राउ गरेको छ।
Whatsapp
गृहमन्त्री गुरुङद्वारा बिपी प्रतिष्ठानमा स्वास्थ्य सेवा र सुरक्षा व्यवस्थाको अनुगमन
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
गृहमन्त्री गुरुङद्वारा बिपी प्रतिष्ठानमा स्वास्थ्य सेवा र सुरक्षा व्यवस्थाको अनुगमन
गृहमन्त्री सुधन गुरुङले धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको अनुगमन गरेका छन्।
Whatsapp
यो पनि पढौँ
‘प्रश्नको घेरामा नेपालको लोकतन्त्र’ सार्वजनिक
कला/साहित्य
Clock १ घण्टा अघि | १ मिनेट पाठ
‘प्रश्नको घेरामा नेपालको लोकतन्त्र’ सार्वजनिक
कोञ्ज्योसोम प्रज्ञाप्रतिष्ठानका अध्यक्ष गोपाल सञ्जेलले लोकतन्त्रलाई दल, नेता र सरकारसँग मात्रै जोडेर बुझ्न नहुने धारणा राखे।
Whatsapp
केन्याली धावक मुरिउकीले जिते नेपालगन्ज म्याराथन उपाधि
खेल
Clock १ घण्टा अघि | १ मिनेट पाठ
केन्याली धावक मुरिउकीले जिते नेपालगन्ज म्याराथन उपाधि
धारा नेपालगन्ज म्याराथनको १२ औं संस्करणको उपाधि केन्याली धावक जुलियस मुरिउकी वाहोमेले हात पारेका छन्।
Whatsapp
‘पेन्डिङ’ फाइल शून्यमा झार्दै झापा प्रशासन
समाज
Clock १ घण्टा अघि | १ मिनेट पाठ
‘पेन्डिङ’ फाइल शून्यमा झार्दै झापा प्रशासन
झापा प्रशासनले सेवाग्राहीलाई राष्ट्रिय परिचयपत्र र राहदानीको फोटा तथा जैविक विवरण (बायोमेट्रिक) काम एकै दिनमा उपलब्ध गराउन सुरु गरेको छ।
Whatsapp
महिला पहिला : मौनताको पर्खाल भत्काउने १६ दिन
समाज
Clock १ घण्टा अघि | १ मिनेट पाठ
महिला पहिला : मौनताको पर्खाल भत्काउने १६ दिन
घरभित्रको पीडा र विभेदको अन्त्यमा हाम्रो समाजमा घरलाई प्रायः शान्ति, माया र सुरक्षाको सबैभन्दा बलियो थलो मानिन्छ।
Whatsapp
महिला क्रिकेटतर्फ लिग चरणका खेल सम्पन्न
खेल
Clock १ घण्टा अघि | १ मिनेट पाठ
महिला क्रिकेटतर्फ लिग चरणका खेल सम्पन्न
दशौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत महिला क्रिकेटतर्फ सेमिफाइनल समिकरण पूरा भएको छ।
Whatsapp
पुरुष क्रिकेटमा एनआरएनएलाई हराउँदै गण्डकी विजयी
खेल
Clock १ घण्टा अघि | १ मिनेट पाठ
पुरुष क्रिकेटमा एनआरएनएलाई हराउँदै गण्डकी विजयी
 दशौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत पुरुष क्रिकेट प्रतियोगिताको लिग चरणको खेलमा गण्डकी प्रदेशले आफ्नो दोस्रो खेलमा पहिलो जीत हात पारेको छ...
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस