कोरोना भाइरस (कोभिड–१९) संक्रमण रोकथाम र नियन्त्रणका लागि म्याग्दीका स्थानीय तहले करिब ३ करोड ५० लाख भन्दा बढी खर्च गरेका छन्। लकडाउनको अवधिमा कोरोना नियन्त्रण उपचार, क्वारेन्टिन निर्माण तथा व्यवस्थापन, राहत वितरण, स्वयंसेवक खर्च, नागरिक सहायता कक्ष, स्वास्थ्य सुरक्षा सामग्री तथा औषधि खरिद, यातायात, जोखिम भत्ता लगायत विभिन्न शीर्षकमा खर्च गरिएको छ। सरकारले लकडाउनको घोषणा गरेसँगै स्थानीय तहले कोरोना कोषमार्फत खर्च गरेको बिवरण धमाधम सार्वजनिक गर्न थालेका छन्।
गएको आर्थिक वर्षको असार मसान्तसम्म बेनी नगरपालिकाले ८१ लख ३३ हजार एक सय ११ रुपैयाँ खर्च गरेको छ। नगरपालिकाले कुल एक करोड ३७ लाख ३० हजार तीन सय ७३ रुपैयाँमा ८१ लाख ३३ हजार एक सय १२ रुपैयाँ विभिन्न शीर्षकमा खर्च गरेको छ भने ५५ लाख ९७ हजार दुई सय ६१ रुपैयाँ बचत गरेको प्रमुख प्रशासकीय अधिकृत छविलाल सुबेदीले बताए।
नगरपालिकाले कोरोना संक्रमितको उपचारका लागि १० शैया क्षमताको आइसोलेसन कक्ष निर्माणमा १७ लाख ८३ हजार, औषधि उपकरण खरिदमा १५ लाख ६५ हजार नौ सय ६३, क्वारेन्टिनमा खाना खर्च १३ लाख ५८ हजार सात सय ९८, उद्दारको लागि यातायात खर्चमा तीन लाख पाँच हजार तीन सय ४९ रुपैयाँ र स्वयंसेवक परिचालनमा दुई लाख ७१ हजार ६ सय रुपैयाँ खर्च भएको छ। कोरोना रोकथाम तथा नियन्त्रणका लागि नगरपालिकाले एक करोड तथा जनप्रतिनिधि, कर्मचारी र विभिन्न संघसंस्थाबाट गरी ३७ लाख ३० हजार तीन सय ७३ रुपैयाँ कोषमा जम्मा गरिएको थियो।
रघुगंगा गाउँपालिकाले कुल ७४ लाख ६९ हजार १ सय १० खर्चमा सबैभन्दा धेरै ८ वटै वडामा ४० लाखसहित औषधि खरिद, स्वयंसेवक परिचालन लगायतमा ५४ लाख ७९ हजार ७६५ खर्च गरेको प्रमुख प्रशासकीय अधिकृत अमृत सुबेदीले बताए। उनले वडास्तरमा भएको सम्पूर्ण खर्च सार्वजनिक गरिएको बताए। जिल्लामा प्रहरीसँगै स्वयंसेवक परिचालनको नयाँ अभ्यास रघुगंगाबाटै गरिएको थियो। त्यस्तै पश्चिम म्याग्दीको मंगला गाउँपालिकाले कोरोना रोकथाम तथा नियन्त्रणका लागि ५९ लाख ५४ हजार खर्च भएको निमित्त प्रमुख प्रशासकीय अधिकृत राजेन्द्र आचार्यले जानकारी दिए।
कोरोनाका विभिन्न शीर्षकमा खर्चमध्ये विपन्नलाई राहत खरिदमा २४ लाख ९० हजार, गाउँपालिका र बेनीको क्वारेन्टिनमा खाना, खाजा खर्च १० लाख ७४ हजार सुरक्षा तथा नाकामा स्वयंसेवक परिचालन ८ लाख ८५ हजारसहित इन्धन, सवारी साधन भाडा, आइसोलेसन कक्ष निर्माणमा सहयोग लगाएतमा खर्च भएको गाउँपालिकाले जनाएको छ। यता अन्नपूर्ण गाउँपालिकामा ४६ लाख ५८ हजार ६०४ खर्च भएको प्रशासकीय अधिकृत नविन सुबेदीले बताए। उनले राहत सामग्रीमा १८ लाख ६० हजार, स्वास्थ्य सामग्री, वडास्तरमा क्वारेन्टिन निर्माणमा १० लाख ५८ हजार, स्वास्थ्यकर्मी, सुरक्षाकर्मी परिचालन, भत्ता र खाना खर्चमा ४ लाख ९० हजार, बेनीमा क्वारेन्टिनमा बसेकाको खाना, खाजा र आइसोलेसन कक्ष निर्माणमा ४ लाख ३९ हजार रुपैयाँ खर्च भएको छ।
त्यस्तै मालिका गाउँपालिकामा शीर्षक अनुसारको खर्च बिवरण तयार गर्ने काम भइरहेपनि करिब ५८ लाख रुपैयाँ खर्च भएको प्रमुख प्रशासकीय अधिकृत सुर्य विश्वकर्माले बताए। उनले खर्च बिवरण नै सार्वजनिक गरिने बताए। जिल्लाकै विकट धवलागिरी गाउँपालिमा शीर्षक अनुसारको खर्चको बिवरण तयार गरेको छैन।
गएको असार २५ गते पहिरोले गाउँपालिकामा ठूलो मानवीय र भौतिक क्षति भएपछि जनप्रतिनिधिसहित कर्मचारी समेत प्राकृतिक विपद्मा परेकाको उद्धार तथा व्यवस्थापनमा खटिएको र धवलागिरी गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत गोपाल शर्मा जिल्ला बाहिर भएकाले कोरोना खर्चमा ४० देखि ४५ लाख खर्च भएको गाउँपालिकाले जनाएको छ। म्याग्दीमा स्थानीय तहको कोरोना खर्चमा सबैभन्दा धेरै विपन्नलाई खाद्यान्न र क्वारेन्टिन व्यवस्थापनमै खर्चिएका छन्। कोरोना शीर्षकमा अस्वभाविक खर्च भएको भन्दै तीव्र आलोचना भइरहेको अवस्थामा स्थानीय तहले धमाधम खर्च सार्वजनिक गर्न थालेका छन्।
म्याग्दीमा सबैभन्दा पहिले बेनी नगरपालिकाले खर्च सार्वजनिक गरेको थियो। गत भदौ ३ गते जिससको सभाहलमा आयोजित सर्वपक्षीय भेलामा खर्च बिवरण सार्वजनिक गर्न माग गरिएको थियो। स्थानीय तहले प्रमुख जिल्ला अधिकारीको अध्यक्षतामा रहेको जिल्ला कोरोना प्रकोप संकट व्यवस्थापन केन्द्र (डिसिसिएमसी) मार्फत कोरोना व्यवस्थापन तथा रोकथामका लागि मागेको रकम उपलब्ध गराउँदा समेत केही खर्च बढ्न गएको बताएका छन्।
प्रशासनले पनि सार्वजनिक गर्यो हिसाब
जिल्ला प्रशासन कार्यालय म्याग्दीले जिल्लामा कोरोना भाइरस (कोभिड–१९) नियन्त्रणका लागि भएको आम्दानी तथा खर्चको हिसाब सार्वजनिक गरेको छ। कोभिड–१९ सङ्कट व्यवस्थापन केन्द्र (सिसिएमसी) म्याग्दीमार्फत कोरोनाको रोकथाम र नियन्त्रणमा भएको हिसाब सार्वजनिक गरिएको हो।
म्याग्दीका सहायक प्रमुख जिल्ला अधिकारी महेश सुवेदीले कोरोना नियन्त्रणमा गत आर्थिक वर्षमा भएको आम्दानी र खर्चको बिवरणबारे जानकारी गराए। उनका अनुसार कोरोना नियन्त्रण गर्न भन्दै गण्डकी प्रदेशको आन्तरिक मामिला तथा कानुन मन्त्रालयमार्फत जिल्ला प्रशासन कार्यालयलाई दुई चरणमा गरी कुल २० लाख रुपैयाँ बजेट प्राप्त भएको थियो।
उक्त बजेटमध्ये सञ्चारमा एक लाख, इन्धन तथा कार्यालय प्रयोजनमा सात लाख, सवारी साधन मर्मत तीन लाख ५० हजार, कार्यालय सञ्चालन एक लाख, अनुगमन तथा मूल्याङ्कन ६ लाख र विविध खर्च एक लाख ५० हजार रुपैयाँ रहेको सहायक प्रजिअ सुवेदीले जाकारी दिएका छन्। सो बजेट जिल्ला प्रशासन कार्यालय, नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल र राष्ट्रिय अनुसन्धान जिल्ला कार्यालयमा विनियोजन गरी कोरोना नियन्त्रण तथा रोकथामका लागि खर्च गरिएको उनले बताए।
यसैगरी जिल्ला विपद् व्यवस्थापन कोषमा कोरोना संक्रमण नियन्त्रणका लागि नेपाल कम्युनिष्ट पार्टी (नेकपा) म्याग्दीबाट दुई लाख ५७ हजार आठ सय ३३ र सौरभ शर्माबाट १५ हजार रुपैयाँ सहयोग आएको जिल्ला प्रशासन कार्यालयले जनाएको छ। त्यस्तै कोरोनाको संक्रमण नियन्त्रणका लागि अत्यावश्यक सामग्रीहरु मास्क, सेनिटाइजर, पिपिईलगायत नगद समेत जिल्लास्थित विभिन्न संघसंस्था र व्यक्तिहरुले पनि सहयोग गरेका छन्।
कोभिड–१९ नियन्त्रण, रोकथाम र प्रतिकार्यका लागि सुरक्षासँग सम्बन्धित कार्य जिल्ला प्रशासन, क्वारेन्टिन निर्माण स्थानीय तह, आइसोलेसन व्यवस्थापन जिल्ला अस्पताल, किट व्यवस्थापन तथा स्वाब सङ्कलन स्वास्थ्य कार्यालय र समग्रमा समन्वयकारी भूमिका सिसिएमसीले गर्ने व्यवस्था रहेको प्रमुख जिल्ला अधिकारी उमाकान्त अधिकारीले जानकारी दिए।