अन्तर्राष्ट्रिय बजारमा इन्धनको मूल्य बढेपछि नेपाल आयल निगमले पेट्रोलको मूल्य बढाएको छ। पेट्रोलको मूल्य लिटरमा २ दुई रुपैयाँ बढाएको निगमले जनाएको छ।
पेट्रोलको मूल्य लिटरमा एक सय पाँचबाट बढाएर एक सय सात रुपैयाँ कायम गरिएको छ। बढेको मूल्य मंगलबार मध्यरातदेखि लागू हुनेछ। डिजेल, मट्टितेल, हवाई इन्धन र खाना पकाउने ग्यासको मूल्य यथावत रहेको नेपाल आयल निगम प्रवक्ता विनितमणि उपाध्यायले बताए।
नेपाल आयल निगमले पेट्रोलको मूल्य फेरि बढाएको छ। निगमले पेट्रोलियम पदार्थको मूल्य बढाएको दुई साता पनि बित्न नपायँदै आज फेरि मूल्य बढाएको हो।
यसअघि असार १० गते राति १२ बजेदेखि लागू हुनेगरी निगमले पेट्रोलको मूल्य प्रतिलिटर १२७ रुपैयाँ बनाएको थियो। अहिले फेरि निगमले प्रतिलिटर २ रुपैयाँले बढाएर पेट्रोलको मूल्य १२९ रुपैयाँ पुर्याएको छ।
यस्तै, खाना पकाउने ग्यासको मूल्य प्रतिसिलिण्डर २५ रुपैयाँका दरले बढेर १४ सय २५ रुपैयाँ भएको छ। डिजेल र मटितेलको मूल्य पनि अब प्रतिलिटर २ रुपैयाँ बढेर ११२ रुपैयाँ पुगेको छ।