कोरोना भाइरसको संक्रमणका कारण लामो समयदेखिको निषेधाज्ञा अझै पनि कायमै छ। निषेधाज्ञाका कारण सुनसरी मोरङ औद्योगिक करिडोरका ६० प्रतिशत उद्योग बन्द छन्। खुल्ला भएका उद्योगहरूले पनि क्षमताको ४० प्रतिशतभन्दा कम मात्रै उत्पादन गरिरहेको उद्योग संगठन मोरङले जनाएको छ।
उद्योग संगठन मोरङका अध्यक्ष भीम घिमिरेका अनुसार कोरोना महामारी रोक्न लगाइएको निषेधाज्ञाले सुनसरी–मोरङ औद्योगिक करिडोरमा अर्बौंको क्षति भइसकेको छ। यहाँ सञ्चालित करिब ५ सय उद्योगमध्ये धेरैजसोले न्यून मात्रै उत्पादन गरिरहेका छन्। निषेधाज्ञाका कारण उत्पादनमुलक उद्योगहरूको अवस्था विक्षिप्त भइसकेको उद्योग संगठन मोरङका अध्यक्ष घिमिरे बताउँछन्। यस्तै मजदुरलाई नै कोरोना संक्रमण भएका कारण पनि उद्योगको उत्पादनमा असर पारिरहेको छ।
कोरोना महामारी, निषेधाज्ञाका कारण उद्योग व्यवसाय धराशायी बने पनि बैंकको व्याज, विमाको प्रिमियम, घर भाडालगायतका खर्च यथावत छ। व्यवसाय ठप्प भएपनि बैंक र विमाले व्याज तथा किस्ताको ताकेता गर्न नछाडेको घिमिरेले गुनासो गरे। निषेधाज्ञाले मात्रै कोरोना नियन्त्रण गर्न नसकिने भएकाले स्वास्थ्यका प्रोटोकल अपनाएर उद्योग, व्यवसाय सञ्चालनको व्यवस्था गर्नु आवश्यक रहेको घिमिरेको भनाई छ । ‘स्वास्थ्यका मापदण्ड अपनाएर उद्योग व्यवसाय सञ्चालनको गर्ने व्यवस्था मिलाउनुपर्छ’ उनले भने‘ सरकारले निषेधाज्ञाको बिकल्प खोज्नु पर्छ।’
ठूला उद्योगी व्यवसायी मात्रै हैन विराटनगरका साना व्यवसायीहरू अझै धेरै समस्यामा परेको खुद्रा व्यवासायी संघ मोरङका अध्यक्ष सञ्जय मण्डल बताउँछन्। लामो समयदेखिको निषेधाज्ञाका कारण व्यापार व्यवासय ठप्प हुँदा घरभाडा तिर्न र दैनिक गुजारा चलाउनै मुस्किल परेको मण्डलले बताए। निषेधाज्ञालाई खुकुलो पार्दै उद्योग, व्यवसाय सञ्चालनको वातावरण बनाउन मण्डलले सरकारसँग माग गरे।
उनले भने, ‘कोरोनाका कारण लामो समयदेखि व्यवसाय ठप्प हुँदा घरभाडा तिर्न, बैंकको व्याजतिर्न र दैनिकगुजारा चलाउनै मुस्किल पर्न थालेको छ।’ उनले लामो समयदेखि व्यवसाय बन्द हुँदा धेरै कस्मेटिक, कपडालगायतका सामानहरू समेत ड्यामेज भएर नोक्सानी बढिरहेको बताए। व्यापार हुने चाडबाडको सिजनमा समेत व्यवसाय बन्द गर्नु परेका कारण खुद्रा व्यवसायीहरू थप मर्कामा परेको मण्डलको भनाई छ।
लकडाउनका कारण फलफूल र तरकारी व्यवसाय पनि प्रभावित बनेको विराटनगरका फलफूल व्यवसायी कमल साहले बताए। उनका अनुसार लकडाउन तथा निषेधाज्ञाका कारण तरकारी र फलफूलको व्यवसाय समेत नराम्ररी प्रभावित भएको छ। निषेधाज्ञाका कारण उपभोक्ताको आवतजावत घटेपछि खरिद गरेको तरकारी र फलफूल बिक्री नभएर कुहिने गरेको छ। एकातिर व्यापार घटेको र अर्कोतर्फ तरकारी तथा फलफूल कुहिएर फाल्नु परेकोले दैनिक गुजारा चलाउनै मुस्किल भएको उनले बताए।