अत्यावश्यक बाहेकका पसलहरू दैनिक चार घण्टा मात्र खुल्ने
०७ भदौ २०७७
•
२ मिनेट पाठ
अत्यावश्यक बाहेकका पसलहरू दैनिक चार घण्टा मात्र खुल्ने
रसुवामा अत्यावश्यक सामग्री बिक्री गर्ने बाहेक अन्य पसल दैनिक चार घण्टा मात्र खोल्न पाइने भएको छ । जिल्लामा कोरोनाको जोखिम बढ्दै गएपछि अत्यावश्यक बाहेकका सामग्री बिक्री गर्ने पसल बिहान ६ बजेदेखि ११ बजेसम्म मात्र खोल्न पाइने भएको हो ।




जिल्लामा स्वास्थ्य सुरक्षा मापदण्ड पालना गर्नेको संख्या न्यून रहेको र कोरोना संक्रमण बढेपछि कोभिड–१९ संकट व्यवस्थापन केन्द्र रसुवाको आइतबार बसेको बैठकले उक्त निर्णय गरेको हो ।

बजारमा भीडभाड हुँदा कोरोना संक्रमणको जोखिम पनि बढी हुने भएकाले निश्चित समय मात्र पसल खोल्न दिन लागिएको हो । बजार क्षेत्रमा अनावश्यक रूपमा हिँडडुल गर्ने, स्वास्थ्य सुरक्षाको मापदण्ड पालना नगर्ने, मास्क नलगाउनेलाई प्रचलित कानुन अनुसार कारबाही हुने छ ।  

यसका लागि जिल्लास्तरीय अनुगमन टोलीले नियमित रूपमा अनुगमन गर्नुका साथै चेकजाँच गर्ने छ । जिल्लाभित्र प्रवेश गर्ने मालवाहक सवारी साधनहरूमा चालक र सहचालक मात्र रहने व्यवस्था सम्बन्धित व्यवसायीले मिलाउनुपर्ने छ ।  

जिल्ला प्रवेश गर्दा बेत्रावतीमा चालक तथा सहचालकको नाम, थर, ठेगाना, सम्पर्क नम्बर,  खाना खाने तथा बास बस्ने स्थानको  विस्तृत विवरण पेस गर्नुपर्ने र मालवाहक सवारी साधन गन्तव्य स्थानमा पुगेर मात्र रोक्न पाइने प्रमुख जिल्ला अधिकारी हरिप्रसाद पन्तले बताए ।  

बेत्रावतीमा ट्राभल हिस्ट्री कार्ड जारी हुने र चालक तथा सहचालकले उक्त कार्ड साथमा लिएर हिँडनुपर्ने  निर्णयमा उल्लेख गरिएको छ । कोरोना संक्रमणको दरमा भएको वृद्धिलाई मध्यनजर गरी जिल्लास्थित सुरक्षा निकायसँग समन्वय गरी सबै गाउँपालिकाहरूलाई कोरोना संक्रमण पश्चात मृत्यु भएकाहरूको शव व्यवस्थापनका लागि उपयुक्त स्थानको छनौट गरी जिल्ला कोभिड–१९ संकट व्यवस्थापन केन्द्रमा सिफारिस गरी पठाउन अनुरोध गर्ने निर्णय पनि गरेको छ । 

रसुवास्थित स्वास्थ्य कार्यालय र स्थानीय तहले बेत्रावती, धुन्चे, स्याफ्रु, टिमुरेमा रहेको प्रहरी चौकी र रसुवागढी नाकामा रहेको हेल्थ डेक्स, क्वारेन्टिन तथा आइसोलेसन लगायतका स्थानमा अग्रपन्तीमा खटिनेहरूका लागि स्वास्थ्य सामग्रीहरू व्यवस्था मिलाउने निर्णय भएको छ ।
अर्को समाचार
जलविद्युत् आयोजनामा स्थानीयको हक सुनिश्चित गरिने
४१ मिनेट अघि
•
१ मिनेट पाठ
जलविद्युत् आयोजनामा स्थानीयको हक सुनिश्चित गरिने
गण्डकी। ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले जलविद्युत् आयोजनामा स्थानीयको हक सुनिश्चितताका निम्ति आफ्नो मन्त्रालयले हरसम्भव प्रयत्न गर्ने बताएका छन्।




राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा), पर्वत जिल्ला शाखाले आज कुश्मामा आयोजना गरेको कार्यकर्ता भेटघाटमा उनले उक्त कुरा बताएका हुन्।

सिँचाइ, कृषि उद्यम, स्थानीय जलविद्युत् आयोजनामा स्थानीयको हक तथा विपद् व्यवस्थापनलगायतका विषय सम्बोधन गर्न ऊर्जा मन्त्रालयले निरन्तर प्रयत्न गर्ने उनले बताएको रास्वपा जिल्ला अध्यक्ष जालबहादुर पुनले जानकारी दिए। 

राजनीतिक दल र नागरिकको सक्रिय सहभागिताबिना कुनै पनि सरकार सफल नहुने भएकाले देश र जनतालाई केन्द्रमा राखेर काम गर्न मन्त्री श्रेष्ठले पार्टीका कार्यकर्तालाई अनुरोध गरे।
तामझाम होइन, गुरुङ संस्कृतिअनुसार गोरखामा विवाह गर्दै छु : गृहमन्त्री सुधन गुरुङ
राजनीति
Clock १ मिनेट अघि | १ मिनेट पाठ
तामझाम होइन, गुरुङ संस्कृतिअनुसार गोरखामा विवाह गर्दै छु : गृहमन्त्री सुधन गुरुङ
गृहमन्त्री सुधन गुरुङले आफ्नो विवाह परम्परागत गुरुङ संस्कृतिअनुसार गोरखामा गर्ने घोषणा गरेका छन्।
Whatsapp
युवा नेता सन्तोष परियारले किन भेटे पूर्वप्रधानमन्त्री खनाललाई ?
राजनीति
Clock २३ मिनेट अघि | १ मिनेट पाठ
युवा नेता सन्तोष परियारले किन भेटे पूर्वप्रधानमन्त्री खनाललाई ?
दुवै नेताबीच समसामयिक राजनीतिक अवस्था, विद्यमान संकट र भावी राजनीतिक दिशाबारे गम्भीर वैचारिक छलफल भएको थियो।
Whatsapp
जलविद्युत् आयोजनामा स्थानीयको हक सुनिश्चित गरिने
अर्थ
Clock ४१ मिनेट अघि | १ मिनेट पाठ
जलविद्युत् आयोजनामा स्थानीयको हक सुनिश्चित गरिने
ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले जलविद्युत् आयोजनामा स्थानीयको हक सुनिश्चितताका निम्ति आफ्नो मन्त्रालयले हरसम्भव प्रयत्न गर्ने बता...
Whatsapp
न्युजिल्यान्डविरुद्धको दोस्रो टेस्टमा भारतको कमजोर सुरुवात
खेल
Clock ४२ मिनेट अघि | १ मिनेट पाठ
न्युजिल्यान्डविरुद्धको दोस्रो टेस्टमा भारतको कमजोर सुरुवात
न्युजिल्यान्डविरुद्धको दोस्रो टेस्टको पहिलो इनिङ्समा भारतले कमजोर प्रदर्शन गरेको छ।
Whatsapp
ताप्लेजुङ प्रहरीद्वारा फरार पाँच प्रतिवादी पक्राउ
अपराध
Clock ५६ मिनेट अघि | १ मिनेट पाठ
ताप्लेजुङ प्रहरीद्वारा फरार पाँच प्रतिवादी पक्राउ
विभिन्न मुद्दामा दोषी ठहर भई फरार रहेका ५ जनालाई ताप्लेजुङ प्रहरीले पक्राउ गरेको छ।
Whatsapp
गृहमन्त्री गुरुङद्वारा बिपी प्रतिष्ठानमा स्वास्थ्य सेवा र सुरक्षा व्यवस्थाको अनुगमन
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
गृहमन्त्री गुरुङद्वारा बिपी प्रतिष्ठानमा स्वास्थ्य सेवा र सुरक्षा व्यवस्थाको अनुगमन
गृहमन्त्री सुधन गुरुङले धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको अनुगमन गरेका छन्।
Whatsapp
यो पनि पढौँ
‘प्रश्नको घेरामा नेपालको लोकतन्त्र’ सार्वजनिक
कला/साहित्य
Clock १ घण्टा अघि | १ मिनेट पाठ
‘प्रश्नको घेरामा नेपालको लोकतन्त्र’ सार्वजनिक
कोञ्ज्योसोम प्रज्ञाप्रतिष्ठानका अध्यक्ष गोपाल सञ्जेलले लोकतन्त्रलाई दल, नेता र सरकारसँग मात्रै जोडेर बुझ्न नहुने धारणा राखे।
Whatsapp
केन्याली धावक मुरिउकीले जिते नेपालगन्ज म्याराथन उपाधि
खेल
Clock १ घण्टा अघि | १ मिनेट पाठ
केन्याली धावक मुरिउकीले जिते नेपालगन्ज म्याराथन उपाधि
धारा नेपालगन्ज म्याराथनको १२ औं संस्करणको उपाधि केन्याली धावक जुलियस मुरिउकी वाहोमेले हात पारेका छन्।
Whatsapp
‘पेन्डिङ’ फाइल शून्यमा झार्दै झापा प्रशासन
समाज
Clock १ घण्टा अघि | १ मिनेट पाठ
‘पेन्डिङ’ फाइल शून्यमा झार्दै झापा प्रशासन
झापा प्रशासनले सेवाग्राहीलाई राष्ट्रिय परिचयपत्र र राहदानीको फोटा तथा जैविक विवरण (बायोमेट्रिक) काम एकै दिनमा उपलब्ध गराउन सुरु गरेको छ।
Whatsapp
महिला पहिला : मौनताको पर्खाल भत्काउने १६ दिन
समाज
Clock १ घण्टा अघि | १ मिनेट पाठ
महिला पहिला : मौनताको पर्खाल भत्काउने १६ दिन
घरभित्रको पीडा र विभेदको अन्त्यमा हाम्रो समाजमा घरलाई प्रायः शान्ति, माया र सुरक्षाको सबैभन्दा बलियो थलो मानिन्छ।
Whatsapp
महिला क्रिकेटतर्फ लिग चरणका खेल सम्पन्न
खेल
Clock १ घण्टा अघि | १ मिनेट पाठ
महिला क्रिकेटतर्फ लिग चरणका खेल सम्पन्न
दशौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत महिला क्रिकेटतर्फ सेमिफाइनल समिकरण पूरा भएको छ।
Whatsapp
पुरुष क्रिकेटमा एनआरएनएलाई हराउँदै गण्डकी विजयी
खेल
Clock १ घण्टा अघि | १ मिनेट पाठ
पुरुष क्रिकेटमा एनआरएनएलाई हराउँदै गण्डकी विजयी
 दशौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत पुरुष क्रिकेट प्रतियोगिताको लिग चरणको खेलमा गण्डकी प्रदेशले आफ्नो दोस्रो खेलमा पहिलो जीत हात पारेको छ...
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस