बिभिन्न सहर बजारमा कारोबार हुने गरेको सुनिने गरेको नक्कली नोटको चलखेल उदयपुरमा पनि भएको पाइएको छ । मंगलबार राष्ट्रिय बाणिज्य बैंक गाईघाट शाखामा एउटा हजार रुपैंयाको नक्कली नोट फेला परेसँगै उदयपुरमा पनि यस्तो खोटो नोटले प्रवेश पाएको आशंका गरिएको छ ।
विहान बैंक खुल्नेबित्तिकै भिडभाडका साथ आएका सेवाग्राहीले जम्मा गरेको हजारका नोटमध्ये एउटा नक्कली फेला परेको हो । च अब्लिक ७१, २५०९८३ नं. को उक्त नोट रकम जम्मा गर्ने सेवाग्राहीले ल्याएको बण्डलभित्र रहेको काउन्टरका एक कर्मचारीले बताए । उनका अनुसार सेवाग्राही हिडिसकेपछि रकम मिलाउने क्रममा नोट शंकास्पद पाइएपछि राम्ररी चेकजाँच गर्दा नक्कली पुष्टि भएको हो ।
‘विहानदेखि भिडभाड थियो, धेरै सेवाग्राहीले गरेको डिपोजिट रकम सुरुमा काउण्टर मेसिनले गनेर राखियो’ ती कर्मचारीले भने ‘तर, पछि नोट मिलाउन एक/एक गर्दै गन्ने क्रममा एउटा शंकास्पद लागेर मेसिनमा जाँच्दा नक्कली भएको पत्तो लाग्यो ।’ गर्भनर चिरञ्जिवी नेपालको हस्ताक्षर रहेको नक्कली नोट हुवहु सक्कलीजस्तै पाइएकाले सर्वसाधारण सहजै झुक्किने बैंकका कर्मचारीको भनाई छ ।
सर्वसाधारणले नक्कली र सक्कली पत्ता लगाउने मुख्य माध्याम नोटको बीच भागमा राखिएको भित्र बाहिर देखिने सुरक्षा धागो (सेक्युरिटी थ्रेट) सक्कलीजस्तै टल्कने खालको छ । तर, उज्यालोतर्फ फर्काउँदा भित्रि भाग पनि देखिनुपर्नेमा नदेखिने भएकाले नक्कली भन्ने ठहर गर्न सजिलो भएको कर्मचारीको भनाई छ । नोटको चौडा पनि सक्कलीभन्दा केही सानो छ ।
नक्कली भन्ने फेला परेपछि नोट खिचेर सुरक्षित राखिएको र राष्ट्र बैंकमा बुझाउने तयारी भईरहेको छ । बैंकका प्रबन्धक शिव पौडेलले भने आफू काम विशेषले कार्यालय बाहिर रहेकाले नक्कली नोट फेला परेको विषयमा जानकारी लिन नभ्याएको बताए । अन्यत्र बजारमा नक्कली नोटको कारोबार हुने गरेको सुनिएकाले उदयपुरमा पनि यस्तो आपराधिक गतिबिधि हुनसक्ने भन्दै सर्वसाधारणलाई सचेत हुन उनले आग्रह गरे । प्रवन्धक पौडेलले नक्कली नोटको आशंका भए बैंकमा ल्याएर देखाउन पनि आग्रह गरेका छन् ।