पर्यटक सवारीको अर्बौ लगानी के गर्ने ?
०१ साउन २०७७
•
५ मिनेट पाठ
पर्यटक सवारीको अर्बौ लगानी के गर्ने ?
पोखरा राष्ट्रबैंकचोकस्थित बसपार्कमा ठड्याइएका पर्यटक बस । फाइल तस्बिर : नागरिक
पोखराको यात्री बस प्रालिले पछिल्लो डेढ वर्ष अवधिमा सुविधा सम्पन्न पाँचवटा सवारी भित्र्याउदा तीन करोड रुपैयाँ लगानी गर्‍यो । दुई ठूला आकारका सुविधा सम्पन्न बस त कोरोना भाइरस संक्रमणका कारण आन्तरिक लकडाउन सुरु हुनु केही दिन अघिमात्र भित्र्याइएको थियो । जसोतसो पोखरा भित्रिएका ती बसले अहिलेसम्म एकपटक पनि यात्रु बोक्न पाएका छैनन् । लकडाउनपछि ती सबै सवारी ग्यारेजमा थन्केका छन् ।  




यात्री बस प्रालिको यो उदाहरण मात्र हो, पर्यटक सवारी (हरियो नम्बरप्लेट) का लागि यहाँका व्यवसायीले गरेको ठूलो लगानी अहिले अलपत्र छ । सरकारले सार्वजनिक सवारी संचालन गर्न दिने तयारी गरिरहँदा यी पर्यटक सवारीको अवस्था के हुने भन्नेमा अझै स्पष्ट पारेको छैन । तर, पर्यटन व्यावसायी भने सार्वजनिक सवारी खुल्दाको अवस्थामा आफूहरुका सवारी पनि निर्वाध रुपमा स्वास्थ्यको मापदण्ड पालना गरेर गुड्न पाउनुपर्ने बताउँछन् । अरु यातायात व्यावसायीलाई झैं आफूहरुलाई पनि कोरोनाका कारण मार परेको उनीहरुको भनाई छ । आन्तरिक यात्रुलाई निर्वाध ओसारपसार गर्न दिनुपर्ने उनीहरुको भनाई छ ।

‘सार्वजनिक सवारी संचालन गर्न दिँदाको दिन पर्यटक सवारीले पनि यात्रु बोक्न पाउनुपर्छ,’ यात्री बसका अध्यक्ष सोमबहादुर थापाले भने, ‘सरकारले तोकिदिएको स्वास्थ्य प्रोटोकल पुरा गर्न व्यावसायी तयार छन् । तर, यात्रु बोक्न पाउनुपर्छ ।’ अहिले पनि बेलाबेला साना आकारका पर्यटक सवारीले स्थानीय प्रशासनको अनुमतिमा गुडिरहेपनि सार्वजनिक यातायात संचालन गर्न दिँदा सबै व्यावसायीले गाडी चलाउन पाउनुपर्ने उनले बताए ।  

‘ठूलो आकारको लगानी पर्यटक सवारीमा छ । ती गाडी थन्किएका छन्, पर्यटक आउने दिन कुर्दा वर्ष बित्न सक्छ,’ उनले भने, ‘राज्यको सुरक्षा मापदण्ड पुरा गरेर यी सवारी पनि संचालन गर्न दिनुपर्छ । हिजो पर्यटक सवारीले धेरै आन्तरिक यात्रुको मन जितेको अवस्थामा अब सार्वजनिक सवारी खुलाउदा पर्यटक गाडी पनि गुड्न दिनुपर्छ ।’ सुरक्षित र सरसफाईको विषयमा अब्बल रहेकोले पनि आन्तरिक यात्रुको पहिलो रोजाईमा पर्यटक सवारी पर्दै आएको उनले बताए । ‘सार्वजनिक सवारीको रुपमा चलाउन नदिने हो भने पर्यटक सवारीको लगानी खेर जान सक्छ,’ उनले भने, ‘यात्रुको चाहना बमोजिम सवारी चलाउन पाउनुपर्छ ।’  

सार्वजनिक सवारी संचालन भएपनि एकै समूहमा रहेका यात्रुले भिन्दै गाडी नै रिजर्भ गरेर हिँडडुल गर्ने अवस्था आउने भएकोले पनि पर्यटक सवारी संचालन गर्न दिनुपर्ने उनले बताए । ‘सार्वजनिक सवारीमा जोखिम ठानेर कुनै परिवारले अब पर्यटक जिप रिजर्भ गरेर आउजाउ गर्न चाहेमा अवरोध हुनु भएन,’ उनले भने, ‘यस्तै अवस्था ठूला बसमा पनि लागू हुन्छ । एकै समूहमा २०/२५ जना यात्रु रहेछन् भने उनीहरुले भिन्दै पर्यटक बस रिजर्भ गर्न सक्छन् । त्यो बेला पर्यटक बसले पनि यात्रु बोक्न पाउनुपर्छ ।’

पर्यटक बस संचालन गर्दै आएका व्यावसायीको छाता संस्था नेपाल एशोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्टस (नाट्टा)का पूर्व अध्यक्ष केदारनाथ शर्माले पनि सरकारले पर्यटन व्यावसायीलाई पनि सवारीको प्रोटोकल तोकिदिएर गाडी गुडाउन दिनुपर्ने बताए । ‘हामीले पनि व्यवसाय संचालन गर्न पाउनुपर्छ । अधिक आन्तरिक यात्रुले रुचाएको पर्यटक सवारीमा मापदण्ड अनुसार यात्रु बोक्न पाउनुपर्छ,’ शर्माले भने, ‘पर्यटनको पनि ठूलो लगानी सवारीमा छ । बिस्तारै पर्यटनलाई उकास्न जरुरी छ । त्यसका लागि गतिविधि बढाउँदै जानुपर्छ ।’ पर्यटक सवारीलाई चल्न नदिने हो भने सवारीमा गरेको लगानी डुब्ने जोखिम रहेको उनले बताए ।  

नेपाल पर्यटक यातायात व्यावसायी संघ (एनटिभिए), गण्डकी अध्यक्ष बोबरजंग गुरुङका अनुसार अहिले संघमा करिब ६ सय गाडी आवद्ध छन् । यी साना आकारका सवारी मात्र हुन् । कार, जिप, भ्यान, माइक्रोबसदेखि कोष्टर (मिनिबस) सम्मका सवारी यिनमा छन् । सुविधा सम्पन्न सवारीको रुपमा चलाउने भएकोले व्यावसायीले कम्तिमा ३५ लाख रुपैयाँदेखि डेढकरोड रुपैयाँसम्म एउटै गाडीमा लगानी गरेको उनले बताए । कम्तिमा ३५ लाख रुपैयाँको कारदेखि अधिकतम डेढकरोड रुपैयाँ (कोष्टर, ल्याण्डक्रुजर)का गाडी अहिले कामविहीन भएर थन्किएका छन् । साना आकारका सवारी मात्र डेढ अर्ब रुपैयाँको लगानी रहेको उनले बताए ।

‘हाम्रा गाडीमा पनि खिया लागिसकेको छ । पर्यटन नआएसम्म चल्ने अवस्था पनि रहन्न,’ गुरुङले भने, ‘तर, अब सार्वजनिक सवारी संचालन गर्न दिँदाको दिन यी गाडी पनि निर्वाध चल्न पाउनुपर्छ ।’ यात्रु खोज्ने काम  व्यावसायीको भएपनि कतैबाट अवरोध आउन नहुने उनले बताए । ‘पर्यटक सवारीलाई सार्वजनिक सवारीको रुपमा मान्न अरु यातायात व्यावसायी तयार छैनन् । तर, आन्तरिक यात्रुको रोजाई पर्यटक सवारीमा छ,’ उनले भने,‘त्यसैले पर्यटक सवारीलाई पनि निर्वाध चल्ने वातावरण सरकारले बनाइदिनुपर्छ ।’ पैसा तिर्न सक्ने मान्छेले रिजर्भ गरेर होस वा दैनिक पोखरा–काठमाडौं–पोखरा रुटमा चल्ने पर्यटक बसमा यात्रा गर्न पाउनुपर्ने अध्यक्ष गुरुङले बताए ।

नाट्टा पोखराका अध्यक्ष सञ्जयकान्त सिग्देलमा अनुसार नाट्टामा ३६१ वटा गाडी आवद्ध छन् । ती मध्ये १२८ वटा ठूला आकारका बस हुन् । ती बस पोखरादेखि काठमाडौ, चितवन, लुम्बिनीसम्म दैनिक संचालन हुँदै आएका थिए । नाट्टाले सवारीमा मात्र करिब २ अर्ब ६५ करोड रुपैयाँ लगानी रहेको बताएको छ । ‘ठूलो लगानी पर्यटक सवारीमा छ । अहिले परिस्थिति अनुकुल नहुँदा यीसवारी थन्किएका छन्,’ अध्यक्ष सिग्देलले भने, ‘तर, सार्वजनिक सवारी संचालन गर्न सरकारले अनुमति दिँदा हाम्रा बस पनि पोखरा–काठमाडौं रुटमा यात्रु बोकेर आउजाउ गर्न पाउनुपर्छ ।’  

यसअघि बेलाबेला पर्यटक बाहक सवारीमा आन्तरिक यात्रुलाई यात्रा गर्न अवरोध हुने गरेको थियो । अवरोधका बावजुद पनि पोखरा–काठमाडौं र पोखरा–चितवन रुटमा आन्तरिक यात्रु बोकेर नियमित रुपमा पर्यटक बस गुडिरहेका थिए । सिजनका बेला पोखरा–काठमाडौं रुटमा एकतर्फी दुई दर्जन बढी बस गुड्दै आएका थिए । अधिक आन्तरिक यात्रुले पर्यटक बस रुचाउने गरेका थिए ।  

‘हामी सरकारले तोकेको स्वास्थ्यको प्रोटोकल मान्न तयार छौ । तर, हाम्रा पर्यटक बसले पनि अरुले झै यात्रु बोक्न पाउनुपर्छ,’ सिग्देलले भने, ‘हाम्रा सवारी पनि सार्वजनिक यातायात सरह हुन् । यात्रुले टिकट काटेर यात्रा गर्न पाउनुपर्छ । बरु बढी सुविधा हाम्रा सवारीमा छन् ।’ अधिक आन्तरिक यात्रुले पर्यटक बस रुचाएको अवस्थामा अब पनि प्रोटोकल तोकिदिएर संचालन गर्न दिनुपर्ने उनले बताए । ‘हामी त झन क्षमताभन्दा बढी यात्रु पनि बोक्दैनौ, जहाँ पायो त्यहाँ पनि रोक्दैनौ । त्यसैले बढी सुरक्षित पनि छन्,’ उनले भने, ‘अब पनि यात्रुले पर्यटक बस पक्कै खोज्नेछन् । सरकारले सबैलाई बाच्ने वातावरण बनाईदिनुपर्छ ।’ पोखरामा सबैगरि १५ सय पर्यटक सवारी छन् । नाट्टा र एनटिभिएमा आवद्ध बाहेक पनि सवारी छन् ।
अर्को समाचार
लगानी अनुसार प्रतिफल आएन
१४ जेष्ठ २०७७
•
३ मिनेट पाठ
लगानी अनुसार प्रतिफल आएन
सरकारले हरेक वर्ष लगानी बढाउँदै लगे पनि सरकारी स्वामित्वका संस्थानले प्रतिफल दिन सकेका छैनन् । अर्थ मन्त्रालयले मंगलबार सार्वजनिक गरेको सार्वजनिक संस्थानको वार्षिक स्थिति समीक्षा, २०७७ अनुसार सरकारले सार्वजनिक संस्थामा लगानी २७.३६ प्रतिशतले बढाएको छ ।




एक वर्षमै करिब एक खर्ब रुपैयाँ लगानी बढाए पनि त्यसका आधारमा सरकारले लाभांश पाएको छैन । आव ०७५÷७६ मा नाफा १२.३६ प्रतिशतले बढे पनि लाभांश अघिल्लो आवको तुलनामा ४.२८ प्रतिशतले कम आएको छ ।  

सरकारले आव ०७४/७५ को तुलनामा आव ०७५/७६ मा लगानी २७.३६ प्रतिशतले बढाएर चार खर्ब ६४ अर्ब ५९ करोड ३१ लाख रुपैयाँ पु¥याएको थियो । संस्थानमा सरकारको सेयर लगानी ३५.६७ प्रतिशतले बढेर दुई खर्ब ७१ अर्ब ८३ करोड ९९ लाख पुगेको छ । ऋण लगानी १७.२३ प्रतिशतले बढेर एक खर्ब ९२ अर्ब ७५ करोड पुगेको छ । खुद नाफा १२.३६ प्रतिशतले बढे पनि लाभांश भुक्तानी दरमा ४.२८ प्रतिशतले कमी आएको छ । संस्थानहरुले ४८ अर्ब ७७ करोड ४१ लाख रुपैयाँ नाफा गरेकोमा लाभांश नौ अर्ब ४७ करोड नौ लाख रुपैयाँ मात्र भुक्तानी गरेका छन् ।  

सरकारले लगानी गरेका ४१ संस्थानमध्ये १३ वटा घाटामा छन् । २६ वटामात्र नाफामा छन् ।  पाँच संस्थानको कारोबार शून्य छ । अत्यावश्यक वस्तु तथा सेवा दिन स्थापना भएका सरकारी स्वामित्वका केही संस्थान डुबेका छन् । खुला बजार अर्थतन्त्रमा सार्वजनिक संस्थान निजीसँग प्रतिस्पर्धा गर्न सक्षम हुनुपर्छ । सरकारले लगानी बढाए पनि त्यसको प्रतिफल निकै कम छ । जबकि बैंकमा निक्षेप राख्दा अहिले ८.२५ प्रतिशतभन्दा बढी ब्याजदर दिन्छन् ।

केही संस्थानबाहेक अधिकांशको सञ्चालन स्थिति, व्यवस्थापकीय र वित्तीय कार्यसम्पादनका सूचक सुध्रेका छैनन् । संस्थान घाटामा गएपछि मन्त्रालयले कार्यप्रणाली र कार्यपद्धतिको आधारमा समयसापेक्ष सुधार गर्न सुझाव दिए पनि कार्यान्वयनमा आएको छैन । संस्थानको वित्तीय अनुशासन कायम गर्दै कार्यकुशलता र प्रभावकारितामा सुधार ल्याउनुपर्ने मन्त्रालयले जनाएको छ । संस्थानहरु आर्थिक सुशासन र वित्तीय उत्तरदायित्वमा कमजोर छन् ।

सार्वजनिक संस्थानबाट १७ अर्ब ५७ करोड २७ लाख रुपैयाँ आयकरमा योगदान छ । यो विगतको तुलनामा २७.८४ प्रतिशतले बढी हो । सरकारको कुल आयकरमा संस्थानको ८.६० प्रतिशत हिस्सा छ । नेपाल दूर सञ्चार कम्पनी लिमिटेडले पाँच अर्ब ९५ करोड ९४ लाख रुपैयाँ, नेपाल आयल निगमले दुई अर्ब ९१ करोड ८१ लाख रुपैयाँ, राष्ट्रिय वाणिज्य बैंकले दुई अर्ब २४ करोड ६५ लाख, नेपाल बैंक लिमिटेडले एक अर्ब ५५ करोड एक लाख र कृषि विकास बैंकले एक अर्ब ५३ करोड २४ लाख रुपैयाँ आयकर तिरेका छन् ।

निजी क्षेत्रले सञ्चालन गरेका उस्तै प्रकृतिका उद्योग नाफामा गए पनि सरकारी स्वामितवका औद्योगिक उद्योगमा करोडौं घाटा छ । हेटौंडा सिमेन्टको नोक्सान एक करोड पाँच लाख रुपैयाँ, नेपाल औषधि लिमिटेडको नोक्सान आठ करोड ८२ लाख, नेपाल ओरियन्टल म्याग्नेसाइट प्रालिको १० करोड ८० लाख, बुटवल धागो कारखाना लिमिटेडको तीन करोड ४८ लाख रुपैयाँ नोक्सान छ ।  

दुग्ध विकास संस्थानले दुई करोड एक लाख नाफा आर्जन गरे पनि सञ्चिति नोक्सान भने ४६ करोड ६१ लाख रुपैयाँ छ । नेपाल औषधिको सञ्चित नोक्सान एक अर्ब ६३ करोड १५ लाख, उदयपुरको चार अर्ब ५५ करोड ५१ लाख, नेपाल ओरियन्टल म्याग्नेसाइटको चार अर्ब ५८ करोड, बुटवल धागो कम्पनीको एक अर्ब ८४ करोड रुपैयाँ पुुगेको छ । व्यापारिक क्षेत्रका सबै कम्पनीले आव ०७५/७६ मा नाफा आर्जन गरेका छन् । कृषि सामग्री कम्पनी लिमिटेड, राष्ट्रिय बीउविजन कम्पनी, नेपाल खाद्य संस्थान, नेपाल आयल निगमलगायत व्यापारिक कम्पनीले कुल नौ अर्ब आठ करोड ७१ लाख खुद नाफा आर्जन गरेका छन् । नेपाल खानेपानी संस्थानको नोक्सान १२ करोड ५५ लाख रुपैयाँ छ ।  

सार्वजनिक संस्थानको रोजगारीमा योगदान भने बढेको छ । अघिल्लो आवको तुलनामा ७.८८ प्रतिशतले रोजगारी वृद्धि भई ३० हजार सात सय ६९ ले रोजगारी पाएका छन् । त्यसमध्ये औद्योगिक संस्थानमा चार हजार दुई सय २९, व्यापारिक संस्थानमा एक हजार चार सय ४२, सेवामा दुई हजार नौ सय २६, सामाजिकमा एक हजार दुई सय ५९, जनोपयोगीमा १३ हजार नौ सय ८० र वित्तीय संस्थानमा ६ हजार नौ सय ३३ जनाले रोजगारी पाएका छन् । अघिल्लो वर्ष २८ हजार पाँच सय २२ जनाले रोजगारी पाएका थिए ।
बालबालिकामा बोलीसम्बन्धी समस्या देखिनुको कारण खोज्दै अस्ट्रेलियाका अनुसन्धानकर्ता
अन्तर्राष्ट्रिय
Clock ८ घण्टा अघि | ३ मिनेट पाठ
बालबालिकामा बोलीसम्बन्धी समस्या देखिनुको कारण खोज्दै अस्ट्रेलियाका अनुसन्धानकर्ता
यस्ता समस्या किन उत्पन्न हुन्छन् भन्ने पहिचान गरी बालबालिकामा समयमै निदान, उपचार तथा आवश्यक सहयोग उपलब्ध गराउने उद्देश्यले अनुसन्धान अघि बढाइएको हो।
Whatsapp
रास्वपाले ६ प्रदेशमा प्रशिक्षण चलाउने, सुर्खेतबाट रविले उद्घाटन गर्ने
राजनीति
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
रास्वपाले ६ प्रदेशमा प्रशिक्षण चलाउने, सुर्खेतबाट रविले उद्घाटन गर्ने
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले स्थानीय तथा प्रदेश निर्वाचनको तयारी र संगठन सुदृढीकरणका लागि छ वटा प्रदेशमा प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रम स...
Whatsapp
हेटौँडा कपडा उद्योग पुनः सञ्चालनको सम्भावना अध्ययन गर्दै मन्त्री पुन
राजनीति
Clock ८ घण्टा अघि | २ मिनेट पाठ
हेटौँडा कपडा उद्योग पुनः सञ्चालनको सम्भावना अध्ययन गर्दै मन्त्री पुन
विज्ञान, प्रविधि तथा नवप्रवर्तनमन्त्री महावीर पुनले लामो समयदेखि बन्द रहेको हेटौँडा कपडा उद्योगका पुराना मेसिनलाई आधुनिक प्रविधिबाट परिमार्जन गरी पुनः...
Whatsapp
सेवाग्राहीलाई दुःख दिने सात जना बिचौलिया पक्राउ
समाज
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
सेवाग्राहीलाई दुःख दिने सात जना बिचौलिया पक्राउ
जिल्ला प्रशासन कार्यालयमा आउने सेवाग्राहीलाई दुःख तथा हैरानी दिने गरेको आरोपमा प्रहरीले सात जना बिचौलियालाई पक्राउ गरेको छ।
Whatsapp
एउटै श्रम बजारमा दुईथरी ज्याला, कार्यविधि पुनरावलोकन गर्न महासंघको आग्रह
अर्थ
Clock ८ घण्टा अघि | २ मिनेट पाठ
एउटै श्रम बजारमा दुईथरी ज्याला, कार्यविधि पुनरावलोकन गर्न महासंघको आग्रह
नेपाल उद्योग वाणिज्य महासंघका उपाध्यक्ष तथा रोजगारदाता परिषद्का सभापति प्रबलजंग पाण्डेले सरकारले हालै जारी गरेको ‘सार्वजनिक खरिदमा आबद्ध श्रमिकको पारि...
Whatsapp
रास्वपाले छ प्रदेशमा प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रम सञ्चालन गर्ने
राजनीति
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
रास्वपाले छ प्रदेशमा प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रम सञ्चालन गर्ने
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले छ प्रदेशमा प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रम सञ्चालन गर्ने भएको छ।
Whatsapp
गुरुङ राष्ट्रिय परिषद्को केन्द्रीय पार्षदसभामा सहभागी हुन गृहमन्त्री गुरुङ इटहरी प्रस्थान
राजनीति
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
गुरुङ राष्ट्रिय परिषद्को केन्द्रीय पार्षदसभामा सहभागी हुन गृहमन्त्री गुरुङ इटहरी प्रस्थान
गृहमन्त्री सुधन गुरुङ गुरुङ समुदायको राष्ट्रिय पार्षदसभामा सहभागी हुन सुनसरीको इटहरी प्रस्थान गरेका छन्।
Whatsapp
मलेसिया घोटाला: एकनारायणको बयानले तान्ला त डीपी अर्याल र शरदसिंहलाई ?
समाज
Clock ९ घण्टा अघि | ६ मिनेट पाठ
मलेसिया घोटाला: एकनारायणको बयानले तान्ला त डीपी अर्याल र शरदसिंहलाई ?
मलेसिया जाने नेपाली श्रमिकसँग स्वास्थ्य परीक्षणका नाममा अवैध रूपमा उठाइएको अर्बौँ रुपैयाँ विदेश पठाउन सघाएको आरोपमा पूर्वमुख्य सचिव एकनारायण अर्याल बि...
Whatsapp
अष्ट्रेलियाको गर्मीयाम जोखिमपूर्ण हुने सङ्केत, ६ क्षेत्रमा डढेलोको खतरा
अन्तर्राष्ट्रिय
Clock ९ घण्टा अघि | १ मिनेट पाठ
अष्ट्रेलियाको गर्मीयाम जोखिमपूर्ण हुने सङ्केत, ६ क्षेत्रमा डढेलोको खतरा
अष्ट्रेलियाका अधिकांश राज्य तथा क्षेत्रमा आगामी गर्मीयाममा डढेलोको जोखिम बढ्ने अधिकारीहरूले शुक्रबार चेतावनी दिएका छन्।
Whatsapp
साउदी आक्रमणमा यमनमा ११ जनाको मृ*त्यु, अधिकांश बालबालिका
अन्तर्राष्ट्रिय
Clock ९ घण्टा अघि | २ मिनेट पाठ
साउदी आक्रमणमा यमनमा ११ जनाको मृ*त्यु, अधिकांश बालबालिका
यमनको पश्चिमी क्षेत्रमा साउदी नेतृत्वको गठबन्धन सेनाले गरेको हवाई आक्रमणमा ११ जनाको मृत्यु भएको छ।
Whatsapp
बिम-मराङ-मल्कबाङ-पाखापानी सडक स्तरोन्नति सुरु
समाज
Clock ९ घण्टा अघि | २ मिनेट पाठ
बिम-मराङ-मल्कबाङ-पाखापानी सडक स्तरोन्नति सुरु
म्याग्दीको मालिका, धवलागिरि र रघुगङ्गा गाउँपालिका जोड्ने बिम–मराङ–मल्कबाङ–पाखापानी सडक स्तरोन्नति सुरु भएको छ।
Whatsapp
मंसिर १३ देखि नारायणगढ-मुग्लिङ सडक दैनिक ५ घण्टा बन्द हुने
समाज
Clock ९ घण्टा अघि | १ मिनेट पाठ
मंसिर १३ देखि नारायणगढ-मुग्लिङ सडक दैनिक ५ घण्टा बन्द हुने
नारायणगढ-मुग्लिङ सडकखण्ड आइतबारदेखि दैनिक पाँच घण्टा बन्द हुने भएको छ। तुइनखोला क्षेत्रमा पहिरो रोकथामको काम अघि बढाउनुपर्ने भएकाले जिल्ला प्रशासन कार...
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस