पहिलेकै अवस्थामा फर्काउने नीति ल्याउन सरकारलाई आग्रह
३१ वैशाख २०७७
•
१० मिनेट पाठ
पहिलेकै अवस्थामा फर्काउने नीति ल्याउन सरकारलाई आग्रह
सरकारको ध्यानाकर्षण गराउन बुधबार आयोजित पत्रकार भेटघाटमा उद्योगी/व्यवसायीहरु । तस्बिर : सन्देश/नागरिक
कास्कीका उद्योगी व्यवसायीहरुले विश्वव्यापी महामारीका रुपमा फैलिएको नोवल कोरोना भाइरस (कोभिड–१९) का कारण सिर्जित भयावह स्थितिबाट पुनः पहिलेकै अवस्थामा फर्काउने नीति अवलम्वन गर्न सरकारसँग आग्रह गरेका छन् । 




कास्कीका उद्योगी व्यवसायीहरुको छाता संस्थाहरु नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघ जिल्ला समन्वय समिति कास्की, पोखरा उद्योग वाणिज्य संघ, पोखरा पर्यटन परिषद, नाट्टा गण्डकी प्रदेश, निर्माण व्यवसायी संघ कास्की, कास्की हेभी इक्वीपमेन्ट व्यवसायी संघ, गण्डकी ट्रक यातायात व्यवसायी संघ र नेपाल पर्यटक यातायात व्यवसायी संघले संयुक्त रुपमा पत्रकार सम्मेलन गरि नीजि क्षेत्रका उद्योग/व्यवसायी पहिलेकै अवस्थामा फर्काउनका लागि उपयुक्त नीति अवलम्वन गर्न आग्रह गरेका हुन् । 

पत्रकार भेटघाटमा ६ बुँदे ध्यानाकर्षण पत्रसमेत सार्वजनिक गरिएको छ । पत्रकार भेटघाटलगत्तै उनीहरुले गण्डकी प्रदेश सरकारको ध्यानाकर्षण गराएका छन् । मुख्यमन्त्री पृथ्वी सुब्बा गुरुङलाई भेटेर उनीहरुले प्रदेश सरकारको ध्यानाकर्षण गराएका हुन् ।

उद्योगी व्यवसायीहरुले वैंक तथा वित्तिय संस्थाहरुबाट लिएको कर्जाको किस्ता तथा व्याज भुक्तानी गर्ने समयसीमा तथा कर्जाको समयसीमा कम्तिमा १ वर्षका लागि थप गर्न र कर्जा नवीकरण तथा पुर्नकर्जामा सहजीकरण गर्न माग गरेका छन् । उनीहरुले सम्पूर्ण सार्वजनिक यात्रुवाहक, मालवाहक, पर्यटक तथा औद्योगिक प्रतिष्ठानहरुको लकडाउनको अवधीमा बुझाउनुपर्ने विमा प्रिमियमलाई छुट गर्ने तथा विमा प्रिमियम तिर्ने समय अवधी थप्ने ब्यबस्था गर्न आग्रह गरेका छन् ।

त्यस्तै उनीहरुले नीजि क्षेत्रको लगानीबाट सञ्चालित यात्रुवाहक तथा मालवाहक सवारी साधनहरुको जाँचपास, बाटो इजाजत पत्र तथा सवारी नवीकरण शुल्कसमेत सवारी कर र वार्षिक आयकर छुट गर्न, उद्योग/व्यवसायमा कार्यरत मजदुरहरुलाई तलव खुवाउन नसक्ने जनाउँदै सामाजिक सुरक्षा कोषमा रहेको रकमबाट उपयुक्त पारिश्रमिक दिन, निर्माणाधीन आयोजनाहरुको समयसीमा न्यूनतम १ वर्ष थप गर्न तथा हेभी ईक्वेपमेन्ट सञ्चालन गर्ने व्यवसायीहरुको कम्तिमा १ वर्षको व्याज र जरिवाना छुट दिन माग गरेका छन् ।

पत्रकार भेटघाटमा बोल्दै नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघ जिल्ला समन्वय समिति कास्कीका अध्यक्ष केदार पौडेलले लकडाउन जारी रहँदा वैंकबाट किस्ता र व्याज तिर्न ताकेता हुन थालेको भन्दै यसको निकास राज्यले दिनुपर्ने बताए । अन्यथा सबै उद्योग तथा व्यवसायको चावी वैंकको ढोका अगाडि लगेर थुपारिदिने चेतावनी दिए ।

नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघका केन्द्रीय सदस्य केशबबहादुर अधिकारीले सरकारले तत्कालको समस्या समाधान गर्ने दीर्घकालिन उपाय अप्नाउनुपर्ने बताए ।

पोखरा उद्योग वाणिज्य संघका अध्यक्ष दामु अधिकारीले वैंकको किस्ता माग्न वैंक तथा वित्तिय संस्थाको प्रतिनिधि घरमै आए भने घरको छतबाट हामफाल्ने स्थिति आउने भन्दै त्यसको समाधानका लागि राज्यले नै नीति ल्याउनुपर्ने बताए । पोखरा पर्यटन परिषदका अध्यक्ष चिरञ्जिवी पोखरेलले वैंकको व्याज र किस्ता तिर्न तयार रहेपनि तिर्ने वातावरण निर्माण सरकारले नै गर्नुपर्ने बताए ।

गण्डकी ट्रक यातायात व्यवसायी संघका बरिष्ठ उपाध्यक्ष भानुभक्त अधिकारीले सामान ढुवानी गर्दा जोखिम बढेको भन्दै सुरक्षाका लागि स्वास्थ्य सामग्रीको ब्यबस्था गरिदिन आग्रह गरे । निर्माण व्यवसायी संघ कास्कीका अध्यक्ष सुरेश श्रेष्ठले असोज अगाडि काम गर्ने अवस्था नभएकाले यसअघी सम्झौता भएका योजनाहरुको समयअवधी थप्न आग्रह गरे ।

पोखरेली ट्याक्सी व्यवसायी प्रालिका अध्यक्ष प्रकाशमणी तिवारीले ट्याक्सीलाई एम्वुलेन्सको पमा प्रयोग गर्न तयार रहेको तर वैंकको व्याज र किस्ता तिर्ने सहज वातावरण भने सरकारले बनाईदिनुपर्ने बताए ।
अर्को समाचार
इटहरीको बजेट एक अर्ब ७८ करोड
१० असार २०७७
•
२ मिनेट पाठ
इटहरीको बजेट एक अर्ब ७८ करोड
इटहरी उप–महानगरपालिकाले आगामी आर्थिक वर्ष २०७७–०७८ का लागि एक अर्ब ७८ करोडको बजेट सार्वजनिक गरेको छ । बुधबार सातौं नगर परिषदबाट उपप्रमुख लक्ष्मी गौतमले आगामी आर्थिक वर्षका लागि बजेट सार्वजनिक गरेकी हुन् । सार्वजनिक गरिएको बजेटमध्ये चालुतर्फ ७१ करोड ७५ लाख, पूँजीगततर्फ एक अर्ब चार करोड ८५ लाख र वित्तिय व्यवस्थातर्फ एक करोड ४० लाख अनुमान गरिएको छ ।  




इटहरीले चालु आर्थिक वर्षका लागि एक अर्ब ८५ करोड ५० लाखको अनुमानित बजेट सार्वजनिक गरेको थियो । आर्थिक वर्ष २०७५–०७६ मा एक अर्ब ३७ करोड १० लाख ५८ हजार र २०७४–०७५ मा एक अर्ब ३१ करोड १७ लाख २५ हजार छुट्याएको थियो ।  

विश्वभर कोरोना भाइरस (कोभिड–१९ ) को महामारीले आक्रान्त बनाएको बेला चालु आर्थिक वर्षभन्दा आगामी आर्थिक वर्षका लागि यहाँ अनुमान गरिएको खर्च व्यर्होने श्रोत मध्ये संघीय सरकारबाट प्राप्त समानिकरण अनुदानबाट ३० करोड ९२ लाख, संघीय सर्शत अनुदानबाट ४१ करोड १८ लाख, संघीय राजश्व बाँडफाँडबाट १५ करोड पाँच लाख ८६ हजार ४१० र संघीय समपुरकवाट एक करोड ६८ लाख हुने उल्लेख छ ।  

यस्तै, प्रदेश समानिकरण अनुदानबाट ९४ लाख ७० हजार, प्रदेश शर्शत अनुदानवाट सात करोड, प्रदेश समपुरकवाट एक करोड, प्रदेश राजश्व वाँडफाँडबाट २४ करोड २१ लाख ४३ हजार ५९०,  आन्तरिक आयबाट ३८ करोड १५ लाख तथा तराई मधेस समृद्दि कार्यक्रमबाट ३५ लाख, शासकीय सुधार कार्यक्रमबाट दुई करोड, न्युनवित्त परिचालनवाट पाँच करोड ५० लाख र नपुग हुने रकम दस करोड सञ्चित कोषको मौज्दात परिवर्तनबाट प्राप्त गरि परिपूर्ति गरिने सार्वजनिक गरियो ।  

आगामी आर्र्थिक वर्षमा कानुन बमोजिम जनप्रतिनिधिले बैठक भत्ताबाट पाउने रकममा १५ प्रतिशत कटौती गरि त्यस्तो रकम कोरोना भाइरस नियन्त्रण कोष वा स्वास्थ्य कोषमा जम्मा गरिने प्रस्ताव पेस गरिएको छ। बजेटमा कोरोना भाइरसको महामारीबाट उपमहानगरपालिकालाई सम्भव भए सम्म सुरक्षित राख्न आवश्यक प्रवन्ध गर्ने, वैदेशिक रोजगारबाट फर्कनेलाई रोजगारीको अवसर श्रृजना गर्ने, नगरक्षेत्रमा औधोगिक व्यापारिक, व्यवसायिक, कृषिजन्य तथा पर्यटकीय क्षेत्रलाई सुढृढ तथा व्यवस्थित गरी आर्थिक क्रियाकलापलाई चलायमान गर्ने कार्य समेटिएको छ।  

यस्तै, पछाडि पारिएका वर्ग तथा समुदायलाई सामाजिक आर्थिक परिचालनको माध्यमबाट नेतृत्व क्षमत्ता विकास गरी नगरको विकास र सम्वृद्दिमा पहँुच स्थापित गर्ने, सुशासन प्रर्वद्दन गर्दै भ्रष्टचारमा शुन्य सहनशिलताको नीति अपनाइने  तथा व्यवस्थित सडक पूर्वाधार निर्माण गरी हिलो र धुलो मुक्त नगरमा रुपान्तरण गर्ने लक्ष्य राखेर बजेट सार्वजनिक गरिएको उपप्रमुख गौतमले नगरसभामा बताइन् ।
बालबालिकामा बोलीसम्बन्धी समस्या देखिनुको कारण खोज्दै अस्ट्रेलियाका अनुसन्धानकर्ता
अन्तर्राष्ट्रिय
Clock ७ घण्टा अघि | ३ मिनेट पाठ
बालबालिकामा बोलीसम्बन्धी समस्या देखिनुको कारण खोज्दै अस्ट्रेलियाका अनुसन्धानकर्ता
यस्ता समस्या किन उत्पन्न हुन्छन् भन्ने पहिचान गरी बालबालिकामा समयमै निदान, उपचार तथा आवश्यक सहयोग उपलब्ध गराउने उद्देश्यले अनुसन्धान अघि बढाइएको हो।
Whatsapp
रास्वपाले ६ प्रदेशमा प्रशिक्षण चलाउने, सुर्खेतबाट रविले उद्घाटन गर्ने
राजनीति
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
रास्वपाले ६ प्रदेशमा प्रशिक्षण चलाउने, सुर्खेतबाट रविले उद्घाटन गर्ने
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले स्थानीय तथा प्रदेश निर्वाचनको तयारी र संगठन सुदृढीकरणका लागि छ वटा प्रदेशमा प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रम स...
Whatsapp
हेटौँडा कपडा उद्योग पुनः सञ्चालनको सम्भावना अध्ययन गर्दै मन्त्री पुन
राजनीति
Clock ७ घण्टा अघि | २ मिनेट पाठ
हेटौँडा कपडा उद्योग पुनः सञ्चालनको सम्भावना अध्ययन गर्दै मन्त्री पुन
विज्ञान, प्रविधि तथा नवप्रवर्तनमन्त्री महावीर पुनले लामो समयदेखि बन्द रहेको हेटौँडा कपडा उद्योगका पुराना मेसिनलाई आधुनिक प्रविधिबाट परिमार्जन गरी पुनः...
Whatsapp
सेवाग्राहीलाई दुःख दिने सात जना बिचौलिया पक्राउ
समाज
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
सेवाग्राहीलाई दुःख दिने सात जना बिचौलिया पक्राउ
जिल्ला प्रशासन कार्यालयमा आउने सेवाग्राहीलाई दुःख तथा हैरानी दिने गरेको आरोपमा प्रहरीले सात जना बिचौलियालाई पक्राउ गरेको छ।
Whatsapp
एउटै श्रम बजारमा दुईथरी ज्याला, कार्यविधि पुनरावलोकन गर्न महासंघको आग्रह
अर्थ
Clock ७ घण्टा अघि | २ मिनेट पाठ
एउटै श्रम बजारमा दुईथरी ज्याला, कार्यविधि पुनरावलोकन गर्न महासंघको आग्रह
नेपाल उद्योग वाणिज्य महासंघका उपाध्यक्ष तथा रोजगारदाता परिषद्का सभापति प्रबलजंग पाण्डेले सरकारले हालै जारी गरेको ‘सार्वजनिक खरिदमा आबद्ध श्रमिकको पारि...
Whatsapp
रास्वपाले छ प्रदेशमा प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रम सञ्चालन गर्ने
राजनीति
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
रास्वपाले छ प्रदेशमा प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रम सञ्चालन गर्ने
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले छ प्रदेशमा प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रम सञ्चालन गर्ने भएको छ।
Whatsapp
गुरुङ राष्ट्रिय परिषद्को केन्द्रीय पार्षदसभामा सहभागी हुन गृहमन्त्री गुरुङ इटहरी प्रस्थान
राजनीति
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
गुरुङ राष्ट्रिय परिषद्को केन्द्रीय पार्षदसभामा सहभागी हुन गृहमन्त्री गुरुङ इटहरी प्रस्थान
गृहमन्त्री सुधन गुरुङ गुरुङ समुदायको राष्ट्रिय पार्षदसभामा सहभागी हुन सुनसरीको इटहरी प्रस्थान गरेका छन्।
Whatsapp
मलेसिया घोटाला: एकनारायणको बयानले तान्ला त डीपी अर्याल र शरदसिंहलाई ?
समाज
Clock ८ घण्टा अघि | ६ मिनेट पाठ
मलेसिया घोटाला: एकनारायणको बयानले तान्ला त डीपी अर्याल र शरदसिंहलाई ?
मलेसिया जाने नेपाली श्रमिकसँग स्वास्थ्य परीक्षणका नाममा अवैध रूपमा उठाइएको अर्बौँ रुपैयाँ विदेश पठाउन सघाएको आरोपमा पूर्वमुख्य सचिव एकनारायण अर्याल बि...
Whatsapp
अष्ट्रेलियाको गर्मीयाम जोखिमपूर्ण हुने सङ्केत, ६ क्षेत्रमा डढेलोको खतरा
अन्तर्राष्ट्रिय
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
अष्ट्रेलियाको गर्मीयाम जोखिमपूर्ण हुने सङ्केत, ६ क्षेत्रमा डढेलोको खतरा
अष्ट्रेलियाका अधिकांश राज्य तथा क्षेत्रमा आगामी गर्मीयाममा डढेलोको जोखिम बढ्ने अधिकारीहरूले शुक्रबार चेतावनी दिएका छन्।
Whatsapp
साउदी आक्रमणमा यमनमा ११ जनाको मृ*त्यु, अधिकांश बालबालिका
अन्तर्राष्ट्रिय
Clock ८ घण्टा अघि | २ मिनेट पाठ
साउदी आक्रमणमा यमनमा ११ जनाको मृ*त्यु, अधिकांश बालबालिका
यमनको पश्चिमी क्षेत्रमा साउदी नेतृत्वको गठबन्धन सेनाले गरेको हवाई आक्रमणमा ११ जनाको मृत्यु भएको छ।
Whatsapp
बिम-मराङ-मल्कबाङ-पाखापानी सडक स्तरोन्नति सुरु
समाज
Clock ८ घण्टा अघि | २ मिनेट पाठ
बिम-मराङ-मल्कबाङ-पाखापानी सडक स्तरोन्नति सुरु
म्याग्दीको मालिका, धवलागिरि र रघुगङ्गा गाउँपालिका जोड्ने बिम–मराङ–मल्कबाङ–पाखापानी सडक स्तरोन्नति सुरु भएको छ।
Whatsapp
मंसिर १३ देखि नारायणगढ-मुग्लिङ सडक दैनिक ५ घण्टा बन्द हुने
समाज
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
मंसिर १३ देखि नारायणगढ-मुग्लिङ सडक दैनिक ५ घण्टा बन्द हुने
नारायणगढ-मुग्लिङ सडकखण्ड आइतबारदेखि दैनिक पाँच घण्टा बन्द हुने भएको छ। तुइनखोला क्षेत्रमा पहिरो रोकथामको काम अघि बढाउनुपर्ने भएकाले जिल्ला प्रशासन कार...
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस