‘व्यावसाय बचाऔं कार्यक्रम’ आवश्यक : व्यावसायी
३१ वैशाख २०७७
•
१० मिनेट पाठ
‘व्यावसाय बचाऔं कार्यक्रम’ आवश्यक : व्यावसायी
कोरोना भाईरस संक्रमणको कारण सबैखाले व्यावसाय ध्वस्त भएको भन्दै आगामि आर्थिक वर्ष २०७७÷७८ को बजेटमा ‘व्यावसाय बचाऔं कार्यक्रम’ ल्याउन यहाँका व्यावसायीले सरकारलाई सुझाएका छन् । संघीय सरकारले आगामि आर्थिक वर्षकोे बजेट ल्याउने तयारी गरिरहँदा व्यावसायीले कोरोनाबाट पार पाउने गरि बजेटमा व्यावसायीको अप्ठेरोलाई समेट्न आग्रह गरेका हुन् ।  




संघीय सरकारका अर्थमन्त्री र राष्ट्रबैंकका गर्भनरलाई भिन्दाभिन्दै पत्र पठाउँदै व्यावसायीले अहिलेको अप्ठेरोबाट पार पाउन नसके व्यावसायी नै बिस्थापित हुनुपर्ने र त्यसको मार समग्र अर्थतन्त्रमा पर्ने उल्लेख गरेका छन् । अर्थमन्त्रीलाई पत्र लेख्दै व्यावसायी बचाउन नसके मुलुकले ठुलो मार खेप्नुपर्ने भएकोले बजेटमार्फत गुनासा सुनुवाई गरिदिन उनीहरुको माग रहेको छ । अहिलेको लकडाउन अवधि अझै लम्बिन सक्ने र त्यसले अर्थतन्त्र झनै ओरालो लाग्ने उनीहरुको चिन्ता छ ।  

अर्थमन्त्रीलाई लेखेको पत्रमा व्यावसायीले कोरोना संक्रमणका कारण आर्थिक गतिविधि ठप्प हुनु, राजस्व संकलन कम हुनु, निम्न तथा मध्यम वर्गका परिवारलाई दैनिक गुजरा चलाउन कठिन भएको समेत बताएका छन् । त्यसबाहेक व्यावसायीले कामदारको तलव, बैंकको किस्ता र व्याज, विद्युुत, पानी, संचार, वहाल, बिमा शुल्क समेत भुक्तान गर्न नसक्ने अवस्था रहेकोले बजेटमार्फत समस्या सम्बोधन हुनुपर्ने उनीहरुको भनाई छ ।  

पोखराका पर्यटन व्यावसायीले बनाएको ‘व्यावसायी बचाउ अभियान’का सहसंयोजक टिकाराम सापकोटाले पर्यटन व्यावसाय दुईवर्षसम्म सहज नहुने अनुमान गरिएकोले व्यावसायीको समस्याबारे अर्थमन्त्री र गर्भनरलाई बजेटमार्फत यी समस्या केही समाधान गर्न सकिने बारे जानकारी गराएको बताए । ‘दुईवर्ष पर्यटन व्यावसाय नोक्सानमा हुँदाको मार भनिसाध्य छैन,’ सापकोटाले भने, ‘त्यही भएर व्यावसायीका समस्यालाई बजेटमार्फत समाधान गर्र्न आग्रह गरेका हौ । सरकारले बजेटमार्फत केही मर्का बुझिदिनेमा विश्वस्त छौ ।’

सापकोटाले पर्यटन व्यवसायसँगै कृषी उत्पादनको खपतमा समेत मार पर्ने भएकोले सरकारको ध्यानाकर्षण गराएको बताए । त्यस्तै वित्तीय संस्थाबाट लिएको कर्जाको किस्ता र व्याजलाई पुर्नतालिका गरी सहज बनाउनुपर्ने, अहिलेको उच्च व्याजदरमा कटौती वा छुट दिने व्यवस्थाको खाँचो रहेको पनि उनले बताए । त्यसैगरि  राष्ट्रबैकको पुर्नकर्जा कोषको रकम सबै साना तथा मझौला व्यवसायीले सरल र सहज ढंगले पाउने व्यवस्था गर्न पनि उनीहरुको माग छ ।  

आगामि दिनमा बढ्नसक्ने मुल्यवृद्धि नियन्त्रण गर्न र अबका तीनवर्ष सबै क्षेत्रमा तलव, सुविधा, भत्ता आदी नबढ्ने व्यवस्था गर्न पनि व्यावसायीले सरकारलाई सुझाएका छन् । तीनवटै सरकारी तहको अनुत्पादन खर्च कटौती गनुपर्ने, सिन्डिकेटको अन्त्य गर्न पनि व्यावसायीको सुझाव छ । त्यस्तै पर्यटन व्यावसायमा मुल्य अभिवृद्धी करको दर (भ्याट) घटाएर ७ प्रतिशतमा झार्न पनि व्यावसायीको माग छ । त्यस्तै ट्राभल र ट्रेकिङ व्यावसायलाई अनिवार्य मुल्य अभिवृद्धि करको बोझबाट बाहिर राख्नुपर्ने पनि व्यावसायीको सुझाव छ ।  

‘अर्थ व्यवस्थालई सहज बनाउन र व्यवसायलाई जिवन्त राखी व्यवसायीको पलायन रोक्न पनि सरकारले बजेटमा सम्बोधन गर्नुैपर्छ,’ सापकोटाले भने, ‘कामदारलाई बेरोजगार हुन नदिन र व्यवसायलाई पहिलेकै अवस्थामा फर्काउन ‘व्यवसाय बचाऔ कार्यक्रम’ लाई बजेटमा समेट्नुपर्छ । यदी व्यावसायी नै बचेनन भने मजदुर पनि जोगिने छैनन । त्यसको मार अनुमान गरेभन्दा जटिल हुने जोखिम छ ।’  

त्यस्तै गर्भनरलाई पठाएको पत्रमा कर्जाको भुक्तानि तालिकालाई पुनर्तालिकीकरण गर्नुपर्ने, व्याजदरमा केही छुट हुनुको साथै बैकको आधार दर (बेसरेट¬¬) बराबर हुनुपर्ने, पुर्नकर्जा कोषको सदुपयोग गर्ने अवसर विशेषत साना र मझौलास्तरका व्यवसायीहरुलाई प्राथमिकतामा राख्ने गरी थ्रेसहोल्ड सिमा (अधिकतम १० करोड मात्र ) राख्न उचित हुने पनि व्यावसायीको सुझाव छ ।  

व्यावसायी बचाउ अभियानका संयोजक समेत रहेका नेपाल उद्योग बाणिज्य महासंघका पूर्व अध्यक्ष आनन्दराज मुल्मीले बजार पूर्ण रुपमा नखुलेसम्म व्यवासाय नचल्ने भएकोले ‘बाँच र बाच्न देउ’ भन्ने अवस्थामा सरकारले ध्यान दिनुपर्ने बताए । ‘आगामि वर्षको बजेटले कति सम्बोधन गर्छ र बजेटले अर्थतन्त्रलाई कति राहत दिन्छ भन्ने महत्वपूर्ण छ,’ मुल्मीले भने, ‘व्यावसायलाई बचाउन सकेनौ र व्यावसायी पलायन भए भने अर्थतन्त्रलाई घात हुनसक्छ ।

व्यावसायीलाई बचाउन नसके, निजी क्षेत्रले योगदान गरेको रोजगारलाई बचाउन नसके अर्थतन्त्र ध्वस्त हुनेछ । त्यसैले बजेटमा केही प्याकेज जरुरी छ ।’ उनले व्यावसायीलाई पूर्ण अनुदान नभई सहुलियत चाहिएको बताए । ‘सरकारले बजेटमा पक्कै पनि व्यावसायीका समस्यालाई केही सम्बोधन गर्नेछ, नत्र व्यावसायी बिस्थापित हुँदाको अवस्था झनै भयानक हुनेछ,’ उनले भने ।
अर्को समाचार
व्यावसाय बचाऔं कार्यक्रम’ आवश्यक : व्यावसायी
३१ वैशाख २०७७
•
१० मिनेट पाठ
व्यावसाय बचाऔं कार्यक्रम’ आवश्यक : व्यावसायी
पोखरा- कोरोना भाइरस संक्रमणको कारण सबैखाले व्यावसाय ध्वस्त भएको भन्दै आगामी आर्थिक वर्ष २०७७/७८ को बजेटमा ‘व्यावसाय बचाऔं कार्यक्रम’ ल्याउन यहाँका व्यावसायीले सरकारलाई सुझाएका छन् । संघीय सरकारले आगामि आर्थिक वर्षकोे बजेट ल्याउने तयारी गरिरहँदा व्यावसायीले कोरोनाबाट पार पाउने गरि बजेटमा व्यावसायीको अप्ठेरोलाई समेट्न आग्रह गरेका हुन् ।  




संघीय सरकारका अर्थमन्त्री र राष्ट्रबैंकका गर्भनरलाई भिन्दाभिन्दै पत्र पठाउँदै व्यावसायीले अहिलेको अप्ठेरोबाट पार पाउन नसके व्यावसायी नै बिस्थापित हुनुपर्ने र त्यसको मार समग्र अर्थतन्त्रमा पर्ने उल्लेख गरेका छन् । अर्थमन्त्रीलाई पत्र लेख्दै व्यावसायी बचाउन नसके मुलुकले ठूलो मार खेप्नुपर्ने भएकोले बजेटमार्फत गुनासा सुनुवाई गरिदिन उनीहरुको माग रहेको छ । अहिलेको लकडाउन अवधि अझै लम्बिन सक्ने र त्यसले अर्थतन्त्र झनै ओरालो लाग्ने उनीहरुको चिन्ता छ ।  

अर्थमन्त्रीलाई लेखेको पत्रमा व्यावसायीले कोरोना संक्रमणका कारण आर्थिक गतिविधि ठप्प हुनु, राजस्व संकलन कम हुनु, निम्न तथा मध्यम वर्गका परिवारलाई दैनिक गुजरा चलाउन कठिन भएको समेत बताएका छन् । त्यसबाहेक व्यावसायीले कामदारको तलव, बैंकको किस्ता र व्याज, विद्युुत, पानी, संचार, वहाल, बिमा शुल्क समेत भुक्तान गर्न नसक्ने अवस्था रहेकोले बजेटमार्फत समस्या सम्बोधन हुनुपर्ने उनीहरुको भनाई छ ।  

पोखराका पर्यटन व्यावसायीले बनाएको ‘व्यावसायी बचाउ अभियान’का सहसंयोजक टिकाराम सापकोटाले पर्यटन व्यावसाय दुई वर्षसम्म सहज नहुने अनुमान गरिएकोले व्यावसायीको समस्याबारे अर्थमन्त्री र गर्भनरलाई बजेटमार्फत यी समस्या केही समाधान गर्न सकिने बारे जानकारी गराएको बताए । ‘दुईवर्ष पर्यटन व्यावसाय नोक्सानमा हुँदाको मार भनिसाध्य छैन,’ सापकोटाले भने, ‘त्यही भएर व्यावसायीका समस्यालाई बजेटमार्फत समाधान गर्र्न आग्रह गरेका हौ । सरकारले बजेटमार्फत केही मर्का बुझिदिनेमा विश्वस्त छौ ।’

सापकोटाले पर्यटन व्यवसायसँगै कृषी उत्पादनको खपतमा समेत मार पर्ने भएकोले सरकारको ध्यानाकर्षण गराएको बताए । त्यस्तै वित्तीय संस्थाबाट लिएको कर्जाको किस्ता र व्याजलाई पुर्नतालिका गरी सहज बनाउनुपर्ने, अहिलेको उच्च व्याजदरमा कटौती वा छुट दिने व्यवस्थाको खाँचो रहेको पनि उनले बताए । त्यसैगरि  राष्ट्रबैकको पुर्नकर्जा कोषको रकम सबै साना तथा मझौला व्यवसायीले सरल र सहज ढंगले पाउने व्यवस्था गर्न पनि उनीहरुको माग छ ।  

आगामी दिनमा बढ्न सक्ने मुल्यवृद्धि नियन्त्रण गर्न र अबका तीनवर्ष सबै क्षेत्रमा तलव, सुविधा, भत्ता आदी नबढ्ने व्यवस्था गर्न पनि व्यावसायीले सरकारलाई सुझाएका छन् । तीनवटै सरकारी तहको अनुत्पादन खर्च कटौती गनुपर्ने, सिन्डिकेटको अन्त्य गर्न पनि व्यावसायीको सुझाव छ । त्यस्तै पर्यटन व्यावसायमा मुल्य अभिवृद्धी करको दर (भ्याट) घटाएर ७ प्रतिशतमा झार्न पनि व्यावसायीको माग छ । त्यस्तै ट्राभल र ट्रेकिङ व्यावसायलाई अनिवार्य मुल्य अभिवृद्धि करको बोझबाट बाहिर राख्नुपर्ने पनि व्यावसायीको सुझाव छ ।  

‘अर्थ व्यवस्थालई सहज बनाउन र व्यवसायलाई जिवन्त राखी व्यवसायीको पलायन रोक्न पनि सरकारले बजेटमा सम्बोधन गर्नुैपर्छ,’ सापकोटाले भने, ‘कामदारलाई बेरोजगार हुन नदिन र व्यवसायलाई पहिलेकै अवस्थामा फर्काउन ‘व्यवसाय बचाऔ कार्यक्रम’ लाई बजेटमा समेट्नुपर्छ । यदी व्यावसायी नै बचेनन भने मजदुर पनि जोगिनेछैनन । त्यसको मार अनुमान गरेभन्दा जटिल हुने जोखिम छ ।’  

त्यस्तै गर्भनरलाई पठाएको पत्रमा कर्जाको भुक्तानि तालिकालाई पुनर्तालिकीकरण गर्नुपर्ने, व्याजदरमा केही छुट हुनुको साथै बैकको आधार दर (बेसरेट(() बराबर हुनुपर्ने, पुर्नकर्जा कोषको सदुपयोग गर्ने अवसर विशेषत साना र मझौलास्तरका व्यवसायीहरुलाई प्राथमिकतामा राख्ने गरी थ्रेसहोल्ड सिमा (अधिकतम १० करोड मात्र ) राख्न उचित हुने पनि व्यावसायीको सुझाव छ ।  

व्यावसायी बचाउ अभियानका संयोजक समेत रहेका नेपाल उद्योग बाणिज्य महासंघका पूर्व अध्यक्ष आनन्दराज मुल्मीले बजार पूर्ण रुपमा नखुलेसम्म व्यवासाय नचल्ने भएकोले ‘बाँच र बाच्न देउ’ भन्ने अवस्थामा सरकारले ध्यान दिनुपर्ने बताए । ‘आगामी वर्षको बजेटले कति सम्बोधन गर्छ र बजेटले अर्थतन्त्रलाई कति राहत दिन्छ भन्ने महत्वपूर्ण छ,’ मुल्मीले भने, ‘व्यावसायलाई बचाउन सकेनौ र व्यावसायी पलायन भए भने अर्थतन्त्रलाई घात हुनसक्छ । व्यावसायीलाई बचाउन नसके, निजी क्षेत्रले योगदान गरेको रोजगारलाई बचाउन नसके अर्थतन्त्र ध्वस्त हुनेछ । 

त्यसैले बजेटमा केही प्याकेज जरुरी छ ।’ उनले व्यावसायीलाई पूर्ण अनुदान नभई सहुलियत चाहिएको बताए । ‘सरकारले बजेटमा पक्कै पनि व्यावसायीका समस्यालाई केही सम्बोधन गर्नेछ, नत्र व्यावसायी बिस्थापित हुँदाको अवस्था झनै भयानक हुनेछ,’ उनले भने ।
एकल व्यक्ति चमत्कारवाद!
कला/साहित्य
Clock १ मिनेट अघि | १ मिनेट पाठ
एकल व्यक्ति चमत्कारवाद!
हामी आठदश जना साथीहरू प्रायः बिहान सधैं चिया पसलमा जम्मा हुन्छौं। विभिन्न पार्टीका गतिविधिबारे निकै जान्ने–सुन्ने भएर गफ चुट्छौं।
Whatsapp
मुक्तिनाथ मन्दिरको भेटीमा नेपालसहित १२ राष्ट्रका मुद्रा सङ्कलन
अर्थ
Clock १० मिनेट अघि | १ मिनेट पाठ
मुक्तिनाथ मन्दिरको भेटीमा नेपालसहित १२ राष्ट्रका मुद्रा सङ्कलन
मुलुककै प्रसिद्ध धार्मिक तीर्थस्थल मुक्तिनाथ मन्दिरमा गएको चार महिनामा रु ४५ लाख ४६ हजार ८३२ भेटी सङ्कलन भएको छ। 
Whatsapp
दिल्लीसँग गाँसिएको साहित्य साइनो
कला/साहित्य
Clock १९ मिनेट अघि | १ मिनेट पाठ
दिल्लीसँग गाँसिएको साहित्य साइनो
धुलो, धुवाँ र प्रदूषणको नगर दिल्लीमा साहित्यको सुरभि सञ्चारित गर्नमा सार्क साहित्य सम्मेलनले प्रमुख भूमिका खेलिरहेको स्वयंसिद्ध छ।
Whatsapp
सम्पूर्ण पार्टी पङ्क्ति एकजुट भई स्थानीय तहको निर्वाचनमा लाग्नुपर्छः महामन्त्री पौडेल
राजनीति
Clock २२ मिनेट अघि | १ मिनेट पाठ
सम्पूर्ण पार्टी पङ्क्ति एकजुट भई स्थानीय तहको निर्वाचनमा लाग्नुपर्छः महामन्त्री पौडेल
नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेलले पार्टी एकजुट भएर आगामी स्थानीय तहको निर्वाचनको तयारीमा लाग्नुपर्ने बताएका छन्।
Whatsapp
एपीएफसँग अंक बाँडेसँगै सुदूरपश्चिम बाहिरियो
खेल
Clock ३१ मिनेट अघि | १ मिनेट पाठ
एपीएफसँग अंक बाँडेसँगै सुदूरपश्चिम बाहिरियो
दशौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत पुरुष फुटबलमा विभागीय टोली एपीएफ क्लब र सुदूरपश्चिम प्रदेशले २–२ गोलको बराबरी खेलेका छन्।
Whatsapp
ग्रेटर मुन्दुम पदमार्ग प्रवर्द्धन गर्न भोजपुरका पाँच पालिकाको संयुक्त पहल
समाज
Clock ३६ मिनेट अघि | १ मिनेट पाठ
ग्रेटर मुन्दुम पदमार्ग प्रवर्द्धन गर्न भोजपुरका पाँच पालिकाको संयुक्त पहल
जिल्लाको पर्यटकीय सम्भावना बोकेको ग्रेटर मुन्दुम पदमार्गको विकास तथा प्रवर्द्धन गर्ने उद्देश्यले पाँच स्थानीय तहले संयुक्त रूपमा अल्ट्रा म्याराथन सञ्च...
Whatsapp
सुनछाप पहिरोको दीर्घकालीन नियन्त्रणका लागि ऊर्जा मन्त्रीले समन्वय गर्ने
राजनीति
Clock ३९ मिनेट अघि | १ मिनेट पाठ
सुनछाप पहिरोको दीर्घकालीन नियन्त्रणका लागि ऊर्जा मन्त्रीले समन्वय गर्ने
मन्त्री विराज भक्त श्रेष्ठले पर्वतको मोदी गाउँपालिका–२ स्थित सुनछाप पहिरोको स्थलगत अवलोकन गरी स्थानीयवासीका समस्या र क्षतिबारे जानकारी लिएका छन्...
Whatsapp
सरकारी निकायका गैरकानुनी गतिविधिको निष्पक्ष छानबिन गर : पूर्ण बस्नेत
राजनीति
Clock ५१ मिनेट अघि | १ मिनेट पाठ
सरकारी निकायका गैरकानुनी गतिविधिको निष्पक्ष छानबिन गर : पूर्ण बस्नेत
जनता समाजवादी पार्टी (जसपा) नेपालका नेता पूर्ण बस्नेतले सरकारी निकायबाट भएका गैरकानुनी गतिविधिको निष्पक्ष छानबिन हुनुपर्ने बताएका छन्।
Whatsapp
सिंगाडाखेतीबाट पहिचान बनाउँदै प्रेम
अर्थ
Clock १ घण्टा अघि | १ मिनेट पाठ
सिंगाडाखेतीबाट पहिचान बनाउँदै प्रेम
बाँकेको जानकी गाउँपालिका–२ नेवाजीगाउँका किसान प्रेम कश्यपलाई यतिबेला गाउँकै तलाउमा सिंगाडा (फानी फल) टिप्न र बेच्न भ्याइनभ्याइ छ। 
Whatsapp
भारतमा सबै राज्यको संसद् सीट सङ्ख्यामा समानुपातिक रूपमा ५० प्रतिशत वृद्धि गर्ने तयारी
अन्तर्राष्ट्रिय
Clock १ घण्टा अघि | १ मिनेट पाठ
भारतमा सबै राज्यको संसद् सीट सङ्ख्यामा समानुपातिक रूपमा ५० प्रतिशत वृद्धि गर्ने तयारी
भारतको सङ्घीय सरकारले नोभेम्बर ३० बाट सुरु हुने संसद्को विशेष अधिवेशनमा सीमाङ्कन (दोस्रो) विधेयक, २०२६ प्रस्तुत गर्ने तयारी गरेको छ। 
Whatsapp
विराटनगर महानगर प्रमुखका वाचा अधुरै
समाज
Clock १ घण्टा अघि | १ मिनेट पाठ
विराटनगर महानगर प्रमुखका वाचा अधुरै
विराटनगर महानगरपालिकाका प्रमुख नागेश कोइरालाले २०७९ सालको स्थानीय तहको निर्वाचनमा गरेका अधिकांश वाचा अधुरै छन्।
Whatsapp
टोप्लाका महिलाले पाए गाउँमै प्रसूति सेवा
स्वास्थ्य
Clock १ घण्टा अघि | १ मिनेट पाठ
टोप्लाका महिलाले पाए गाउँमै प्रसूति सेवा
विकट भूगोल, टाढाको स्वास्थ्य संस्था र आर्थिक अभावका कारण यहाँका महिलाले प्रसूति सेवाका लागि लामो समयदेखि सास्ती खेप्दै आएका थिए।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस