उदयपुरमा अन्तर्राष्ट्रिय मापदण्डको बसपार्क
१४ कार्तिक २०७६
•
५ मिनेट पाठ
उदयपुरमा अन्तर्राष्ट्रिय मापदण्डको बसपार्क
निर्माण सुरु हुन लागेको त्रियुगा बसपार्कको थ्रिडी तस्बिर। तस्बिर : नागरिक
उदयपुर – गाईघाटमा अन्तर्राष्ट्रिय मापदण्डको नमुना बसपार्क बन्ने भएको छ। त्रियुगा नगरपालिका–१२ मा सञ्चालित साविक बसपार्कलाई नै स्तरोन्नति गरी चालू आर्थिक वर्षभित्रै निर्माण कार्य थाल्ने तयारी भइहेको बसपार्क प्रदेशकै नमुना बसपार्क हुने सघन सहरी विकास तथा भवन निर्माण डिभिजन राजविराजले जनाएको छ।




बसपार्कका लागि ठेक्का प्रक्रियामार्फत निर्माण कम्पनीको समेत टुंगो लगाइसकेको डिभिजन प्रमुख रमेश थिङले बताए। उनका अनुसार तिहारलगत्तै निर्माण सुरु हुने बसपार्क अत्याधुनिक, सुविधासम्पन्न, यातायात–व्यवसायीमैत्री र यात्रुमैत्री हुनेछ। गाईघाट–कदमाहा सडकखण्डसँग जोडिएको सो बसपार्कमा गाडीहरू पूर्वी नाकाको उत्तर–दक्षिण द्वारबाट प्रवेश र बाहिर जानेछन्। गाडी पार्किङका लागि दायाँ–बायाँ फूलबारीयुक्त फराकिला कालोपत्रे ‘पार्किङ लट’ बनाइनेछ, जसमा ‘फलामे सेड’ हालिनेछ। भित्री सडक पनि सबैतिर पूmलबारीयुक्त र कालोपत्रे हुनेछन्। बसपार्क भित्रिएका, पार्किङ गरिएका र बाहिरिएका हरेक गाडीको अभिलेख राख्न, नियन्त्रण गर्न र परिचालनको निगरानी गर्न बसपार्कबीच सुविधायुक्त कार्यालय भवन (टर्मिनल बिल्डिङ) बनाइनेछ। जसमा बुकिङ काउन्टर, बस छुट्ने तथा आइपुग्ने समयबारे यात्रुलाई जानकारी गराउन माइकिङसहितको ध्वनि बडापत्र सेवा सञ्चालन गरिनेछ।

त्यस्तै बसपार्कभित्र यात्रु प्रतीक्षालय, घण्टाघर, आधुनिक उपकरणयुक्त ग्यारेज (सर्भिस सेन्टर), खाजा घर, उपभोग्य सामानका ‘सपिङ कवल’हरू र महिला–पुरुषका लागि छुट्टाछुट्टै सार्वजनिक शौचालय पनि निर्माण गरिने प्रमुख थिङले जानकारी दिए। बसपार्कभित्र अवैधानिक गतिविधि हुन नदिन तथा सुरक्षार्थ प्रहरी बिट स्थापना गरिनेछ। पाकेटमारी, चोरी, डकैती र अवाञ्छित क्रियाकलापबाट मुक्त राख्न बसपार्कभर क्लोज सर्किट (सिसी क्यामेरा) जडान गरिनेछ, जसको नियन्त्रणकक्ष टर्मिनल भवन र प्रहरी बिटमा राखिनेछ। त्रियुगा नदीकिनारको नदी उकास जमिनमा बन्ने सो बसपार्कको दक्षिणतर्फ तटबन्धसँगै आकर्षक पूmलबारी बनाइनेछ।

पाँच बिघा क्षेत्रफलमा बन्ने बसपार्कको काम गत वर्षदेखि नै थाल्नेगरी इस्टिमेट तयार गरिए पनि ठेक्का प्रक्रियामा ढिलाइ भएकाले चालू आर्थिक वर्षदेखि मात्र काम सुरु गर्न लागिएको प्रमुख थिङले बताए। कुल लागत २४ करोडमध्ये बसपार्कको संरचना निर्माणमा मात्र १९ करोड २५ लाख रुपैयाँ खर्च हुनेछ। तर झन्डै ३४ प्रतिशत कम अर्थात १२ करोड ६१ लाख रुपैयाँमा रमण/आइएसएनडी जेबीले निर्माणको जिम्मा लिएको डिभिजन कार्यालयले जनाएको छ।

प्रमुख थिङले निर्माण कम्पनीबीच प्रतिस्पर्धामा झन्डै आधा मूल्यको टेन्डर परेपछि नियमानुसार त्यही छनोटमा परेको बताए। ‘हामीले प्रदेशकै नमुना र व्यवस्थित बसपार्क बनाउने गरी बनाएको इस्टिमेटमा भ्याटबाहेक १९ करोड २५ लाख रुपैयाँको संरचना निर्माण गर्ने भन्ने थियो,’ प्रमुख थिङले भने, ‘तर निर्माण कम्पनीहरूबीचको प्रतिस्पर्धामा सबभन्दा कम मूल्य १२ करोड ६१ लाखमा काम सक्छु भन्ने कम्पनीलाई नियमानुसार कामको जिम्मा दिइएको हो।’

त्रियुगा नगरपालिका प्रमुख प्रशासकीय अधिकृत लक्ष्मणविक्रम थापाले बन्न लागेको बसपार्कले यात्रुलाई सुविधासँगै गाईघाटलाई ‘स्मार्ट सिटी’ बन्न मद्दत गर्ने बताए। गाईघाट बजार सहरी विकास मन्त्रालयद्वारा दुई वर्षअघि घोषित देशभरका २५ व्यवस्थित सहर (स्मार्ट सिटी) मध्ये एक हो। सडक डिभिजनले त्रियुगामा ‘एक सहर एक पहिचान कार्यक्रम’ अन्तर्गत ७५ करोड लगानीमा गत वर्षदेखि विभिन्न संरचना निर्माण गरिहेको छ।
अर्को समाचार
एउटै श्रम बजारमा दुईथरी ज्याला, कार्यविधि पुनरावलोकन गर्न महासंघको आग्रह
७ घण्टा अघि
•
२ मिनेट पाठ
एउटै श्रम बजारमा दुईथरी ज्याला, कार्यविधि पुनरावलोकन गर्न महासंघको आग्रह
नेपाल उद्योग वाणिज्य महासंघका उपाध्यक्ष तथा रोजगारदाता परिषद्का सभापति प्रबलजंग पाण्डेले सरकारले हालै जारी गरेको ‘सार्वजनिक खरिदमा आबद्ध श्रमिकको पारिश्रमिक तथा सामाजिक सुरक्षासम्बन्धी कार्यविधि-२०८३’ पुनरावलोकन गर्न आग्रह गरेका छन्।




कार्यविधिका केही प्रावधान सकारात्मक भए पनि यसले निजी क्षेत्र र निर्माण व्यवसायीमाथि थप चुनौती थपेको उनको भनाइ छ।

शुक्रबार नवौं सामाजिक सुरक्षा दिवसका अवसरमा आयोजित कार्यक्रममा बोल्दै पाण्डेले एउटै श्रम बजारमा दुईथरी ज्याला प्रणाली लागू हुँदा गम्भीर असर पर्ने औँल्याए।

‘निजी क्षेत्रको न्यूनतम ज्याला मासिक १९ हजार ५५० रुपैयाँ र दैनिक ७५४ रुपैयाँ रहेको अवस्थामा सार्वजनिक खरिदमा आबद्ध अकुशल श्रमिकको दैनिक ज्याला १ हजार ७४० रुपैयाँ निर्धारण गरिएको छ,’ उनले भने, ‘एउटै श्रम बजारमा दुईथरी ज्याला प्रणालीले निजी क्षेत्रबाट श्रमिक पलायन हुने, उद्योगको लागत बढ्ने र प्रतिस्पर्धात्मक क्षमता कमजोर हुने जोखिम छ।’

पुराना ठेक्काको दररेट, लागत अनुमान र बोलपत्रमा नयाँ ज्याला तथा १० प्रतिशत योगदान समावेश नभएको अवस्थामा नयाँ व्यवस्था तत्काल लागू गर्दा व्यवसायीलाई ठूलो आर्थिक भार पर्ने पाण्डेले बताए।

यस्तो व्यवस्था कार्यान्वयनमा ल्याउनुअघि रोजगारदाता, श्रमिक र सम्बन्धित सरोकारवालासँग पर्याप्त छलफल तथा परामर्श गर्नुपर्नेमा उनले जोड दिए।

कार्यक्रममा पाण्डेले सामाजिक सुरक्षा कोषमा रोजगारदाता र श्रमिकको योगदानमा देखिएको असमानता हटाई प्रणालीलाई थप व्यावहारिक र प्रभावकारी बनाउन सरकारको ध्यानाकर्षण गराए।

सामाजिक सुरक्षा श्रमिकको अधिकार र रोजगारदाताको दायित्वसँग जोडिएको विषय भएकाले मन्त्रालयको नाम वा संरचना परिवर्तन हुँदैमा श्रमिकको सामाजिक सुरक्षाप्रतिको जिम्मेवारी कमजोर हुन नहुने धारणा उनले राखे।

सामाजिक सुरक्षा कोषमा हाल अर्बौं रुपैयाँ जम्मा भइसकेको उल्लेख गर्दै पाण्डेले त्यो रकम बैंकमा थन्क्याएर राख्नुभन्दा पूर्वाधार, जलविद्युत्, उद्योग र रोजगारी सिर्जना गर्ने उत्पादनमूलक क्षेत्रमा लगानी गर्नुपर्ने सुझाव दिए।

सोही कार्यक्रममा अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले योगदानमा आधारित सामाजिक सुरक्षा कार्यक्रमको दायरा विस्तार गर्न सरकारले आगामी बजेटमा पर्याप्त रकम विनियोजन गर्ने बताए।

सामाजिक सुरक्षा कोषमा श्रमिक तथा कर्मचारीको आबद्धता बढाउन सरकारले चालु वर्ष १ अर्ब ८० करोड रुपैयाँ विनियोजन गरेको जानकारीसमेत उनले दिए।
बालबालिकामा बोलीसम्बन्धी समस्या देखिनुको कारण खोज्दै अस्ट्रेलियाका अनुसन्धानकर्ता
अन्तर्राष्ट्रिय
Clock ७ घण्टा अघि | ३ मिनेट पाठ
बालबालिकामा बोलीसम्बन्धी समस्या देखिनुको कारण खोज्दै अस्ट्रेलियाका अनुसन्धानकर्ता
यस्ता समस्या किन उत्पन्न हुन्छन् भन्ने पहिचान गरी बालबालिकामा समयमै निदान, उपचार तथा आवश्यक सहयोग उपलब्ध गराउने उद्देश्यले अनुसन्धान अघि बढाइएको हो।
Whatsapp
रास्वपाले ६ प्रदेशमा प्रशिक्षण चलाउने, सुर्खेतबाट रविले उद्घाटन गर्ने
राजनीति
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
रास्वपाले ६ प्रदेशमा प्रशिक्षण चलाउने, सुर्खेतबाट रविले उद्घाटन गर्ने
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले स्थानीय तथा प्रदेश निर्वाचनको तयारी र संगठन सुदृढीकरणका लागि छ वटा प्रदेशमा प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रम स...
Whatsapp
हेटौँडा कपडा उद्योग पुनः सञ्चालनको सम्भावना अध्ययन गर्दै मन्त्री पुन
राजनीति
Clock ७ घण्टा अघि | २ मिनेट पाठ
हेटौँडा कपडा उद्योग पुनः सञ्चालनको सम्भावना अध्ययन गर्दै मन्त्री पुन
विज्ञान, प्रविधि तथा नवप्रवर्तनमन्त्री महावीर पुनले लामो समयदेखि बन्द रहेको हेटौँडा कपडा उद्योगका पुराना मेसिनलाई आधुनिक प्रविधिबाट परिमार्जन गरी पुनः...
Whatsapp
सेवाग्राहीलाई दुःख दिने सात जना बिचौलिया पक्राउ
समाज
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
सेवाग्राहीलाई दुःख दिने सात जना बिचौलिया पक्राउ
जिल्ला प्रशासन कार्यालयमा आउने सेवाग्राहीलाई दुःख तथा हैरानी दिने गरेको आरोपमा प्रहरीले सात जना बिचौलियालाई पक्राउ गरेको छ।
Whatsapp
एउटै श्रम बजारमा दुईथरी ज्याला, कार्यविधि पुनरावलोकन गर्न महासंघको आग्रह
अर्थ
Clock ७ घण्टा अघि | २ मिनेट पाठ
एउटै श्रम बजारमा दुईथरी ज्याला, कार्यविधि पुनरावलोकन गर्न महासंघको आग्रह
नेपाल उद्योग वाणिज्य महासंघका उपाध्यक्ष तथा रोजगारदाता परिषद्का सभापति प्रबलजंग पाण्डेले सरकारले हालै जारी गरेको ‘सार्वजनिक खरिदमा आबद्ध श्रमिकको पारि...
Whatsapp
रास्वपाले छ प्रदेशमा प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रम सञ्चालन गर्ने
राजनीति
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
रास्वपाले छ प्रदेशमा प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रम सञ्चालन गर्ने
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले छ प्रदेशमा प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रम सञ्चालन गर्ने भएको छ।
Whatsapp
यो पनि पढौँ
गुरुङ राष्ट्रिय परिषद्को केन्द्रीय पार्षदसभामा सहभागी हुन गृहमन्त्री गुरुङ इटहरी प्रस्थान
राजनीति
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
गुरुङ राष्ट्रिय परिषद्को केन्द्रीय पार्षदसभामा सहभागी हुन गृहमन्त्री गुरुङ इटहरी प्रस्थान
गृहमन्त्री सुधन गुरुङ गुरुङ समुदायको राष्ट्रिय पार्षदसभामा सहभागी हुन सुनसरीको इटहरी प्रस्थान गरेका छन्।
Whatsapp
मलेसिया घोटाला: एकनारायणको बयानले तान्ला त डीपी अर्याल र शरदसिंहलाई ?
समाज
Clock ८ घण्टा अघि | ६ मिनेट पाठ
मलेसिया घोटाला: एकनारायणको बयानले तान्ला त डीपी अर्याल र शरदसिंहलाई ?
मलेसिया जाने नेपाली श्रमिकसँग स्वास्थ्य परीक्षणका नाममा अवैध रूपमा उठाइएको अर्बौँ रुपैयाँ विदेश पठाउन सघाएको आरोपमा पूर्वमुख्य सचिव एकनारायण अर्याल बि...
Whatsapp
अष्ट्रेलियाको गर्मीयाम जोखिमपूर्ण हुने सङ्केत, ६ क्षेत्रमा डढेलोको खतरा
अन्तर्राष्ट्रिय
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
अष्ट्रेलियाको गर्मीयाम जोखिमपूर्ण हुने सङ्केत, ६ क्षेत्रमा डढेलोको खतरा
अष्ट्रेलियाका अधिकांश राज्य तथा क्षेत्रमा आगामी गर्मीयाममा डढेलोको जोखिम बढ्ने अधिकारीहरूले शुक्रबार चेतावनी दिएका छन्।
Whatsapp
साउदी आक्रमणमा यमनमा ११ जनाको मृ*त्यु, अधिकांश बालबालिका
अन्तर्राष्ट्रिय
Clock ८ घण्टा अघि | २ मिनेट पाठ
साउदी आक्रमणमा यमनमा ११ जनाको मृ*त्यु, अधिकांश बालबालिका
यमनको पश्चिमी क्षेत्रमा साउदी नेतृत्वको गठबन्धन सेनाले गरेको हवाई आक्रमणमा ११ जनाको मृत्यु भएको छ।
Whatsapp
बिम-मराङ-मल्कबाङ-पाखापानी सडक स्तरोन्नति सुरु
समाज
Clock ८ घण्टा अघि | २ मिनेट पाठ
बिम-मराङ-मल्कबाङ-पाखापानी सडक स्तरोन्नति सुरु
म्याग्दीको मालिका, धवलागिरि र रघुगङ्गा गाउँपालिका जोड्ने बिम–मराङ–मल्कबाङ–पाखापानी सडक स्तरोन्नति सुरु भएको छ।
Whatsapp
मंसिर १३ देखि नारायणगढ-मुग्लिङ सडक दैनिक ५ घण्टा बन्द हुने
समाज
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
मंसिर १३ देखि नारायणगढ-मुग्लिङ सडक दैनिक ५ घण्टा बन्द हुने
नारायणगढ-मुग्लिङ सडकखण्ड आइतबारदेखि दैनिक पाँच घण्टा बन्द हुने भएको छ। तुइनखोला क्षेत्रमा पहिरो रोकथामको काम अघि बढाउनुपर्ने भएकाले जिल्ला प्रशासन कार...
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस