यसपालि दुर्गममा खाद्यान्न अभाव नहुने
१७ भदौ २०७६
•
६ मिनेट पाठ
यसपालि दुर्गममा खाद्यान्न अभाव नहुने
प्रेम पुन्थोकी




काठमाडौं – बर्सेनि दसैंतिहार जस्ता चाडपर्व नजिकिँदै गर्दा देशका अति दुर्गम क्षेत्रमा खाद्यान्न अभाव भएका खबर आइरहन्छन्। तर, यसपालि खाद्यान्न अभाव नहुने खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड (साबिक नेपाल खाद्य संस्थान) ले दाबी गरेको छ।

गत वर्षकै खाद्यान्न मौज्दात पर्याप्त रहेको र अहिले पनि बाटोमा जाने क्रममै रहेकाले अभाव नहुने कम्पनीका महाप्रबन्धक योगेन्द्र गौचनले दाबी गरे। ‘नेपाल सकारले दुर्गम भनेर तोकेका २३ जिल्लामै पर्याप्त खाद्यान्न मौज्दात छ,’ गौचनले भने, ‘धेरै अभाव हुने हुम्लामा उत्तरी नाका तिब्बत हुँदै र हुम्लाका कुनै डिपोमा हवाई मार्गबाट चामल ढुवानी भइरहेको छ।’

तिब्बतको बाटो हुुँदै हुम्लामा पहिलोपटक सडक मार्गबाट खाद्यान्न ढुवानी हुन लागेको हो। लिमिटेडले तिब्बत मार्ग हुँदै पाँच हजार पाँच सय क्विन्टल चामल पठाएको छ। दसैं–तिहारपछिको ढुवानीका लागि ढुवानीकर्ता छनोट अन्तिम चरणमा रहेकाले अभाव नहुने गौचनले बताए।

अहिले हुम्ला, डोल्पा, बाजुरा, मुुगुलगायत जिल्लामा ३७ हजार क्विन्टल मौज्दात रहेको छ। जसमा खाद्यान्न बढी अभाव हुने हुम्लामा अघिल्लो वर्षको दुई हजार दुई सय क्विन्टल मौज्दात रहेकामा तिब्बत हुँदै थप पाँच हजार पाँच सय र हवाई मार्ग हुँदै दुई हजार क्विन्टल खाद्यान्न थपिने खाद्यका बिक्री विभाग प्रमुख लालमोहन ठाकुरले जानकारी दिए। खाद्यले हरेक वर्ष खाद्यान्नको मूल्य परिमार्जन गर्दै आएकामा यो वर्ष साविकको मूल्यमा नबढ्ने गरी मूल्य कायम गरिएको प्रमुख ठाकुरले बताए।

‘हुम्ला र उच्च पहाडी भेगका दुर्गम क्षेत्रमा अहिले पनि कुपन प्रणालीबाट प्रतिमहिना प्रतिव्याक्ति पाँच किलोका दरले खाद्यान्न उपलब्ध गराउँदै आएको छ,’ महाप्रबन्धक गौचनले भने, ‘यो पटक यसलाई थप व्यवस्थित गराई पर्याप्त खाद्यान्न उपलब्ध गराउन जिल्ला खाद्य व्यवस्था समिति, स्थानीय तह तथा केन्द्रसम्मका राजनीतिक दलका प्रतिनिधिको समेत सक्रियता बढेको छ।’

खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडबाट वितरण खाद्यान्नको गुणस्तरमा गुनासो आउने गरेको छ। ‘निजी क्षेत्रका तुलनामा पक्कै पनि गुणस्तरमा ध्यान दिन सकेका छैनौं,’ गौचलने भने, ‘पर्याप्त कर्मचारी, प्राविधिक तथा व्यवस्थित गोदाम अभावमा यस्ता समस्या देखिएका हुन्, त्यसलाई सुधार गर्न हामी सचेत छौं।’

साविक संस्थानका जिल्ला शाखाबाहेक जम्मा २२ डिपो छन्। डिपोले नसमेट्ने क्षेत्रमा ठेकेदारले सामग्री ढुवानी गर्ने र स्थानीय खाद्य व्यवस्था समितिको उपस्थितिमा वितरण गरिँदै आएको सूचना अधिकारी शर्मिला न्यौपानेले जानकारी दिइन्। खाद्य व्यवस्थापन समितिमा सुरक्षा निकाय, पार्टी प्रतिनिधि, स्थानीय तह र प्रशासनका प्रतिनिधि रहने हुनाले पारदर्शी रुपमा वितरण हुने उनको विश्वास छ। गत वर्षदेखि डिपो नभएका ठाउँमा सहकारीमार्फत खाद्यान्न वितरण गर्दै आएको छ। दुर्गम क्षेत्रमा खाद्यान्न पु¥याउन गाह्रो परिरहँदा सुगम जिल्लाका बिक्री डिपोको बिक्री अवस्था शून्यजस्तै छ। सुगम क्षेत्रमा उपभोक्ताको कम चासो भए पनि बजारका निजी क्षेत्रलाई मूल्यवृद्धि हुनबाट रोक्नका लागि सुगम क्षेत्रका डिपो सञ्चालनमै रहेको न्यौपानेको तर्क छ।

खाद्यले खाद्यान्न बिक्री वितरणका समस्या समाधान गर्न सरकारले तोकेका २३ जिल्लामा अहिले सडक सञ्जाल पुगी निजी क्षेत्रबाट समेत सेवा प्रवाह भइरहेकाले अब नयाँ संगठन संरचना तयार गर्ने, जनशक्ति, शाखा तथा डिपोको पुनरवलोकन गर्न लागेको महाप्रबन्धक गौचनले बताए। उनले भने, ‘वितरण प्रक्रिया र लक्षित क्षेत्रका उपभोक्ताले लाभ लिने गरी समयअनुसार सुधार हुँदै जानुपर्छ।’

पर्याप्त खाद्यान्न मौज्दात रहँदा आर्थिक वर्ष सुरु भएको एक महिना बितिसक्दा संस्थाको स्ांस्थाको चालु आर्थिक वर्षको कार्यक्रम स्वीकृत हुन सकिरहेको छैन। तर, कार्यक्रम स्वीकृत नहुँदा नियमित कार्यक्रमलाई असर नपुगेको सूचना अधिकारी न्यौपानेको भनाइ छ। ‘यसले हामीलाई काम गर्न खासै असर पारेको छैन, स्वीकृति लिएरै भए पनि काम गर्दै आएका छौं,’ उनले भनिन्, ‘कम्पनी दर्ता प्रक्रिया लम्बिएकाले कार्यक्रम स्वीकृत हुन ढिलाइ भएको छ, यसै हप्ता कार्यक्रम स्वीकृत हुन्छ।’
अर्को समाचार
डिपिआर सर्भे भएको चार वर्ष बित्दा पनि बनेन कोरला नाकाका पूर्वाधार
१ घण्टा अघि
•
१ मिनेट पाठ
डिपिआर सर्भे भएको चार वर्ष बित्दा पनि बनेन कोरला नाकाका पूर्वाधार
मुस्ताङ। नेपाल–चीन उत्तरी कोरलानाकामा भौतिक पूर्वाधार निर्माणका लागि विस्तृत परियोजना प्रतिवेदन (डिपिआर) तयार भएको चार वर्ष बितिसक्दासमेत निर्माण कार्य सुरु हुनसकेको छैन।




विसं २०७९ फागुनमा कोरलानाका क्षेत्रमा भन्सार, अध्यागमन, क्वारेन्टाइन, सुक्खा बन्दरगाह र एकीकृत सुरक्षा पोस्टलगायतका संरचना निर्माण गर्ने उद्देश्यले सरकारले डिपिआर सर्भे गरेको थियो। त्यसअघि नै नाकाको नेपालतर्फ करिब एक हजार रोपनी जग्गा भन्सारलगायतका संरचना निर्माणका लागि नेपाल सरकारका नाममा प्राप्ति गरिएको थियो।

चीनसँगको व्यापारिक मार्ग विस्तार गर्ने उद्देश्यले गरिएको सर्भे दुई महिनासम्म सञ्चालन भएको थियो। सो क्रममा प्रस्तावित पूर्वाधार निर्माणस्थलको भौगर्भिक अवस्था र माटो परीक्षणसमेत गरिएको थियो। तत्कालीन उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय र नेपाल इन्टरमोडल यातायात विकास समितिको योजनाअनुसार भन्सारसहितका आवश्यक संरचना निर्माणका लागि डिपिआर तयार गरिएको थियो।

सितारा इन्टुसीप–फुलराइट जेभीले रु एक करोड लागतमा ठेक्का सम्झौता गरी डिपिआर सर्भे सम्पन्न गरेको थियो। प्रतिवेदन सरकारलाई बुझाइएको लामो समय बितिसक्दासमेत पूर्वाधार निर्माणको काम सुरु नहुनु दुखद भएको लोघेकर दामोदरकुण्ड गाउँपालिकाका अध्यक्ष लोप्साङ छोम्फेल विष्टले बताए।

चीनसँग सीमा जोडिएका नाकामध्ये कोरलानाका महत्वपूर्ण वैकल्पिक व्यापारिक नाकाका रूपमा स्थापित भइसके पनि आवश्यक पूर्वाधार नहुँदा निकासी तथा पैठारी व्यापार व्यवस्थापन र पारवहन नाकाका रूपमा विकास गर्न समस्या भइरहेको अध्यक्ष विष्टको भनाइ छ।

नेपाल–चीन उत्तरी कोरलानाका उपल्लो मुस्ताङका नागरिकका लागि खुला गरिएको तीन वर्ष भइसकेको छ भने वैकल्पिक व्यापारिक नाकाका रूपमा सञ्चालनमा आएको पनि दुई वर्ष बितिसकेको छ। गत वर्ष यस नाकाबाट रु छ अर्बभन्दा बढी राजस्व सङ्कलन भएको थियो। चालु आर्थिक वर्षको पहिलो चार महिनामै रु १२ अर्बभन्दा बढी राजस्व सङ्कलन भइसकेको छ।

पछिल्लो समय कोरलानाकाबाट दैनिक ६० देखि ७० वटासम्म कन्टेनर र करिब १०० विद्युतीय गाडी नेपाल भित्रिने गरेका छन्। तर, आवश्यक भौतिक पूर्वाधार नहुँदा नाकाको सञ्चालन तथा सवारी व्यवस्थापनमा समस्या देखिएको छ।

तातोपानी र रसुवागढी नाका पूर्ण रूपमा बन्द रहेको अवस्थामा नेपाल–चीन जोड्ने कोरलानाकामा व्यापारिक चहलपहल बढेको छ। बेनी–जोमसोम–कोरला सडकमार्ग हुँदै दैनिक सयौँ कन्टेनर तथा विद्युतीय सवारीसाधन आवतजावत गरिरहेका छन्। नाका पूर्ण रूपमा सञ्चालनमा आएपछि लोमान्थाङ–४ न्हेचुङस्थित भन्सार यार्डमा कन्टेनर र विद्युतीय सवारीको चाप बढेको छ। सडकका तीन लेनसम्म ढाकिने गरी कन्टेनर पार्किङ गर्दा कोरलानाका जाने मुख्य सडकमा यातायात आवागमन प्रभावित हुने गरेको छ।

सुक्खा बन्दरगाह नहुँदा कन्टेनर सडकमा अव्यवस्थित रूपमा रोक्नुपर्ने अवस्था रहेको र विद्युतीय गाडीसमेत खोला किनार तथा भिरको छेउमा असुरक्षित रूपमा राख्नुपर्ने बाध्यता रहेको बिवाइडी गाडी आयातकर्ता साइमेक्स इङ्कका प्रतिनिधि धर्मवीर मण्डलले बताए। नाकामा आवश्यक पूर्वाधार र चार्जिङ स्टेसन नहुँदा थप समस्या भइरहेको उनको भनाइ छ।

कोरलानाकाको अवलोकनमा सङ्घ तथा प्रदेशका मन्त्री र विशिष्ट व्यक्तिहरू पुग्ने गरे पनि पूर्वाधार निर्माणका लागि आश्वासनबाहेक ठोस काम अघि बढ्न नसकेको स्थानीय जनप्रतिनिधिको भनाइ छ। गण्डकी प्रदेशको आर्थिक गतिविधि र व्यापारका लागि महत्वपूर्ण मानिएको यस नाकाको पूर्वाधार निर्माणमा ढिलाइ गर्न नहुने उनीहरूको माग छ।

यसै साता कोरलानाकाको अवलोकनमा पुगेको प्रतिनिधिसभाको पूर्वाधार विकास समितिको टोलीसँग पनि स्थानीय जनप्रतिनिधिले नाकाबाट राजस्व सङ्कलनमा मात्र नभई आवश्यक पूर्वाधार निर्माणमा समेत ध्यान दिन आग्रह गरेका थिए। समितिका सभापति आशिष गजुरेलसमक्ष उनीहरूले कोरलानाकाको पूर्वाधार निर्माण र पहुँचमार्गको सडकलाई जतिसक्दो छिटो सहज बनाउन माग गरेका थिए।

कोरलानाका क्षेत्रमा मात्र नभई मुस्ताङ भन्सार कार्यालय रहेको लोमान्थाङ–४ न्हेचुङमा पनि सरकारी निकायका लागि विसं २०७५ मै जग्गा उपलब्ध गराइएको थियो। कोरलानाकास्थित लोमान्थाङ क्षेत्रमा विभिन्न सरकारी निकायका लागि एक हजार ४३६ रोपनी जग्गा उपलब्ध गराइएको थियो। त्यस्तै, नेपाली सेनालाई लोमान्थाङको थुर्लुङ फाँटमा एक हजार २७१ रोपनी जग्गा उपलब्ध गराइएको थियो।

न्हेचुङमा भन्सार कार्यालयका लागि १०९ रोपनी, अध्यागमन कार्यालयका लागि १२ रोपनी, नेपाल प्रहरीका लागि १३ रोपनी र सशस्त्र प्रहरीका लागि ३३ रोपनी जग्गा उपलब्ध गराइएको थियो। उपलब्ध गराइएको जग्गामध्ये सशस्त्र प्रहरीले भवन निर्माण गरिसकेको छ भने नेपाल प्रहरीले हालै भवन निर्माणका लागि ठेक्का प्रक्रिया अघि बढाएको छ। भन्सार र अध्यागमन कार्यालयका भवन भने अझै निर्माण हुन सकेका छैनन्। भन्सार कार्यालयको स्तरोन्नति कार्य भने आंशिक रूपमा क्रमागत रूपमा भइरहेको छ। रासस
धार्मिक पर्यटकीय क्षेत्र बन्दै हडियाबाबा आश्रम
धर्म/संस्कृति
Clock ६ मिनेट अघि | १ मिनेट पाठ
धार्मिक पर्यटकीय क्षेत्र बन्दै हडियाबाबा आश्रम
नेपालगञ्ज उपमहानगरपालिका–६ फुल्टेक्रास्थित श्री १००८ हडियाबाबा आश्रमलाई यस क्षेत्रको धार्मिक पर्यटकीय गन्तव्यका रुपमा विकास गरिएको छ।
Whatsapp
सीमा सुरक्षा र अपराध नियन्त्रण गर्न स्थानीयसँग सहकार्य गर्दै सशस्त्र प्रहरी
समाज
Clock ९ मिनेट अघि | १ मिनेट पाठ
सीमा सुरक्षा र अपराध नियन्त्रण गर्न स्थानीयसँग सहकार्य गर्दै सशस्त्र प्रहरी
सशस्त्र प्रहरी बल नेपालले नेपाल–भारत सीमा क्षेत्रमा हुने विभिन्न आपराधिक क्रियाकलाप न्यूनीकरण तथा राजस्व चुहावट नियन्त्रण गर्ने ध्येयका साथ स्था...
Whatsapp
दैलेखको मिथेन ग्यास खानी उत्खननलाई उच्च प्राथमिकतामा राख्छौँः सभापति लामिछाने
राजनीति
Clock १६ मिनेट अघि | १ मिनेट पाठ
दैलेखको मिथेन ग्यास खानी उत्खननलाई उच्च प्राथमिकतामा राख्छौँः सभापति लामिछाने
उनलाई नेपाल पत्रकार महासङ्घ कर्णाली प्रदेशका अध्यक्ष विष्णु शर्माले परियोजनाको हालसम्मको  प्रगति र वर्तमान अवस्थाबारे जानकारी गराएका थिए।
Whatsapp
तापक्रम वृद्धिसँगै मलेरिया सार्ने लामखुट्टेको जोखिम बढ्न सक्ने
अन्तर्राष्ट्रिय
Clock ५२ मिनेट अघि | १ मिनेट पाठ
तापक्रम वृद्धिसँगै मलेरिया सार्ने लामखुट्टेको जोखिम बढ्न सक्ने
वैज्ञानिकहरूले उच्च तापक्रममा मलेरिया सार्ने लामखुट्टेको प्रजनन क्षमता बढाउन मद्दत गर्ने एउटा जीनको भिन्नता पत्ता लगाएका छन्।
Whatsapp
दसौँ राष्ट्रिय खेलकुद : बागमती शीर्ष स्थानमा, कर्णाली पदकविहीन
खेल
Clock १ घण्टा अघि | १ मिनेट पाठ
दसौँ राष्ट्रिय खेलकुद : बागमती शीर्ष स्थानमा, कर्णाली पदकविहीन
दसौँ राष्ट्रिय खेलकुद प्रतियोगिताअन्तर्गत कर्णाली प्रदेशका विभिन्न जिल्लामा अनौपचारिक रूपमा सञ्चालन भएका खेलहरूको पदक तालिकामा बागमती प्रदेश शीर्ष स्थ...
Whatsapp
तनहुँ जलविद्युत् आयोजनाले चमेराका लागि तीनवटा वैकल्पिक बासस्थान बनाउँदै
समाज
Clock १ घण्टा अघि | १ मिनेट पाठ
तनहुँ जलविद्युत् आयोजनाले चमेराका लागि तीनवटा वैकल्पिक बासस्थान बनाउँदै
निर्माणाधीन १४० मेगावाट क्षमताको तनहुँ जलविद्युत् आयोजनाले आयोजना क्षेत्रमा रहेका चमेराको संरक्षणका लागि तीनवटा वैकल्पिक बासस्थान निर्माण सुरु गरेको छ...
Whatsapp
जापानबाट फर्किएर किवीखेतीमा रमाउँदै घर्ती
समाज
Clock १ घण्टा अघि | १ मिनेट पाठ
जापानबाट फर्किएर किवीखेतीमा रमाउँदै घर्ती
बागलुङ, वैदेशिक रोजगारीका लागि जापान पुगेका निसीखोला गाउँपालिका-४ थापागाउँका लीलाबहादुर घर्ती एक वर्षमै स्वदेश फर्किएर कृषि उद्यममा रमाएका छन्।
Whatsapp
पर्यटकीय स्थल छिल्लीकोट पुग्ने सडक स्तरवृद्धि हुँदै
समाज
Clock १ घण्टा अघि | १ मिनेट पाठ
पर्यटकीय स्थल छिल्लीकोट पुग्ने सडक स्तरवृद्धि हुँदै
दाङको पर्यटकीय क्षेत्र तुलसीपुर उपमहानगरपालिका वडा नं १९ छिल्लीकोट जोड्ने सडक विस्तार तथा स्तरोन्नति हुने भएको छ।
Whatsapp
डिपिआर सर्भे भएको चार वर्ष बित्दा पनि बनेन कोरला नाकाका पूर्वाधार
अर्थ
Clock १ घण्टा अघि | १ मिनेट पाठ
डिपिआर सर्भे भएको चार वर्ष बित्दा पनि बनेन कोरला नाकाका पूर्वाधार
नेपाल–चीन उत्तरी कोरलानाकामा भौतिक पूर्वाधार निर्माणका लागि विस्तृत परियोजना प्रतिवेदन (डिपिआर) तयार भएको चार वर्ष बितिसक्दासमेत निर्माण कार्य स...
Whatsapp
धान चुटेर, गोरु धपाएर रमाए विदेशी पर्यटक
समाज
Clock १ घण्टा अघि | १ मिनेट पाठ
धान चुटेर, गोरु धपाएर रमाए विदेशी पर्यटक
धान काटेर खाली भएको खेतमा कोही कुन्यूँबाट धान निकालेर चुट्न व्यस्त थिए भने कोही गोरु नारेर दाइँ गरिरहेका थिए। महिलाहरू गुन्द्री बुन्न प्रयोग हुने पराल...
Whatsapp
आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर
बजार
Clock १ घण्टा अघि | १ मिनेट पाठ
आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर
नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ।
Whatsapp
डोटीमा छोराले दाउरा प्रहार गर्दा बुवाको मृ’त्यु
अपराध
Clock १० घण्टा अघि | १ मिनेट पाठ
डोटीमा छोराले दाउरा प्रहार गर्दा बुवाको मृ’त्यु
२३ वर्षीय छोरा विकासबहादुर चन्दले घरायसी विवादका क्रममा दाउराले बुधबा रणबहादुरको टाउकामा प्रहार गरेका थिए ।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस