गाउँमै उद्यम गर्नेलाई सम्मान
२४ असार २०८२
•
३ मिनेट पाठ
गाउँमै उद्यम गर्नेलाई सम्मान
क्याप्शन
वैदेशिक रोजगारीबाट फर्किएर गाउँमै उद्यम गरी आत्मनिर्भर बन्न सफल भएकालाई सूर्योदय नगरपालिकाले सम्मान गरेको छ। स्थानीयस्तरमै रोजगारी सृजना गरी उत्पादन र व्यवसायमार्फत आर्थिक रूपले समृद्ध बन्ने प्रयासलाई प्रोत्साहन गर्न नगरपालिकाले १० सफल उद्यमीलाई नगदसहित सम्मान गरेको हो।




साढे तीन वर्ष साउदी अरबको कठिन अनुभव सगालेर फर्किएकी सपना सुवेदीलाई सफल महिला उद्यमीका रूपमा सम्मान पाउँदा आनन्द लागेको छ। 'नगरपालिकाबाट रु एक लाख अनुदान लिएर बाख्रा, कुखुरापालन र चियाखेती गरिरहेको छु,' उनले भनिन्, 'आज सम्मान पाउँदा आफू सफल भएको अनुभूति भइरहेको छ।'

उता सूर्योदय–८ का राजेन्द्र तुम्लिङ्गेले दूध, माछा र खुर्सानी उत्पादन तथा बिक्रीबाट प्रशस्त आम्दानी गर्दै गाउँमै समृद्धिको बाटो बनाएका छन्।

गाउँमै रोजगारी सृजना गरी आत्मनिर्भर बनेका यिनै सपना र राजेन्द्रजस्ता १० जना स्थानीय उद्यमीलाई सूर्योदय नगरपालिकाले विशेष सम्मान गरेको नगरपालिकाको श्रम तथा रोजगार प्रवर्द्धन शाखाका प्रमुख विष्णु रिजालले बताए। कार्यक्रममा सफल उद्यमीलाई जनही रु १० हजार नगदसहित प्रशंसापत्र प्रदान गरिएको हो।

नगरप्रमुख रणबहादुर राईले वैदेशिक रोजगारीको भर नपरी गाउँमै समृद्धिको उदाहरण बनेका यस्ता व्यक्तिका योगदानलाई सम्मान गर्न यो कार्यक्रम आयोजना गरिएको बताए।

सम्मानित अन्य उद्यमीहरूमा सूर्योदय–१ का डेरी व्यवसायी विश्वास सुब्बा लिम्बू, वडा नं ६ का चिया व्यवसायी रमेश गजुरेल, वडा नं ४ का गाई तथा लोकल कुखुरापालक राजेन्द्र गिरी, वडा नं ९ का पुष्पखेती व्यवसायी गोपाल राई, वडा नं २ का फ्रेसहाउस सञ्चालक मीनबहादुर खड्का, वडा नं ८ का कपडा पसल व्यवसायी सहदेव तामाङ, वडा नं १३ का गाईफार्म सञ्चालक जनकलाल कट्टेल र वडा नं १० का मोटरसाइकल मर्मत व्यवसायी विशाल प्रधान रहेका छन्। नगरपालिकाले आगामी दिनमा यस्ता मौलिक उद्यमलाई थप प्रोत्साहन गर्ने उपप्रमुख दुर्गाकुमार बरालले बताए।

‘रेमि’ कार्यक्रम सूर्योदयका संयोजक ईश्वरी तामाङका अनुसार वैदेशिक रोजगारीबाट फर्किएका युवालाई गाउँघरमै व्यावसायिक बनाउन सूर्योदय नगरले विभिन्न क्षेत्रमा युवालक्षित कार्यक्रम सञ्चालन गरिरहेको छ।  वैदेशिक रोजगारीबाट घर आएर अलमलमा परेका युवालाई पुनः व्यावसायिक बनाएर आयआर्जनमा सघाउ गर्न नगरपालिकाले तरकारी खेती, कुखुरापालन र बाख्रापालनमा सहयोग गरिरहेको हो।

नगरपालिकाले वडा नं ४ र १४ का ४१ जना युवालाई तरकारी खेती, कुखुरापालन र बाख्रापालनसम्बन्धी तालिम दिएर चक्रीय बीउ पुँजीमार्फत व्यवसाय सञ्चालनमा सहयोग गरेको तामाङले जानकारी दिए। नगरपालिकाले जारी गरेको स्वरोजगार कार्यविधि, २०८१ अनुसार वडा  नं ४ का चार जना युवाले कुखुरापालनमा सहयोग प्राप्त गरेका छन्।  

स्वीस सरकार र नेपाल सरकारको द्विपक्षीय सम्झौता, श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय, कोशी प्रदेश सामाजिक विकास मन्त्रालय, स्थानीय सरकारको समन्वय तथा हेल्भेटास नेपालको प्राविधिक सहयोगमा सञ्चालित परियोजनामा प्रायः विदेशबाट फर्किएकालाई सहभागी गराइएको वैदेशिक रोजगारीबाट फर्किएका व्यक्तिको पुनः एकीकरण कार्यक्रमका संयोजक तामाङले जानकारी दिए।

उनका अनुसार यो परियोजनाबाट व्यवसायका लागि चार जनालाई प्रतिव्यक्ति रु एक लाखका दरले सहयोग गरिएको छ। केहीलाई रु ३० हजार, केहीलाई रु २० र केहीलाई रु १५ हजारका दरले पनि सहयोग उपलब्ध गराइएको छ। रु एक लाख र रु ४० हजार सहयोग प्राप्त गर्नेहरूले तीन वर्षपछि साँवाचाहिँ चक्रीय बीउपुँजीमा फिर्ता गर्नुपर्ने शर्त रहेको कार्यक्रम संयोजक तामाङ बताए।

उक्त कार्यक्रमले विदेश गएर फर्किएका सूर्योदय नगरपालिकाभित्रका आप्रवासी कामदारका निम्ति पुनः एकीकरणको जग तयार पार्दै लाने विश्वास रहेको नगरपालिका प्रमुख राईले बताए। कार्यक्रम प्रभावकारी कार्यान्वयन गरेर गाउँघरमै रोजगारीका अवसर दिलाउन आफूहरू प्रतिबद्ध रहेको उनी बताउँछन्। रासस
अर्को समाचार
प्रचण्डको आह्वानमा कांग्रेस–एमाले बाहेकका दलको बैठक सिंहदरबारमा, के हुँदैछ छलफल?
२१ साउन २०८२
•
१ मिनेट पाठ
प्रचण्डको आह्वानमा कांग्रेस–एमाले बाहेकका दलको बैठक सिंहदरबारमा, के हुँदैछ छलफल?
नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’को आह्वानमा सत्तारूढ नेपाली कांग्रेस र नेकपा एमालेबाहेकका दलको बैठक बसेको छ। निर्वाचन आयोगले गरेको ‘राजनीतिक दल स्वमूल्याङ्कन कार्यविधि, २०८२’ बारे सुझावबारे छलफल गर्न बुधबार बैठक बसेको हो। 




आयोगले साउन २२ गतेसम्म कार्यविधिमाथि सुझाव दिन भनी राजनीतिक दलहरूलाई पठाएको पत्रबारे छलफल गर्न अध्यक्ष दाहालले बैठक बोलाएको माओवादी केन्द्रले जनाएको छ। 

छलफल माओवादी केन्द्रको सिंहदरबारस्थित संसदीय दलको कार्यालयमा बसिरहेको छ। छलफलमा कांग्रेस र एमालेबाहेक संसदमा रहेका दलका नेता तथा संसदीय दलका नेताहरू सहभागी रहेको माओवादी केन्द्रले जनाएको छ। 

माओवादी केन्द्रद्वारा सार्वजनिक तस्बिरमा नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल, जनमत पार्टीका अध्यक्ष डा. सिके राउत, राप्रपाका वरिष्ठ उपाध्यक्ष बुद्धिमान तामाङ, रास्वपाकी सांसद सोबिता गौतम लगायतका नेताहरू देखिन्छन्। 
हसिनाको स्वदेश फिर्ती घोषणा : बंगलादेशमा तनाव, दबाबमा भारत
अन्तर्राष्ट्रिय
Clock २५ मिनेट अघि | १ मिनेट पाठ
हसिनाको स्वदेश फिर्ती घोषणा : बंगलादेशमा तनाव, दबाबमा भारत
भारतमा निर्वासनमा रहेकी बंगलादेशकी पूर्वप्रधानमन्त्री शेख हसिनाले डिसेम्बर १६ मा स्वदेश फर्किने घोषणा गरेपछि बंगलादेशको राजनीति तरंगित बनेको छ।
Whatsapp
राष्ट्रिय खेलकुदः जुम्लामा फुटबल प्रतियोगिताको तयारी पूरा
खेल
Clock ३१ मिनेट अघि | १ मिनेट पाठ
राष्ट्रिय खेलकुदः जुम्लामा फुटबल प्रतियोगिताको तयारी पूरा
यहाँ आयोजना हुने दसौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत पुरुष फुटबलको सेमिफाइनल र फाइनल खेलको सबै तयारी पूरा भएको छ।
Whatsapp
सप्तरीमा २०१ जना एचआइभीबाट सङ्क्रमित
स्वास्थ्य
Clock ३४ मिनेट अघि | १ मिनेट पाठ
सप्तरीमा २०१ जना एचआइभीबाट सङ्क्रमित
जिल्लाको राजविराजस्थित रहेको गजेन्द्रनारायण सिंह अस्पतालको तथ्याङ्कअनुसार सङ्क्रमित मध्ये १०६ पुरूष, ८४ महिला र १० बालबालिका छन्।
Whatsapp
लुम्बिनीका लोकनृत्य : फरक भूगोल, सन्देश र सद्भाव एउटै
कला/साहित्य
Clock ३८ मिनेट अघि | १ मिनेट पाठ
लुम्बिनीका लोकनृत्य : फरक भूगोल, सन्देश र सद्भाव एउटै
रुकुम पूर्व र रोल्पाका मयूर र भूमे नाच, मध्य पहाडका सराय, सोरठी र मारुनी अनि तराईमा प्रचलित सखिया, लठ्ठहवा र अवधि समुदायका फगुवा तथा झिझिया नाच लुम्बि...
Whatsapp
नेवार जातिलाई दलित सूचीमा समावेश गर्ने निर्णयविरुद्ध कांग्रेसको विरोध कार्यक्रम
राजनीति
Clock ४८ मिनेट अघि | ० मिनेट पाठ
नेवार जातिलाई दलित सूचीमा समावेश गर्ने निर्णयविरुद्ध कांग्रेसको विरोध कार्यक्रम
४० भन्दा बढी नेवार जातिलाई दलित सूचीमा समावेश गर्ने नेपाल सरकारको निर्णयविरुद्ध नेपाली कांग्रेस काठमाडौं महानगर समितिले आज विरोध कार्यक्रम गर्ने भएको...
Whatsapp
विश्वप्रकाश शर्मा तीन दिन झापाका विभिन्न कार्यक्रममा सहभागी हुने, यस्तो छ तालिका
राजनीति
Clock ५५ मिनेट अघि | १ मिनेट पाठ
विश्वप्रकाश शर्मा तीन दिन झापाका विभिन्न कार्यक्रममा सहभागी हुने, यस्तो छ तालिका
नेपाली कांग्रेसका वरिष्ठ उपसभापति विश्वप्रकाश शर्मा मंसिर १३ देखि १५ गतेसम्म झापाका विभिन्न कार्यक्रममा सहभागी हुने भएका छन्।
Whatsapp
यो पनि पढौँ
धरान, वीरगञ्ज र सुर्खेतले पनि एनएफएल खेल्ने, १० वटै टोलीको लाग्यो टुंगो
खेल
Clock ५८ मिनेट अघि | १ मिनेट पाठ
धरान, वीरगञ्ज र सुर्खेतले पनि एनएफएल खेल्ने, १० वटै टोलीको लाग्यो टुंगो
नेपाल फुटबल लिग (एनएफएल)को पहिलो संस्करण खेल्ने १० वटै टोलीको टुंगो लागेको छ।
Whatsapp
रुपाताल संरक्षण परियोजना यसै वर्ष सम्पन्न गर्न ऊर्जामन्त्रीको निर्देशन
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
रुपाताल संरक्षण परियोजना यसै वर्ष सम्पन्न गर्न ऊर्जामन्त्रीको निर्देशन
चालू आर्थिक वर्षभित्र कास्कीस्थित रुपाताल संरक्षण तथा एकीकृत विकास परियोजना सम्पन्न गर्ने लक्ष्यका साथ काम भइरहेको छ।
Whatsapp
इनम प्रकरणमा निष्पक्ष छानबिन गर्न संसद्ले अग्रसरता लिनुपर्छ : विश्वप्रकाश शर्मा
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
इनम प्रकरणमा निष्पक्ष छानबिन गर्न संसद्ले अग्रसरता लिनुपर्छ : विश्वप्रकाश शर्मा
नेपाली कांग्रेसका वरिष्ठ उपसभापति विश्वप्रकाश शर्माले इनम सापकोटा प्रकरणमा जोडिएका घटनाको निष्पक्ष र पारदर्शी छानबिन गर्न संसद्ले अग्रसरता लिनुपर्ने ब...
Whatsapp
कांग्रेसले केन्द्रीय कार्यसमितिका निर्णय सार्वजनिक गर्न पत्रकार सम्मेलन गर्दै
राजनीति
Clock १ घण्टा अघि | ० मिनेट पाठ
कांग्रेसले केन्द्रीय कार्यसमितिका निर्णय सार्वजनिक गर्न पत्रकार सम्मेलन गर्दै
नेपाली कांग्रेसले केन्द्रीय कार्यसमितिका निर्णय सार्वजनिक गर्न पत्रकार सम्मेलन आयोजना गर्ने भएको छ।
Whatsapp
पाँच दिन हिँडेर दुनै जानुपर्ने बाध्यता हट्यो
समाज
Clock १ घण्टा अघि | १ मिनेट पाठ
पाँच दिन हिँडेर दुनै जानुपर्ने बाध्यता हट्यो
डोल्पाको माथिल्लो भेगका नागरिकले सामान्य प्रशासनिक सेवा लिन सदरमुकाम दुनैसम्म पाँच–छ दिन पैदल हिँड्नुपर्ने बाध्यता अब अन्त्य भएको छ।
Whatsapp
स्थानीय तह चुनाव दलीय कि गैरदलीय ?
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
स्थानीय तह चुनाव दलीय कि गैरदलीय ?
स्थानीय तहको निर्वाचन नजिकिँदै गर्दा स्थानीय सरकारलाई दलीय प्रतिस्पर्धा र चुनाव चिह्नबाट मुक्त राख्ने कि विद्यमान दलीय प्रणालीलाई नै निरन्तरता दिने भ...
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस