मेसिनबाट रोपाइँ गर्न धमाधम बीउ उमार्दै किसान
०१ असार २०८२
•
३ मिनेट पाठ
मेसिनबाट रोपाइँ गर्न धमाधम बीउ उमार्दै किसान
भरतपुर महानगरपालिका–२३, खड्कौलीका रत्न न्यौपानेको १२ बिघा खेत छ। रोपाइँ गर्न र धान थन्काउने समयमा मजदुर नपाउँदा न्यौपानेलाई निकै समस्या हुन्थ्यो। यस वर्षदेखि भने न्यौपानेले मेसिनबाट रोपाइँ गर्ने तयारी गरिरहेका छन्। उनी यतिखेर ‘ट्रेमा’ धानको बीउ उमार्न व्यस्त देखिन्छन्।




धान रोप्ने खेताला नपाएपछि न्यौपानेले मेसिनबाट रोपाइँ गर्ने योजना बनाएका हुन्। ‘पहिल्यै योजना बनाएको थिएँ, खेताला नै पाइन, अब मेसिनको साहारा लिन लागेको हुँ,’ खेतमा ट्रेमा बीउ छर्दै गर्दा भेटिएका न्यौपानेले भने पहिलो वर्ष मेसिनबाट सात बिघामा धान रोप्दै छु।’

उनी निकै उत्साहित देखिन्छन्। ‘यो प्रविधिबाट बीउ पनि आधा मात्र लाग्ने देखियो,‘पसिना पुछ्दै उनले भने, ‘धानको बीउको बचत पनि भयो।’

सोही ठाउँका कृष्ण न्यौपानेले पनि यसवर्ष मेसिनबाट धान रोप्ने योजनामा छन्। ट्रेमा धानको बिऊ उमार्नका लागि माटो छान्दै गरेका न्यौपानेले भने–‘गाउँमा धान रोप्ने मेसिन भित्रिएको छ। सयम, श्रम र स्रोतको बचत गर्नका पनि किसानहरू प्रविधिमैत्री कृषि अभ्यासतर्फको लान लागेका हौँ।’

चितवनका किसानहरू पछिल्ला वर्ष धान रोप्ने मेसिन तर्फ आकर्षित छन्। आधुनिक तरिकाले धान रोप्नका लागि यहाँका किसानले प्लाष्टिको ट्रेमा बीउ उमार्ने कार्यमा लागेका छन्।

प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना कार्यान्वयन एकाइ चितवनले पनि किसानहरूलाई यान्त्रिकरणमा लैजान प्रयास गरिरहेको छ।

मेसिनबाट धान रोप्ने किसानको संख्या प्रतिवर्ष निरन्तर बढ्दै गएको परियोजनाका प्रमुख महेश रेग्मीले बताए। ‘चितवनका किसानले पाँच वर्षदेखि मेसिनबाट धान रोप्न थालेका हुन्। यस तर्फ प्रत्येक वर्ष बढिरहेको छ,’ रेग्मीले भने ‘अघिल्लो वर्ष चितवनमा तीन सय हेक्टरमा मेसिनबाट धान रोपाइँ भएको थियो। अहिले पाँच सय हेक्टरमा किसानहरूले धान रोप्दै हुनुहुन्छ।’

एक दशकअघि भरतपुर महानगरपालिकाको यज्ञपुरीमा एक जना किसानले धान रोप्ने मेसिन ल्याएका थिए। त्यसपछि थप हुँदै जिल्लामा ८ वटा मेसिन पुगेको छ। त्यतिखेर सानो मेसिन थियो। अहिले चार चक्के मेसिन हुन्। धानमा यान्त्रिरण तर्फ लैजानका लागि परियोजनाले चितवनका किसानलाई सात धान रोप्ने मेसिन उपलब्ध गराएको छ।

यससँगै किसानलाई मेसिन तर्फ आकर्षित गर्न मेसिनबाट धान रोप्ने किसानलाई ५० प्रतिशत अनुदान दिँदै आएको परियोजनाका प्रमुख रेग्मीले जानकारी दिए।

किसानहरू अझै कामदार नपाएर तड्पिरहनु भएको छ। प्रविधि तर्फ किसानलाई आकर्षित गर्न ‘धान जोन’  कार्यक्रम मार्फत किसानलाई ५० प्रतिशत प्रोत्साहन रकम उपलब्ध गराउँदै आएका छौँ’, उनले भने ‘धानको उत्पादन वृद्धि गरी किसानको आयस्तरमा वृद्धि गर्न परियोजनाले सहयोग गरिरहेको छ।’ चितवनका किसानले चैते धान पनि मेसिनबाट रोप्न थालेका छन्।

मेसिनबाट धान रोप्नका लागि बीउ तयार गर्न भने केही मेहनत गर्नुपर्छ। ‘किसानले आधुनिक तरिकाले धानखेती गरे उत्पादन बढ्ने निश्चित छ’, उनले भने, ‘धानखेतीमा लाग्दै आएको लागत खर्च घट्ने भएकाले किसानलाई फाइदा पुग्छ।’

मेसिनबाट धान रोप्नका लागि बिउ राख्ने तरिका पनि फरक छ। यसका लागि ट्रेबाट बीउ राख्नुपर्छ। बीउ राख्दा किसानहरूले झन्झट मान्ने हुँदा यस प्रविधि तर्फ विस्तार हुन नसकेको कृषि प्राविधिक पुष्प तिवारीको अनुभव छ।

मेसिनबाट धान रोप्दा बिऊ ट्रेमा राख्नुपर्छ। यसका लागि माटो मसिनो हुनुपर्छ। भुईँमा प्लाष्टिक बिछ्याएर एक इन्च माटो हुनुपर्छ। तर, किसानहरूलाई यस विषयमा ज्ञान नहुने उनले बताए। पूर्वाधार विकास नभएका कारण किसानहरूलाई सुरुवाती चरणमा कठिन हुने उनको भनाई छ।

नेपालमा १४ लाख ७० हजार हेक्टरमा धान खेती हुँदै आएको छ। त्यसमध्ये २ दशमलव ७ प्रतिशत चितवनमा धान खेती हुँदै आएको छ।

यान्त्रीकरणमा जाँदा उत्पादन समेत वृद्धि हुने भएकाले सरकारले यसमा जोड दिनुपर्ने उनले बताए। ‘मेसिनले एउटै लयमा रोप्छ। त्यसबाट धानमा हावा छिर्छ,’ उनले भने, ‘बिरुवालाई चाहिने आवश्यक तत्त्व पुगेमा उत्पादन पनि बढ्छ।’
अर्को समाचार
प्रचण्डको आह्वानमा कांग्रेस–एमाले बाहेकका दलको बैठक सिंहदरबारमा, के हुँदैछ छलफल?
२१ साउन २०८२
•
१ मिनेट पाठ
प्रचण्डको आह्वानमा कांग्रेस–एमाले बाहेकका दलको बैठक सिंहदरबारमा, के हुँदैछ छलफल?
नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’को आह्वानमा सत्तारूढ नेपाली कांग्रेस र नेकपा एमालेबाहेकका दलको बैठक बसेको छ। निर्वाचन आयोगले गरेको ‘राजनीतिक दल स्वमूल्याङ्कन कार्यविधि, २०८२’ बारे सुझावबारे छलफल गर्न बुधबार बैठक बसेको हो। 




आयोगले साउन २२ गतेसम्म कार्यविधिमाथि सुझाव दिन भनी राजनीतिक दलहरूलाई पठाएको पत्रबारे छलफल गर्न अध्यक्ष दाहालले बैठक बोलाएको माओवादी केन्द्रले जनाएको छ। 

छलफल माओवादी केन्द्रको सिंहदरबारस्थित संसदीय दलको कार्यालयमा बसिरहेको छ। छलफलमा कांग्रेस र एमालेबाहेक संसदमा रहेका दलका नेता तथा संसदीय दलका नेताहरू सहभागी रहेको माओवादी केन्द्रले जनाएको छ। 

माओवादी केन्द्रद्वारा सार्वजनिक तस्बिरमा नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल, जनमत पार्टीका अध्यक्ष डा. सिके राउत, राप्रपाका वरिष्ठ उपाध्यक्ष बुद्धिमान तामाङ, रास्वपाकी सांसद सोबिता गौतम लगायतका नेताहरू देखिन्छन्। 
दशौं राष्ट्रिय खेलकुदमा १९ देशका खेलाडीसहित एनआरएनए : २० स्वर्ण जितेर चौथो हुने लक्ष्य
समाज
Clock १९ मिनेट अघि | १ मिनेट पाठ
दशौं राष्ट्रिय खेलकुदमा १९ देशका खेलाडीसहित एनआरएनए : २० स्वर्ण जितेर चौथो हुने लक्ष्य
‘एनआरएनए स्पोर्ट्स एकेडेमी’ शनिबार पत्रकार सम्मेलन गरी प्रतियोगितामा विभिन्न १९ देशका खेलाडीसहित कुल ८२ जनाको सहभागिता रहने जानकारी दिएको...
Whatsapp
आर्मीलाई हराउँदै एपिएफ बन्यो झापा महिला गोल्डकप च्याम्पियन
खेल
Clock २२ मिनेट अघि | १ मिनेट पाठ
आर्मीलाई हराउँदै एपिएफ बन्यो झापा महिला गोल्डकप च्याम्पियन
गतवर्ष भएको पहिलो संस्करणमा एपिएफ अर्को विभागीय टोली नेपाल पुलिस क्लबसँग १-० गोलले पराजित हुँदै उपविजेता बनेको थियो। यस पटक आर्मीले पुलिसलाई सेमिफाइनल...
Whatsapp
मकवानपुरमा श्रीमानको कुटपिटपछि श्रीमतीको मृ’त्यु
अपराध
Clock ३८ मिनेट अघि | १ मिनेट पाठ
मकवानपुरमा श्रीमानको कुटपिटपछि श्रीमतीको मृ’त्यु
मकवानपुर। मकवानपुरको इन्द्रसरोवर गाउँपालिका-४ गोठभित्तामा मादक पदार्थ सेवन (मापसे) गरी श्रीमतीलाई कुटपिट गरेको आरोपमा प्रहरीले एक पुरुषलाई नियन्त्रणमा...
Whatsapp
बाढीले पुल बगाएपछि दुई वर्षदेखि सास्ती, फोक्सिन्टारमा फेरि बेलिब्रीज राखिँदै
समाज
Clock ४५ मिनेट अघि | १ मिनेट पाठ
बाढीले पुल बगाएपछि दुई वर्षदेखि सास्ती, फोक्सिन्टारमा फेरि बेलिब्रीज राखिँदै
फोक्सिन्टारमा बेलिब्रीज पुन: जडानका लागि योजना कार्यालयले गएको कात्तिक ११ गते २१ दिने सूचना सार्वजनिक गरेको थियो।
Whatsapp
घोप्टेभिरको सडक खुल्यो, तुइनखोलामा दिउँसो बन्द हुन
समाज
Clock ४६ मिनेट अघि | १ मिनेट पाठ
घोप्टेभिरको सडक खुल्यो, तुइनखोलामा दिउँसो बन्द हुन
गत मङ्सिर ५ गतेदेखि आजसम्म दिउँसो सवारी आवागमन रोकेर पहिरो व्यवस्थापन तथा सडक सुरक्षित बनाउने काम गरिएको थियो। पहरो काट्ने, जोखिमयुक्त भाग हटाउने तथा...
Whatsapp
२४ घण्टे अल्टिमेटमपछि निषेधित क्षेत्रमा रहेका पसल र टहरा हटाइए
समाज
Clock १ घण्टा अघि | १ मिनेट पाठ
२४ घण्टे अल्टिमेटमपछि निषेधित क्षेत्रमा रहेका पसल र टहरा हटाइए
नेपाल प्रहरी र सशस्त्र प्रहरीसहितको टोलीले ती पवित्र उद्यान, शान्ति दीप तथा अन्तर्राष्ट्रिय विहार क्षेत्रलगायत निषेधित स्थानबाट पसलहरू खाली गराएको हो...
Whatsapp
यो पनि पढौँ
कालीकोटका ९ वटै पालिकाले गरे शैक्षिक सुधारका लागि १९ बुँदे प्रतिबद्धता
समाज
Clock १ घण्टा अघि | १ मिनेट पाठ
कालीकोटका ९ वटै पालिकाले गरे शैक्षिक सुधारका लागि १९ बुँदे प्रतिबद्धता
कालीकोट जिल्लाको समग्र शैक्षिक अवस्था सुधार गर्न कालीकोटमा नौ वटै स्थानीय तहसहित शिक्षा क्षेत्रसँग सम्बन्धित सरोकारवालाहरूले १९ बुँदे सामूहिक प्रतिबद्...
Whatsapp
तनहुँमा भिरबाट खसेर १५ वर्षीय विद्यार्थी बेपत्ता, खोजतलास जारी
Clock १ घण्टा अघि | १ मिनेट पाठ
तनहुँमा भिरबाट खसेर १५ वर्षीय विद्यार्थी बेपत्ता, खोजतलास जारी
तनहुँ- भ्रमण सकेर पोखराबाट चितवनतर्फ फर्कँदै गरेका एक विद्यार्थी तनहुँको पृथ्वीराजमार्गस्थित भिरबाट खसेर बेपत्ता भएका छन्।
Whatsapp
बेलबारी गोल्डकपको नवौं संस्करण पुस ४ देखि, ८ टोली भिड्दै
खेल
Clock १ घण्टा अघि | १ मिनेट पाठ
बेलबारी गोल्डकपको नवौं संस्करण पुस ४ देखि, ८ टोली भिड्दै
मोरङको बेलबारीमा पुस ४ गतेदेखि ‘९ औं बेलबारी मेजर स्व. एनबी रुङमाहाङ अन्तर्राष्ट्रिय रनिङ गोल्डकप फुटबल प्रतियोगिता’ हुने भएको छ।
Whatsapp
प्रहरीको ‘सुरक्षित यात्रा’ अप्रेसन : सार्वजनिक यातायातमा चोरी र दुर्व्यवहार गर्ने १२१ पक्राउ
Clock १ घण्टा अघि | १ मिनेट पाठ
प्रहरीको ‘सुरक्षित यात्रा’ अप्रेसन : सार्वजनिक यातायातमा चोरी र दुर्व्यवहार गर्ने १२१ पक्राउ
काठमाडौं- प्रहरीले काठमाडौं उपत्यकामा सञ्चालन हुने सार्वजनिक यातायातमा चोरी, पाकेटमारी र महिलामाथि दुर्व्यवहार गरेको अभियोगमा एक महिलासहित १२१ जनालाई...
Whatsapp
लागूऔषधसहित देशभरबाट ३१ जना पक्राउ
अपराध
Clock १ घण्टा अघि | १ मिनेट पाठ
लागूऔषधसहित देशभरबाट ३१ जना पक्राउ
काठमाडौं। त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट १६ किलोग्राम गाँजासहित तीन भारतीय नागरिक पक्राउ परेका छन्। देशका विभिन्न स्थानमा प्रहरीले चलाएको कारबा...
Whatsapp
शक्तिखोर औद्योगिक क्षेत्र तत्काल अघि बढाउन मन्त्री लम्सालको निर्देशन
राजनीति
Clock २ घण्टा अघि | १ मिनेट पाठ
शक्तिखोर औद्योगिक क्षेत्र तत्काल अघि बढाउन मन्त्री लम्सालको निर्देशन
शनिबार कालिका नगरपालिकास्थित औद्योगिक क्षेत्रको स्थलगत अवलोकन गर्दै मन्त्री लम्सालले हालसम्मको कार्यप्रगतिबारे जानकारी लिएका हुन्।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस