मध्य पहाडी राजमार्ग क्षतविक्षत: ४० वर्ष नभत्किने भनेको सडक चार वर्षमै भत्कियो
१४ जेष्ठ २०८२
•
२ मिनेट पाठ
मध्य पहाडी राजमार्ग क्षतविक्षत: ४० वर्ष नभत्किने भनेको सडक चार वर्षमै भत्कियो
पुष्पलाल (मध्यपहाडी) राजमार्ग अन्तर्गत दैलेखको नारायण नगरपालिका क्षेत्रमा भत्किएको आरसीसी। तस्बिर गोविन्द/नागरिक
चार वर्षअघि कम्तीमा ४० वर्षसम्म नभत्किने गरी मजबुत भनेर बनाइएको पुष्पलाल (मध्यपहाडी) राजमार्गको सडक यतिखेर धमाधम भत्किन थालेको छ। पुष्पलाल (मध्यपहाडी) राजमार्गअन्तर्गत दैलेख खण्डको जाहारकोटमा बनाइएको आरसीसी (ढलान) भत्किन थालेको हो।  




छामघाट खोलाबाट दैलेख सदरमुकाम आउँदा उकालोमा निर्माण गरिएको आरसीसी एक वर्षयता उम्किन थालेसंगै कामको गुणस्तरमाथि शंका गर्न थालिएको छ। मोतिदान नामक निर्माण कम्पनीले उक्त ध्यान नदिँदा अहिले करिब २ किलोमिटर क्षेत्रमा गरिएको आरसीसी उम्कन थालेको हो। आरसीसी गरिएको स्थानमा उम्केर सरिया देखिन थालेपछि सवारी आगमनमा असहजता भएको छ।

दीर्घकाल सडकको गुणस्तर होस् भनेर उकालोमा गरिएको आरसीसी भत्कन थालेसंगै पुष्पलाल (मध्यपहाडी) राजमार्ग योजना कार्यालय दैलेखले मर्मतको ठेक्का निकालेको छ। जसले पनि गर्दा पनि काम गुणस्तर नभएको प्रमाणित गरेको छ। पश्चिम दैलेख जोड्ने महत्वपूर्ण सडकका रूपमा रहेको मध्यपहाडी भत्कन थालेसंगै दीर्घकालीन विकास निर्माण नहुँदा स्थानीयहरू चिन्तित छन्।

ठेकेदारले गुणस्तरहिन काम गर्दा आरसीसी गरेको भाग प्रायः भत्कन थालेको स्थानीय अगुवा विशाल शंदाशकरले बताए। ‘योजना कार्यालयको निगरानीको कमीले ठेकेदारले आरसीसी गर्दा मनोमानी गरेको देखिन्छ।’ स्थानीय अगुवा शंदाशकरले भने, 'काम सकिएको ४ वर्ष नपुग्दै सडक विग्रन थालेको छ। उति बेलाका प्राविधिक र ठेकेदार जिम्मेवार हुनुपर्छ।’

कम्पनी र योजना कार्यालयले गुणस्तरमा सम्पन्न गरी निर्माण कम्पनी लामो समय मजबुद होस् भनेर उकालो सडकमा आरसीसीको डिजाइन गरिएको थियो तर, दैलेखमा ठेकेदारले गुणस्तरहिन सामान प्रयोग गरेका कारण ४ वर्ष नपुग्दै भत्कन थालेको छ। कालोपत्रे गर्दा छिटो भत्कने भएकाले उकालो सडक भएको ठाउँमा दुई लेर बनाएर दुई पटक सरिया बाँधेर गरिने ढलानलाई आरसीसी भनिन्छ।

ठाउँठाउँमा सडक भत्किएपछि कार्यालयले यसपाली मर्मत गर्ने भनेर ठेक्का गरेको पुष्पलाल (मध्यपहाडी) राजमार्ग योजना कार्यालय दैलेखका इन्जिनियर सूचना अधिकारी नविन खरालले बताए। कार्यालय, मर्मतको ठेक्का लागेको छ। उनले विगतमा काम नभएको वा अन्य कुनै कारणले गर्दा पनि सडक भत्किएको हुनसक्ने समेत बताए। ‘यसपाली मर्मतसम्भारको लागि ठेक्का गरिसकेका छौं,’ सूचना अधिकारी खरालले भने, 'छोटो अवधीमा नभत्कनुपर्ने हो। भत्किनुको कारण धेरै हुनसक्छ।’

मध्यपहाडी राजमार्ग अन्तर्गत दैलेख क्षेत्रमा गरिएको कालोपत्रे पनि गुणस्तर नभएको स्थानीयको भनाइ छ।
अर्को समाचार
प्रचण्डको आह्वानमा कांग्रेस–एमाले बाहेकका दलको बैठक सिंहदरबारमा, के हुँदैछ छलफल?
२१ साउन २०८२
•
१ मिनेट पाठ
प्रचण्डको आह्वानमा कांग्रेस–एमाले बाहेकका दलको बैठक सिंहदरबारमा, के हुँदैछ छलफल?
नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’को आह्वानमा सत्तारूढ नेपाली कांग्रेस र नेकपा एमालेबाहेकका दलको बैठक बसेको छ। निर्वाचन आयोगले गरेको ‘राजनीतिक दल स्वमूल्याङ्कन कार्यविधि, २०८२’ बारे सुझावबारे छलफल गर्न बुधबार बैठक बसेको हो। 




आयोगले साउन २२ गतेसम्म कार्यविधिमाथि सुझाव दिन भनी राजनीतिक दलहरूलाई पठाएको पत्रबारे छलफल गर्न अध्यक्ष दाहालले बैठक बोलाएको माओवादी केन्द्रले जनाएको छ। 

छलफल माओवादी केन्द्रको सिंहदरबारस्थित संसदीय दलको कार्यालयमा बसिरहेको छ। छलफलमा कांग्रेस र एमालेबाहेक संसदमा रहेका दलका नेता तथा संसदीय दलका नेताहरू सहभागी रहेको माओवादी केन्द्रले जनाएको छ। 

माओवादी केन्द्रद्वारा सार्वजनिक तस्बिरमा नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल, जनमत पार्टीका अध्यक्ष डा. सिके राउत, राप्रपाका वरिष्ठ उपाध्यक्ष बुद्धिमान तामाङ, रास्वपाकी सांसद सोबिता गौतम लगायतका नेताहरू देखिन्छन्। 
प्रहरीको ‘सुरक्षित यात्रा’ अप्रेसन : सार्वजनिक यातायातमा चोरी र दुर्व्यवहार गर्ने १२१ पक्राउ
Clock ३४ सेकेन्ड अघि | १ मिनेट पाठ
प्रहरीको ‘सुरक्षित यात्रा’ अप्रेसन : सार्वजनिक यातायातमा चोरी र दुर्व्यवहार गर्ने १२१ पक्राउ
काठमाडौं- प्रहरीले काठमाडौं उपत्यकामा सञ्चालन हुने सार्वजनिक यातायातमा चोरी, पाकेटमारी र महिलामाथि दुर्व्यवहार गरेको अभियोगमा एक महिलासहित १२१ जनालाई...
Whatsapp
लागूऔषधसहित देशभरबाट ३१ जना पक्राउ
अपराध
Clock १९ मिनेट अघि | १ मिनेट पाठ
लागूऔषधसहित देशभरबाट ३१ जना पक्राउ
काठमाडौं। त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट १६ किलोग्राम गाँजासहित तीन भारतीय नागरिक पक्राउ परेका छन्। देशका विभिन्न स्थानमा प्रहरीले चलाएको कारबा...
Whatsapp
शक्तिखोर औद्योगिक क्षेत्र तत्काल अघि बढाउन मन्त्री लम्सालको निर्देशन
राजनीति
Clock ३२ मिनेट अघि | १ मिनेट पाठ
शक्तिखोर औद्योगिक क्षेत्र तत्काल अघि बढाउन मन्त्री लम्सालको निर्देशन
शनिबार कालिका नगरपालिकास्थित औद्योगिक क्षेत्रको स्थलगत अवलोकन गर्दै मन्त्री लम्सालले हालसम्मको कार्यप्रगतिबारे जानकारी लिएका हुन्।
Whatsapp
राष्ट्रपतिद्वारा देवीनाच अवलोकन
राजनीति
Clock ४३ मिनेट अघि | १ मिनेट पाठ
राष्ट्रपतिद्वारा देवीनाच अवलोकन
राष्ट्रपति रामचन्द्र पौडेलले नरदेवी श्वेतकाली संरक्षण तथा व्यवस्थापन समाजद्वारा १२ वर्षे देवीनाच पर्वका अवसरमा आज आयोजित कार्यक्रममा सरिक भई देवीनाच अ...
Whatsapp
अब म नेताहरूबाट होइन, जनताबाट घेरिन चाहन्छु : सभापति लामिछाने
राजनीति
Clock ५५ मिनेट अघि | १ मिनेट पाठ
अब म नेताहरूबाट होइन, जनताबाट घेरिन चाहन्छु : सभापति लामिछाने
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले पार्टीका नेता तथा कार्यकर्ताको घेराबन्दी छाडेर सिधै जनतामाझ पुग्ने बताएका छन्।
Whatsapp
रास्वपाको प्रशिक्षणमा मोबाइल पूर्ण प्रतिबन्ध, रविले भने : अनुशासन तोड्नेको रेकर्ड राखिन्छ
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
रास्वपाको प्रशिक्षणमा मोबाइल पूर्ण प्रतिबन्ध, रविले भने : अनुशासन तोड्नेको रेकर्ड राखिन्छ
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले पार्टीको प्रशिक्षण कार्यक्रममा सहभागी नेता तथा कार्यकर्तालाई मोबाइल फोन बन्द गर्न निर्दे...
Whatsapp
यो पनि पढौँ
राणा र पञ्चायतले रोक्न सकेनन्, गगनले पनि सक्दैनन् : नेता राई
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
राणा र पञ्चायतले रोक्न सकेनन्, गगनले पनि सक्दैनन् : नेता राई
कोशी प्रदेशका सांसद तथा देउवापक्षीय कांग्रेसका नेता भूपेन्द्र राईले रुख र चारतारे झण्डा बोक्न कांग्रेस सभापति गगन थापाले आफूहरूलाई रोक्न नसक्ने बताएका...
Whatsapp
भारत भ्रमणमा सीमा मुद्दा नउठाएपछि प्रधानमन्त्रीमाथि कांग्रेसको कटाक्ष : राष्ट्रवादको नक्कली प्रदर्शन थियो
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
भारत भ्रमणमा सीमा मुद्दा नउठाएपछि प्रधानमन्त्रीमाथि कांग्रेसको कटाक्ष : राष्ट्रवादको नक्कली प्रदर्शन थियो
नेपाली कांग्रेसले  भारत भ्रमणका क्रममा सीमा विवादलगायतका संवेदनशील विषय नउठाएको भन्दै कांग्रेसले  आपत्ति जनाएको छ ।  
Whatsapp
देउवा कांग्रेसको गण्डकी टिमको टुंगो
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
देउवा कांग्रेसको गण्डकी टिमको टुंगो
सभापति र सदस्य बाहेकका पदाधिकारीसमेत गरेर शुक्रवार निर्विरोध घोषणा गरिएको सभापति मेखलाल श्रेष्ठले जानकारी दिए। सभापति श्रेष्ठका अनुसार उपसभापतिमा आशीक...
Whatsapp
जुम्ला पुग्यो दशौँ राष्ट्रिय खेलकुदको ओलम्पिक टर्च र ट्रफी
खेल
Clock १ घण्टा अघि | १ मिनेट पाठ
जुम्ला पुग्यो दशौँ राष्ट्रिय खेलकुदको ओलम्पिक टर्च र ट्रफी
राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलकुदमा देशको प्रतिनिधित्व गरेका खेलाडीको टोलीले ट्रफी र टर्चलाई जुम्लाका प्रमुख धार्मिकस्थल चन्दननाथ–भैरवनाथ मन्...
Whatsapp
उपचारका नाममा १४ वर्षीया बालिकामाथि यातना, झाँक्री पक्राउ
समाज
Clock २ घण्टा अघि | १ मिनेट पाठ
उपचारका नाममा १४ वर्षीया बालिकामाथि यातना, झाँक्री पक्राउ
बिरामी निको पार्ने बहानामा अन्धविश्वास र रूढिवादी अभ्यास गर्दै १४ वर्षीया बालिकामाथि यातना दिएको आरोपमा जुम्लामा एक झाँक्री पक्राउ परेका छन्।
Whatsapp
देउवा समूहलाई कांग्रेसको चेतावनी : रुख र चारतारे झण्डाको अनधिकृत प्रयोग नरोकिए कानुनी कारबाही
राजनीति
Clock २ घण्टा अघि | १ मिनेट पाठ
देउवा समूहलाई कांग्रेसको चेतावनी : रुख र चारतारे झण्डाको अनधिकृत प्रयोग नरोकिए कानुनी कारबाही
नेपाली कांग्रेसले पूर्वसभापति शेरबहादुर देउवाको समूहलाई पार्टीका आधिकारिक प्रतीकहरूको अनधिकृत प्रयोग नरोकिए कानुनी प्रक्रियामा जाने चेतावनी दिएको छ।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस