दश वर्षयता दैलेख सदरमुकाम आसपास रहेका मुख्य दुई वटा खोलाको सतह घटेको छ । खोलाभित्रै डोजर प्रयोग गरेर निर्माण व्यवसायी तथा क्रसर सञ्चालकहरुले नदिजन्य बस्तु निकाल्न थालेसँगै छामघाट र लोहोरे खोलाको सतह घटेको हो ।
दैलेखको सदरमुकाम रहेको नारायण नगरपालिकाको सिमा भएर पूर्वमा लोहोरे र पश्चिममा छामघाट खोला बगेका छन् । यी दुई खोलामा बढी दोहन हुने गरेको पाईएको छ । दुल्लु र चामुण्डाविन्द्रासैनी नगरपालिकाको सिमा भएर बग्ने पादुका खोलामा पनि उत्तिकै दोहनका कारण सतह घट्दोअवस्थामा छ । नदीको सतह घट्दा मावनबस्ती समेत जोखिममा पुगेपछि अहिले चिन्ताको विषय बनेको हो ।
स्थानीय पालिकाले तोकेको आइइभन्दा मनपरि रुपमा नदिजन्य बस्तु निकाल्ने गरेको पाइएको छ । नारायण नगरपालिकाले दुवै खोलाको आइइ गरेको छ । आइइ कागजमै सीमित छ तर, व्यवसायीले मनपरिरुपमा नदिजन्यबस्तु उत्खनन्ले खोलाको सहत तलतल घट्दो अवस्थामा पुगेपछि स्थानीयहरु चिन्तित भएका हुन् । नगरपालिकाले बर्सेनि ठेक्का दिन्छ तर, कहाँबाट उत्खनन् गर्ने भनेर एकिन नगर्दिँदा व्यवसायीले मनपरिरुपमा नदिजन्यबस्तु निकाल्ने गरेका पाईएको हो ।
सुनसान स्थान र राति डोजर खोलाभित्रै लगेर नदिजन्य बस्तु निकाल्ने गरेको पाईएको छ । स्थानीय प्रशासनले सामान्य जरिवाना बाहेक अरु काट्ने गरेको छैन् । जसका कारण व्यवसायीहरु हौसिका हुन् । कानुनविपरित दैलेखमा क्रसर उद्योग खुलेआम चलिरहेका छन् । अवैध रुपमा चलेका त्यस्ता क्रसर उद्योगले प्रहरी प्रशासनसँग सेटिङ मिलाएर नदिजन्य बस्तु विक्रि गर्ने गरेका छन् ।
नारायण र दुल्लुनगरपालिकाबाट न्यून राजश्व उठेको पाईएको छ । वर्षेनी नदिजन्य बस्तु निकाशीको लागि ठेक्का आह्वान भएपनि कम मूल्यमा ठेक्का पर्ने गरेको छ । व्यवसायीहरुले खुलेआम खोलाबाटै ठुलो मात्रामा नदिजन्य बस्तु चोरी निकासी गरेर लैजाने गर्दछन् । पक्की पुलकै आसपासबाट धेरै नदिजन्य बस्तु निकासी गरेका कारण पुल जोखिममा पर्ने गरेको छ । मनपरिरुपमा नदिजन्य बस्तु निकाल्दा नदी सतह घट्दो अवस्थामा रहेको छ ।
दैलेखमा मुख्यगरी लोहोरे खोला, छामघाट खोला र पादुका खोलामा बढी नदिजन्य बस्तु दोहन हुने गर्दछ । विकासका नाममा वर्षौदेखि क्रसर उद्योग राखेर अवैध धन्दा खुलेआम चलाएपछि दैलेखमा आउने प्रहरी प्रमुख र प्रमुख जिल्ला अधिकारीहरु चुपचाप कार्यकाल विताएरै जाने गर्दछन् । जसको कारण यहाँका खोलानालामा मनपरि तस्करको राज हुने गरेको छ ।
अवैध नदिजन्य बस्तु उत्खनन्का कारण दैलेखमा घट्दै गएको खोलाको सतह । तस्बिर : गोविन्द केसी/नागरिकन्यून राजश्व
आर्थिक वर्ष ०७९/८० मा १७ लाख ९६ हजार ३ सय १० रुपैयाँ, ०८०/०८१ मा १९ लाख ९९ हजार ७ सय ७७ रुपैयाँ, ०८१/८२ मा १० लाख ६७ हजार रुपैयाँमा ढुंगा गिट्टी र बालुवाको ठेक्काबाट राजश्व आएको नारायण नगरपालिकाका राजश्व शाखा प्रमुख सुजन विकले बताए । नारायणमा लोहोरे, छामघाट खोलाबाट नदिजन्य बस्तु उत्खनन्का लागि ठेक्का आह्वान गरिएको हो ।
दुई वर्षयता मात्र दुल्लुमा राजश्व संकलन हुन थालेको छ । जसमा ०७९/०८० मा दुल्लुमा ठेक्का नै लाग्न सकेन् । ०८०/०८१ मा ५ लाख ३८ हजार ६ सय ३० रुपैयाँ र ०८१/८२ मा ७ लाख ७४ हजार ३ सय रुपैयाँ ठेक्काबाट राजश्व संकलन भएको दुल्लु नगरपालिकाका राजश्व शाखाका प्रमुख दिपेन्द्र शाहीले बताए । दुल्लुमा छामछाट, लोहोरे, पादुका र कर्णाली नदी पर्दछन् ।
नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’को आह्वानमा सत्तारूढ नेपाली कांग्रेस र नेकपा एमालेबाहेकका दलको बैठक बसेको छ। निर्वाचन आयोगले गरेको ‘राजनीतिक दल स्वमूल्याङ्कन कार्यविधि, २०८२’ बारे सुझावबारे छलफल गर्न बुधबार बैठक बसेको हो।
आयोगले साउन २२ गतेसम्म कार्यविधिमाथि सुझाव दिन भनी राजनीतिक दलहरूलाई पठाएको पत्रबारे छलफल गर्न अध्यक्ष दाहालले बैठक बोलाएको माओवादी केन्द्रले जनाएको छ।
छलफल माओवादी केन्द्रको सिंहदरबारस्थित संसदीय दलको कार्यालयमा बसिरहेको छ। छलफलमा कांग्रेस र एमालेबाहेक संसदमा रहेका दलका नेता तथा संसदीय दलका नेताहरू सहभागी रहेको माओवादी केन्द्रले जनाएको छ।
माओवादी केन्द्रद्वारा सार्वजनिक तस्बिरमा नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल, जनमत पार्टीका अध्यक्ष डा. सिके राउत, राप्रपाका वरिष्ठ उपाध्यक्ष बुद्धिमान तामाङ, रास्वपाकी सांसद सोबिता गौतम लगायतका नेताहरू देखिन्छन्।
काठमाडौं- प्रहरीले काठमाडौं उपत्यकामा सञ्चालन हुने सार्वजनिक यातायातमा चोरी, पाकेटमारी र महिलामाथि दुर्व्यवहार गरेको अभियोगमा एक महिलासहित १२१ जनालाई...
काठमाडौं। त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट १६ किलोग्राम गाँजासहित तीन भारतीय नागरिक पक्राउ परेका छन्। देशका विभिन्न स्थानमा प्रहरीले चलाएको कारबा...
राष्ट्रपति रामचन्द्र पौडेलले नरदेवी श्वेतकाली संरक्षण तथा व्यवस्थापन समाजद्वारा १२ वर्षे देवीनाच पर्वका अवसरमा आज आयोजित कार्यक्रममा सरिक भई देवीनाच अ...
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले पार्टीको प्रशिक्षण कार्यक्रममा सहभागी नेता तथा कार्यकर्तालाई मोबाइल फोन बन्द गर्न निर्दे...
कोशी प्रदेशका सांसद तथा देउवापक्षीय कांग्रेसका नेता भूपेन्द्र राईले रुख र चारतारे झण्डा बोक्न कांग्रेस सभापति गगन थापाले आफूहरूलाई रोक्न नसक्ने बताएका...
सभापति र सदस्य बाहेकका पदाधिकारीसमेत गरेर शुक्रवार निर्विरोध घोषणा गरिएको सभापति मेखलाल श्रेष्ठले जानकारी दिए। सभापति श्रेष्ठका अनुसार उपसभापतिमा आशीक...