नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यले प्राधिकरणको श्वेतपत्र जारी गरेका छन्। शुक्रवार प्राधिकरणमा पत्रकार सम्मेलनको आयोजना गरेर श्वेतपत्र जारी गरेका हुन्। अहिले पनि पत्रकार सम्मेलन चलिरहेको छ।
वैशाख १५ गतेको सञ्चालक समिति बैठकबाट श्वेतपत्र स्वीकृत भएको कार्यकारी निर्देशक शाक्यले बताए। जारी श्वेतपत्र मा ‘कार्यकारी सारांश’ ११ पाना र समग्र रिपोर्ट ७५ पानाको रहेको उनले बताए।
स्वमतपत्रअनुसार देशभरका ९७ दशमलव ५ प्रतिशत पालिका र ९५ प्रतिशत वडामा विद्युत्को पहुँच पुगेको शाक्यले जानकारी दिए।
यस्तै २०७८ को जनगणनाका आधारमा ९१ दशमलव ४१ घर संरचना र ८४ दशमलव ६२ प्रतिशत परिवार विद्युत्को पहुँचमा पुगेको उनले बताए। यस्तै ५५ लाख ६६ हजार प्राधिकरणका ग्राहक रहेको पनि कार्यकारी निर्देशन शाक्यले बताए।
नेपालमा हाल ३ हजार ५११ मेगावाट जडित विद्युत् र प्राधिकरणको आफ्नै ६६१ दशमलव ५७ मेगावाट रहेको उनले बताए।