प्रदेश लगानी सम्मेलनको तयारी अन्तिम चरणमा : एक खर्ब बढी लगानी भित्राउने लक्ष्य
२५ चैत्र २०८१
•
२ मिनेट पाठ
प्रदेश लगानी सम्मेलनको तयारी अन्तिम चरणमा : एक खर्ब बढी लगानी भित्राउने लक्ष्य
आगामी वैशाखमा हुने कोशी प्रदेश लगानी सम्मेलनको तयारी अन्तिम चरणमा पुगेको छ । कोशी प्रदेश सरकारले आयोजना गर्न लागेको लगानी सम्मेलनको तयारी अन्तिम चरणमा पुगेको कोशी प्रदेश लगानी प्राधिकरणले जनाएको छ ।  




प्राधिकरणका प्रमुख कार्यकारी निर्देशक डा.सरोज कोइरालाका अनुसार लगानी सम्मेलनका लागि इभेन्ट म्यानेजरसँग सम्झौता भइसकेको छ । यस्तै सम्मेलनमा सहभागी हुन स्वदेशी लगानीकर्ता, एनआरएन र विदेशी लगानीकर्तालाई समेत निमन्त्रणा गरिसकिएको छ । लगानी सम्मेलनमा स्वदेश र विदेशबाट गरी ५ सयभन्दा बढी लगानीकर्ता विराटनगर आउने प्राधिकरणले जनाएको छ ।  

लगानी सम्मेलनमा सहभागी हुन आउनेहरूका लागि आवासलगायत आवश्यक व्यवस्थापनको काम पनि सम्पन्न भइसकेको कोइरालाले बताए ।  लगानी सम्मेलनका लागि ५४ वटा आयोजनाहरू शोकेसमा राख्ने तयारी पुरा गरिसकिएको कोइरालाले बताए  । यस्तै अन्य केही आयोजनाहरू पनि समावेश गर्ने तयारी गरिएको छ । लगानी सम्मेलनका लागि १ खर्ब २९ अर्ब ५० करोडका योजना शोकेस गरिएका छन् ।  

प्रदेश सरकारले आयोजना गर्न लागेको लगानी सम्मेलनबाट १ खर्ब बढी लगानी प्रदेशमा भित्राउने लक्ष्य राखिएको कार्यकारी निर्देशन कोइरालाको भनाई छ । ‘लगानी सम्मेलनबाट १ खर्ब बढी लगानी कोशी प्रदेशका विभिन्न आयोजनामा आउने लक्ष राखिएको छ’ कोइरालाले भने ।  

कोशी प्रदेश लगानी सम्मेलन आउँदो वैशाख १८ र १९ गते विराटनगरमा आयोजना गरिंदैछ । लगानी सम्मेलनको मूल उद्देश्य कोशी प्रदेशमा सम्भाव्य परियोजनाहरु लगानी सम्मेलनमा देखाएर लगानीकर्ता र विकासकर्ता खोज्नुका साथै अन्य सरोकारवालाहरुसँग अन्तरक्रिया गर्ने रहेको छ  ।  

लगानी सम्मेलनमा पर्यटन, उद्योग, कृषि, पूर्वाधारलगायत ७ क्षेत्रका आयोजनाहरू समावेश गरिने छन्  । प्रदेश लगानी सम्मेलनको उद्घाटन प्रधानमन्त्री केपी शर्मा ओलीले गर्ने प्रदेश लगानी प्राधिकरणले जनाएको छ । लगानी सम्मेलनमा सहभागि हुन ७ वटै प्रदेशका मुख्यमन्त्रीहरूलाई समेत निमन्त्रणा गरिसकिएको जनाइएको छ ।

कोशी प्रदेश सरकार गठन भए देखि नै लगानी सम्मेलन गर्ने चर्चा चले पनि विभिन्न कारण देखाउँदै सम्मेलनमा ढीलाई हुँदै आएको थियो । लगानीकर्ताका लागि आकर्षक प्रतिफल दिने किसिमका आयोजनाहरू पनि प्रदेश सरकारले शोकेसमा राखेका कारण  आगामी बैशाखमा आयोजना गर्न लागिएको लगानी सम्मेलन प्रदेशको विकासका लागि महत्वपूर्ण हुने सरकारले दाबी गर्दै आएको छ । 

लगानी सम्मेलनमा कांकडभिट्टा बसपार्क, इलामको कन्याममा मोनोरेल, केवलकार, खोटाङको हलेसीमा केवलकार, साइन्स सेन्टर, विराटनगरमा बहुउद्देश्यीय भवन लगायतका आयोजनाहरूलाई लगानी सम्मेलनमा प्रस्तुत गर्ने प्रदेश सरकारको तयारी छ । 
अर्को समाचार
जलविद्युत् आयोजनामा स्थानीयको हक सुनिश्चित गरिने
४१ मिनेट अघि
•
१ मिनेट पाठ
जलविद्युत् आयोजनामा स्थानीयको हक सुनिश्चित गरिने
गण्डकी। ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले जलविद्युत् आयोजनामा स्थानीयको हक सुनिश्चितताका निम्ति आफ्नो मन्त्रालयले हरसम्भव प्रयत्न गर्ने बताएका छन्।




राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा), पर्वत जिल्ला शाखाले आज कुश्मामा आयोजना गरेको कार्यकर्ता भेटघाटमा उनले उक्त कुरा बताएका हुन्।

सिँचाइ, कृषि उद्यम, स्थानीय जलविद्युत् आयोजनामा स्थानीयको हक तथा विपद् व्यवस्थापनलगायतका विषय सम्बोधन गर्न ऊर्जा मन्त्रालयले निरन्तर प्रयत्न गर्ने उनले बताएको रास्वपा जिल्ला अध्यक्ष जालबहादुर पुनले जानकारी दिए। 

राजनीतिक दल र नागरिकको सक्रिय सहभागिताबिना कुनै पनि सरकार सफल नहुने भएकाले देश र जनतालाई केन्द्रमा राखेर काम गर्न मन्त्री श्रेष्ठले पार्टीका कार्यकर्तालाई अनुरोध गरे।
तामझाम होइन, गुरुङ संस्कृतिअनुसार गोरखामा विवाह गर्दै छु : गृहमन्त्री सुधन गुरुङ
राजनीति
Clock १ मिनेट अघि | १ मिनेट पाठ
तामझाम होइन, गुरुङ संस्कृतिअनुसार गोरखामा विवाह गर्दै छु : गृहमन्त्री सुधन गुरुङ
गृहमन्त्री सुधन गुरुङले आफ्नो विवाह परम्परागत गुरुङ संस्कृतिअनुसार गोरखामा गर्ने घोषणा गरेका छन्।
Whatsapp
युवा नेता सन्तोष परियारले किन भेटे पूर्वप्रधानमन्त्री खनाललाई ?
राजनीति
Clock २३ मिनेट अघि | १ मिनेट पाठ
युवा नेता सन्तोष परियारले किन भेटे पूर्वप्रधानमन्त्री खनाललाई ?
दुवै नेताबीच समसामयिक राजनीतिक अवस्था, विद्यमान संकट र भावी राजनीतिक दिशाबारे गम्भीर वैचारिक छलफल भएको थियो।
Whatsapp
जलविद्युत् आयोजनामा स्थानीयको हक सुनिश्चित गरिने
अर्थ
Clock ४१ मिनेट अघि | १ मिनेट पाठ
जलविद्युत् आयोजनामा स्थानीयको हक सुनिश्चित गरिने
ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले जलविद्युत् आयोजनामा स्थानीयको हक सुनिश्चितताका निम्ति आफ्नो मन्त्रालयले हरसम्भव प्रयत्न गर्ने बता...
Whatsapp
न्युजिल्यान्डविरुद्धको दोस्रो टेस्टमा भारतको कमजोर सुरुवात
खेल
Clock ४२ मिनेट अघि | १ मिनेट पाठ
न्युजिल्यान्डविरुद्धको दोस्रो टेस्टमा भारतको कमजोर सुरुवात
न्युजिल्यान्डविरुद्धको दोस्रो टेस्टको पहिलो इनिङ्समा भारतले कमजोर प्रदर्शन गरेको छ।
Whatsapp
ताप्लेजुङ प्रहरीद्वारा फरार पाँच प्रतिवादी पक्राउ
अपराध
Clock ५६ मिनेट अघि | १ मिनेट पाठ
ताप्लेजुङ प्रहरीद्वारा फरार पाँच प्रतिवादी पक्राउ
विभिन्न मुद्दामा दोषी ठहर भई फरार रहेका ५ जनालाई ताप्लेजुङ प्रहरीले पक्राउ गरेको छ।
Whatsapp
गृहमन्त्री गुरुङद्वारा बिपी प्रतिष्ठानमा स्वास्थ्य सेवा र सुरक्षा व्यवस्थाको अनुगमन
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
गृहमन्त्री गुरुङद्वारा बिपी प्रतिष्ठानमा स्वास्थ्य सेवा र सुरक्षा व्यवस्थाको अनुगमन
गृहमन्त्री सुधन गुरुङले धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको अनुगमन गरेका छन्।
Whatsapp
यो पनि पढौँ
‘प्रश्नको घेरामा नेपालको लोकतन्त्र’ सार्वजनिक
कला/साहित्य
Clock १ घण्टा अघि | १ मिनेट पाठ
‘प्रश्नको घेरामा नेपालको लोकतन्त्र’ सार्वजनिक
कोञ्ज्योसोम प्रज्ञाप्रतिष्ठानका अध्यक्ष गोपाल सञ्जेलले लोकतन्त्रलाई दल, नेता र सरकारसँग मात्रै जोडेर बुझ्न नहुने धारणा राखे।
Whatsapp
केन्याली धावक मुरिउकीले जिते नेपालगन्ज म्याराथन उपाधि
खेल
Clock १ घण्टा अघि | १ मिनेट पाठ
केन्याली धावक मुरिउकीले जिते नेपालगन्ज म्याराथन उपाधि
धारा नेपालगन्ज म्याराथनको १२ औं संस्करणको उपाधि केन्याली धावक जुलियस मुरिउकी वाहोमेले हात पारेका छन्।
Whatsapp
‘पेन्डिङ’ फाइल शून्यमा झार्दै झापा प्रशासन
समाज
Clock १ घण्टा अघि | १ मिनेट पाठ
‘पेन्डिङ’ फाइल शून्यमा झार्दै झापा प्रशासन
झापा प्रशासनले सेवाग्राहीलाई राष्ट्रिय परिचयपत्र र राहदानीको फोटा तथा जैविक विवरण (बायोमेट्रिक) काम एकै दिनमा उपलब्ध गराउन सुरु गरेको छ।
Whatsapp
महिला पहिला : मौनताको पर्खाल भत्काउने १६ दिन
समाज
Clock १ घण्टा अघि | १ मिनेट पाठ
महिला पहिला : मौनताको पर्खाल भत्काउने १६ दिन
घरभित्रको पीडा र विभेदको अन्त्यमा हाम्रो समाजमा घरलाई प्रायः शान्ति, माया र सुरक्षाको सबैभन्दा बलियो थलो मानिन्छ।
Whatsapp
महिला क्रिकेटतर्फ लिग चरणका खेल सम्पन्न
खेल
Clock १ घण्टा अघि | १ मिनेट पाठ
महिला क्रिकेटतर्फ लिग चरणका खेल सम्पन्न
दशौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत महिला क्रिकेटतर्फ सेमिफाइनल समिकरण पूरा भएको छ।
Whatsapp
पुरुष क्रिकेटमा एनआरएनएलाई हराउँदै गण्डकी विजयी
खेल
Clock १ घण्टा अघि | १ मिनेट पाठ
पुरुष क्रिकेटमा एनआरएनएलाई हराउँदै गण्डकी विजयी
 दशौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत पुरुष क्रिकेट प्रतियोगिताको लिग चरणको खेलमा गण्डकी प्रदेशले आफ्नो दोस्रो खेलमा पहिलो जीत हात पारेको छ...
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस