चैत्राष्टमी मेला २०८१ : प्रवर्द्धन गर्नुपर्ने स्थानीय उत्पादनलाई बागलुङ नगरको कर
२१ चैत्र २०८१
•
३ मिनेट पाठ
चैत्राष्टमी मेला २०८१ : प्रवर्द्धन गर्नुपर्ने स्थानीय उत्पादनलाई बागलुङ नगरको कर
डाला नाङ्ला लिएर आएकालाई बागलुङ नगरपालिकाले लिएको राजस्वको रसिद। चैत्राष्टमी मेलामा बिक्री गर्न ल्याइएको डाला नाङ्ला। तस्बिरः सं‌गम/नागरिक
जिल्लाको बडिगाड गाउँपालिका-४ जलजलाका ससिराम विक चैते दशैं मेला हेर्न र डाली नाङ्लो बेच्न बिहीबार बागलुङ बजार आइपुगे। मेलामा आइपुग्नाथ उनलाई पहिलो गाँसमै ढुङ्गा भनेझैं भयो। बागलुङ नगरपालिका-१ कालिका मन्दिर गेट नजिकैको कुनामा डाली लाङ्लाको भारी मात्रै के बिसाउन पाएका थिए बागलुङ नगरपालिका राजस्व शाखाको टोली नगर प्रहरीसहित आइपुग्यो अनि पटके कर भनेर पाँच सय रुपैयाँको रसिद थमायो।




निगालोको चोयाँबाट स्थानीय र लोपोन्मुख सामग्री निर्माण तथा बिक्री वितरण गर्ने उनले अहिलेसम्म कतै पनि यस्तो कर तिर्नु परेको थिएन। नगर प्रहरीसहितको टोली आएपछि उनले चुपचाप पाँच सय रुपैयाँ बुझाए। ससिराम भन्छन्, ‘स्थानीय उत्पादन भनेर हामीलाई त जहाँ पुगेर बिक्री गरे पनि पैसा लाग्दैनथ्यो, मैले बुटवल गएर बेचेँ, रिडी, शान्ति लगायत ठाउँ-ठाउँमा गएर बेचेँ। अहिले आफ्नै जिल्लामा सामान झार्न नपाउँदै पाँच सय तिर्नुपर्‍यो।’

बागलुङ र चैते दशैं मेलाको पहिचान बनेको डाला नाङ्ला र ठेका भाँडालाई समेत कर उठाएर बागलुङ नगरपालिको ठीक नगरेको उनको गुनासो छ। ‘म आफैँले चैते दशैं मेलामा सामान ल्याएर बेच्न थालेको ३०-३५ वर्ष भयो यसरी पैसा तिर्न परेका थिएन,’ उनले भने, ‘गाउँबाट यहाँसम्म आइपुग्दा साढे पाँच हजार एक जनाको खर्च भएको छ, यो रसिद काटियो ६ हजार पुग्यो। यहाँ बसुन्जेल ६ हजारको व्यापार हुन्छ हुँदैन थाहा छैन।’ जीपको छतमा हालेर सामान ल्याउँदा महङ्गो भाडा तिरेर आउनु परेको पनि उनको गुनासो छ।

‘गाउँबाट खर्बाङ बजार झर्दा नै समानसँग भनेर प्रतिव्यक्ति पन्ध्र सय लियो, खर्बाङबाट बागलुङ आएको त चार हजार खर्च भैहाल्यो। यहाँ पनि नगरपालिकाले माग्यो,’ उनी भन्छन्, ‘जताततै पैसा तिर्दै आएका छौं। व्यापार के हुने हो थाहा छैन।’ बागलुङ नगरपालिका-१२ अमलाचौरका अशोक खड्काले काठको ठेका भाँडा लिएर सडक छेउमा बसेका छन्। उनको स्टलमा नगरपालिका राजस्व शाखाको टोलीले पटक पटक राजस्वको रसिद काट्न खोजिरहेको छ। उनले विभिन्न बहाना बनाएर टारिरहेका छन्।

उनी भन्छन्, ‘मैले त काठमाडौँ, पोखरा, चितवन लगायतका ठाउँमा पनि यी भाँडाहरूले लगेर जान्छु, त्यहाँको मेला त उल्टो खान बस्नको व्यवस्था गरेर बोलाउँछन्। यहाँ भने नगरपालिकाले पैसा माग्न आएको आइ छ। मैले मालिक हुनुहुन्न भनेर टारेको छु।’ नगरपालिको कर मात्रै उठाउन खोजेको तर शौचालयको पनि व्यवस्था नभएको उनको गुनासो छ। ‘हामीलाई ट्वाइलेट लाग्यो भने त्यहाँ व्यक्तिको पैसा तिरेर जानुपर्छ,’ उनले भने, ‘हाम्रो खानेबस्ने कुनै ठेगान छैन। सामानको बिक्री छैन। नगरपालिकाले पटक-पटक पैसा मात्रै माग्न आउँछ। अलि-अलि सुविधा पनि दिए त हामीलाई पनि सजिलो हुन्थ्यो।’

मेलाको आयोजक संस्था बागलुङ कालिका मन्दिर गुठी व्यवस्थापन समितिले स्थानीय उत्पादनको व्यापार र प्रवर्द्धन गर्ने भन्दै स्टल राखेको पैसा लिएको छैन। गाउँ-गाउँबाट स्थानीय उत्पादन लिएर आउन आग्रह गरिएको भन्दै मूल संयोजक कुमार खड्काले स्थानीय उत्पादनका वस्तुहरू बिक्री वितरण नभए आउने जाने यातायात खर्च समेत गुठीले व्यहोरिदिने गरी आउन आग्रह गरेको बताए।

‘हामीले स्थानीय उत्पादन प्रवर्द्धन र व्यापार बढाउने भनेर स्टलको पैसा लिएका छैनौँ, उहाँहरूको सामान बिक्री नभएर घर फर्किन नै समस्या पर्ने भयो भने यातायात खर्चको समेत व्यवस्था गर्छौँ भनेको छौँ,’ उनले भने, ‘स्थानीय उत्पादनलाई प्रोत्साहन र प्रवर्द्धन गर्ने भन्ने नै हाम्रो उद्देश्य हो।’ स्थानीय उत्पादनलाई कर नलिन नगरपालिकासँग आग्रह गरेको उनले बताए। बागलुङ नगरपालिका राजश्व शाखा प्रमुख सरस्वती रेग्मीले भने राजस्व ऐनमा उल्लेख भए अनुसार पटके कर लिएको बताइन्।

‘हामी त कर्मचारी हौँ, ऐन कानुनमा लेखिएको कुरा कार्यान्वयन गर्ने हो, हाटबजार पटके कर भने ठेका भाँडा, डाला नाङ्लालाई पनि पाँच सय उठाउने भनेर उल्लेख गरेको छ। हामीले त्यही अनुसार काम गरेका हौँ,’ उनले भनिन्। बागलुङ नगर राजस्व परामर्श समितिका संयोजक एवं उपप्रमुख राजु खड्काले स्थानीय उत्पादनसँग राजस्व लिएको विषयमा सहजीकरण गर्ने प्रतिक्रिया दिए। ‘हामीले म कालिका मन्दिर अध्यक्ष हुँदा पनि स्थानीय उत्पादनलाई कर नलिने भनेका थियौँ, तपाई‌ंले मलाई बेलैमा यो कुरा याद दिलाउनुभयो,’ उनले भने, ‘स्थानीय उत्पादनका वस्तु लिएर आउनुभएकाहरूलाई कर छुट गराउने विषयमा हाम्रो ध्यान जान्छ।’
अर्को समाचार
जलविद्युत् आयोजनामा स्थानीयको हक सुनिश्चित गरिने
१ घण्टा अघि
•
१ मिनेट पाठ
जलविद्युत् आयोजनामा स्थानीयको हक सुनिश्चित गरिने
गण्डकी। ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले जलविद्युत् आयोजनामा स्थानीयको हक सुनिश्चितताका निम्ति आफ्नो मन्त्रालयले हरसम्भव प्रयत्न गर्ने बताएका छन्।




राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा), पर्वत जिल्ला शाखाले आज कुश्मामा आयोजना गरेको कार्यकर्ता भेटघाटमा उनले उक्त कुरा बताएका हुन्।

सिँचाइ, कृषि उद्यम, स्थानीय जलविद्युत् आयोजनामा स्थानीयको हक तथा विपद् व्यवस्थापनलगायतका विषय सम्बोधन गर्न ऊर्जा मन्त्रालयले निरन्तर प्रयत्न गर्ने उनले बताएको रास्वपा जिल्ला अध्यक्ष जालबहादुर पुनले जानकारी दिए। 

राजनीतिक दल र नागरिकको सक्रिय सहभागिताबिना कुनै पनि सरकार सफल नहुने भएकाले देश र जनतालाई केन्द्रमा राखेर काम गर्न मन्त्री श्रेष्ठले पार्टीका कार्यकर्तालाई अनुरोध गरे।
वर्तमान सरकारले सत्ताको त्रास र आड देखाएर न्यायालय क्षेत्रमा अनावश्यक हस्तक्षेप गरेको बार अध्यक्षको आरोप
राजनीति
Clock ७ मिनेट अघि | १ मिनेट पाठ
वर्तमान सरकारले सत्ताको त्रास र आड देखाएर न्यायालय क्षेत्रमा अनावश्यक हस्तक्षेप गरेको बार अध्यक्षको आरोप
नेपाल बार एसोसिएसनका केन्द्रीय अध्यक्ष प्रा. डा. विजयप्रसाद मिश्रले सरकारले संसद्को अस्तित्व स्वीकार गर्न नसकेको र विधि मिचेर अध्यादेशमार्फत सत्ता सञ्...
Whatsapp
‘स्थानीय तहबीच अनुभव आदानप्रदान र सहकार्य आवश्यक छ’
राजनीति
Clock १६ मिनेट अघि | ० मिनेट पाठ
‘स्थानीय तहबीच अनुभव आदानप्रदान र सहकार्य आवश्यक छ’
लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले स्थानीय तहले गरेका सफल काम र अपनाएका असल अभ्यास एकअर्काले अनुसरण गर्न सके नागरिकलाई प्रदान गरिने सेव...
Whatsapp
तामझाम होइन, गुरुङ संस्कृतिअनुसार गोरखामा विवाह गर्दै छु : गृहमन्त्री सुधन गुरुङ
राजनीति
Clock २६ मिनेट अघि | १ मिनेट पाठ
तामझाम होइन, गुरुङ संस्कृतिअनुसार गोरखामा विवाह गर्दै छु : गृहमन्त्री सुधन गुरुङ
गृहमन्त्री सुधन गुरुङले आफ्नो विवाह परम्परागत गुरुङ संस्कृतिअनुसार गोरखामा गर्ने घोषणा गरेका छन्।
Whatsapp
युवा नेता सन्तोष परियारले किन भेटे पूर्वप्रधानमन्त्री खनाललाई ?
राजनीति
Clock ४९ मिनेट अघि | १ मिनेट पाठ
युवा नेता सन्तोष परियारले किन भेटे पूर्वप्रधानमन्त्री खनाललाई ?
दुवै नेताबीच समसामयिक राजनीतिक अवस्था, विद्यमान संकट र भावी राजनीतिक दिशाबारे गम्भीर वैचारिक छलफल भएको थियो।
Whatsapp
जलविद्युत् आयोजनामा स्थानीयको हक सुनिश्चित गरिने
अर्थ
Clock १ घण्टा अघि | १ मिनेट पाठ
जलविद्युत् आयोजनामा स्थानीयको हक सुनिश्चित गरिने
ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले जलविद्युत् आयोजनामा स्थानीयको हक सुनिश्चितताका निम्ति आफ्नो मन्त्रालयले हरसम्भव प्रयत्न गर्ने बता...
Whatsapp
न्युजिल्यान्डविरुद्धको दोस्रो टेस्टमा भारतको कमजोर सुरुवात
खेल
Clock १ घण्टा अघि | १ मिनेट पाठ
न्युजिल्यान्डविरुद्धको दोस्रो टेस्टमा भारतको कमजोर सुरुवात
न्युजिल्यान्डविरुद्धको दोस्रो टेस्टको पहिलो इनिङ्समा भारतले कमजोर प्रदर्शन गरेको छ।
Whatsapp
यो पनि पढौँ
ताप्लेजुङ प्रहरीद्वारा फरार पाँच प्रतिवादी पक्राउ
अपराध
Clock १ घण्टा अघि | १ मिनेट पाठ
ताप्लेजुङ प्रहरीद्वारा फरार पाँच प्रतिवादी पक्राउ
विभिन्न मुद्दामा दोषी ठहर भई फरार रहेका ५ जनालाई ताप्लेजुङ प्रहरीले पक्राउ गरेको छ।
Whatsapp
गृहमन्त्री गुरुङद्वारा बिपी प्रतिष्ठानमा स्वास्थ्य सेवा र सुरक्षा व्यवस्थाको अनुगमन
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
गृहमन्त्री गुरुङद्वारा बिपी प्रतिष्ठानमा स्वास्थ्य सेवा र सुरक्षा व्यवस्थाको अनुगमन
गृहमन्त्री सुधन गुरुङले धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको अनुगमन गरेका छन्।
Whatsapp
‘प्रश्नको घेरामा नेपालको लोकतन्त्र’ सार्वजनिक
कला/साहित्य
Clock १ घण्टा अघि | १ मिनेट पाठ
‘प्रश्नको घेरामा नेपालको लोकतन्त्र’ सार्वजनिक
कोञ्ज्योसोम प्रज्ञाप्रतिष्ठानका अध्यक्ष गोपाल सञ्जेलले लोकतन्त्रलाई दल, नेता र सरकारसँग मात्रै जोडेर बुझ्न नहुने धारणा राखे।
Whatsapp
केन्याली धावक मुरिउकीले जिते नेपालगन्ज म्याराथन उपाधि
खेल
Clock १ घण्टा अघि | १ मिनेट पाठ
केन्याली धावक मुरिउकीले जिते नेपालगन्ज म्याराथन उपाधि
धारा नेपालगन्ज म्याराथनको १२ औं संस्करणको उपाधि केन्याली धावक जुलियस मुरिउकी वाहोमेले हात पारेका छन्।
Whatsapp
‘पेन्डिङ’ फाइल शून्यमा झार्दै झापा प्रशासन
समाज
Clock १ घण्टा अघि | १ मिनेट पाठ
‘पेन्डिङ’ फाइल शून्यमा झार्दै झापा प्रशासन
झापा प्रशासनले सेवाग्राहीलाई राष्ट्रिय परिचयपत्र र राहदानीको फोटा तथा जैविक विवरण (बायोमेट्रिक) काम एकै दिनमा उपलब्ध गराउन सुरु गरेको छ।
Whatsapp
महिला पहिला : मौनताको पर्खाल भत्काउने १६ दिन
समाज
Clock १ घण्टा अघि | १ मिनेट पाठ
महिला पहिला : मौनताको पर्खाल भत्काउने १६ दिन
घरभित्रको पीडा र विभेदको अन्त्यमा हाम्रो समाजमा घरलाई प्रायः शान्ति, माया र सुरक्षाको सबैभन्दा बलियो थलो मानिन्छ।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस