बिपी राजमार्गकाे पुनर्निर्माणकाे काम सुरू
०७ चैत्र २०८१
•
३ मिनेट पाठ
बिपी राजमार्गकाे पुनर्निर्माणकाे काम सुरू
काठमाडौं देखि पूर्वी नेपाल जोड्ने बिपी राजमार्गलाई स्थायी रूपमै पुनर्निर्माण  गर्न सडक विभागले काम सुरु गरेको छ । गत असोज ११ र १२ गते आएको अविरल वर्षाले सबै भन्दा बढी क्षति बिपी राजमार्गलाई पु¥याएको थियो ।




वर्षाले विपी राजमार्गको २८ किलोमिटर लामो बाटो पूर्ण रूपमा भत्काएको थियो। भत्किएको बाटो अब पहिलेकै अवस्थामा आउनेछ। त्यो पनि एक लेन बढेर निर्माण हुने छ। बिपी राजमार्ग बनाउन सडक डिभिजन भक्तपुर र सडक डिभिजन सिन्धुलीले  जिम्मा लिएका छन् । भक्तपुर २५ किमी र सिन्धुलीले ३ किमी बाटो हेर्दै आएको छ ।

सडक डिभिजन भक्तपुरका आयोजना प्रमुख सुमन यागेशका अनुसार अब निर्माण हुने राजमार्ग २ लेनको हुनेछन छन् अर्थात ९ मिटर चौडाइका हुनेछ । ‘दुई वर्ष भित्र स्थायी रूपमा काम सक्ने गरी काम अघि बढाएका छौ । काम सकियो भने गत असोज ११ र १२ गते जस्तो वर्षा आए पनि बिपी राजमार्ग क्षति हुनेछैन । पहिलेको भन्दा अझै बलियो गरी स्थायी  पुन निर्माण  गर्दैछौ’ योगेशले भने, ‘यस राजमार्गलाई पुन निर्माण गर्न हामीले ३ वटा प्याकेज बनाएका छौ । एउटा प्याकेजको टेन्डर आव्हान गरी सकेका छौ । दोश्रो प्याकेजको टेन्डर बिहीबार आव्हान गरेका छौ ।  तेस्रो प्याकेजमा भने जापानी सहयोग नियोग जाइकाको निर्णय पर्खेर बसेका छो । किनभने यस राजमार्गमा जाइकाले चासो देखाएको छ ।’ जाइकाको टोलीले गत कात्तिक ११ र १२ गते क्षतिग्रस्त बिपी राजमार्गको स्थलगत अध्ययन तथा अनुसन्धान गरेर फर्केका थियो ।

सडक डिभिजन भक्तपुरका अनुसार काभ्रेको डालाबेसी देखि चार सय बेसीसम्म ८ दशमलव ५ कि।मि सडकको स्थायी पुन निर्माण गर्न ठेक्का आव्हान भइसकेको छ । यसको अनुमानित लागत साढे २ अर्ब रुपैयाँ राखिएको छ । खोलाको किनाराबाट पर्खाल उठाएर यसको पुन निर्माण हुने छ ।

विभागका अनुसार काभ्रेको चार सय बेसी देखि भकुण्डेबेसीसम्म ११ कि।मि। सडकमा आज भोली नै ठेक्का आव्हान गर्ने तयारी भइरहेको छ । त्यहाँ भने भित्ता काट्ने र पर्खाल उठाउन दुबै पद्धति प्रयोग हुने योगेशले जनाए । यस सडकको पनि अनुमानित लागत साढे २ अर्ब रुपैयाँ राखिएको छ ।

तेस्रो चरणको प्याकेजेकोलागि जाइकाको निर्णय पर्खेर बसेको योगेशको भनाइ छ  । एक हप्तासम्म पनि जाइकाले निर्णय नगरे आफैले बनाउने सडक डिभिजन भक्तपुरले जनाएको छ । यो सडक काभ्रेको डालाबेसी देखि बर्खे खोलासम्मको हुने छ । यसको डिपिआर (विस्तृत अध्ययन प्रतिवेदन)  समेत तयार भइसकेको छ । योगेशका अनुसार यस सडकको पुन निर्माण गर्दा जाइकाले केही फरक प्रविधि अपनाउन सक्ने छ । जस्तो कि सुरुङ मार्ग बनाएर अथवा लामो लामो पुल बनाउन सक्ने छ । सुरुङ मार्ग बनाएमा एक/दुई कि।मि बाटो छोट्टिने छ । तर पहिलो र दोश्रो चरणका प्याकेजका सडक भने पहिलेकै अवस्थामा निर्माण हुने छन् ।  बाटो लम्बिने छ न छोट्टिने छ ।

सडक डिभिजन सिन्धुलीका प्रमुख पारसमणि हमालका अनुसार सिन्धुली खण्डभित्र पर्ने ३ किमी सहित अरु २ कि।मि। समेत बढाएर ५कि।मि।  सडकको पुन निर्माण गर्न सिन्धुली डिभिजनले ठेक्का आव्हान गरी सकेको छ । ‘हाम्रो खण्डभित्र भत्किएको बाटो ३ किमी मात्र हो तर हामीसँग केही पैसा बचेको थियो । बचेको पैसालाई समेत सदुपयोग गर्दै ५किमी सडकको पुनर्निर्माण गर्न टेन्डर आव्हान गरेका र्छौ’हमालले भने,‘अब सबै (५ किमी  सडक) दुई लेनको हुने छ ।’ सिन्धुली डिभिजनका अनुसार उक्त खण्ड विपी राजमार्ग अन्तर्गत बरफे खोला देखि नेपाल थोकसम्म पर्छ । उक्त राजमार्ग पुन निर्माण गर्न १ अर्ब रुपैयाँ खर्च हुने अनुमान गरिएको छ ।

वर्षाले बिपी राजमार्गको चौकी डाँडादेखि नेपालथोकसम्म धेरै क्षति भएको छ। यस खण्डको २८ किलोमिटरमध्ये १२ किलोमिटर पूर्ण रूपमा क्षति भएको छ । भौतिक पूर्वाधार मन्त्रालयका अनुसार गत असोजमा वर्षाका कारण देशभरिका ३४ वटा राजमार्गको आठ सय पाँच ठाउँमा पहिरो गएको थियो । एक सय ६० किलोमिटर बिपी राजमार्ग निर्माण गर्न जापान सरकारलाई २० वर्ष लागेको थियो। यो राजमार्ग निर्माण गर्न जापानले २६ अर्ब येन खर्च गरेको थियो। २०५२ सालदेखि बिपी राजमार्ग बनाउन सुरु गरेको थियो । २०७२ सालको भूकम्पबाट बिपी राजमार्गको केही भागमा क्षति पुगेको थियो। क्षतिग्रस्त भाग पुनर्निर्माण गर्न १८ महिना लागेको थियो।
अर्को समाचार
जलविद्युत् आयोजनामा स्थानीयको हक सुनिश्चित गरिने
५ घण्टा अघि
•
१ मिनेट पाठ
जलविद्युत् आयोजनामा स्थानीयको हक सुनिश्चित गरिने
गण्डकी। ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले जलविद्युत् आयोजनामा स्थानीयको हक सुनिश्चितताका निम्ति आफ्नो मन्त्रालयले हरसम्भव प्रयत्न गर्ने बताएका छन्।




राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा), पर्वत जिल्ला शाखाले आज कुश्मामा आयोजना गरेको कार्यकर्ता भेटघाटमा उनले उक्त कुरा बताएका हुन्।

सिँचाइ, कृषि उद्यम, स्थानीय जलविद्युत् आयोजनामा स्थानीयको हक तथा विपद् व्यवस्थापनलगायतका विषय सम्बोधन गर्न ऊर्जा मन्त्रालयले निरन्तर प्रयत्न गर्ने उनले बताएको रास्वपा जिल्ला अध्यक्ष जालबहादुर पुनले जानकारी दिए। 

राजनीतिक दल र नागरिकको सक्रिय सहभागिताबिना कुनै पनि सरकार सफल नहुने भएकाले देश र जनतालाई केन्द्रमा राखेर काम गर्न मन्त्री श्रेष्ठले पार्टीका कार्यकर्तालाई अनुरोध गरे।
मकवानपुरमा श्रीमानको कुटपिटपछि श्रीमतीको मृ’त्यु
अपराध
Clock ४ मिनेट अघि | १ मिनेट पाठ
मकवानपुरमा श्रीमानको कुटपिटपछि श्रीमतीको मृ’त्यु
मकवानपुर। मकवानपुरको इन्द्रसरोवर गाउँपालिका-४ गोठभित्तामा मादक पदार्थ सेवन (मापसे) गरी श्रीमतीलाई कुटपिट गरेको आरोपमा प्रहरीले एक पुरुषलाई नियन्त्रणमा...
Whatsapp
बाढीले पुल बगाएपछि दुई वर्षदेखि सास्ती, फोक्सिन्टारमा फेरि बेलिब्रीज राखिँदै
समाज
Clock १२ मिनेट अघि | १ मिनेट पाठ
बाढीले पुल बगाएपछि दुई वर्षदेखि सास्ती, फोक्सिन्टारमा फेरि बेलिब्रीज राखिँदै
फोक्सिन्टारमा बेलिब्रीज पुन: जडानका लागि योजना कार्यालयले गएको कात्तिक ११ गते २१ दिने सूचना सार्वजनिक गरेको थियो।
Whatsapp
घोप्टेभिरको सडक खुल्यो, तुइनखोलामा दिउँसो बन्द हुन
समाज
Clock १२ मिनेट अघि | १ मिनेट पाठ
घोप्टेभिरको सडक खुल्यो, तुइनखोलामा दिउँसो बन्द हुन
गत मङ्सिर ५ गतेदेखि आजसम्म दिउँसो सवारी आवागमन रोकेर पहिरो व्यवस्थापन तथा सडक सुरक्षित बनाउने काम गरिएको थियो। पहरो काट्ने, जोखिमयुक्त भाग हटाउने तथा...
Whatsapp
२४ घण्टे अल्टिमेटमपछि निषेधित क्षेत्रमा रहेका पसल र टहरा हटाइए
समाज
Clock २९ मिनेट अघि | १ मिनेट पाठ
२४ घण्टे अल्टिमेटमपछि निषेधित क्षेत्रमा रहेका पसल र टहरा हटाइए
नेपाल प्रहरी र सशस्त्र प्रहरीसहितको टोलीले ती पवित्र उद्यान, शान्ति दीप तथा अन्तर्राष्ट्रिय विहार क्षेत्रलगायत निषेधित स्थानबाट पसलहरू खाली गराएको हो...
Whatsapp
कालीकोटका ९ वटै पालिकाले गरे शैक्षिक सुधारका लागि १९ बुँदे प्रतिबद्धता
समाज
Clock ४७ मिनेट अघि | १ मिनेट पाठ
कालीकोटका ९ वटै पालिकाले गरे शैक्षिक सुधारका लागि १९ बुँदे प्रतिबद्धता
कालीकोट जिल्लाको समग्र शैक्षिक अवस्था सुधार गर्न कालीकोटमा नौ वटै स्थानीय तहसहित शिक्षा क्षेत्रसँग सम्बन्धित सरोकारवालाहरूले १९ बुँदे सामूहिक प्रतिबद्...
Whatsapp
तनहुँमा भिरबाट खसेर १५ वर्षीय विद्यार्थी बेपत्ता, खोजतलास जारी
Clock ५२ मिनेट अघि | १ मिनेट पाठ
तनहुँमा भिरबाट खसेर १५ वर्षीय विद्यार्थी बेपत्ता, खोजतलास जारी
तनहुँ- भ्रमण सकेर पोखराबाट चितवनतर्फ फर्कँदै गरेका एक विद्यार्थी तनहुँको पृथ्वीराजमार्गस्थित भिरबाट खसेर बेपत्ता भएका छन्।
Whatsapp
यो पनि पढौँ
बेलबारी गोल्डकपको नवौं संस्करण पुस ४ देखि, ८ टोली भिड्दै
खेल
Clock ५६ मिनेट अघि | १ मिनेट पाठ
बेलबारी गोल्डकपको नवौं संस्करण पुस ४ देखि, ८ टोली भिड्दै
मोरङको बेलबारीमा पुस ४ गतेदेखि ‘९ औं बेलबारी मेजर स्व. एनबी रुङमाहाङ अन्तर्राष्ट्रिय रनिङ गोल्डकप फुटबल प्रतियोगिता’ हुने भएको छ।
Whatsapp
प्रहरीको ‘सुरक्षित यात्रा’ अप्रेसन : सार्वजनिक यातायातमा चोरी र दुर्व्यवहार गर्ने १२१ पक्राउ
Clock १ घण्टा अघि | १ मिनेट पाठ
प्रहरीको ‘सुरक्षित यात्रा’ अप्रेसन : सार्वजनिक यातायातमा चोरी र दुर्व्यवहार गर्ने १२१ पक्राउ
काठमाडौं- प्रहरीले काठमाडौं उपत्यकामा सञ्चालन हुने सार्वजनिक यातायातमा चोरी, पाकेटमारी र महिलामाथि दुर्व्यवहार गरेको अभियोगमा एक महिलासहित १२१ जनालाई...
Whatsapp
लागूऔषधसहित देशभरबाट ३१ जना पक्राउ
अपराध
Clock १ घण्टा अघि | १ मिनेट पाठ
लागूऔषधसहित देशभरबाट ३१ जना पक्राउ
काठमाडौं। त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट १६ किलोग्राम गाँजासहित तीन भारतीय नागरिक पक्राउ परेका छन्। देशका विभिन्न स्थानमा प्रहरीले चलाएको कारबा...
Whatsapp
शक्तिखोर औद्योगिक क्षेत्र तत्काल अघि बढाउन मन्त्री लम्सालको निर्देशन
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
शक्तिखोर औद्योगिक क्षेत्र तत्काल अघि बढाउन मन्त्री लम्सालको निर्देशन
शनिबार कालिका नगरपालिकास्थित औद्योगिक क्षेत्रको स्थलगत अवलोकन गर्दै मन्त्री लम्सालले हालसम्मको कार्यप्रगतिबारे जानकारी लिएका हुन्।
Whatsapp
राष्ट्रपतिद्वारा देवीनाच अवलोकन
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
राष्ट्रपतिद्वारा देवीनाच अवलोकन
राष्ट्रपति रामचन्द्र पौडेलले नरदेवी श्वेतकाली संरक्षण तथा व्यवस्थापन समाजद्वारा १२ वर्षे देवीनाच पर्वका अवसरमा आज आयोजित कार्यक्रममा सरिक भई देवीनाच अ...
Whatsapp
अब म नेताहरूबाट होइन, जनताबाट घेरिन चाहन्छु : सभापति लामिछाने
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
अब म नेताहरूबाट होइन, जनताबाट घेरिन चाहन्छु : सभापति लामिछाने
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले पार्टीका नेता तथा कार्यकर्ताको घेराबन्दी छाडेर सिधै जनतामाझ पुग्ने बताएका छन्।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस