कफीमा युवा आकर्षण
०३ चैत्र २०८१
•
४ मिनेट पाठ
कफीमा युवा आकर्षण
चितवनका पदमबहादुर बानियाँको कपडा पसल नारायणगढको इन्द्रदेव मार्गमा थियो । झन्डै एक दशक कपडा व्यवसाय गरेका बानियाँ त्यसबाट सन्तुष्ट हुन सकेनन् । अहिले भरतपुरमा हिमालयन चिया नामको कफीसप खोलेर उनले राम्रो आम्दानी गरिरहेका छन् । ‘कोरोनापछि कपडा व्यवसाय राम्रो भएन । त्यसलाई छाडेर दुई वर्षदेखि कफीसपतिर लागेको छु’, आफ्नो व्यवसाय सुनाउँदै बानियाँले भने ‘औसतमा कफी र चिया मात्रै दैनिक १५ हजार रुपैयाँको बिक्री हुन्छ ।’




नारायणगढका जुलेन घले पनि कफीसपमा व्यस्त छन् । विदेशबाट दुई वर्षअघि फर्किएर नारायणगढको लिलाचोकमा कफी सप खोलेका घलेले अन्य पेसाभन्दा यस पेसालाई सुरक्षित मानेका छन् । ‘विदेशमा कफी बनाउन सिकेको थिएँ । त्यहाँबाट फर्किएपछि १० लाख लगानी गरेर नारायणगढमा कफीसप खोलेको छु,’ उनले भने, ‘कफीको माग बजारमा उच्च छ । घाटा हुँदैन जस्तो लाग्छ ।’

उनले दैनिक २० देखि २५ हजार रुपैयाँको कारोबार गर्ने गरेको सुनाए । अहिले उनले आफ्नो व्यवसायमा लगानी थप गरेर २५ लाख पुर्‍याएका छन् । ‘कफीसँगै खाद्य परिकार पनि बिक्री हुन्छ,’ उनले भने ‘गुणस्तर कायम राख्ने हो भने यस व्यवसायबाट राम्रो आम्दानी लिन सकिन्छ ।’ चितवनसहित देशका प्रमुख सहरमा कफीसप उच्च गतिमा वृद्धि भइरहेका छन् । 

नेपाल कफी व्यवसायी महासंघका अनुसार देशभर दुई हजारभन्दा बढी कफीसप खुलिसकेका छन् । चितवनमा मात्रै एक सय ५० भन्दा बढी कफी हाउस रहेको बताइएको छ । कफीसप खोल्नेमा अधिकांश युवा रहेको इटहरीका कफी व्यवसायी सफल मगर बताउँछन् । ‘नेपालमा कफीको मार्केट हेर्दा राइजिङ छ,’ उनले भने, ‘नेपालमा बसेर यो व्यवसाय गर्ने मान्छे विदेश जानुपर्ने अवस्था छैन ।’ ३१ वर्षका मगरले इटहरीमा कफीसपको एकेडेमीसमेत खोलेका छन् । इटहरीमा मात्रै ६० भन्दाबढी कफी हाउस सञ्चालन भएको उनले बताए ।

नेपालमा कफी खाने प्रचलन विस्तारै बढ्दो अवस्थामा रहेको कफी व्यवसायी सुदिश थापा बताउँछन् । ‘केही वर्षअघि नेपालमा कफी खाने बानीमा विकास भएको थिएन पछि विस्तारै शहरी क्षेत्रमा कफी खाने चलन बढ्न थालेको छ,’ उनले भने, ‘अहिले कफी हाउस खोल्ने क्रमसमेत उच्च छ ।’ उनका अनुसार अहिले अधिकांश होटलमा कफीसपको छुट्टै डिपार्टसमेत राख्न थालिएको छ । बजारमा ९० रूपैयाँदेखि तीन सय ५० रुपैयाँसम्मको कफी पाइन्छ । विशेष गरी अम्रिकानो, लाटे एक्प्रेसो, गोमियो, क्यापाचिनो, ब्रु कफी बिक्री भइरहेको छ ।

नेपालमा कफीको आकर्षण बढ्दै गए पनि उत्पादन भने घट्दो अवस्थामा छ । नेपाली बजारको मागमध्ये ६० प्रतिशत कफी बाहिरी मुलुकबाट आयात हुने गरेको थापाले बताए । पछिल्ला दिनमा आन्तरिक बजारमा मात्रै वार्षिक २२ सय मेट्रिकटन कफी खपत हुँदै आएको छ । जबकि नेपालले पाँच सय एक मेट्रिक टन कफी उत्पादन गरेको राष्ट्रिय चिया तथा कफी विकास बोर्ड क्षेत्रीय कार्यालयको तथ्यांकमा उल्लेख छ । नेपालमा उत्पादित ८९ मेट्रिक टन कफी विदेश निर्यात हुने गरेको छ तर निर्यातभन्दा अवैधानिक तवरले आयात हुने कफीको मात्रा बढी रहेको बोर्डकी निमित्त क्षेत्रीय निर्देशक पवित्रा अधिकारीले बताइन् । नेपाल भन्सार कार्यालयको तथ्यांक अनुसार नेपालमा चार सय ४३ मेट्रिक टन कफी आयात हुन्छ ।

नेपालमा कफी खेतीको क्षेत्रफल बढे पनि उत्पादकत्व समेत घट्दै गएको अधिकारीले जानकारी दिइन् । नेपालमा चार हजार तीन सय नौ हेक्टर क्षेत्रफलमा कफी खेती हुँदै आएको छ । नयाँ मानिस विदेश पलायन भएका कारण क्षेत्रफल बढे पनि उत्पादन बढ्न नसकेको उनको भनाइ छ । ‘गाउँमा काम गर्ने मान्छे छैनन् । रुखहरू पुराना हुँदै गएपछि उत्पादन कम हुने भयो,’ उनले भनिन् ‘क्षेत्रफल थपिँदा पुराना रुख पनि जोडिन आउने भएकाले क्षेत्रफल बढेको देखिएको हो ।’

कफी बोर्डले उत्पादन बढाउन किसानलाई रोपण, नर्सरी व्यवस्थापन, बिउ, प्रशोधित मेसिन वितरण लगायतका क्षेत्रमा काम गर्दै आएको उनले बताइन् । यद्यपि नेपालमा पछिल्लो १२ वर्षमा उत्पादनको अवस्था भने उस्तै छ । आर्थिक वर्ष २०६९/२०७० मा एक हजार सात सय ५० हेक्टरमा कफी उत्पादन भएको थियो । यो अवधिमा कफी खेती गर्ने क्षेत्रफल विस्तार भएर चार हजार तीन सय नौ हेक्टर पुगेको छ तर उत्पादन भने गत आर्थिक वर्ष २०८०/०८१ मा पाँच सय एक मेट्रिक टन मात्र भएको सरकारी तथ्यांकमा उल्लेख छ ।

आर्थिक वर्ष २०७०/२०७१ मा एक हजार सात सय ५० हेक्टर क्षेत्रफलमा चार सय २९ मेट्रिक टन कफी फलेको थियो । त्यसको एक वर्षपछि चार सय बढी हेक्टर क्षेत्रफलमा कफी खेतीको विस्तार भयो । सोही अनुसार आर्थिक वर्ष २०७१/२०७२ मा कफीको उत्पादन केही बढेर चार सय ६३ मेट्रिक टन पुग्यो । आर्थिक वर्ष २०७२/२०७३ मा आइपुग्दा कफीको उत्पादन घटेर चार सय ३४ मेट्रिक टनमा झ¥यो ।

आर्थिक वर्ष २०७३/७४ मा दुई हजार ६ सय ५० हेक्टर क्षेत्रफलको खेतीबाट चार सय ६६ मेट्रिक टन कफी उत्पादन भएको थियो । आव २०७५/७६ मा पाँच सय ३० मेट्रिक टन ग्रिन बिन कफी उत्पादन भएकोमा आव २०७६÷७७ मा घटेर दुई सय ९६ मेट्रिक टनमा सीमित भयो । साथै आव २०७७/७८ मा तीन सय मेट्रिक टन उत्पादन भएको थियो । आव २०७८/२०७९ मा चार हजार चार सय ३५ मेट्रिक टन र आव २०७९/२०८० मा तीन सय ९४ मेट्रिक टन उत्पादन भएको सरकारी तथ्यांकमा उल्लेख छ ।

नेपाल सरकारले कफी उत्पादनमा विभिन्न योजना बनाए पनि प्रतिफल देखिएको छैन । सरकारले पछिल्लो पटक सन् २०१७–२०२१ को पाँच वर्षे रणनीति अपनाएको थियो । नेपाली युवा विदेश पलायन भएका कारण उत्पादन बढाउन कठिन रहेको अधिकारीको भनाइ छ । नेपालमा ४१ करोड ९८ लाख बराबरको कफी आयात हुँदै आएको छ । कफी उत्पादक किसान नवराज पोख्रेल किसानलाई बिउ, प्रशोधनसम्बन्धी तालिम र बजारीकरणको व्यवस्था गरिदिने हो भने उत्पादन बढाउन सकिने बताउँछन् ।
अर्को समाचार
जलविद्युत् आयोजनामा स्थानीयको हक सुनिश्चित गरिने
७ घण्टा अघि
•
१ मिनेट पाठ
जलविद्युत् आयोजनामा स्थानीयको हक सुनिश्चित गरिने
गण्डकी। ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले जलविद्युत् आयोजनामा स्थानीयको हक सुनिश्चितताका निम्ति आफ्नो मन्त्रालयले हरसम्भव प्रयत्न गर्ने बताएका छन्।




राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा), पर्वत जिल्ला शाखाले आज कुश्मामा आयोजना गरेको कार्यकर्ता भेटघाटमा उनले उक्त कुरा बताएका हुन्।

सिँचाइ, कृषि उद्यम, स्थानीय जलविद्युत् आयोजनामा स्थानीयको हक तथा विपद् व्यवस्थापनलगायतका विषय सम्बोधन गर्न ऊर्जा मन्त्रालयले निरन्तर प्रयत्न गर्ने उनले बताएको रास्वपा जिल्ला अध्यक्ष जालबहादुर पुनले जानकारी दिए। 

राजनीतिक दल र नागरिकको सक्रिय सहभागिताबिना कुनै पनि सरकार सफल नहुने भएकाले देश र जनतालाई केन्द्रमा राखेर काम गर्न मन्त्री श्रेष्ठले पार्टीका कार्यकर्तालाई अनुरोध गरे।
एमालेसँग तीनबुँदे र मसालसँग दुईबुँदे सहकार्य प्रस्ताव अघि सारेका छाैं: प्रचण्ड
राजनीति
Clock १८ मिनेट अघि | १ मिनेट पाठ
एमालेसँग तीनबुँदे र मसालसँग दुईबुँदे सहकार्य प्रस्ताव अघि सारेका छाैं: प्रचण्ड
काठमाडौं। नेपाली कम्युनिष्ट पार्टीका संयोजक एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेकपा एमालेसँग तीनबुँदे सहकार्यको प्रस्ताव र...
Whatsapp
निर्माण व्यवसायी संघ उदयपुरमा दाहालको नेतृत्वमा नयाँ कार्यसमिति चयन
समाज
Clock २४ मिनेट अघि | १ मिनेट पाठ
निर्माण व्यवसायी संघ उदयपुरमा दाहालको नेतृत्वमा नयाँ कार्यसमिति चयन
नेपाल निर्माण व्यवसायी संघ उदयपुरको ११ औँ साधारणसभा तथा ९ औँ जिल्ला अधिवेशनले सुदिप दाहाल खत्रीको नेतृत्वमा नयाँ कार्यसमिति चयन गरेको छ।
Whatsapp
सांसद संसद् बैठकमा कति पटक उपस्थित भए, मोबाइलबाटै हेर्न सकिन्छ: सभामुख अर्याल
राजनीति
Clock २५ मिनेट अघि | १ मिनेट पाठ
सांसद संसद् बैठकमा कति पटक उपस्थित भए, मोबाइलबाटै हेर्न सकिन्छ: सभामुख अर्याल
पाल्पा - प्रतिनिधिसभाका सभामुख डोलप्रसाद (डिपी) अर्यालले प्रतिनिधिसभा र राष्ट्रियसभालाई डिजिटल प्रणालीमा जोड्ने काम भइरहेको बताएका छन्।
Whatsapp
जनकपुरधाम-अयोध्या रेल व्यावसायिक रूपमा सञ्चालन
समाज
Clock ३० मिनेट अघि | १ मिनेट पाठ
जनकपुरधाम-अयोध्या रेल व्यावसायिक रूपमा सञ्चालन
धार्मिक तथा सांस्कृतिक सम्बन्धलाई थप प्रगाढ बनाउँदै जनकपुरधाम र अयोध्याबीच तीर्थयात्रा सहज बनाउने उद्देश्यसहित सुरु गरिएको सरयु–कमला एक्सप्रेस र...
Whatsapp
बागलुङका विपद्ग्रस्त स्थानीय तहको पुनःनिर्माण प्राथमिकतामा : मन्त्री श्रेष्ठ
राजनीति
Clock ३४ मिनेट अघि | १ मिनेट पाठ
बागलुङका विपद्ग्रस्त स्थानीय तहको पुनःनिर्माण प्राथमिकतामा : मन्त्री श्रेष्ठ
ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले बागलुङका विपद् सङ्कटग्रस्त छ स्थानीय तहको पुनःनिर्माणलाई सरकारले प्राथमिकतामा राख्ने बताएका छन्।
Whatsapp
सडक बनाउँदैमा विकास हुँदैन, उद्योग र रोजगारीसँग जोड्नुपर्छ : सभापति गजुरेल
राजनीति
Clock ४१ मिनेट अघि | १ मिनेट पाठ
सडक बनाउँदैमा विकास हुँदैन, उद्योग र रोजगारीसँग जोड्नुपर्छ : सभापति गजुरेल
पूर्वाधार विकास समिति सभापति आशिष गजुरेलले सडक निर्माणलाई मात्रै विकास मान्ने सोच बदल्नुपर्ने बताएका छन्। 
Whatsapp
यो पनि पढौँ
दशौं राष्ट्रिय खेलकुदमा १९ देशका खेलाडीसहित एनआरएनए : २० स्वर्ण जितेर चौथो हुने लक्ष्य
समाज
Clock १ घण्टा अघि | १ मिनेट पाठ
दशौं राष्ट्रिय खेलकुदमा १९ देशका खेलाडीसहित एनआरएनए : २० स्वर्ण जितेर चौथो हुने लक्ष्य
‘एनआरएनए स्पोर्ट्स एकेडेमी’ शनिबार पत्रकार सम्मेलन गरी प्रतियोगितामा विभिन्न १९ देशका खेलाडीसहित कुल ८२ जनाको सहभागिता रहने जानकारी दिएको...
Whatsapp
आर्मीलाई हराउँदै एपिएफ बन्यो झापा महिला गोल्डकप च्याम्पियन
खेल
Clock १ घण्टा अघि | १ मिनेट पाठ
आर्मीलाई हराउँदै एपिएफ बन्यो झापा महिला गोल्डकप च्याम्पियन
गतवर्ष भएको पहिलो संस्करणमा एपिएफ अर्को विभागीय टोली नेपाल पुलिस क्लबसँग १-० गोलले पराजित हुँदै उपविजेता बनेको थियो। यस पटक आर्मीले पुलिसलाई सेमिफाइनल...
Whatsapp
मकवानपुरमा श्रीमानको कुटपिटपछि श्रीमतीको मृ’त्यु
अपराध
Clock १ घण्टा अघि | १ मिनेट पाठ
मकवानपुरमा श्रीमानको कुटपिटपछि श्रीमतीको मृ’त्यु
मकवानपुर। मकवानपुरको इन्द्रसरोवर गाउँपालिका-४ गोठभित्तामा मादक पदार्थ सेवन (मापसे) गरी श्रीमतीलाई कुटपिट गरेको आरोपमा प्रहरीले एक पुरुषलाई नियन्त्रणमा...
Whatsapp
बाढीले पुल बगाएपछि दुई वर्षदेखि सास्ती, फोक्सिन्टारमा फेरि बेलिब्रीज राखिँदै
समाज
Clock १ घण्टा अघि | १ मिनेट पाठ
बाढीले पुल बगाएपछि दुई वर्षदेखि सास्ती, फोक्सिन्टारमा फेरि बेलिब्रीज राखिँदै
फोक्सिन्टारमा बेलिब्रीज पुन: जडानका लागि योजना कार्यालयले गएको कात्तिक ११ गते २१ दिने सूचना सार्वजनिक गरेको थियो।
Whatsapp
घोप्टेभिरको सडक खुल्यो, तुइनखोलामा दिउँसो बन्द हुन
समाज
Clock १ घण्टा अघि | १ मिनेट पाठ
घोप्टेभिरको सडक खुल्यो, तुइनखोलामा दिउँसो बन्द हुन
गत मङ्सिर ५ गतेदेखि आजसम्म दिउँसो सवारी आवागमन रोकेर पहिरो व्यवस्थापन तथा सडक सुरक्षित बनाउने काम गरिएको थियो। पहरो काट्ने, जोखिमयुक्त भाग हटाउने तथा...
Whatsapp
२४ घण्टे अल्टिमेटमपछि निषेधित क्षेत्रमा रहेका पसल र टहरा हटाइए
समाज
Clock १ घण्टा अघि | १ मिनेट पाठ
२४ घण्टे अल्टिमेटमपछि निषेधित क्षेत्रमा रहेका पसल र टहरा हटाइए
नेपाल प्रहरी र सशस्त्र प्रहरीसहितको टोलीले ती पवित्र उद्यान, शान्ति दीप तथा अन्तर्राष्ट्रिय विहार क्षेत्रलगायत निषेधित स्थानबाट पसलहरू खाली गराएको हो...
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस