निकै तामझामका साथ पुर्न सञ्चालनमा आएको टीकापुर विमानस्थल पुनः बन्द हुने अवस्थामा पुगेको छ । सातामा तीन वटा उडान भर्दै आएको तारा एअरले अब एक दिन मात्रै उडान भर्ने जनाएको छ ।
तारा एअरले टीकापुर नगरपालिकालाई २०८१ फागुन १९ गते एक पत्र पठाई यही फागुन २६ गतेदेखि साताको सोमवार मात्रै उडान भर्न सकिने जानकारी दिएको छ । पत्रमा दुई पक्षबिच २०८१ मंसिर १८ गते भएको उडान सञ्चालन सम्बन्धी सम्झौताको सर्त नं. १ अनुसार मार्च महिनादेखि जहाज नेपालगन्ज बेस नहुने भएकाले उडान संख्या घटाउनु परेको उल्लेख छ ।
तारा एअरले नेपालगन्ज–टीकापुर–नेपालगन्ज मात्रै उडान सञ्चालन गरिने ब्यहोरा सबैमा जानकारीका नगरपालिकालाई अनुरोध गरेको छ ।
२०८१ कात्तिक १२ गते नेपाल वायुसेवाको जहाजले परीक्षण उडान भरेपछि तारा एअरले २०८१ मंसिर ३० गतेबाट नियमित व्यवशायिक उडान थालेको हो । परीक्षण उडानकै दिन समेत तारा एअरको जहाजले उडान भरेको थियो ।
टीकापुर नगरपालिकाले १५ सिट बराबरको ग्यारेन्टी गरेपछि तारा एअरले व्यवशायिक उडान सुरु गरेको थियो । नगरपालिकाले खाली रहेका प्रति सिट साढे आठ हजार रुपैयाँका दरले तारा एअरलाई रकम बुझाउने सम्झौता गरेको बताइएको छ ।
तारा एअरले टीकापुरबाट यात्रु बोकेर नेपालगन्ज झार्थ्यो । नगरपालिका र तारा एअरबीच भएको सम्झौता अनुसार टीकापुरबाट तारा एअरले बोकेर लगेका यात्रुलाई यति एअरले काठमाण्डौं लैजाने गर्थ्यो ।
तारा एअरले यही विमानस्थलमा २०७१ सालमा परीक्षण उडान भरेको थियो । उसले व्यवशायिक उडान भर्ने उद्देश्यले त्यति बेला परीक्षण उडान भरेको भएपनि निरन्तरता दिन सकेको थिएन ।
२०४२ सालमा स्थापना भएको विमानस्थल २०५४ देखी बन्द अवस्थामा रहेको छ । विमानस्थलको धावनमार्ग ५७३ मिटर मात्रै छ ।
नगर प्रमुख रामलाल डगौरा थारुले विमानस्थल पुर्नसञ्चालनलाई एकल एजेण्डा बनाएका थिए । उनले विमानस्थल पुर्नसञ्चालनका नाममा नगरपालिकाको लाखौँ रुपैयाँ खर्च समेत गरेका छन् ।
परीक्षण उडानको दिनमा विमानस्थल भित्रै बाजागाजा सहित ठूलो कार्यक्रमको आयोजना गरिएको थियो । सो कार्यक्रममा विभिन्न गाउँबाट आएका सांस्कृतिक टोलीले झाँकी प्रस्तुत गर्नुका साथै राजनीतिक दलका नेताहरुले भाषण गरेका थिए ।
टीकापुर विमानस्थलमा कात्तिक ११ गते फेरी एक पटक परीक्षण उडान हुने भएको छ । नागरिक उड्डयन प्राधिकरणले नेपाल वायु सेवा निगमलाई कात्तिक ९ गते चलानी नम्बर ८३३ को एक पत्र पठाई परीक्षण उडानका लागि अनुमति प्रदान गरेको छ । उसले प्राधिकरणको सर्त र अधीनमा रहेर परीक्षण उडान गर्न भनेको छ । पत्रमा परीक्षण उडान पश्चात् प्रतिवेदन तयार पारेर बुझाउन समेत भनिएको छ ।
प्राधिकरणले नेपालगन्ज उड्डयन कार्यालयलाई चलानी नम्बर ८३६ को एक अर्को पत्र पठाई २०८१ असोज २२ गतेको प्रतिवेदनमा उल्लेख भएका बुँदाहरूको सुनिश्चितता भएपश्चात् परीक्षण उडानको व्यवस्था मिलाउनु भनेको छ ।
सो प्रतिवेदनमा हवाई मैदान भित्रको निर्माण सामाग्री हटाउने, दुईतर्फको बाटो बन्द गर्ने, धावन मार्गका खाल्डा पुर्ने, झारपात उखेल्नु पर्ने उल्लेख थियो । प्रतिवेदन प्राधिकरणको प्राविधिक टोलीले तयार पारेको थियो । प्रतिवेदन अनुसारका कामहरू भइरहेका छन् ।
वि.सं. २०४२ सालमा सञ्चालनमा आएर २०५४ साल देखी बन्द अवस्थामा रहेको विमानस्थलमा २०७१ सालमा तारा एयरले परीक्षण उडान भरेको थियो । तत्कालीन टीकापुर विमानस्थल सञ्चालन समितिले परीक्षण उडानको व्यवस्था गरेको थियो ।
सो समितिले टीकापुर–काठमाडौं उडानका क्रममा १३ सिट बराबरको टिकट रकम तिर्ने सहमति गरेको थियो । सहमति अनुसार त्यो बाहेकको सिट र काठमाडौं–टीकापुर उडानको जिम्मा भने एयरलाइन्स स्वयम्को थियो । तारा एयरले हिम्मत गर्न सकेन । एक दुई पटक खाली खाली टीकापुर पुगेको तारा एयरको जहाज त्यसपछि फर्केर आएन । अहिलेसम्म अन्य विमान कम्पनीले समेत टीकापुर विमानस्थलमा उडान भर्ने बारेमा चासो दिएको पाइँदैन ।
ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले विद्युत् खपत वृद्धि र गुणस्तरीय विद्युत् उपयोगको सुनिश्चित गर्न वितरण केन्द्र प्रमुखहरूले अग्रसरत...