खाद्य, व्यवस्था तथा कम्पनी लिमिटेड जुम्ला शाखाले चिनीमा अनुदान दिन थालेको छ।
जुम्लाको सदरमुकाम खलंगामा महंगीबाट उपभोक्तालाई राहत दिलाउन शाखाले चिनीमा अनुदान दिन थालेको हो। बजारमा पाइने मूल्यभन्दा प्रतिकिलोमा १० रुपैयाँ कममा कम्पनीले चिनी बिक्री गरेकाे हो। अहिले चिनीको बजार मूल्य १ सय १० रुपैयाँ प्रतिकिलो छ। एक किलोमा १० रुपैयाँ सस्तो पाएपछि उपभोक्ताहरूको चिनी लिनका लागि कम्पनीमा भीड लाग्न थालेको कम्पनीका प्रमुख मनोज जोशीले बताए।
अनुदानमा चामल बेच्दै आएको कम्पनीले अहिले उपभोक्ताको माग अनुसार चिनी पनि बेच्न थालेको उनको भनाइ छ। सार्वजनिक बिदाबाहेक हरेक दिन कम्पनीले चिनी बेचिरहेको छ। उनले भने, ´एक पटकमा कम्पनीले एक जना उपभोक्ताका लागि पाँच किलो चिनी उपलब्ध गराउँछ।'
सदरमुकाम क्षेत्रका नागरिकले चिनीमा अनुदान पाए पनि यता दुर्गम क्षेत्रका नागरिकका लागि भने महंगो नै परिरहेको छ। सोही कारण कम्पनीले स्थानीय गाउँपालिकामा चिनी पुर्याएर दुर्गम क्षेत्रमा पनि यो सुविधा दिन माग गरेका छन्।
यसअघि खाद्य व्यवस्था कार्यालयले गाउँ–गाउँमा डिपो खोलेर अनुदानको चामल बेचेको थियो। ठीक त्यसैगरी चिनी पनि गाउँसम्म पुर्याउन स्थानीय रन रावतको माग छ।