‘अर्थतन्त्र कमजोर बन्दा लोकतन्त्रमा चुनौती’
०७ फागुन २०८१
•
३ मिनेट पाठ
‘अर्थतन्त्र कमजोर बन्दा लोकतन्त्रमा चुनौती’
सुन्दर लोकतन्त्रका लागि अर्थ र राजनीतिबिचको सम्बन्धलाई समन्वयात्मक रुपमा अगाडि बढाउन विज्ञले सुझाव दिएका छन् । एफइएसले भरतपुरमा आयोजना गरेको आर्थिक विकासको माध्यमबाट लोकतन्त्रको सुदृढीकरण विषयक अन्तरक्रिया कार्यक्रममा कार्यपत्र पेश गर्दै अर्थविज्ञहरुले नेपालको आर्थिक व्यवस्थापनको सुशासनमा समेत चुनौती थपिएको बताएका हुन् ।




योजना आयोगका पूर्व उपाध्यक्ष डा.गोविन्दराज पोख्रेलले नेपालले आर्थिक विकासमा हिसाबले आंशिक प्रगति गरेपनि सन्तोष मान्ने स्थिति नरहेकोले बताए । ‘नेपालको खर्च गर्ने क्षमता प्रतिवर्ष घटिरहेको छ । विकासका दृष्टिकोणले सन्तोष मान्ने अवस्था होइन्’उनले भने ‘नेपालको राजनीति र व्यवसायबिच सम्बन्ध सुमधुर नहुँदा पनि आर्थिक विकास भइरहेको छैन ।’

उनले कानुन र योजना बनाउँदा विकासमा ध्यान दिएर बनाउनुपर्ने बताए । ‘नेपालमा एक करोड कमाउनेले ३९ लाख कर तिर्नुपर्छ । भारतमा ३० लाख तिरे पुग्छ’, नेपालको कर प्रणालीको अवस्थालाई चित्रण गर्दै डा.पोख्रेलले भने ‘धेरै कर तिर्नुपर्ने भएपछि मानिसहरू नेपाल किन बस्ने ।’ नेपालमा पुँजीवाद विरुद्ध बोल्नुभन्दापनि सुधार गर्दै लैजानुपर्ने बताउँदै उनले उद्योगमा लगानी बढाउने वातावरण बनाउन सरकार लाग्नुपर्ने धारणा राखे ।

एफइएस नेपालका चन्द्र बहादुर भट्टले नेपालको अर्थतन्त्र र लोकतन्त्रमा समस्या देखिएको बताएका छन् । ‘अर्थतन्त्र जति कमजोर हुन्छ । लोकतन्त्र त्यति नै कमजोर हुन्छ,’ उनले भने ‘नेपालको अर्थतन्त्र पछिल्ला वर्षमा कमजोर हुँदै गएको छ ।’ कृषि विज्ञान विभागकी सहायक प्राध्यापक डा रमा पौडेलले राजनीतिक दलले दिगो विकासका लागि योजना बनाएर काम गर्नुपर्ने बताइन् । कृषिबाट नेपालको आर्थिक विकास सम्भव रहेको बताउँदै उनले राज्यले कृषिमा लगानी बढाउनुपर्ने बताइन् ।

नेपालको निर्वाचन प्रकृया मङ्गो बन्दै गएको बताउँदै उनले लोकतन्त्र समेत खतरामा पर्ने स्थिति रहेको बताइन् । ‘नेपालमा निम्न स्तरको मानिस चुनाव लड्न सक्ने अवस्था छैन । पैसाले चुनाव जितेर गएका व्यक्तिले लोकतन्त्र कति सुरक्षित होला?,’ उनले प्रश्न गर्दै भनिन् ‘सही मान्छे छनोटका लागि नलाग्ने हो भने लोकतन्त्र धराशायी बन्छ ।’

काठमाडौँ विश्वविद्यालयका प्रोफेसर विनय मिश्रले आर्थिक विकासका लागि संघियता आवश्यक नरहेको बताए । संघियता माग गर्ने व्यक्तिहरू नै सङ्घमा केन्द्रित भएको भन्दै प्रदेश र केन्द्रको अधिकार स्थानीय तहमा दिनुपर्ने बताए ।

बागमती प्रदेशका पूर्व सांसद कृष्णप्रसाद भुर्तेलले राजनीतिक पार्टीले जनताको समस्या समाधान हुने गरी काम गर्न नसकेको बताए । विभिन्न कानुनका कारण विकास निर्माणमा समस्या भएको भन्दै उनले विकास हुने गरी कानुन बनाउन सरकार लाग्नुपर्ने बताए । 

उद्योग वाणिज्य संघ चितवनका सदस्य इमान्दु बरालले उद्योग खोल्ने व्यक्तिलाई राज्यले प्रोत्साहन गर्न नसक्दा यहाँको विकास हुन नसकेको बताए । ‘विदेशमा उद्योग धन्दा खोल्ने व्यक्तिलाई प्राथमिकता दिइन्छ,’ उनले भने ‘यहाँ उद्योग खोल्नका लागि घुस खुवाउनु पर्छ ।’

कार्यक्रममा प्राध्यापक शारदा खनाल, व्यवसायी आनन्द राउत, तेजेन्द्रप्रसाद भूषाल, रविभद्र शर्मा खनाल लगायतले बोलेका थिए । सो क्रममा उनीहरुले लोकतन्त्र आएपनि राजनीतिक दलले देशलाई आर्थिक समृद्धि तर्फ अगाडि बढाउन नसकेको बताएका थिए । कार्यक्रमको सहजीकरण रविन सुवेदी र सुधा देवकोटाले गरेका थिए । 
अर्को समाचार
जलविद्युत् आयोजनामा स्थानीयको हक सुनिश्चित गरिने
७ घण्टा अघि
•
१ मिनेट पाठ
जलविद्युत् आयोजनामा स्थानीयको हक सुनिश्चित गरिने
गण्डकी। ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले जलविद्युत् आयोजनामा स्थानीयको हक सुनिश्चितताका निम्ति आफ्नो मन्त्रालयले हरसम्भव प्रयत्न गर्ने बताएका छन्।




राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा), पर्वत जिल्ला शाखाले आज कुश्मामा आयोजना गरेको कार्यकर्ता भेटघाटमा उनले उक्त कुरा बताएका हुन्।

सिँचाइ, कृषि उद्यम, स्थानीय जलविद्युत् आयोजनामा स्थानीयको हक तथा विपद् व्यवस्थापनलगायतका विषय सम्बोधन गर्न ऊर्जा मन्त्रालयले निरन्तर प्रयत्न गर्ने उनले बताएको रास्वपा जिल्ला अध्यक्ष जालबहादुर पुनले जानकारी दिए। 

राजनीतिक दल र नागरिकको सक्रिय सहभागिताबिना कुनै पनि सरकार सफल नहुने भएकाले देश र जनतालाई केन्द्रमा राखेर काम गर्न मन्त्री श्रेष्ठले पार्टीका कार्यकर्तालाई अनुरोध गरे।
उषाकिरणको आक्रोश : जनतालाई हेप्नुको पनि सीमा हुन्छ
राजनीति
Clock ५ मिनेट अघि | १ मिनेट पाठ
उषाकिरणको आक्रोश : जनतालाई हेप्नुको पनि सीमा हुन्छ
ज्येष्ठ नागरिकको सुविधा पाएर डिल्लीबजार कारागारबाट रिहा भएका रायमाझीले आफूलाई फसाइएको र जेल बसाइले अझ बलियो बनाएको अभिव्यक्ति दिएका थिए।
Whatsapp
एमालेसँग तीनबुँदे र मसालसँग दुईबुँदे सहकार्य प्रस्ताव अघि सारेका छाैं: प्रचण्ड
राजनीति
Clock २५ मिनेट अघि | १ मिनेट पाठ
एमालेसँग तीनबुँदे र मसालसँग दुईबुँदे सहकार्य प्रस्ताव अघि सारेका छाैं: प्रचण्ड
काठमाडौं। नेपाली कम्युनिष्ट पार्टीका संयोजक एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेकपा एमालेसँग तीनबुँदे सहकार्यको प्रस्ताव र...
Whatsapp
निर्माण व्यवसायी संघ उदयपुरमा दाहालको नेतृत्वमा नयाँ कार्यसमिति चयन
समाज
Clock ३२ मिनेट अघि | १ मिनेट पाठ
निर्माण व्यवसायी संघ उदयपुरमा दाहालको नेतृत्वमा नयाँ कार्यसमिति चयन
नेपाल निर्माण व्यवसायी संघ उदयपुरको ११ औँ साधारणसभा तथा ९ औँ जिल्ला अधिवेशनले सुदिप दाहाल खत्रीको नेतृत्वमा नयाँ कार्यसमिति चयन गरेको छ।
Whatsapp
सांसद संसद् बैठकमा कति पटक उपस्थित भए, मोबाइलबाटै हेर्न सकिन्छ: सभामुख अर्याल
राजनीति
Clock ३३ मिनेट अघि | १ मिनेट पाठ
सांसद संसद् बैठकमा कति पटक उपस्थित भए, मोबाइलबाटै हेर्न सकिन्छ: सभामुख अर्याल
पाल्पा - प्रतिनिधिसभाका सभामुख डोलप्रसाद (डिपी) अर्यालले प्रतिनिधिसभा र राष्ट्रियसभालाई डिजिटल प्रणालीमा जोड्ने काम भइरहेको बताएका छन्।
Whatsapp
जनकपुरधाम-अयोध्या रेल व्यावसायिक रूपमा सञ्चालन
समाज
Clock ३७ मिनेट अघि | १ मिनेट पाठ
जनकपुरधाम-अयोध्या रेल व्यावसायिक रूपमा सञ्चालन
धार्मिक तथा सांस्कृतिक सम्बन्धलाई थप प्रगाढ बनाउँदै जनकपुरधाम र अयोध्याबीच तीर्थयात्रा सहज बनाउने उद्देश्यसहित सुरु गरिएको सरयु–कमला एक्सप्रेस र...
Whatsapp
बागलुङका विपद्ग्रस्त स्थानीय तहको पुनःनिर्माण प्राथमिकतामा : मन्त्री श्रेष्ठ
राजनीति
Clock ४१ मिनेट अघि | १ मिनेट पाठ
बागलुङका विपद्ग्रस्त स्थानीय तहको पुनःनिर्माण प्राथमिकतामा : मन्त्री श्रेष्ठ
ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले बागलुङका विपद् सङ्कटग्रस्त छ स्थानीय तहको पुनःनिर्माणलाई सरकारले प्राथमिकतामा राख्ने बताएका छन्।
Whatsapp
यो पनि पढौँ
सडक बनाउँदैमा विकास हुँदैन, उद्योग र रोजगारीसँग जोड्नुपर्छ : सभापति गजुरेल
राजनीति
Clock ४९ मिनेट अघि | १ मिनेट पाठ
सडक बनाउँदैमा विकास हुँदैन, उद्योग र रोजगारीसँग जोड्नुपर्छ : सभापति गजुरेल
पूर्वाधार विकास समिति सभापति आशिष गजुरेलले सडक निर्माणलाई मात्रै विकास मान्ने सोच बदल्नुपर्ने बताएका छन्। 
Whatsapp
दशौं राष्ट्रिय खेलकुदमा १९ देशका खेलाडीसहित एनआरएनए : २० स्वर्ण जितेर चौथो हुने लक्ष्य
समाज
Clock १ घण्टा अघि | १ मिनेट पाठ
दशौं राष्ट्रिय खेलकुदमा १९ देशका खेलाडीसहित एनआरएनए : २० स्वर्ण जितेर चौथो हुने लक्ष्य
‘एनआरएनए स्पोर्ट्स एकेडेमी’ शनिबार पत्रकार सम्मेलन गरी प्रतियोगितामा विभिन्न १९ देशका खेलाडीसहित कुल ८२ जनाको सहभागिता रहने जानकारी दिएको...
Whatsapp
आर्मीलाई हराउँदै एपिएफ बन्यो झापा महिला गोल्डकप च्याम्पियन
खेल
Clock १ घण्टा अघि | १ मिनेट पाठ
आर्मीलाई हराउँदै एपिएफ बन्यो झापा महिला गोल्डकप च्याम्पियन
गतवर्ष भएको पहिलो संस्करणमा एपिएफ अर्को विभागीय टोली नेपाल पुलिस क्लबसँग १-० गोलले पराजित हुँदै उपविजेता बनेको थियो। यस पटक आर्मीले पुलिसलाई सेमिफाइनल...
Whatsapp
मकवानपुरमा श्रीमानको कुटपिटपछि श्रीमतीको मृ’त्यु
अपराध
Clock १ घण्टा अघि | १ मिनेट पाठ
मकवानपुरमा श्रीमानको कुटपिटपछि श्रीमतीको मृ’त्यु
मकवानपुर। मकवानपुरको इन्द्रसरोवर गाउँपालिका-४ गोठभित्तामा मादक पदार्थ सेवन (मापसे) गरी श्रीमतीलाई कुटपिट गरेको आरोपमा प्रहरीले एक पुरुषलाई नियन्त्रणमा...
Whatsapp
बाढीले पुल बगाएपछि दुई वर्षदेखि सास्ती, फोक्सिन्टारमा फेरि बेलिब्रीज राखिँदै
समाज
Clock १ घण्टा अघि | १ मिनेट पाठ
बाढीले पुल बगाएपछि दुई वर्षदेखि सास्ती, फोक्सिन्टारमा फेरि बेलिब्रीज राखिँदै
फोक्सिन्टारमा बेलिब्रीज पुन: जडानका लागि योजना कार्यालयले गएको कात्तिक ११ गते २१ दिने सूचना सार्वजनिक गरेको थियो।
Whatsapp
घोप्टेभिरको सडक खुल्यो, तुइनखोलामा दिउँसो बन्द हुन
समाज
Clock १ घण्टा अघि | १ मिनेट पाठ
घोप्टेभिरको सडक खुल्यो, तुइनखोलामा दिउँसो बन्द हुन
गत मङ्सिर ५ गतेदेखि आजसम्म दिउँसो सवारी आवागमन रोकेर पहिरो व्यवस्थापन तथा सडक सुरक्षित बनाउने काम गरिएको थियो। पहरो काट्ने, जोखिमयुक्त भाग हटाउने तथा...
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस